अघिल्लो शनिवार अकस्मात गएको भुकम्पले विर्घा जाने साइत जुरायो । यो भुकम्पले विर्घाका घरहरुमा पनि व्यापक क्षती भएको छ । तिनै क्षती पुगेका केही घरहरु ।
भुकम्प वाट क्षति पुगेको वनकसी डांडा स्थीत पशुपति पान्डेको घर ।
वन्कसी डांडाकै छविलाल पान्डेको चर्किएको घर । यो घरमा वाहिर भन्दा भित्र धेरै क्षति देखिन्छ ।
वन्कसी डाडाकै उमाकान्त पान्डेको घर ।
विर्घा कट्टी स्थीत गणेश पान्डेको घर ।
वन्कसी डाडाकै अर्को घर ।
गांउघरमा
गांउघरमा
स्मृतिमा नागें डाडो र वाल्यकाल
विहानै उठेर राकस्दीको पानी ल्याउनु र दिउसो नागेंडाडामा खेल्न जानु गर्मी याममा हाम्रा दैनिकी थिए । जाडोमा वारीका डाठं, पात र कसिंगर जम्मा गरेर आगो वाल्नु र गहते पोलेर खानु नियमित कर्म थिए । विहान भैसीलाई दिन कुंडो पकाउने डाठ जम्मा गरेपछि वचेका ठुटा हामी सल्काउथ्यौ । यही आगोमा सनपाटका डाठलाई चुरोट वनाउदै कति तानिन्थ्यो । कति मित्रहरुलाई त्यही डाठ आज धुवा पुत्ताउने वहाना वनेको छ ।
एक महिना जाडो विदा हुने हामी स्कुलेका लागि डण्डा लौरा खेल्नु, वल खेल्नु, चोर सिपाही खेल्नु र गोरु जुधाएर मनोरन्जन लिनु नियमित उपक्रम थिए । हिउदको छुट्टी भरी विरागंदी गएर घास ल्याएपछि दिनभर फुर्सदमा यस्ताकामहरु चल्थे । अलि पछि यस्तो फुर्सदमा तास खेल्न सिकियो । गनवहादुर दाईको नंया घरको आटीमा वसेपछि आफैलाई ठुलो मान्छे ठानेर अनेक नगद उधारका पत्तीहरु धेरै फिटिए ।
हुनत केटाकेटीमा हिउदमा आगो वाल्नु ( जसलाई हामी भुल्ली भन्थ्यौ ) र वर्षा याममा कुलाका वाध, छाकुना, ढोव्ला या अरुवामा पौडिनु नियमित चलीरहने प्रकृया थिए ।
मेरो घर र हुर्किएको ठांउ मौला भएकाले होला त्यस ठांउका स्मृति र मौलिक विशेषताले मलाई अहिलेसम्म वल्झाइ रहन्छन । त्यही मौलाका विभिन्न मानक मध्ये मौला भयर, भन्जिगं र नांगे डाडो अली वढि स्मृतिमा आइरहन्छन ।
दिन वित्दो छ आपाधापी चर्किदो छ । स्थिर भएर एउटै विषयवस्तुमा लेख्ने अवस्था पनि छैन । तर हर रातका सपनीमा यिनै दृष्यहरु दोहोरिइरहन्छन, कुनै नंया विर्घाका तस्विर देख्दा अहिल्यै उठेर जांउ या गुडेर जांउ जस्तो भइरहन्छ । तिनै भाडा कुटी खेलेका बारीहरु । वाघचाल खेलेका मौलाका चौतारीहरु । अहिलेपनि परिवर्तन नभएको मौला ठुल्दाइको जिर्ण घर र इतिहासका साक्षी मौले ठुल्दाइ, भाउजु, नागें डाडो र घासका भारी वोकेका तिनै भन्ज्यांगका पहिरोहरु ।
मध्यपूर्वमा रहेका भाइ विष्णु घर्ती तरह तरहका तस्विर खिच्न माहिर छन । उनैको आधुनिक क्यामेराले दशैको छेउ छाउमा खिचेका तस्विरहरु ।
नागेंडाडाको उकाालोमा थकाइ मार्दै स्थानीय ।
घास काट्न विरागंदी तिर जादै घर्सेनीहरु । अहिले परिो अली वसेजस्तो देखिन्छ ।
पहिरो गांउ पस्दै छः भन्जिीग तर्फको पहिरो ।
नांगे डांडावाट देखिएको विर्घाको मध्य भाग । जंहा मौला, कइन्डाडा, मरेगंदी, कसारे, पुच्छार वन्कसीडांडा देखिन्छ ।
भार्सेचौर तिरको पहिरो । यो परिोलाई नेपालकै दोश्रो ठुलो पहिरो भन्न्छि ।
वर्खाको वाटो
मिर्मी वाट विर्घा जाने वाटो यतिवेला ठांउ ठांउमा अवरुद्ध छ । ठुला वसहरु त वर्खा भरी यो वाटोमा हिड्दैनन । स्थानीय जिप पनि वाटो अवरुद्ध हुंदा कष्टकर यातायात गर्न वाध्य छन ।
वाटो पक्की हुनु पूर्व यस वाटोको स्तरोन्नती गर्नु पर्ने भएकाले अझै केही समय यो वाटो कच्ची नै रहने छ । यद्यपि त्यस सम्वन्धी काम भने अगाडी वढी सकेको छ ।
आयो डोजरः वाटो विग्रेपछि डोजर लाएर सफा गरिदै कइन्डाडामा ।
पल्टिएला कीः वर्खाको हिलामो कष्टकर यात्रा गर्दै जिप विर्घा ५ हिरन्डाडामा ।
हाम्रो प्रयास कम छैनः वाटोमा जमेको पानी हटाउदै स्थानीय ।
ताल हो की सडकः पानी जमेको वाटो र घांस भारी सहित आउदै लुंछेली यज्ञमूर्ति ।
जमावीमा २८, भवानीमा १२ जना पास
विर्घा गाविसमा रहेको दुई माध्यमिक विद्यालयले मध्यम स्तरको नतिजा निकालेका छन । विर्घा अर्चलेमा रहेको जनता मावीमा २०७० को प्रवेशिकामा सहभागी भएका ७४ जना विद्यार्थी मध्ये २ जना विशिष्ठ, ९ जना प्रथम श्रेणी र १६ जना द्धितीय श्रेणी तथा १ जनाले तृतीय श्रेणीमा उतिर्ण गरेका छन । यसैगरी जमावीका १४ जना विद्यार्थी पुरकमा परेको स्थानीय शिक्षक धुर्व पाण्डेले जानकारी दिएका छन ।
यसै गरी विर्घा वैघामा रहेको भवानी मावी वाट २०७० को प्रवेशिकामा सहभागी ६५ विद्यार्थी मध्ये १२ जना उतिर्ण भएका छन ।
व्यवसायीक वाख्रा पालनमा दिपक दाइ
उनका अगाडी थुप्रै विकल्प थिए । चल्तीको ब्यापार काठमाण्डौमा फस्टाउदै थियो । स्वदेश छाडी विदेश समेत पुगेर आर्थिक उपार्जनका अनेक श्रोतहरु थिए । तैपनि उनी पुख्यौली घर फर्के । नामले मात्र नभए धेरै वर्ष स्याहार सुसार नपाएर थोत्रीन लागेका थोत्रावारीका घर गोठलाइ रिपेयर गरे ।
पुराना भत्काए, नया वनाए, ठिक्कका मर्मत गरे । यसरी शुरु गरे विर्घा ३ थोत्रावारीका दिपक पान्डेले गांउमा व्वसायीक वाख्रा पालन । आमाले विहानको पुजा पाठका लागि देउताका भाडा वर्तन सफा पार्दै गर्दा दिपकदाई टारी गैरावाट वाख्राको रुची अनुसारको घासको भारी ल्याइपुर्याउछन । घासको भारी विसाएपछि वाक्लो महीको गिलास ओठमाथि ताउ लगाउदै सुर्क्याउछन उनी ।
शहर पसेको छोरो घर फिरेपछि वा आमा पनि कम्ती खुशी छैनन । “वाउ वाजेको थात थलाले गुहार पाएको छ, गांउमा पनि केही गर्न सकिन्छ भन्ने उत्साह थपिएको छ”, छोराको कर्मवाट प्रफुल्लीत दिपक दाइका बा ले भन्नुभयो “गांउमै अवसर छ किन शहरको मात्र मुख ताक्नु पर्यो” ।
हाल लोकल वाख्रा करिव ५० को संख्यामा छन दिपक दाइको फर्ममा । लोकल खसी, वोका छुट्टै खोर वनाएर राखेका छन उनले । अवको उनको योजना छ दशै तिहार र चाडपर्वमा मात्र मासुको स्वाद चाख्ने गांउलेलाई” म पन्ध्र दिनमा एक पल्ट भएपनि मासु ख्वाउने अभियानममा छु” उनले भने “त्यसकालागि मासु काट्न जान्ने एक जनालाई रोजगारी दिनु पर्ला” ।
राम्रो छ है संभावना: दिपकदाइको वाख्रा फारम अवलोकन गर्दै शिव पान्डे ।
वढ्दैछन वाख्रा: हुर्कदै गरेका वाख्रा हेर्दै दिपक दाइ ।
घोर्ले खसी: छुट्टै गोठमा राखिएका खसी ।
वाख्रा फर्म अगाडी दिपक दाइ र उनको वाख्रा फर्म ।
“हिंउदको मानु मागी मागी खानु”
“हिंउदको मानु मागी मागी खानु” भन्ने उखान स्यागंजा तिर खुवै प्रचलित छ । हिंउदमा जग्गे जात्रा धेरै हुने र खानपिन घरवाहिरै ज्यादा हुने भएकाले होला यस्तो उखान प्रचलित वनेको ।
स्यागंजाको विर्घा ऐतिहासिक र लामो सास्कृतिक परम्परा वोकेको गांउ हो । यंहाका आफ्नै मौलिक परम्परा र संस्कृति रहेका छन । यंहा अनेक सास्कृतिक तथा वैदिक पुजा आचा निरन्तर रुपमा हुदै आएका छन । जन्म देखि मृत्यु सम्मका यंहाका संस्कारमा भोज भतेर लाग्नु त स्वाभाविक नै छ । विहेको जन्तीमा मासु खाने देखि सुद्धकर्ममा गोलभेडा प्याज, लसुन विनाको भोजन लुगा खालेर खाने सम्मका प्रचलन जिवन्त रुपमा यंहा रहेका छन । यस्ता जग्गे जात्रामा भात पकाउने छुट्टै मानिसहरु छन र उनीहरु लुगा खालेर विहानैदेखि भान्सा तयार गर्दछन । यसरी खाना पकाउन वोलाउदा तत् व्यक्तिहरुले गर्व महशुस गरेको पनि पाइन्छ ।
जन्ति खादा जुता चप्पलै लगाएर भतेरमा जानेहरु व्रतवन्ध, एकाहा, चौरासी पुजा, रुद्री वा १२ औ दिनको चोखिनेमा सुद्ध भएर जाने र लुगा खालेर दाल भात खाने चलन अद्यपि छ । यो सस्कृति रमाइलो पनि छ र जिवन्त पनि ।
मेरो पछिल्लो विर्घा भ्रमणमा केही यस्ता अवसर जुटे । विर्घामा घर भएपनि भान्सा नभएपछि म थोरै अप्ठेरोमा थिए । एक्लो ज्यानलाई यिनै जग्गेजात्राले ज्यादा जसो राहत दिए । मदनको जन्ते खाने देखि लुंछेली भाइहरुको व्रतवन्धमा सहभागी हुदा मैले फेला पारेका रमाइला तस्विरहरु ।
वाहुन भान्साः वाहुनको भान्सामा निम्तालु स्थानीय मगर मित्रहरु रनसिं राना, शेरवहादुर सर, दल वहादुर र छन वहादुर राना ।
पाल मुनी पकवान्नः चर्को घामवाट वच्न लगाइएको पालममुनीको भान्सा ।
व्रतवन्धको भान्साः लुंछेली भाइहरुको व्रतवन्धको भान्सामा लुगा खालेर खादै चुरा दाइ, पदम, खराल पुरन, गुरुदत्त लगायत म ।
व्रतवन्ध नभएकाहरुः व्रतवन्ध नभएका र भएपनि लुगा खोल्न अल्छि गर्नेहरु यसरी भान्सामा वसेर खाने चलन रहेको छ ।
यो धर्ती त्यो आकाश
माघे झरीपछि चिसीएको काठमाण्डौ व्यस्त छ । व्यस्त काठमाण्डौमा आफुलाई फुर्सदिलो राखे पछि परिने स्वाभाविक छ । त्यसैले हरेकले आफुलाई दौडाइराखेको शहरमा म पनि भौतिक रुपमा त्यही भिडमा छु ।
आफु जंहा र जसरी रहेपनि आफ्नै थात थलो प्यारो लाग्ने म जस्ता अनेक ले त्यही प्यारो गांउ तिनै वाल सखा र तिनै डाडा पाखा संझिरहेका हुन्छौ । माघको जाडो आगो तापेर कटाउने हामी जाडो आउदा त्यही गांउ संझिन्छौ । हर घामको तापमा भन्जिगंको चिसो हावा संझिन्छौ । हर तिर्खामा जरुवाको पानी संझिन्छौ । त्यसैले गांउ हाम्रो मातृत्व हो ।
हुनत विदेशका लागि ज्यान दिने । गरेको काम के हो भन्न लजाउने तर त्यहाको सरकारै चलाएजस्तो गर्नेहरुले ती गांउका तस्विर हटाउछन । आफ्ना आफन्तको रिक्वेष्टलाई रिजेक्ट गर्छन । र आफ्नो विगतलाई पुरै मेटाउन खोज्छन । वीच, काला चस्मा र छोटा पहिरन तिनका परिचय वन्छन । कैले कांही त्यस्ता गतिविधिलाई वढावा दिनेहरु मेरो समाजे साइट फेसवुकका व्लकमा पनि परेका छन । विगतलाई नविर्सिने र भविष्यतर्फ आशातित हुने तमाम मित्रहरु मेरा आदर्श वन्छन ।
हुनत त्यस्तालाई लाग्ला नेपालमा वसेर उनीहरुलाई विदेशको कुरा के थाहा । तर आजको आधुनिक प्रविधिले विश्वलाई सानो गांउ वनाएको छ । अध्ययन अनुसन्धान गर्नेहरुकालागि नेपाल भर्जिन छ । यंहाका प्रतिभाहरु विश्वका कुनै कुनाका कोही भन्दा कम छैनन । यंहा प्रकृतिले दिएको छ । वस राजनीति हो, यो पनि संग्लिदो क्रममा छ ।
यो राजधानीको चिसोमा वसेर गांउ र दुनीया सवै हेर्दा ती दुइको सामान्य तुलना गर्दा मलाई मेरो गांउ नै प्यारो लाग्यो । यो धर्तीमा भएपनि त्यही आकाशको झ झल्को आइरह्यो मलाई । त्यही आकाशको पोटो शेयर गर्ने कमल भाइलाई धन्यवाद सहित गांउको माया तपाइहरुलाई ।
चुनाव पछिको गांउ
चुनाव सकिएपछि विर्घा उजाड उजाड देखिएको छ । चुनावी परिणामले मात्र नभएर खेति भित्र्याइएपछि खेत वारी खाली देखिए पछि गांउ उजाड भएको हो । हिउदे घाम प्यारा लाग्न थालेका छन । खेति सकिएपछि गांउलेहरु फुर्सदमा देखिएका छन । अव गफका विषयहरु चुनाव वाट मोडिएर मंसिरे लगनका शुरु भएका छन । लाहुरेहरु फागुने कारोवार मिलाउन या रिस्ता मिलाउन गुन्टा कसेर गांउ आएका छन । हरियालीले छपक्क ढाकिएको विर्घा अव हिउदे यामले पहेलीदै गएको छ । म जस्तो गांउलाई प्यार गर्नेका लागि जुन सुकै सिजन होस गांउ प्यारो नै छ । यति वेला गांउको घाम प्यारो छ यो सिंहदरवारको भन्दा । यतिवेला विर्घाकै साझं रंगिन छ । राजधानी काठमाण्डौको भन्दा । मित्र हरु उतैका रसिला छन । यताका विज्ञ, सिद्धान्तका कुरा छाट्ने या भाका मिलाएर वोल्ने भन्दा । भर्खरै खेति थन्किएको छ र अवका दिनमा कोही पनि भोकै सुत्नु पर्दैन ।
चुनावकालागि यतै राजधानी खटिएकाले गांउ जान नपाएको म चुनावमा पुगेर आएकाहरुले पठाएका तस्विरहरु हेरे गांउ याद गरेको छु ।
तिनै तस्विर तपाइहरुका लागि ।
धान काटेपछिका टारी खेत । पृष्ठभूमिमा जनता मावी अर्चले ।
धान पाके पछिका मंरेगंदाका खेतहरु ।
जनता प्राविको चुनावमा लाम लागका सर्वसाधारणहरु ।
वैघा भन्ज्यागंवाट देखिएको गांउ पारी गुल्मीको ठुलो लुम्पेक गाविस ।
यति वेलाको गांउ घर
तिहार पनि सकिएको छ । अव चाडवाडहरु भन्दा पनि गांउ घरमा वाली भित्र्र्याउने चटारो छ । केही दिन अघि लिइएका विर्घा र मिर्मीका तस्विर तपाइहरुका लागि ।
जनता मावीको नव निर्मित भवन छतवाट देखिएको टारी खेतको दृष्य । पृष्ठभूमिमा लसर्घा डांडो ।
टारी खेतवाट खिच्दा जनतामावी सहित गहलाम र वास्डाडाको तस्विर ।
वन्कसी डांडावाट लिइएको भिम प्रसाद पान्डे, नुमाकान्त पान्डे लगायतको घर ।
धान झुलेको मिर्मी फांट ।
संवेदना हराएको शहर
विर्घा ५ गांउवाट देखिएको वासटारी, वारीचौर र कालीगन्डकी । पृष्ठभूमिमा पाल्पा ।
शहर संवेदना हराउदो छ । मुलुकमा चलेको १० वर्षे द्धन्दले धेरै चिज गुमायो त्यसमा पनि नेपालीको निश्चल हासो र मानवीय संवेदना त झनै गुम्यो । विश्वमै नेपालीहरु निश्चल हासो र मानवीय संवेदनाकालागि परिचित थिए तर द्धन्दले रोपेको विजारोपणसंगै शंवेदना पनि हरायो । शहर स्वार्थहरुको केन्द्र हो, हुन त यहाको मंहगी, व्यस्तता र धपेडीले मान्छेलाई स्वार्थी वनाएको छ ।
भन्नेहरुले १० वर्षे द्धन्दले निमुखालाई आवाज र दुर दराजकालागि चेतना दियो भन्छन । यद्यपि यसले हराएको मानवीय संवेदना त्यसको मुल्यमा महंगो परेको छ ।
म विहानको मेलो भएको मानिस । छिटो उठ्नु र छिटो सुत्नु मेरालागि नियमित कार्य वनेको छ । विहानै उठे दिनपनि उर्जाशिल हुन्छ भन्छन । मलाई पनि त्यस्तै लाग्छ । यद्यपि विहानको उठाइ, फ्रेशनेश र केही योगाका स्टेपहरुले दिने आनन्द, यो शहरमा धेरै वेर टिक्दैनन । वाइक चलाउनेहरुको तनाव सडकमा निस्के पछि शुरु हुन्छ । अधिकांश सवारीहरु नियम पालना गर्दैनन जसले क्षण क्षणमा चुनौति निम्त्याउछ ।
मान्छेलाई ठक्कर दिने सवारीले घाइतेको उद्यार गर्दैन वरु व्याक गरेर सामान्य मान्छेलाई पनि सिध्याइदिन्छ । मान्छेलाई त ठक्कर दिने सवारीको के कुरा जनावरहरु त निसानामा पर्नु सामान्य नै भयो । प्रत्येक विहान केही कुकुरहरुको जीवन तिनै वेपर्वाह सवारी चालकहरुले खाइदिन्छन ।
यो स्वार्थी र शंवेदना हराउदै गएको शहर भन्दा मेरो गांउ यी पक्षहरुमा धेरै अगाडी छ । भलै विकास या विस्तारका कामहरु कम भएका हुन । शंवेदना छ गांउमा । वास नपाउने वटुवालाई वास दिन्छ । तिर्खाएकालाई पानी दिन्छ र समस्यामा परेकालाई सहयोग दिन्छ ।
त्यसैले पनि मेरालागि गांउ प्यारो छ । यही स्वार्थी शहरलाई विर्सेर त्यही गांउका खातिर ।
केही वर्षअघि सम्पन्न मैत्रिपूर्ण भलिवल प्रतियोगिता पछि प्रशन्न मुद्रामा गांउलेहरु ।