विर्घा विविधताले भरिएको गांउ हो । ग्रामिण जीवनका अधिकांश विशेषताहरु वोकेर पनि आधुनिकता तर्फ लम्किएको विर्घाका अनेक व्यक्तित्वहरु हरेक क्षेत्रमा सफल हुदै गइरहेका छन । ति सफल व्यक्तिहरुले गांउको माया पनि गरीरहेका पाइन्छन ।
राजनीति होस या प्रशासन सवैतिर विर्घेलीको दर्हो उपस्थिति रहेको भेटिन्छ । तिनै व्यक्तिहरु जव चाड वाड आउछ एक साथ गांउ पुग्छन । अझ त्यस्तो मेसो वन्छ दशै । दशै आउन लाग्दा विगतको यस्तै झ झलको दिने तस्विरहरु भेटिए ।
सामुहिक जमघटको वेलामा स्वर्गीय गोविन्द पान्डे, पोशकान्त पान्डे, जलेश्वर पान्डे, केशव पान्डे, गितामणी पान्डे लगायत ।
गोलवद्ध भएर वरसेका विर्घेलीहरु ।
सामुहिकताको भावनाः भलिवल खेलको आवस्यक सहयोगकालागि रकम शंकलन गर्दै रमेश पान्डे र देवी खराल !
दर्शन नमस्ते: युवाहरु समुहमा गफिदै ।
शुरेससंगको सामिप्यतामा मातृभूमी पुस्तकालयमा गणेश, सुर्य, वालकृष्ण, दिनेश र माधव ।
गोधुली गांउ, चुनाव र चर्चा
घाम डुव्न लागेको विर्घाको तस्विर देखेपछि गांउका वारेमा फेरी संझना उद्देलीत भएर आयो । हुनत यो व्लगका विषयमा केही गुनासाहरु नभएका होइनन । यद्यपि निजी जीवन र सामाजिक जीवनमा समेत हुने उतार चढावहरु आएपछि केहि लेख्न कलम चलेन । प्रिय गणेश आशौचमा छन । गांउका प्रिय डिल्लीराज पान्डेको असमयमै निधन भएपछि यस्तो दुखद स्थिति आएको हो ।
केही समय विरानो भएका सिंहदरवारका चराका चिरविरहरु पुन दैनिकी वनेका छन । समय समयमा सुसाउने सल्लाहरुको लय फेरी समिप भएको छ ।
मित्रहरुले फोन गरेर आउने संविधानसभा चुनावकालागि टिकट वाड्ने चटारो चलेको खवर सुनाउछन । शंकर पान्डे, मोहन पान्डे, भुमा पान्डे र यम प्रसाद पान्डे मात्र होइन इश्वर खांण गजिन्द्र मल्ल पनि उम्मेदवारका आकांक्षीहरु रहेका छन । समानुपातिक तर्फ माया रानाको चर्चा छ ।
गांउका यस्तै खवर सुन्दा चुनावको माहोल ताते जस्तो लाग्छ । खैर चुनावले विगतमा जस्तो माहोल भने तताएको छैन ।
माहोल यत्तिकै तात्दै गएमा चुनावले चहल पहल ल्याउनेमा भने विश्वस्त हुृन सकिन्छ ।
मौलाको पीपल ढलेछ
देउरालीको वरै ढलेछ,
चौतारीको पीपल ढलेछ,
वाटो हिड्ने वटुवाको सितल ढलेछ……
क्षेत्रप्रताप अधिकारीले लेखेको यो गीत सिशिर योगीले त्यसै गाएका रहेनछन । यसमा राम्रो दम रहेछ भन्ने ज्ञान मलाइ यतिवेला फिरेको छ । स्वभावैले पहाडप्रति मेरो आकर्षण रहनुमा सुदुर गांउ विर्घाको ठुलो हात छ । समयक्रमले विर्घा विरानो भएपनि त्यहांका स्मरणहरु कहिल्यै धुमिल हुदा रहेनछन । स्याङजा सदर मुकामवाट अलि परै रहेको विर्घा कालिगन्डकी जलविद्युत परियोजनासंगै पुगेको मोटर सुविधाले सुगम भएको छ ।
शैक्षिक दृष्टीले अव्वल रहेको विर्घा मेरो मिठो विगत हो । भविष्यको त कस्लाइ के थाहा । मेरो जीवनको लामो कालखन्ड विर्घा त्यसमाथि पनि मौलामा वितेको छ । मौला भन्ने वित्तिकै पिपल त कस्ले विर्सेला र । मौलाको पिपल त्यो भेकको परिचय थियो । हामी दैलामारा खेलेर वस्ने देखि सांझका रहिसहरुले आराम गर्ने थलो थियो त्यो । प्रत्येक दशैको पिङ मौला चौपारीमा हुन्थ्यो । त्यस भेकका साना तिना मिटिङ मौला चौपारीमै हुन्थे । मेरो वाल्यकाल यही चौपारीको लुकामारीमा वितेकोले होला यसप्रति मेरो ठुलो आकर्षण थियो ।
त्यही मिठो विगत वोकेको चौपारी(मौलाको पीपल) अस्तिको भिषण पानीपछि पहिरो जांदा ढलेछ । यो खवर सुनेदेखि नै विगतले मलाइ घोच्यो । मौलाको पीपल ढलेपछि मौलाको अस्तित्व अव के नै पो रह्यो र ! म पछिल्लो पटक विर्घा जांदा रुकुम सोल्टीले पाइप तानेको शुरमा यसै चौपारीका आड लागेर भनेको थियो । दाइ अनि मलाइ ….उस्ले छोडी । उसको उदासीमा पाइप तानेर मैले पनि साथ दिएको थिए । “सुरेश” जसलाइ म मांया गरेर डढे भन्थे उनीसंगका वाल्यकालका स्मृतिमा त हरेकपटक मौलाको चौपारी नै जोडिन्छ । कतिलाइ छहारी कतिलाइ सुहारी ल्याइदिएको त्यो चौपारीको संझनामा ।
यो संझना त्यही मौला र चौपारीलाइ । यो फोटो गएको हिंउदमा लिइएको थियो । अव पीपल ढलेपछि यस्तो दृष्य फेरी लिने मेरो धोको अधुरै रहेको छ ।
विर्सन नसकिने विगत
विगतका दिनहरु सवैका लागि प्रिय हुन्छन । विगत विरानो छ त्यसैले त प्रिय छ । ती दिनमा अभाव थियो कठिनाइ थियो र पनि थियो रमाइलो । पुरै ग्रामिण परिवेश, आधुनिक भनिएका साधनहरुवाट पुरै पर रहेको त्यो परिवेशमा मौलिकता थियो र त ति दिन प्यारा थिए । विहानको काम सकेर स्कुलका लागि कुद्नु , खल्तीमा केही भए भिमकुमारकोमा चना खानु या युगराजनीकोमा चुकाउनी खानु, खल्ती खाली भए जरुवाको पानी या हात हातै विक्री हुने वर्फीकालागि सापटी माग्नु हाम्रा आम दिनहरु थिए ।
साउन भरी वर्षे विदा हुने ती दिनहरुपछि स्कुल जानु कम दिक्दारी हुन्थेन । विहानैको घाममा हुर्रिदै प्राङग्रणमा पुग्नु र कपिलसरको सिट्ठी संगै अल्छी मानी मानी गोडा वजार्नु । वेलुका सकेसम्म छिट्टै कक्षावाट भाग्नु हाम्रा नियमित क्रियाकलाप थिए ।
त्यस वेलाको अर्चले, पकौडेनी आवै, चिफल्डाडाका भिमको पसल, पाइनापल विस्कुट, वरको फेद, कुलाको वाध, हाम्रा दैनिक जीवनसंग जोडिने नामहरु थिए । वर्षामा पौडी खेल्नु र हिउदमा स्वस्थानीका कथा सुन्नु हाम्रा वर्षेनी दोहोरीने घटना थिए । तिहार छेक केही दिन भैलो भैलो भन्दै हिड्नु र जम्मा भएका केही रुपैया सिलटुङवारी भित्र तास खेलेर तिहार मनाउनु हाम्रा वचपनका वदमासीहरु थिए ।
वैशाख जेठमा मकै रोप्नु वा गोड्नु, असार साउनमा धान रोप्नु र आप कटहर खानु, भदौमा कोदो रोप्नु हाम्रा वर्षेनी आउने काम हरु थिए । आमा दिदीहरुले कोदो रोप्नुहुनथ्यो हामी मेलो खनेर तयार गथ्र्यौ । त्यतिवेला काम गर्दा दुख भएपनि अहिले संझदा ती दिनहरु प्रिय लाग्छन । समय धेरै अगाडी वढेको छ कालीले कलर फेरेको छ र धेरै माघहरु गइसकेका छन ति दिनहरु फर्काउन संभव छैन । तैपनि ति दिनको संझना आइरहन्छ ।
यति वेलाको गांउघर
कालीको कलर: कोलडाडावाट देखिएको काली गन्डकी, पृष्ठभूमीमा गुल्मीको चेहेमी र पंहादी ।
दिहिगंको हरीयाली: गहलामवाट देखिएको दिहीग गांउ !
मिर्मि मुनी काली थुनेको: विर्घाको प्रवेशद्धार मिर्मी वजार ।
हरिउं तत्सत: विर्घाकै सवैभन्दा व्यस्त आदरणीय राम प्रसाद पन्डीत !
समुह नै शक्ति हो : विर्घाको एक सामाजिक अवसरमा आलु छोडाउदै स्थानीय । (तस्विर: अनन्त पान्डे)
विर्घामा विकासको लहर
सडकको जिम्मा सडक विभागलाई: रातो कितावको पहिलो भावगमा परेको मिर्मी विर्घा सडक कार्यक्रम !
लामो समयको अथक प्रयासपछि विर्घामा विकासको लहर शुरु भएको छ । सधै खानेपानीको अभाव, कच्ची सडक, पुराना विद्यालय रहेको विर्घामा केही अघि जनता मावीको विशाल नंया भवन वनेपछि शुरु भएको विकासको लहर यस पटक मिर्मी विर्घा सडक पक्की हुने भएपछि अगाडी वढेको हो । आर्थिक वर्ष २०७० ७१ का लागि नेपाल सरकारको पहिलो प्राथमिकतामा परेका कार्यक्रमहरुमा मिर्मी विर्घा सडक परेपछि शुरु भएको विकासको लहरमा आलमदेवी तथा क्षेत्रपाल मन्दिरका लागि उल्लेख्य रकम समेत परेको छ ।
यसै गरी योजना आयोगले सार्वजनिक गरेको रातो कितावको दोश्रो भागमा पनि विर्घा तथा त्यस क्षेत्रका प्रशस्त कार्यक्रमहरु परेका छन । जनतामावी तथा भवानी मावीकालागि वजेट, मौला कइन्डाडा खानेपानी परियोजना आलमदेवी सटुका सडक लगायतका कार्यक्रमहरु परेका छन । प्रधानमन्त्रीका प्रेस संयोजक राजेन्द्र पान्डेले भने अनेक तरहका प्रयास र सवैको सहयोगले यी परियोजना रातो किताववमा पार्न सफल भएकोमा मातृभूमी प्रतिको जिम्मेवारी वोध भएको छ ।
पक्की हुने सडक: अव यो मिर्मी विर्घा सडक खन्ड आगामी समयमा यस्तो रहो छैन ।
ती दिन जो ख्याल ख्यालमै विते
यात्राका क्रममा तंनहु र नवलपरासी सांधको काली किनारामा २०६४ वैशाखमा !
२०६२ मा त्रिभुवन विश्व विद्यालयवाट स्नातकोत्तर सकेपछि आवस्यक कुराहरु परिपुर्ति गरेर मैले २०६३ मा विद्यावारिधीका लागि डिनको कार्यालयमा निवेदन दिएको थिए । २०६३ श्रावणको मेरो दर्ता बीचका अनेक उल्झन र व्यवधानले थेसिस पुराहून लामो समय लाग्यो । त्यस क्रममा गन्डकी शेरोफेरोको अनेक भ्रमण भए । यसै क्रममा शोध विशेषज्ञ राजाराम सरसंग काली किनारमा गरिएको पैदल यात्रा अभियान अविस्मरणीय थियो ।
देवघाटस्थीत महेस शन्यास आश्रमका डां रमानन्द गिरीसंगको भेट ।
ऐतिहासिक पीठ -आलमदेवी
आलमदेवी जाने वाटो !
स्याङजास्थित लसर्घाकी आलमदेवी शाह वंशजकी कुलदेवी हुन् । यी देवी स्याङजा जिल्ला आलमदेवी गा.वि.स. वार्ड नं. १ आलमदेवी डाँडोमा रहेकी छन् । आलमदेवीको क्षेत्रफल १५ रोपनी जमीन मन्दिरबाट पूर्व र पश्चिमतिर रहेको छ । यो मन्दिर बनाउन निर्माण सामग्रीका रूपमा काठ, ढुंगा, माटो, सिमेण्ट, सिंगमर्मर, फलाम र ईंटको प्रयोग भएको छ । यो मन्दिर वि.सं. १४७५ देखि १४९५ को अन्तरालमा निर्माण भइसकेको मानिन्छ । यो मन्दिर नागरामा अभिलेख वि.सं. १८४३ को रहेको छ ।
आलमदेवी वरपरका मगर वस्ती !
आलमदेवी शाह राजाहरूकी इष्टदेवी, कुलदेवी हुन् । भारद्वाज गोत्र भएका र गोत्र परिवर्तन गरी काश्यपगोत्र भएका शाह वंशीयकी कुलदेवी आलमदेवी ऐतिहासिक पीठ भएकी शक्तिपीठ मानिन्छ । राजा भूपति राणाजी रावद्वारा ती देवीको स्थापना भएको मानिएको छ । चितौडगढबाट पहाडतिर धर्मरक्षार्थ र प्रजापालन गर्ने उद्देश्यले लागेका र रिडीको बाटो कारीकोट हुँदै लसर्घा पुगेका खान राजाहरूले आफ्नी कुलदेवीलाई आफ्नै संरक्षणमा राखेका थिए ।
आलमदेवी वाट देखिएको विर्घाको मनोरम फाट !
आपूm लसर्घा आई बासवसेको समयमा राती सपना भयो र व्यूझेर हेर्दा आफ्नी कुलदेवीको आलन (झण्डा ध्वजापतका) त्यही लोप भएको पाउँदा ज्यादै अपसकुन ठाने । तर देवीले सपनामा दिएको चेष्टा स्मरण भएपछि आलन लोप भएको ठाउँमा पीठको स्थापना गरी आकाशमा छत (छाना) नराखी विधिपूर्वक पूजा आराधना गर्न थाले । त्यसरी पूजाको आरम्भ गर्ने व्यक्ति पनि राजा भूपति राणाजीराव नै थिए ।
Continue reading
ज्ञान तिम्रो मित्र हो : शिवपुरी बाबा
राजा महेन्द्रको राज्याभिषेकमा नेपाल आएका महान दार्शनिक तथा भारतका राष्ट्रपति डा. सर्भपल्ली राधाकृष्णन् विमानस्थलबाट सिधै शिवपुरी बाबा समक्ष पुगे र सोधे, “तपाईँको शिक्षाको सार के हो ?” बाबाले भने ” म तीनवटा अनुशासन सिकाउँछु… आध्यात्मिक, नैतिक र शारीरिक।” अनि डा. राधाकृष्णन् सोधे ,”समग्र सत्य यति थोरै शब्दमा?” बाबाले भने, “हो।”
शिवपुरी बाबाका शिक्षाका ति तीन अनुशासनलाई व्याख्या गर्न डा. राधाकृष्णन्जस्ता दार्शनिकलाई नै पन्ध्र मिनेटभन्दा बढी समय लागेको थियो। सन् १८२६ मा केरलाको नम्बोद्री बाहुन परिवारमा जन्मेका शिवपुरी बाबाले सारा संसारको भ्रमण गरेपछि अन्त्यमा काठमाडौँलाई आफ्नो घर बनाएका थिए।
उनको शिक्षाका बारेमा लेखिएको पुस्तक “लङ पिल्ग्रिमेज” का लेखक जे. जी. बेनेटले सन् १९६१ मा भेटदा बाबा १३५ वर्षका भइसकेका थिए। “मेरो बारेमा होइन मेरो शिक्षाका बारेमा लेख ” भन्ने शिवपुरी बाबाले सन् १९६३ को जनवरीमा समाधि लिए। शिक्षा क्षेत्रमा लागेकाहरूलाई फाइदा पुग्ने मनसायले शिवपुरी बाबाका शिक्षा र अनुशासनसम्बन्धी विचारहरूलाई यहाँ समेटिएको छ।
सशक्त मष्तिष्कका लागि नैतिक अनुशासन आवश्यक छ र त्यससँगै कर्तव्य र उपासना। सही जीवन बाँच, परमात्माको आराधना गर, यो नै पर्याप्त छ, यसभन्दा बढी केहि गर्न पर्दैन।परमात्मामा विश्वास गर्छौ भने तिमीले परमात्मालाई नै खोज्नु पर्छ, तर तिमी केहीमा पनि विश्वास गर्दैनौ भने पनि यो देखिने संसारको पछाडि कुनै अर्थ होला भन्ने तिमीलाई लाग्न सक्छ। तिमीले त्यो अर्थ खोज्नै पर्छ र त्यसलाई बुझ्नु पर्छ।
परमात्माले तिमीसँगै ज्ञानलाई पठाएका छन्। ज्ञान तिम्रो मित्र हो। ज्ञानले चाहनासँग अवैधानिक सम्पर्क गरेर दिमागलाई जन्म दियो। दिमागले चन्चलतासँग विवाह गरेर पाँच इन्द्रियहरूलाई जन्म दियो । दिमागले फेरि आशासँग अर्को विवाह गर्यो र रिस र लोभ नामक दुइ छोरा जन्मायो। यसरी एउटा परिवार बन्यो र तिम्रो शरिरभीत्र बस्यो। ज्ञान र चाहना बीचको चलखेल अविद्या हो। समय समयमा दिमागले पाँच इन्द्रिय मार्फत त्रास र चिन्ताको अनुभव गर्छ अनि हडबडाउँछ र आफ्नी आमा ज्ञानसँग सहयोग माग्छ। त्यसपछि ज्ञान तिमी अर्थात आत्मासँग परामर्श लिन आउँछ आत्माले आफ्ना परिवार त्याग्न र आत्मामै समाहित हुन भन्छ। आत्मामा ज्ञान समाहित हुनुलाई नै बोध भनिन्छ।
मानिसका तीन खालका कर्त्तव्य हुन्छन् : शारीरिक, नैतिक र आध्यात्मिक। शारीरिक कर्त्तव्यमा जन्म लिनुका दायित्व पूरा गर्ने, बाँच्नका लागि कमाउने, संसारमा आफू र आफ्नो क्षमतालाई स्थापित गर्ने, आफू प्रति आश्रितहरूको हेरविचार गर्ने आदि पर्छन। नैतिक कर्त्तव्यमा आफू प्रतिको दायित्वप्रति सधै सजग रहने र चौबीसै घण्टा सत्यको खोजी गर्ने पर्छ भने आध्यात्मिक कर्त्तव्यमा परमात्माको आराधना।
तर यो पछि नै गरिनु पर्छ सबैभन्दा अगाडी त पहिला दुइ कर्त्तव्यमा ध्यान दिनु पर्छ। यी दुइ कर्त्तव्यबाट कहिल्यै पनि ध्यान हटाउनु हुँदैन। एक मिनेट मात्रै पनि यी दुइ कर्त्तव्यबाट ध्यान हटायो भने तिम्रो दिमागमा अनेकन अनुरागहरूले आक्रमण गर्न थाल्दछ। यस्ता अनुरागहरूलाई बाहिरै राख्न पनि सजिलै छ।तिम्रो घरमा अनेकन मानिस आउँछन्, तिमी तिनलाई चियाआदि दिएर स्वागत गर्छौ। तिनिहरू फेरि आउछन् किनकी तिनिहरूलाई तिमीले स्वागत गर्छौ भन्ने थाहा छ। तर तिमीले तिनलाई स्वागत नै गरेनौ भने तिनीहरूले तिमीलाई छोड्छन् र अन्यत्रै जान्छन्।यहाँ मेरो घरमा जस्तै। यहाँ वरपर काँडेतार लगाइएको छ मैले भीत्र आउन दिनेहरू मात्र भीत्र आउन पाउँछन्।तिमी पनि तिम्रो दिमागको वरपर काँडेतार लगाउ । शरिरका अनेकन आवश्यकताहरू हुन्छन्।
शरिरका हरेक अङ्गका सहि गतिविधिका बारेमा तिमीले थाहा पाउनु पर्छ। ति सहि गतिविधिको छनौट गर्नु पर्छ र बिना कुनै निर्देश वा भूल तिनलाई कार्यान्वयन गर्दै जानु पर्छ।अर्को कुरा दिमाग हो। दिमागमा भावनाहरूले राज्य गर्छन् तर दिमागमा तर्कको राज्य हुनु पर्छ।दिमागमा शान्ति हुनुपर्छ। एउटा कर्त्तव्य आफ्नो शरिर प्रति हुन्छ अर्को घर प्रति हुन्छ, कर्त्तव्य समाजप्रति पनि हुन्छ र कर्त्तव्य समग्र राष्ट्रका प्रति पनि हुन्छ। अर्को कर्त्तव्यचाहिँ व्यवसायिक जीवनको हुन्छ। कर्त्तव्यहरूको पालनाका लागि सबैले धन कमाउनु नै पर्छ।
कर्त्तव्यको पालना सिकाउने काम शिक्षक र अभिभावक दुवैको हो।दुवैले त्यसै अनुसार तयारी गर्नु पर्छ। बालबालिकालाई पाँच वर्षको उमेर देखिनै कर्त्तव्य पालनाका शिक्षा दिइनु पर्छ, उनीहरूको दिमागले कारणहरू सोच्न थाल्नुभन्दा अगाडी देखिनै।
शरिर प्रतिको कर्त्तव्यको पालना शरिरको आवश्यकताको अध्ययन गरेर गर्नु पर्छ।खाने काम पनि शरिरलाई ठिक ठाउँमा राख्नका लागि मात्र हुनु पर्छ।यसैगरी सुत्ने हेर्ने छुने दिसापिसाव गर्ने आदि सबै कर्त्तव्यको पालना शरिरलाई ठिक ठाउँमा राख्नका लागि तोकिएको समयमा र बिना कुनै गल्ती गरिनु पर्छ।यी सबै कुरा बालबालिकालाई सिकाइनु पर्छ। उनीहरूलाई यी सबै कुरा स्पष्ट पार्नु पर्छ र उनीहरूले गल्ति गरे भने तिमीले त्यो गल्ती औल्याउनु पर्छ।
यस्ता कुरा अभ्यासमा भर पर्छ। मैले तिमीलाई चिया बनाउन भने । तिमीले बनायौ तर त्यसमा गल्ति भएको हुन सक्छ र सहि स्वाद नआएको हुन सक्छ। चिनि धेरै भएको हुन सक्छ, रङ्ग कडा भएको हुनसक्छ।आज गल्ती पत्ता लगाउ समाधान भोलि हुन्छ। भोली तिमीले फेरि गल्ति गर्न सक्छौ पर्सि समाधान निक्लन्छ । यसैले एउटा कुरालाई लामो समयसम्म नियमित अभ्यास गर्दै गए पछि तिमीले सहि स्वाद पाउछौ र तिमी त्यसैलाई निरन्तरता दिन सक्छौ।यसरी नै तिमीले आफ्ना कर्त्तव्यको अध्ययन गर्नु पर्छ । जबसम्म सहि उत्तर पाइदैन हामीले काम दोहराउदै जानुपर्छ, हिजोका गल्तीहरूलाई आज सुधार गर्दै जानु पर्छ ।
तिमी कति चाहन्छौ भन्ने कुरा पहिल्यै निधो गर। कति साथी चाहिन्छ, कति मानिसलाई भेट्नु पर्छ, परिवारसँग बाँच्नका लागि कति कमाउनु पर्छ, राजनीति पत्रकारिताजस्ता विषयमा सोच्न र कुरा गर्न कति समय दिनु पर्छ, कति खाने कति पिउने र कति मनोरञ्जन तिमीलाई चाहिन्छ ति सबैको पहिले नै निधो गर र त्यस अनुरूप नै आफूलाई ढाल। आफूले तोकेको सीमाभन्दा बढी कहिल्यै जान नदेउ।
सत्यको अनुभूति गर्न जीवनलाई त्याग्नु पर्छ तर जीवनलाई त्याग्नुको अर्थ जङ्गल तिर वा गुफामा जानुमात्र होइन। बुद्धले पनि बोधिसत्व प्राप्ति पछि त्यसो गर्न आवश्यक नभएको वताएका छन्। सहि जीवन बाँच्ने हो भने घरमै बसेर पनि सत्यको अनुभूति गर्न सकिन्छ। जीवन त्याग गर्नु भनेको नाम, ख्याति र मनोरञ्जनका चाहनाहरूलाई त्याग्नु हो।
दृढ सङ्कल्प
समुन्द्रको किनारामा एउटा बदाम जत्रो सानो चरा बस्थ्यो। समुन्द्रतटमा उसले फुल पार्थ्यो तर सधै समुन्द्रको छालले उसको फुल बगाइदिन्थ्यो।सधै यस्तो भए पछि त्यो चरो साह्रै रिसायो।आफ्ना फुलहरू फेरि पाउनका लागि उसले समुन्द्र नै सुकाउने योजना बनायो । दृढसङ्कल्पका साथ उसले योजना बनायो र समुन्द्रमा आफूलाई भिजाउँदै टाढा गएर आफ्नो जीउबाट पानी फाल्दै सुकाउन थाल्यो। यो काम उसले नियमित र निरन्तर गर्दै गयो।उसको काम देखेर उ जस्तै अर्को चरो आयो के गरेको भनेर सोध्यो। चराले समुन्द्रमूनि रहेका आफ्ना फुल लिनका लागि समुन्द्रनै सुकाउन लागेको वतायो। अर्को चराले पनि आफ्ना फुल लिनका लागि त्यसै गर्न थाल्यो। ति चराहरू एक पछि बढदै हजारौ भए अनि लाखौ र समुन्द्रनै सुक्यो।
(जे. जी. बेनेट र ठाकुरलाल मानन्धरद्वारा लिखित तथा सन् १९६५ मा प्रकाशित “लङ पिल्ग्रिमेज” मा आधारित)
नफर्कने जमावीका दिनहरु
अझै उस्तै छ: जनतामावीको पुरानो भवन ।
जनता मावी स्यागंजाको पश्चिम क्षेत्रकै पुरानो र प्रतिष्ठित माध्यमिक विद्यालय हो । यस विद्यालयमा अध्ययन गरेकाहरु राज्यको उच्च तहमा पुग्नुका अलावा देश विदेशमा समेत नाम कमाउन सफल भएका छन । आफ्नो सिमित ज्ञानको ठुलोअंश यसै विद्यालयवाट आर्जन गर्न पाएकोमा म पनि आफुलाइ भाग्यमानी नै ठान्दछु । झन्डै 2016 सालमा स्थापति यस विद्यालयमा अनेक उकाली ओरालीका वावजुद २०४७ देखि २०५१ सम्म मैले पनि अध्ययन गरेको थिए ।
चारवजेको विद्यालय छुट्टीपछि घरघर लागेका जमावीका विद्यार्थीहरु ।