एउटा फिलिली संझना

Some Central Departments of Humanities Faculty
इन्धन अभावले मृत प्राय रहेको राजधानीमा सवारी साधनहरु पम्पका अगाडी लाम लागेका छन । उर्जाशील युवा जमात थोरै लिटर पेट्रोलका लागि घन्टौ समय विताएर सडकमा टोलाएका छन । नियमीत गतिविधिहरुको धुकधुकी मात्र वांकी छ । यस्तो वेला जति सुकै व्यस्त हु भन्नेपनि राम्रैसंग फुर्सदिलो वनेको छ । महान पर्वहरुको मुखमा चलायमान हुन पर्ने वजार र अर्थतन्त्र गतिहिन भएको छ ।
विहान र वेलुकाका कक्षाहरु दिनभरीको आमसभा प्रकृतिको कार्यालय र अनेकौ मान्छेहरुसंगको अनेक तर्कनाहरुबीच यति वेला मेरो नियमित समयपनि व्लगले पाउन लागेको छ । यो कठोर नाकावन्दी व्लगकालागि भने फलदायी हुने देखिन लागेको छ ।
जव समय शान्त हुन्छ, नियमित रुटिनहरु खल्वलिन्छन स्मृतिमा पुराना कुराहरु खेल्न थाल्छन । त्यस्ता पुराना कुरामा हितैका दौतरीहरु, विगतमा विताएका ठांउहरु र वाल्यकालहरु अलि वढि नजिक हुन आइपुग्छन । हुनत कसैकालागि मित्रता सालका पात जस्ता लाग्लान जुन हरेक हिउंदमा पुराना खसेर जान्छन र वसन्तमा नंयाहरु पालुवा वनेर आउछन । तर मेरालागि मित्र जति पुरानो भयो त्यति मुल्यवान लाग्छ स्कटल्मदिरा जस्तो ।
विद्यालय, विस्वविद्यालय र कार्यक्षेत्रका मित्रहरुमध्ये विद्यालय विस्वविद्यालयका मित्रहरु मजाका लाग्छन । कार्यक्षेत्र त अदली वदली भइरहन्छ । कार्यप्रकृति अनुसारका मित्रहरु वन्छन त्यहा । जव अर्को कार्यालयमा पदस्थापन हुन्छ धेरै नंया मित्र आइपुग्छन र पुराना मित्रहरु धेरै जसो स्मृतिवाट हराउछन । यद्यपि केही मित्रहरुभने संझनामा रही रहन्छन । त्यस्तै कार्यक्षेत्रमा भेटिए पनि संझनामा घरी घरी आइरहने मित्र हुन मदन घिमिरे, कुमार पुडासैनी, नारायण वुढाथोकी, राजेश पन्थी, नेत्र शर्मा, हरी पौडेल र हुमनाथ पराजुली ।
मेरो संझनामा आइरहने कीर्तिपुर क्याम्पसका मित्रहरुमा पन्डीत उर्फ शुन्दर न्यौपाने, वोमे उर्फ अश्विन न्यौपाने, गुड््डु उर्फ सूर्यमान शर्मा, कवी उर्फ निर्मल भुषाल, चैट अर्थात हरि दाई त्रिचन्द्र क्याम्पसका मित्रहरुका रमेश वस्नेत, भुपेन्द्र शाही, रमेश उप्रेती र विपिन पौड्याल ।
यीनै मित्रगण हरुसंगको सामीप्यता प्यारो र संझना योग्य हुदो रहेछ । यसै मेसोमा मित्र अश्विन न्यौपानेले पछिल्लो संझना ल्याइदिएको छ । वोमे अर्थात अश्विन मनको मित्र हो । वखत वखतमा पन्डित र मलाई दुर देशवाट भएपनि संझना गरेर हाम्री प्रतिको मित्रभावमा केही कमी हुन दिदैन ।
वोमे एउटा लजालु नौजवान छदै पन्डित मार्फत मेरो परिचयमा आएको हो । रत्न राज्यको स्नातक उ हरेक दिउसो जस्तो हामी रहने त्रिचन्द्र कलेजमा आइपुग्थ्यो । गोरो, अग्लो र लगनशिल उ पन्डितको गांउले सहपाठी थियो त्यसैलै पन्डितसंग वढि नजिक पनि थियो । त्यतिवेला त्रिचन्द्रको क्यान्टीनमै पाइने धुवाको लत उसलाई नलागेपनि पन्डित र मेरो भने रहरको विषय थियो त्यो । जुन कालान्तरमा कीर्तिपुरका छात्रावासमा उसले पनि राम्रै साथ दियो ।
कालान्तरमा रहर फुर्ती देखाउने विषय वस्तुमा परिणत भयो । र त्यसमा अनेक मिसावटको शुरुवात भयो । त्यस्तै मिसावटमा मिसिन आइपुगे व्रिजेश त्रिपाठी । नाजाने त्यो अद्भुत मानिस कसरी मिसिन आइपुग्यो र कसरी विलिन भयो थाहा छैन । विक्रि भन्डारमा जानु च्याचुको चुस्की लिनु हर एक कप होस्टेलमा भित्र्याउनुमा व्रिजेशको ठुलो भुमिका थियो ।
परिक्षाहरु आए अनेक तरहले मित्रहरु पारगंत भए । तीनका पखेटा पलाए र पुगे विभिन्न भूमीमा विचरणका लागि । मित्र जंहा पुगेपनि संझना मनमै गढ्दा रहेछन । राजधानीमा हुंदा खादाको प्राध्यापनको काम छोडेर पन्डित लागे केरा खेती गर्न चितवन, अस्विन, कवी, गुड््डु लागे भाग्य नाप्न अष्टे«लीया हरी दाई वुटवल तिर पढाउने काममा लागेका छन । म यही खाल्डोमा निरन्तर लामो समय देखि एकै खाले दैनिकिमा रमाएको छु ।
तिनै मित्रहरुले वेला वखत संझदा मन फुरुगं हुदो रहेछ । पन्डितले वेला वखत पठाउने चितवनको उत्पादन महले राजधानीको चिसो काट्न मद्दत पुगेको छ । कति मित्रहरुले दिने कम्प्लीमेन्ट र कमेन्टले आफुमा निखार ल्याउन वल पुगेको छ । ऐन मौकामा आउने अस्विनले आउनु पुर्व नै समयको वन्दोवस्त माग्दा भेट्न सहज भएको छ ।
गत साता राजधानी भित्रिएको त्यही अस्विनको निमन्त्रणा मान्न राजधानी आएको पन्डित र यी मित्र त्रयको सामिप्यतामा मखजोल म कम्ती रमाइलो भएन एउटा फिलिली सांझ । त्यो अधेरो वढ्दै गएको सांझ, ताराहरु चम्कीदै वढेको सांझ अनेक मित्रमंडली हरुको संझना गरेको सांझ र खासमा निस्फीक्री सांझ । त्यस्तो सांझमा संझीइएका मित्रहरुप्रति यो अर्को संझना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *