मेसिन, म र सिर्जनशिलता

वावालाई किन मेसिन भनेको? ५ वर्षे छोरीले मेरो पक्षवाट सविनासंग प्रतिकार गरी । हुनत सविनाले पछिल्लो दैनिकी देखेर गरेको कमेन्ट मेरो गतिविधि नसुहाउदो पनि होइन । कहिले कांही यसरी त चल्दैन थोरै दैनिकीलाई चेन्ज गर्नु पर्छ भन्ने नलागेको होइन तर सवै कुरा आफ्नो वसमा मात्र नहुदो रहेछ । हर विहान ५ वजेवाट शुरु हुने दैनीकी वेलुका झन्डै ८ वजे सार्वजनिक सवारीमा झुन्डीएर घर पुग्दा लखतरान भएको हुन्छ । न केही मिठा कुरा न केही नविनतम प्लानहरु, एकलकाटे र एकलास जिन्दगी देखेपछि परिवारका सदस्य पनि नरिसाउन कसरी ।
* * * *
एउटै र एकल प्रकारको दैनिकीमा चलेपछि मानिसका सृजनशिलताहरु मर्दा रहेछन त्यसको जीवन्त साक्षी म भएको छु । लाभ हानीका अनेक श्रृखंलाहरु, तिव्र जनसम्पर्क, अपेक्षीत हरुलाई दिइने उत्तरहरु यी विषयले मानीसलाई मेसिन गराउन कुनै आइतवार नलाग्दो रहेछ ।
प्रकृतिसंग रमाउने, एकान्तिक यात्रामा निस्कने , कुनै सिद्ध पुरष वा साधु सन्तसंगका सामिप्यतामा रमाउने म पुरै एकलकाटै भएको झन्डै ४ महिना पुरा भएछ । यस बीचमा परिक्षाका तनावहरु, कार्यालय र अध्यापनका समय व्यवस्थापनले कुनै नविन वा श्रृजनात्मक काम गर्न दिएनन । सार्वजनिक सेवा प्रवाह, सार्वजनिक व्यवस्थापन वा संविधानवादका सिद्धान्तका ठेलीले कुनै गम्भीर पुस्तक समेत पढ्न पाइएन । हलमा पुग्न नपाएपछि काखे कम्प्युटरको पर्दामा समेत कुनै नंया फिल्म हेर्न पाएइन ।
* * * *
न पूर्व विद्यार्थी समाजका वैठकमा पुग्न पाइयो न गांउ सेवा परिवारको। व्यवहारले मित्र मन्डली र सुभेच्छुकहरु बीचमा स्वार्थी परिचय उभिए होला भन्ने डर लाग्छ ।
७२ कटेर ७३ मा पाइला टेक्दै गरेकी वृद्ध आमा एक्लै गांउमा सुसाउनुहुन्छ । सकन्जरी यतै वस्छु वजार हाम्लाई का रमाइलो लाउछर । आमा फोनमा भन्नुहुन्छ । थाहा छ आमा अस्ताउदो सूर्य हुन उनीसंगका अवका प्रत्येक समयहरु विशेष हुन । पुर्वार्धकी छोरी र उत्तरार्धकी आमा दुवैकालागि मेरो समय महत्वपूर्ण छ । सविनाकालागी त वांकी जीवन छ ।
* * * *
यो सिजनमा त माघको न्यानो ताप्दै टांकीचौरको उकालो चढ्नुको मजै वेग्लै हुन्छ । हिंउदे गोरसको ढाकनी खानु वा जन्ते वोकाको तात्तातो झोलको महत्व नै वेग्लै हुन्छ यो सिजनमा । शुदुर अतितमा ती सवै अनुभवहरु छन । तर वर्तमान रित्तो छ । स्मृतिले मात्र दिन काट्न मुस्कील हुदो रहेछ । शुन्दुर भविष्यको खोजीमा दुर दराजका देशमा वसेर पसिना वगाउने मित्रहरु र स्वदेशमा रहेपनि शुदुर अतितले घोचीरहने हामी बीच ठुलो अन्तर छैन यी कुराहरुमा । २ वर्ष दुख गरेर २ महिनाको छुट्टीमा आउनेले वरु अली धेरै गांउ वुझ्ला हामी वर्षको एक वार दशैका गोडा तीनेक दिन गांउमा झल्कीनेलाई खसीयत अझै थाहा हुदैन ।
चुच्चे ढुंगो उही टुंगो भने जस्तै जो जंहावाट आयो उसलाई त्यही प्यारो हुदो रहेछ । दुख किन नहोस सवैलाई आफ्नै विगत प्यारो लाग्दो रहेछ । तिनै शुदुर विगतलाई संझदा भोली नै हिडौ जस्तो लाग्छ तर अनेक उल्झनले कंहा त्यस्तो मेसो मिलाउछन र? शिवलाल, गन वहादुर दाई वा लुंछेली गणेश दाई र चिन्तामणी दाईहरुसंगका सहकार्यहरु झल्झली आखैमा नाच्छन तर वाधक वनेका छन समयहरु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *