विर्घाको रोपाई

यसपटक समयमै वर्षा भएकाले रोपाइलाई त्यति समस्या भएन । असार मानो खाएर मुरी उव्जाउने महिना हो । यद्यपि विर्घामा धेरै जसो रोपाई साउनमै हुन्छ । सम्म मिलेको उपत्यका भएपनि यंहा पानीको भने चरम अभाव छ । यद्यपि वर्षाले रोपाई सहज वनाएको छ ।
252745_230689886948099_2286315_n
विर्घा भुष्टुंगमा रोपाइ गर्दै स्थानीय महिलाहरु । पृष्ठभूमीमा पदम सर घनस्याम काका को घर र नांगे डाडा देखिन्छ ।
1002843_595584797131420_1799472863_n
विष्णु घर्तिले खिचेको तस्विरमा खेत सम्याउदै गरेको देखिन्छ भने खेतको बीचमा हिलाम्मे सडक ।

लाइफका प्रसेन्टेजहरु…

अर्चना
५०% उमेर त सुतेर बितिसक्यो तपाईं भन्नुहोला कसरी? भनेर अब दिनभर जाग्ने रातभर सुत्ने गरेपछी आधा उमेर त सुतेर बिताएको भएन त? अहो हामी त कुम्भकर्णनै रैछौ बस कुन्भकर्ण र हामीमा एती फरक छ कि हामी दिनदिनै सुत्छौ, उनी ६ महिना सुत्ने र ६ महिना उठ्ने गर्थे।

कहिले काहि लाग्छ यो दिएको उमेर छोटो छ। एकजना युरोपियन कबिलाई पनि आफ्नो उमेर सार्है छोटो लागेछ कुन अर्थमा लागेछ भने आफ्नो प्रेमिकाको ब्याख्या गर्न । यो अहिले पाएको जीवनमा त उनका प्रेमिकाको आँखा मात्र पनि प्रशंशा गर्न भ्याउदैनन रे। वा! लिटरेचर भन्ने चिज नै यस्तै जती कल्पनाको उचाइमा पुगे पनि हुने। यि त भए 18th century का कुरा अहिलेका प्रेमीलाई यस्ता कुरा सुनायो भने त झटारोले हिर्काउछन । बकम्फुसे कुरा भन्लान तर बकम्फुसे फूल त राम्रै हुन्छ भगवानलाई पनि त चढाइन्छ। आँखा हेरेर जिन्दजी बिताउनेमा त आँखाका डाक्टर मात्र होलान जस्तै आँखाका डाक्टर सन्दुक रुइत आँखानै हेरेर कत्ती अवार्ड पाइसके । आहा!! कत्ती लक्की आँखा हरु…..

१०% चाँही बाटो काटेर, हिंडेर काटियो होला कत्ती कामले हिडियो होला कत्ती बेकामले हिडियो होला । ५% चहि खादा खादै बित्यो होला कठै ज्यान पाल्न परि हाल्यो भातको लत बसेको छ, त्यही नखाइ नहुने बिहान बेलुका। २०% पढाईमा बित्यो होला बिहान देखी बेलुका सम्म स्कुल, कलेज गयो फेरी घर आयो होमवोर्क गर्‍यो । दिनहरु कसरी बित्यो पत्तै भएन। 0.५% चाँही कलेज बङ्क सङ्क गरेर बित्यो होला सधैं पढ्न मन नलाग्ने कहिलेकाही कलेजबाट भाग्दा पनि रमाइलो नै हुने । 0.५% सरको पिटाइ खाएर बित्यो होला । पिटाइको पुरा गर्दा एकचोटि मैले दरो पिटाइ खाएको याद आयो । ४ मा पढ्दा म्याथ टिचर लक्ष्मण सर भन्ने हुनु हुन्थ्यो। साह्रै कडा मिजासका , सरको लौरो देखेरै डर लाग्ने । एक्दिन सबैलाई blackboard मा simplify गर्न लाउनु भयो र कसैलाई पनि सल्भ गर्न आएन र सबैलाई मेच माथि उठाउनु भयो मलाई अली म्याथ आउने भएकोले लास्टमा गर्न लाउनु भयो मैले पनि खराखर सल्भ गर्दिए ।

त्यसपछी त सरले सबलाई गएर गालामा झापड लगा भन्नु भयो मलाई त पर्नु फसाद पर्यो । आफु भन्दा धेरै ठुला ठुला अग्ला केटाहरुलाई र आफ्नै साथीहरुलाई कसरी झापड लाउने मैले त यो काम गर्न सक्दै सकिन अब झापड लाएर के गर्नु फेरी क्लास सके पछी केटाहरुले झापड बदला लिए भने त म दश गज पर पुग्थे, आफु त फुच्चे मान्छे। तेस्तै सोच्दा सोच्दै सर फेरी कुर्लिए, पिट भनेको सुनेनस फेरी सबैलाई स्कुलबाहिर चौरमा कुखुरा बनाएर राखिदिन्छु भने। अब सबैको अगाडि कुखुरा बन्नु भन्दा बरु साथीकै हातबाट झापड खान बेश लागेछ क्यारे सबै साथीहरुले पिट अर्चना भने अब म बडो दोधारमा परेर टेबल माथि चढेर एक्जना साथीको गाला बिस्तारै हातले के छोएको थिए सर त जङिएर तलाई पिटन आउदैन ल यता आइजा म सिकाउछु भनेर पाच औंलाको डाम बस्ने गरेर झ्याम्म हाने। त्यो झापडले ३ दिन सम्म गाला छोपेर हिंड्नु पर्‍यो साथीहरुले तेलले गाला मालिस गर्दिएको क्षण पनि बिर्सि नसक्नु छ। १०% चाहि काम गर्दै बित्यो होला जब देखी काम गरियो सुत्न कम गरियो काममै लत बस्यो फेरी नयाँ नयाँ कुरो एकै चोटि सिक्न मन लाग्ने हाडी घोप्टे बानी।

बाकिको ४% चाँही परिवार सँग रमाइलो गरेर , साथी हरु सँग गफ चुटेर , टि.भी हेरेर , म्युजिक सुनेर आदी इत्यादी गरेर बिताइयो होला । यसरीनै लाइफका प्रसेन्टेजहरु हरु जोड घटाऊ हुँदै जान्छन उमेर बढदै जान्छ ।

पक्की हुने पक्का

मिर्मी, विर्घा, रुद्रवेणी सडक पक्की हुने पक्का भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षकालागि तयार गरेको कार्यक्रममा यो सडकलाई पहिलो प्राथमिकतामा राखेको हो । आइतवार प्रधानमन्त्रीका प्रेस संयोजक राजेन्द्र पान्डेले भने निरन्तरको प्रयासपछि यो काम हुने भयो । रातो कितावको पहिलो खन्डमा यो सडक परेको छ ।
रातो कितावमा केन्द्रीय योजना अन्तर्गत पहिलो प्राथमिकताको क्रममा परेको सडक अव पक्की हुने काम शुरु हुने भएको छ । प्रारम्भमा ग्राभेल गर्ने र वांकी खन्ड ग्राभेल गर्दै लैजाने तथा ग्राभेल सुकेपछि क्रमश पक्की हुदै जाने भएको छ ।
त्यसका लागि आवस्यक रकम तुरुन्त अर्थ मन्त्रालयवाट निकासा जाने भएको छ । केन्द्रीय स्तरको आयोजनामा परेपछि सडकको काम नियमित हुने कुनै सानो तिनो समस्याले रोक्ने गरेको पाइदैन ।

जन्म दिनको आफैलाइ शुभकामना

असार २७ (जुलाइ ११) अर्थात विश्व जनसंख्या दिवस । आजै मेरो जन्मदिन परेको छ । एउटा नमिठो संयोग विश्वले जनसंख्या नियन्त्रणका कुरा गर्दा म भने जन्म दिन संझन वाध्य छु । असार हाम्रा आदिकवि भानुभक्त वाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन ।

कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइ पनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएन । पिताजीले वर्षको एकवार काले जैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र ।अहिले बा पनि हुनुहुन्न र काले जैसी पनि छैनन र यो क्रम पनि रोकिएको छ । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो । मेरो जन्ममिति २०३५ असार २७ गते मंगलवार हो । यद्यपि यो जन्ममिति ज्योतिषलाइ हात हेराउदा वाहेक काममा आएन ।
पर्यो के भने मेरो जन्ममिति प्रमाणपत्रमा २०३५।०८।१५ लेखिएको छ । यो आठ भन्नाले मंसिर पर्छ क्यारे । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो । हुन त आजभोली जन्मदिन भव्यताका साथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ता हिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरो ३० औ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।
जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छेमरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने केही धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन । गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन । जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।
असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए । उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।
विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ६५ औ जन्मदिन निर्मल निवासमा मनाएका छन ।

दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन अरे । यसै महिनाको ६ गते भारतीय कांग्रेसका महासचिव तथा भावी प्रधानमन्त्री राहुल गान्धीले अफ्नो ४३ सौ जन्मदिन मनाए । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ । उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा म ववुराको पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।
एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे । शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ । मलाइपनि कतै त्यहि काकताली परेर त होइन यो लेख्न जांगर चलेको ।
खैर जे भएपनि आफ्नो जन्म दिनको आफैलाइ शुभकामना !

शंकर पान्डे र शैक्षिक जागरण

1004462_1384294428456149_1957106948_n
एउटा अग्लो जिउडाल, खाली खुट्टा, सेतै फुलेका दारी र दारी जस्तै पहिरन । सधै व्यस्त देखिने राजधानीका सडकमा यस्तै कोही व्यक्ति देख्नुभयो भने उनी हुन शंकर प्रसाद पान्डे । २ पल्ट जन निर्वाचनवाट र एक पल्ट संसद पुनस्थापनापछि सांसद वनेका शंकर प्रसाद पान्डे वाहिरवाट हेर्दा जति सरल देखिन्छन भित्रवाट अझ धेरै सरल छन ।
कमजोरहरु व्यक्तिका कुरा गर्छन शंरक प्रसाद पान्डे व्यक्तिका कुरा गर्ने स्तरवाट माथि छन । उनी विषयका कुरा गर्छन । शंकर पान्डे साधारण व्यक्तिवाट अलि पर छन त्यसैले उनी विषय हुन ।
दुई पटक सांसद भएपनि केही गरेनन भनेर गुनासो गर्नेलाई उनी कुनै प्रत्युतर दिदैनन । यो देशको प्रकृया, पद्धति र प्रचलनले कसले पो के गर्न सक्छ र । तरपनि शंकर पान्डेले धेरै गरेका छन । समाजमा नैतिकताको शिक्षा दिएका छन । खराव आचरण र संगत दिएका छैनन । केही विकास कार्यकालागि पहल कदमी गरेका छन । उनको सादगीपूर्ण व्यक्तित्व र निस्वार्थ भावनाकालागि उनी जसका अगाडी गएपनि काम रोकिएन ।
DSC00631
(याम प्रसाद पान्डेसंग शंकर पान्डे मालुंगामा)
उनी पनि मानिस हुन त्यसैले उनका पनि तमाम कमजोरीहरु रहे । जति भनेपनि अरुले भनेको कमै सुन्ने र मनमा लागेको कुरा गरी छाड्ने जिद्दी पन उनको नराम्रो वानी हो । अध्यात्ममा ज्यादा भिजेकाले हुन सक्छ समयको पालनामा शंकर पान्डे अधिकाशं खराव रहे । भन्नेले आर्थिक उपार्जन नगर्नुलाई शंकर पान्डेको कमजोरी भन्छन तर निर्वाचन र पुनस्थापनावाट ३ पटक सांसद भएको व्यक्ति अहिले अति सामान्य आर्थिक हैसियतमा रहनु र कहिल्यै पनि आर्थिक विवादमा नआउनु उनको सवै भन्दा सवल पक्ष हो ।
२०६४ सालको संविधान सभा निर्वाचनमा टिकट नपाउदा धेरैले शंकर पान्डेप्रति सहानुभूति दर्साए तर उनले आफै भने म तपाईहरुले सोचे जस्तो टिकट पाउदा खुसी हुने र नपाउदा दुखी हुने अवस्थामा छैन । यसो भन्दा शंकर पान्डेको अनुहारमा देखिएका आभा र उज्यालो देख्नेले मात्र महसुस गर्नसक्छ ।
तिनै अध्यात्मीक व्यक्तित्वका धनी पान्डे अहिले विर्घालाई सैक्षिक ग्राम वनाउन लागेका छन । तिनै शंकर पान्डेका पिता गणेशप्रसादले थालेको शैक्षिक जागरणवाट दिक्षीत हामी शंकर पान्डेलाई पनि त्यही सफलता मिलोस भन्ने कामनामा छौ ।

मोहनीलाल एक वहुरंगी व्यक्तित्व

विर्घाको भन्जिगंमा जन्मिएर कहिले विरागंदी त कहिले नेवारी कुवा हुदै कट्टी वसाइ आएका मोहनीलाल खराल एक वहुरंगी व्यत्तित्वका धनी हुन । केटाकेटीमा हामीलाई वाघका कथा सुनाउने देखि, वनको रखवार गर्ने तथा वाख्रा पालन गर्ने देखि महिनै पिच्छे सत्य नारायण पूजा गर्ने मोहनीलाल खराल अहिले जीवनको उत्तरार्धमा रहेका छन । समाजिक काममा सक्रिय मोहनीलालका विभिन्न रुपका तस्विरहरु यंहा ।
Photo0147
स्थानीय युवासंग मनोरन्जन गर्दै मोहनीलाल ।
Photo0162
क्षेत्रपाल मन्दिरमा मोहनीलाल ।
Image0191
आफ्नै घरमा रहेको पसलमा छोरा रामप्रसाद संग मोहनीलाल ।

के घर के डेरा

DSC03446
(मेरो वाल्यकाल वितेको घर )
काठमाण्डौ वसाइ शुरु भएको पनि यो झन्डै तीन दर्जने जीवनको आधा भन्दा वढि भएछ । हुनत जीवनको वढि खन्ड यता विते पनि मन भने उतै छुट्दो रहेछ । माया मार्न नसक्ने र सके सम्म गांउका लागि केही गरौ भन्ने भावना सवैमा हुन्छ होला । जसमा म पनि एक छु । विर्घाको मौला वसाइ स्कुले जीवनमा मात्र सिमित भयो । यस पछिको नौलो सडक नजिकैको कट्टी वसाइ भएपनि हररात सपनीमा त्यही मौला वा त्यसैको शेरो फेरो आइरहन्छ । त्यति वेलाका मित्रहरु शुरेश, सानु वा दुर्गा रानाहरु वारम्वार आइरहन्छन । डिठ्ठाको पोखरीका नामले प्रशिद्ध हाम्रै पोखरी आइरहन्छ । जहा वर्षाको भेल जम्मा हुदा हामी आफुलाई माइकल फ्लेप ठान्थ्यौ । रातो वर्षे भेल खादै सिकेको पौडाइ अहिलेपनि यसो कतै मेसो मिल्दा या मुलुक वाहिरको भ्रमणमा बीचहरुमा पुग्दा काम लाग्ने गरेको छ ।
मौला जीवनको मानक हो हुनत अहिले त्यहा नवीनता केही छैन । हात डोर्याएर स्कुल पुर्याउने बा हुनुहुन्न । मौलाको चौपारी छैन । र छैन कुनै नविन चहलपहल । जनसंख्या घटेको छ । घासकालागि विरांग्दी पुग्ने घसवारहरु हराएका छन । वलिया वांगाहरु शहर पसे, वुढा वुढीलाई समय आयो लियो गयो । मौले कान्छा वाको कुडुले घर होस या रिखे दाईको सानो कोठीको पसल, मौले रमेशहरुका लिची हुन या अमारा यी सवै मौलाका पर्याय थिए । अधिकांश वटुकाहरु वलाम भन्जयागं हुदै झागे देउरालीको वाटो कामी गांउ हुदै मौला झर्दथे । वाटो फुर्से पोखरा हुदै खिकर्दीको डहर छिचोल्दै दिगाम डांडावाट ओइघा लाग्दथ्यो । आज भोलीको शुन्यता देखेर, हुलका हुल हिड्ने वटुवाहरु कंहा गए होलान जस्तो लाग्छ ।
गांउमा कुनै जमघट, छलफल वा मुद्दा मामिला पर्दा भेला हुने, भरियाले भारी विसाउने र सित्तल खाने चौतारी पहिरोले लगको छ । भयर धरापमा परे र मन्दिर अलिक तल सरेको छ । डांडा माथिका जुन झै मौले ठुलदाई मात्र छन मौलाका आदिम साक्षी । कोही मधेश झरे कोही शहर पसे । विरानो वनेको छ मौला । हुनत यो ठांउ या यी घर निर्जीव हुन , तैपनि लाग्छ घरले मलाई चिनेको छ वारीले मलाइ पहिचान्छ । यी ढुंगा या ढिक मेरा साथी हुन ।
धेरै पछि मिलेको मेसोमा पनि संझना घरी घरी त्यही गांउको, त्यही घरको या तिनै खेत वारीको आइरहन्छ । अहिले गांउको घर छोडेर शहरको डेरामा वसेको म तिनै घर, खेत या वारीलाई तिनै तमाम विगतलाई मिस गरीरहेको म ।

वर्षामा विर्घा

Image0182
मकैको हरीयाली बीच गफमा व्यस्त पशुपती सर, धुर्व खहरे र नविन पान्डे।
समयमै वर्षा भएपछि खेतिपातीका अलवा हरियालीले चुर भएको विर्घामा वर्खा मध्य छ । दिनहुको झरीले वाटो विगार्ने वाहेक अरु सवै सपारेको छ । केही नविनतम योजनाहरुको शुरुवात तथा काम हरुले विर्घालीहरुमा उत्साह जागेको छ । मन्त्रिपरिषदका अध्यक्षसंगको भेटघाट र सडक पक्कीका कुरासंगै गहलाम भुष्टुंग सडक निमार्ण हुदैछ यसकालागि डोजरले सडक खन्ने कामपनि गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको रु ५ लाख सहयोगमा निर्माण हुन लागेको सडकले गहलाम देखि अर्चले, कुलुम, माझखन्ड, कसारे हुदै भुष्टुगंलाई जोड्ने छ ।
लगातारको पानीले मकैका वोटहरु तन्कीएका छन । किसानलाई खेति र घासको त्यति चिन्ता छैन ।
Image0206
मकैका बीचमा देखिएको ढुन्डी पान्डेको घर ।

Image0247
पानीको प्रभाव: लटरम्म मौलामा फलेका काक्रा ।

सडक पक्की हुदै

अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलाराज रेग्मीले मिर्मी विर्घा सडक पक्की हुने वताउनुभएको छ । पुर्व सांसद शंकर प्रसाद पान्डेको नेतृत्वमा आइतवार रेग्मीलाई भेट्न गएको प्रतिनिधिमन्डललाई उंहाले यस्तो आस्वासन दिनुभएको हो । विर्घावाट काठमाण्डौ आएर विभिन्न पेशामा संलग्न विभिन्न व्यक्तित्वहरु रेग्मीलाई भेट्न सिंहदरवारस्थित उंहाको कार्यालयमा गएका थिए ।
प्रतिनिधिमन्डलमा पूर्व सांसद शंकर पान्डेका अलावा पूर्व गृह सचिव अनन्तराज पान्डे, दुर्गा पान्डे,(मरेग्दी) शिवनाथ पान्डे(कुन्दी), डा. धनवहादुर राना,(घ्यागंसिंखरक) ताराप्रसाद पान्डे(चिसापानी), दामोदर पान्डे, (मुलवाटा मुनी) ठानेश्वर पान्डे,(चिसापानी) गुरुदत्त पान्डे,(कट्टी) वावुराम पान्डे,(पुच्छार) वलराम पान्डे(कट्टी),टंक पान्डे –(कुलुम) लगायतका व्यक्तिहरु करहनु भएको थियो । मन्त्रिपरिषद अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पान्डेले भेटघाटको सहजीकरण गर्नु भएको थियो ।

सोसाइटी र जमघट

6482_595106067187255_686808959_n
गांउ घरमा मानिसहरु एक आपसमा भेला हुन पनि विभिन्न वहाना चाहिन्छ । तिनै वहानाहरुमध्ये सोसाइटी पनि एक हो । केही निश्चित रकम समुहमा जम्मा गरेर एक आपसमा सारो गार्होमा सर सापटी लिने र गर्जो टार्ने अवसर हो सोसाइटी । महिलाका पेवा देखि छोरी वेटीका दक्षिणसम्मले सोसाइटीमा हिस्सा पाउछन । स्थानीय शिक्षकहरुले हिसाव मिलाउछन भने फुर्सद भएका तर पद चाहिनेहरुले सोसाइटीमा नाम र पद पाउछन । सहकारीकै एक रुप सोसाइटिले ग्रामिण अर्थतन्त्रलाई औपचारिकता दिन ठुलो भूमिका खेलेको छ । अझै पनि विर्घा र त्यस वरपर अनेक नामका सोसाइटीहरु क्रियाशिल छन ।
971497_595100503854478_1250147319_n