कार्तिक ४ गते जमावीमा भेट


जनता मावीको पूर्व विद्यार्थी समाज गठनका लागि यही २०७२ साल कार्तिक ४ गते वुधवार जनतामावी विर्घाको प्रागंणमा वृहत भेला हुने भएको छ । पटक पटक राजधानी काठमाण्डौ तथा स्थानीय स्तरमा विर्घामा भएका वैठक र छलफलपछि पूर्व विद्यार्थी समाज गठन गर्ने टुंगो लागेको हो ।
जमावीमा पूर्व विद्यार्थी समाज गठनको भेला आयोजना गर्न राजधानीमा विर्घा २ पुच्छार निवासी वावुराम पान्डेको संयोजकत्वमा भेला आयोजक समिति गठन भएको छ । उक्त समितिले सवैजसो पूर्व विद्यार्थीको उपस्थितिकालागि व्यापक प्रचार प्रसार अभियान थालनी गरेको संयोजक वावुराम पान्डेले वताउनु भयो ।
विशेष गरी वडादशैको अवसरमा देश विदेशवाट भेला हुने सवै विर्घालीहरु तथा पूर्व विद्यार्थीबीच भेला आयोजना गरी शुभकामना आदानप्रदान तथा विद्यार्थी समाज गठन प्रकृयालाई अगाडी वढाइने उंहाले वताउनु भयो ।
यसैबीच जनतामावीमा अध्ययन पुरा गरेका पूर्व विद्यार्थीको नामावली तथा लगत शंकलन गर्न जमावीका पूर्व प्रधानाध्यापक डिल्लीनारायण पान्डे संयोजक तथा नारायण प्रसाद पान्डे सह संयोजक रहेको अभिलेख समिति गठन भएको छ । समितिमा विद्यालयका पूर्व शिक्षक चन्डीका प्रसाद पान्डे, टेकराज भट्टराई र कपिलदेव पान्डे सदस्य रहनु भएको छ ।
भेला आयोजनाले दशैका अवसरमा वर्षौ भेटघाट नभएका तथा परदेशवाट समेत आएका साथीभाईबीच शुभकामना आदान प्रदान गर्न समेत सहज हुने भएको छ । सवैभन्दा ठुलो चाड वडादशैको अवसर पारेर स्थानीय स्तरमै विघाृमा कार्यक्रम आयोजा हुंदा ठुलो संख्यामा पूर्व विद्यार्थीहरुको उपस्थिति रहने देखिएको छ ।