विर्घा ५ गांउवाट देखिएको वासटारी, वारीचौर र कालीगन्डकी । पृष्ठभूमिमा पाल्पा ।
शहर संवेदना हराउदो छ । मुलुकमा चलेको १० वर्षे द्धन्दले धेरै चिज गुमायो त्यसमा पनि नेपालीको निश्चल हासो र मानवीय संवेदना त झनै गुम्यो । विश्वमै नेपालीहरु निश्चल हासो र मानवीय संवेदनाकालागि परिचित थिए तर द्धन्दले रोपेको विजारोपणसंगै शंवेदना पनि हरायो । शहर स्वार्थहरुको केन्द्र हो, हुन त यहाको मंहगी, व्यस्तता र धपेडीले मान्छेलाई स्वार्थी वनाएको छ ।
भन्नेहरुले १० वर्षे द्धन्दले निमुखालाई आवाज र दुर दराजकालागि चेतना दियो भन्छन । यद्यपि यसले हराएको मानवीय संवेदना त्यसको मुल्यमा महंगो परेको छ ।
म विहानको मेलो भएको मानिस । छिटो उठ्नु र छिटो सुत्नु मेरालागि नियमित कार्य वनेको छ । विहानै उठे दिनपनि उर्जाशिल हुन्छ भन्छन । मलाई पनि त्यस्तै लाग्छ । यद्यपि विहानको उठाइ, फ्रेशनेश र केही योगाका स्टेपहरुले दिने आनन्द, यो शहरमा धेरै वेर टिक्दैनन । वाइक चलाउनेहरुको तनाव सडकमा निस्के पछि शुरु हुन्छ । अधिकांश सवारीहरु नियम पालना गर्दैनन जसले क्षण क्षणमा चुनौति निम्त्याउछ ।
मान्छेलाई ठक्कर दिने सवारीले घाइतेको उद्यार गर्दैन वरु व्याक गरेर सामान्य मान्छेलाई पनि सिध्याइदिन्छ । मान्छेलाई त ठक्कर दिने सवारीको के कुरा जनावरहरु त निसानामा पर्नु सामान्य नै भयो । प्रत्येक विहान केही कुकुरहरुको जीवन तिनै वेपर्वाह सवारी चालकहरुले खाइदिन्छन ।
यो स्वार्थी र शंवेदना हराउदै गएको शहर भन्दा मेरो गांउ यी पक्षहरुमा धेरै अगाडी छ । भलै विकास या विस्तारका कामहरु कम भएका हुन । शंवेदना छ गांउमा । वास नपाउने वटुवालाई वास दिन्छ । तिर्खाएकालाई पानी दिन्छ र समस्यामा परेकालाई सहयोग दिन्छ ।
त्यसैले पनि मेरालागि गांउ प्यारो छ । यही स्वार्थी शहरलाई विर्सेर त्यही गांउका खातिर ।
केही वर्षअघि सम्पन्न मैत्रिपूर्ण भलिवल प्रतियोगिता पछि प्रशन्न मुद्रामा गांउलेहरु ।