लामा लामा खुट्टा भएको टिकाराम…. भन्दै कक्षा १० को गणीत पढाउदा उदाहरण दिने टिकाराम सर हाम्रो स्मृतिमा मात्र रहेको पनि १०० दिन कटीसकेको छ । विर्घा खारडांडामा जन्मीएर लामो समय शिक्षण पेशामा रहेका टिकाराम सरले सिकाएको जोड घटाउ पढेर हामी जीवनको जोड घटाउको यो चरणमा आएका छौ । वान्की मिलाएर अक्षर लेख्न सिपालु सरले असल मानीस वन भन्ने शन्देस सवैलाई दिनुभयो ।
स्वास्थ्यका कारण जीवनको उत्तरार्धमा कठिनाइ भोगेका टिकाराम सर पछिल्लो समय मधेश वसाइ जानुभएको थियो । सकुन्जेल जनतामावी र यसका विद्यार्थीको सेवामा खटीएका सरसंगका अनेक स्मृतिहरु तजै छन । लामो तर गम्भिर वोलीका सर प्रिय गुरुहरु मध्ये अग्रणी हुनुहुन्थ्यो । परिवार मधेशमा रहेपनि एक्लै विर्घामा अध्यापनमा रहेका सर नेपाली अक्षर लेख्दा एकलाखेको वान्की मिलाउन खप्पीस हुनुहुन्थ्यो । हामी ९÷१० कक्षाका विद्यार्थी छदा सरका यस्तै वान्की चोरेर राम्रा अक्षर लेख्ने प्रतिस्पर्धामा हुन्थ्यौ । तर कंहाका सरका अक्षर कंहाका हाम्रा । जीवनका जोड घटाउ मात्र होइन क्यालियोग्राफी राम्रो वनाउन पनि सरको अभिन्न योगदान छ ।
सरसंगको मेरो पहिलो मुलाकात राम्रो नभएपनि पछिल्ला दिनमा मलाई माया गर्ने र मैले श्रद्धा गर्ने टिकाराम सर गएको दशैको आसपास स्वर्गे हुनुभएको थियो । स्मृतका कुनामा रहीरहने प्रिय सरसंगको पहिलो संझनाका रुपमा चेस चोरीको घटना स्मृतिमा ताजै छ । हामी ७÷८ कक्षामा पढ्दा चेस खेल खुवै लोकप्रिय थियो । भलीवल हाम्रो भागमा नपरेपछि चेस हाम्रो सजिलो रोजाइ थियो । भलीवल त गुप्त वहादुर वी.क. रवी राहाडी, वाइ पी पान्डेहरुको पेवा जस्तै थियो । फेरी १० कक्षामा पढ्ने वलिष्ट र लाठेहरुका अगाडी हाम्रो के चान्स । त्यसैले कोही लुडो कोही चेस खेलेर सानो कक्षाका साथीभाइहरु दिउसाको व्रेकको १ घन्टा कटाइन्थ्यो ।
यसै मेसोमा स्कुलका खेल सामाग्री प्रति हामी छुच्चा केटाहरुको कुदृष्टी फैलीएको थियो । खेलका सामाग्री चोरी गरी घर लान पल्केका केटाहरुको हुलमा म पनि मिसिन पगेर घर लगे जनतामावीको चेस वोर्ड । यो कुरा थाहा पाएका टिकाराम सरले अर्को दिन मलाई एकान्तमा सोेध्नुभयो
किन चेस वोर्ड घर लगिस ?
सरको सोधाइले अली झस्कीएको मैले आफ्नो वचाउ गरेः सर सवैले लुडो, घल लछन त्यइ भर मैले पनि चेस वोर्ड लकोहुम सर ।
सर झेक्कीनु भयोः अरुले जे गर्छन त्यइ गर्नी? तेसोभा वलाममा मान्छे मार्याछन त पनि मार्दै हिड्छस की?
सरको अनपेक्षीत सोधाइले अवाक भएको मेरा ओठ कापे, आतं थर्थरायो र हात जोडेर भने सर भोली ल्याउछु ।
मेरा कांपेका ओठ, झरेका आशुका धारा, थर्थराएको शरिर हेरेर सरले भन्नुभयो ः हुन्छ तेसभा भोली ल्याएस ।
मेरो वोली फुटेन टाउको मात्र हल्लाए ।
सरको थुराइले होस गुम भएको मेरालागि त्यस दिन ४ वजाउन पनि मुस्किल भयो । जेन तेन ४ वजाएर घर पुगेको मैले नविर्सेर चेस वोर्ड त्यसै दिन झोलामा हांले । भोली कति वेला स्कुल पुगेर चेस वोर्ड टिकाराम सरलाई दिउला भन्ने हुटहुटीले त्यो रात मलाइ ठुलै शकस भयो । भोली पल्ट स्कुलमा पुगेर एक्लै भेटेर सरलाई त्यो चेस वोर्ड वुझाए । खेलकुद सर कपिलदेव भएपनि मेरो खराव वानी सुधार्नलाई टिकाराम सरले भूमिका खेल्नु भएको थियो ।
त्यही घटना पछि टिकारामसर मेरा अप्रिय हुनु पर्नेमा थप प्रिय हुदै जानु भयो । अली वढि नै गाली गरे जस्तो लागेर होला सरले मेरो थप ख्याल गर्न लाग्नु भयो । पटक पटक मेरा अग्रजहरुसंग मेरो विषयमा कुरा गर्ने सरको वानी प्रति धेरैले सरको त तिमीप्रति खास अनुराग नै छ भनेर वताइ रहन्थे । मेरो पी.एच डी. का क्रममा पनि अनेक मद्दत गरेका सरले सधै म र म जस्तै उन्य उंहाका विद्यार्थीलाई होस्याइ रहनु भयो ।
आफ्ना विद्यार्थीको सधै भलो चाहने टिकाराम सरले म र मजस्ता आफ्ना शिश्यलाई कहिल्यै गलत वाटोमा लाग्न दिनु भएन । सफल होइन असल वन भन्ने शनदेश दिने टिनै स्वर्गीय टिकाराम सरप्रति हार्दिक श्रद्धान्जली । ज्ञानको ज्योति छर्ने कर्म गरेर एक वारको जुनी विताएका तिनै सरको पवित्र आत्माले स्गर्वको वास गरोस । अलविदा टिकाराम सर ।