आरु फुल्ने याममा…

“उकाली चढ्दा पसिना पुछ्ने तिमी नभए अरु को होला
मर्मलाई वुझ्ने तिमी मेरो तिमी नभए अरु को होला
अरुले मलाई दुत्कारी दिदा मायाले मलाई छातीमा टास्लीन
कसैले सोधे को तेरो भनी जवाफमा तिमी वाहेक को होला
तिमी नै सोच मेरो को होला….”

मानिसहरुले कमलादीको प्रज्ञा प्रतिष्ठान नजिकै हिउंदका पारिला घामको राप लिइ रहदा भित्र अर्केष्टावाट हामी अवाज शुनिरहेका थियौ । अमर गुरुगं कालजयी गीत गाइ रहेका थिए । म गीत गाउदिन तर सुन्न अखपै रहर गर्छु । मेरो रहरलाई टार्न नसकेपछि तिमी मेरो साथी वनेर आएकी थियौ । मैले काम गर्ने वैंकलाई प्राप्त भएका कम्प्लीमेन्टरी २ वटा टिकट म्यानेजरले मलाई मुस्कुराउदै दिएकाले यो संयोग जुरेको थियो ।
म्यानेजरले अमर गुरुगं एकल सांझकालागि मलाई उपयुक्त ठहर्याए । मैले तिमीलाई ठहर्याए । म औपचारिक छु भन्ने जानेर नै तिमीले यो भेटघाटलाई अनौपचारिक वनाउन केही खानेकुरा किन्न लगाएकी थियौ । एकल सांझको निम्तो दिएपनि म राम्रो संग खुल्न सकिरहेको थिइन । त्यसैले त तिम्ले वोलाउने वहानामा केही स्पर्ष गरेकी थियौ । यद्यपि आयोजकले कुटिल शव्दमा गाइरहदा केही नखाइदिन अनुरोध गरेपछि खानेकुरा मेरो हातमै झुन्डीरहेको थियो ।
हुन त म क्रेडीट डिपार्टमेन्टमा छदै तिमी उपत्यकाको कुनै बिबिए कलेजवाट इन्टर्नको लागि मेरो वैंक आएकी थियौ । पहिलो चिनजानमै तिमी संगै आउने अग्ली, चन्चल र चस्मावाला साथी भन्दा रिजर्भ तिमीलाई मैले मार्क गरेको थिए । तिम्रो यही रिजर्भ र प्रोफेसनल पर्सानालीटीले तिमीलाई वैंकले एक सदस्यको रुपमा कन्ट्याक्टमा राख्यो भने संयोगवस मलाई तिम्रो नियुक्तीसंगै प्रमोशन पनि दियो ।
एउटै डिपार्टमेन्टमा काम गर्दापनि हामी बीच लामो कुराकानीको अवसर भने कहिल्यै जुरेन । त्यस्तो इन्फर्मल चान्स दिएका थिए अमर गुरुगंले एकल साझ गरेर । यद्यपि कार्यक्रम मेरो पूर्व निर्धारित थियो । तिमी भने जब असाइनमेन्ट भएपनि मेरो अनुरोध टार्न नसकेर विरामी भएको वहानामा लिभमा थियौ र थियौ प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा ।
दरवारमा युवराजले वन्दुक प्रहार गरी परिवारै उडाएको अर्को वर्ष अमर गुरुगंले वुढ्यौली जोश निकालेका थिए । नंया राजा शत्तामा प्रभुत्व वढाउन लालायीत हुदा विद्रोहीले देशै भरी वम वारुद खन्याउदै थिए । त्यस्तो एक हिउदमा हामी चुपचाप प्रेक्षालय छिरेका थियौ । अमर गुरुगंको वुढ्यौली स्वरमा साथ दिन युवा संगीतकारहरु तल्लीन थिए ।
तिम्ले हातको मधुर स्पर्ष दिदा अमर अलाप्दै थिए
“तिमी भुलमा पर्यौ, म पनि झुक्कीए,
यो भेटघाटलाई एक संगम भनी
नलागी कतै चोट अव छुटौ हामी
मिल्दैन दस्तुर भनी
प्यार हुन्छ त्यही जहा सार हुन्छ
भाग्यले मात्र दिलदार मिल्छ
हामी आवेशमा छौ धेरै नजिक नहौ
जुट्दैन फुटेर मन यो भने…”

अमर गुरगंले हाम्रा लागि अप्रशांगीक गीत गाउदा तिमी असमन्जस्यमा थियौ । थाहा छैन अमरले आजको दिन परिकल्पना पो गरेका थिए की? जंहा तिमी फ्रि एजुकेशनको लोभमा नर्डिक भासीयौ । जंहा म तिम्रो याद न नआउने पेशामा भासिए ।
जे होस हाम्रो पहिलो अनौपचारिक वसाई पछि हामी छुट्टीयौ । तिमीलाई वानेश्वर सम्मको लिफ्ट दिएपछि म गन्तव्य फर्कीएको थिए । म विशादमा थिइन । तर टह टह लागेको जुनले मलाई गिज्याए झै लाग्थ्यो ।
यसपछिका हाम्रा नियमित श्रृखंलाहरु अफिस आवरपछि शुरु भए । हामी धेरैपल्ट हेरिटेज वाकमा भक्तपुर दरवार स्क्वाएर, कहिले पाटन त कहिले वसन्तपुरको चक्कर लगायौ । मन्द बतासमा तिम्रा रेशमी कपालको स्न्ग्धि वासना लिदै हिड्नुको स्वाद लियौ । तिम्रा न्याना स्पर्षवाट कतिपटक रोमान्टीक वन्यौ । मैले मधुर हिन्दी गजलका हरफहरु गांउदा तिमी कम्ती खुसी हुन्थीनौ ।
त्यो खुसी हराएको छ । हुन त तिमी र म भएर अनेक क्षण गुजारेको दरवार स्क्वाएर भुइचालोले छिन्न भिन्न वनाएको छ । उच्च शिक्षाको लोभमा भासिएकी तिमी त्यही समयको जन्जिरमा उम्किन नसक्ने गरी वेरिएकी छ्यौ । प्रमोशन र विजनेश प्लानको निहुंमा म अव कम मानिस ज्यादा मेशीन वनेको छु ।
सार्वजनिक विदा या शनिवार कुनै चिजले अर्थ नराख्ने म आज भने फेरी पुरानो यादमा नोष्टाल्जिक वनेको छु । सानो हाते फोनमा केही वर्ष अघि परमेश्वरमा लिन भएका अमर गुरुगं उसैगरी गाइरहेका छन…
“म दुर भएर के भो
म वेहिसाव छाएर के भो
त्यती रोए जिन्दगीमा
फेरी रोएर के भो
जति भाउ उन्दछन सवै
रित्ता छन यति रित्ता
तिम्रो साथ छुटेर के भो
नंया पाएर के भो
यति खोज्छु संझनलाई
ती विर्सी सकेर के भो
म दुर भएर के भो …”

Leave a Reply

Your email address will not be published. Required fields are marked *