भुकम्प पछिका दशै तिहार आए गए । वर्षौको मेहनतपछि संविधानसभावाट संविधान आए र आए दुख वोकाउने अघोषीत नाकावन्दी । जीवन कष्टकर भए, यादहरु आइरहे दिनंहु उपस्थिति जनाउने भर्चुवल वल्र्ड विराना भए । घटेका घटना नदेखे नसुने जस्तै गरी दिनहरु विते । गरिएका अपेक्षाका घडीहरु सक्किगए । कर्म गर फलको आश नगर भन्ने मान्यता वोक्नेहरुलाई फलको ठुलो चिन्ता वा सन्ताप छैन ।
मित्रहरु म फेरी आफ्नै दुनीयामा फर्की आएको छु । लामो ग्यापपछि आएकोले यादहरु कडा भएपनि लेखाइहरु गतिशिल छैनन । की हरु विर्सीइएछन । आशा गरौ निरन्तरतापछि फेरी पुरानै लयमा फर्किनेछन । चिसो वढेको काठमाण्डौमा यादहरु ताता भएर आएका छन । प्रवुद्ध पाठकहरु, परम मित्रहरु र प्रिय आफन्हरुसंगको लामो विश्रामपछि पुन कुराकानीहरु ताजा हुनेछन । अवका दिनमा चौतर्फी अभावहरुलाई देखाएर नटाढीने वाचाका साथ आजलाई आफ्नै दुनीयामा फर्केको जानकारी सहित ।
Author: अनुप
संझनाका दशैहरु
आश्विन शुक्ल दशमी तिथीमा पर्ने वडा दशै हिन्दुहरुको महानतम पर्व हो । हुनत व्राम्हणका लागि यज्ञोपवित धारण गर्ने ऋषी तपर्णी अर्थात जनै पूर्णीमा, क्षत्रीयहरुकालागि दशै, वैश्यहरुकालागि तिहार अर्थात दिपावली र शुद्र जातीकालागि होली अर्थात रंगहरुको पर्व फागु पूर्णीमा महत्वपूर्ण र प्रमुख हुने वैदिक शास्त्रहरुमा वताइएको छ । यद्यपि धनी गरिव, साना ठूला, व्राम्हण वैश्य केही भेद नगरी एक साथले मनाइने दशैको वेग्लै रौनक हुने गर्दछ ।
विर्घाका दशैहरुमा पनि विशेषत क्षेत्रपाल पुजाको महत्व र रमाइलो वेग्लै हुने गर्दछ । विर्घामा सप्तमी तिथीका दिन मिर्चन्डी र क्षेत्रपालमा एकसाथ पुजा लाग्दछ । दशैका लागि गांउ फर्कनेहरुले सकेसम्म क्षेत्रपाल पुजामा पुग्ने प्रयास गरेकै हुन्छन । दशैमा विर्घा आउन नपाउनेहरुकालागि तिनै क्षेत्रपाल पुजाका झलकहरु ।
विरघाको गांउ संगै संगै जांउ रमाइलो छ ठांउ ।
कति पुग्यो होलाः क्षेत्रपालमा धजाका पैसा सामुहिक रुपमा गनिदै ।
कति वेला पालो आउलाः पुजामा पालो कुरेका सर्व साधारण भक््तालुह।
कस्को ठुलो वोकोः युवाहरु वोकाको आकार केलाउदै ।
भाग पुर्याम हैः प्रसादको भाग लगाउदै युवाहरु ।
रमणीय गांउघरः दशैको वेलामा देखिएको विर्घा ७ भुष्टुगं ।
स्माइल प्लीजः टीका पछी सामुहिक तस्विर लिदै ।
युवा जोशः टिका थाप्ने क्रममा घर घर हिडेका युवाहरु ।
देउरालीको चौतारीमाः थकाइमा मार्ने क्रममा ।
अव संझनामा मात्रः गत वर्षको वडादशैमा डम्वर वहादुर सारु र कमला राना । गएको भुकम्पमा परी स्टान्डर्ड चार्टरड वै्रकमा कार्यरत सारुको निधन भएको छ ।
हुदैछ वैठक चल्दैछ तयारी
जनतामावी विर्घा स्यागंजाको पूर्व विद्यार्थी समाज गठनका लागि वैठक, भेला र तयारी चलीरहेको छ । आगामी कार्तिक ४ गते जनतामावीको प्रागंण विर्घामा हुने वृहद भेलाका लागि राजधानीमा रहेका र विभिन्न पेशा व्यवसायमा आवद्ध विर्घालीहरुको नियमित वैठक चली रहेको हो । नियमित रुपमा प्रत्येक शनिवार वाल्मीकी क्याम्पसमा भइ रहेको वैठकका अलावा हिजो वुधवार ५ वजे वाल्मीकी कयाम्पसमा छलफल आयोजना गरियो ।
छलफलले कार्तिक ४ को भेला भव्य रुपमा सफल पार्न तथा तदर्थ समिति गठनका लागि पूर्व तयारी थाल्ने निर्णय गरेको छ । विर्घा ४ घरीपोखरा निवासी नारायण पान्डेको अगुवाइमा भएको भेलामा पूर्व सांसद शंकर पान्डे, पूर्व सचिव द्धय अनन्तराज पान्डे र शंकर पान्डे, यसै अभियानमा सक्रिय विर्घा ७ भुष्टुंग निवासी याम प्रसाद पान्डे लगायत ठुलो संख्यामा विर्घालीहरुको उपस्थिति रहेको थियो ।
मेरो माया गीत र गांउमा …
पाल्पाको प्रसिद्ध रानी महल ।
चाडवाडको मुखैमा तेल नपाएर अलमल परेकालाई सरकारले छिटै घर जाने फरमान जारी गर्दैछ सार्वजनिक विदा दिएर । इन्धन नपाएर अलमल परेको यात्रा पाल्पाको तानसेनसंगै विर्घा तिर जाने इच्छा पलाएको छ । सोचेको इच्छा पुरा भयो भने – आफुले उच्च शिक्षा अध्ययन गर्दा पढेको क्याम्पस अवलोकनपछि रानीघाटको वाटो हुदै विर्घा जाने रहर जागेको छ यसपटक
” भुइको धुलो माया हो ठुलो,
सानु माया लाउने की नलाउने..”
गुन्गुनाएर वतासेडांडावाट एक क्लीक गरेपछि म ओरोलो लाग्ने छु । खासमा टिमुरे भन्जीगंमा चुकाउनी वेच्ने मगर्नी दिदी कस्ती भइन होला । उनको घर पक्की भए होला वा त्यस्तै खरले छाएको होला । त्यो वाटो हिड्दा कहिलकांही भेटीने आदरणीय गुरु गुन्जेश्वरी वस्यालको स्वर्गारोहण भएपछि त्यो वाटो कस्तो भए होला ? टिमुरेको धारोमा पानी कति वग्दो हो?
चुकाउनी वेच्ने मगर्नी दिदीकी छोरी कत्री भइहोला ? उसको विहा भएर श्रीमानको घरमा होली की अझै विहा भएको छैन होला ? म विर्घा वाट हस्यागं फस्यागं भएर टिमुरे आउदा मायालु नजर फ्याक्ने त्यो चन्चले केटी त्यस्तै चन्चल होला की फेरीइ होला ?
अवलमा वस्याल वाजेको चिया पसल त्यस्तै होला की वन्द भए होला ? त्यो लिची भएको नर्सरीमा नासपातीका विरुवा किन्न पाइएला की नपाइएला ? आजभोली वटुवा घटेपछि वाटोको रुप कस्तो भयो होला ?
मौले गणेश र म राती १० वजे पाल्पावाट विर्घाकालागि हिड्दा हामी डराएको त्यो अवलको वाटोको चौतारीहरु पुर्ववत रुपमा होलान या वटुवा विहिन चौपारीहरु लेउमा खुम्चीएका होलान ? राणहरु घोडा लिएर हिड्ने वाटो कस्तो भयो होला ? छेर्लुंग लैजाने माथिल्लो कुलोमा अहिले पानी कत्तिको होला ? हात्ती ढुंगामा भारी विसाएर अर्नी खाने भरीयाहरु अहिले होलान की नहोलान ? चियामा चोपेर पप खादां अहिले कसतो स्वाद होला ? वैकुन्ठेको झरना कस्तो देखिएको होला यो शुरुवाती मनशुनमा ?
रानीघाटमा कुनै पसल होलाकी नहोला ? पुजेर्नीको घर अगाडी फिल्मको पोष्टर अहिले त खै के होला र ? वर्खाकी काली कस्तरी उर्लदी हुन ? सटुकाको छेउवाट जादा वादर आजभोली लाग्लान की नलाग्लान ? सटुकाको चौपारीमा थकाइ मार्दै
“गयो माया साइकलमा चढी,
देखे पनि नदेखे झै गरी…”
भनेर मैले सुसेल्दा सुन्ने कोही वटुवा होलान या नहोलान ?
एउटा फिलिली संझना
इन्धन अभावले मृत प्राय रहेको राजधानीमा सवारी साधनहरु पम्पका अगाडी लाम लागेका छन । उर्जाशील युवा जमात थोरै लिटर पेट्रोलका लागि घन्टौ समय विताएर सडकमा टोलाएका छन । नियमीत गतिविधिहरुको धुकधुकी मात्र वांकी छ । यस्तो वेला जति सुकै व्यस्त हु भन्नेपनि राम्रैसंग फुर्सदिलो वनेको छ । महान पर्वहरुको मुखमा चलायमान हुन पर्ने वजार र अर्थतन्त्र गतिहिन भएको छ ।
विहान र वेलुकाका कक्षाहरु दिनभरीको आमसभा प्रकृतिको कार्यालय र अनेकौ मान्छेहरुसंगको अनेक तर्कनाहरुबीच यति वेला मेरो नियमित समयपनि व्लगले पाउन लागेको छ । यो कठोर नाकावन्दी व्लगकालागि भने फलदायी हुने देखिन लागेको छ ।
जव समय शान्त हुन्छ, नियमित रुटिनहरु खल्वलिन्छन स्मृतिमा पुराना कुराहरु खेल्न थाल्छन । त्यस्ता पुराना कुरामा हितैका दौतरीहरु, विगतमा विताएका ठांउहरु र वाल्यकालहरु अलि वढि नजिक हुन आइपुग्छन । हुनत कसैकालागि मित्रता सालका पात जस्ता लाग्लान जुन हरेक हिउंदमा पुराना खसेर जान्छन र वसन्तमा नंयाहरु पालुवा वनेर आउछन । तर मेरालागि मित्र जति पुरानो भयो त्यति मुल्यवान लाग्छ स्कटल्मदिरा जस्तो ।
विद्यालय, विस्वविद्यालय र कार्यक्षेत्रका मित्रहरुमध्ये विद्यालय विस्वविद्यालयका मित्रहरु मजाका लाग्छन । कार्यक्षेत्र त अदली वदली भइरहन्छ । कार्यप्रकृति अनुसारका मित्रहरु वन्छन त्यहा । जव अर्को कार्यालयमा पदस्थापन हुन्छ धेरै नंया मित्र आइपुग्छन र पुराना मित्रहरु धेरै जसो स्मृतिवाट हराउछन । यद्यपि केही मित्रहरुभने संझनामा रही रहन्छन । त्यस्तै कार्यक्षेत्रमा भेटिए पनि संझनामा घरी घरी आइरहने मित्र हुन मदन घिमिरे, कुमार पुडासैनी, नारायण वुढाथोकी, राजेश पन्थी, नेत्र शर्मा, हरी पौडेल र हुमनाथ पराजुली ।
मेरो संझनामा आइरहने कीर्तिपुर क्याम्पसका मित्रहरुमा पन्डीत उर्फ शुन्दर न्यौपाने, वोमे उर्फ अश्विन न्यौपाने, गुड््डु उर्फ सूर्यमान शर्मा, कवी उर्फ निर्मल भुषाल, चैट अर्थात हरि दाई त्रिचन्द्र क्याम्पसका मित्रहरुका रमेश वस्नेत, भुपेन्द्र शाही, रमेश उप्रेती र विपिन पौड्याल ।
यीनै मित्रगण हरुसंगको सामीप्यता प्यारो र संझना योग्य हुदो रहेछ । यसै मेसोमा मित्र अश्विन न्यौपानेले पछिल्लो संझना ल्याइदिएको छ । वोमे अर्थात अश्विन मनको मित्र हो । वखत वखतमा पन्डित र मलाई दुर देशवाट भएपनि संझना गरेर हाम्री प्रतिको मित्रभावमा केही कमी हुन दिदैन ।
वोमे एउटा लजालु नौजवान छदै पन्डित मार्फत मेरो परिचयमा आएको हो । रत्न राज्यको स्नातक उ हरेक दिउसो जस्तो हामी रहने त्रिचन्द्र कलेजमा आइपुग्थ्यो । गोरो, अग्लो र लगनशिल उ पन्डितको गांउले सहपाठी थियो त्यसैलै पन्डितसंग वढि नजिक पनि थियो । त्यतिवेला त्रिचन्द्रको क्यान्टीनमै पाइने धुवाको लत उसलाई नलागेपनि पन्डित र मेरो भने रहरको विषय थियो त्यो । जुन कालान्तरमा कीर्तिपुरका छात्रावासमा उसले पनि राम्रै साथ दियो ।
कालान्तरमा रहर फुर्ती देखाउने विषय वस्तुमा परिणत भयो । र त्यसमा अनेक मिसावटको शुरुवात भयो । त्यस्तै मिसावटमा मिसिन आइपुगे व्रिजेश त्रिपाठी । नाजाने त्यो अद्भुत मानिस कसरी मिसिन आइपुग्यो र कसरी विलिन भयो थाहा छैन । विक्रि भन्डारमा जानु च्याचुको चुस्की लिनु हर एक कप होस्टेलमा भित्र्याउनुमा व्रिजेशको ठुलो भुमिका थियो ।
परिक्षाहरु आए अनेक तरहले मित्रहरु पारगंत भए । तीनका पखेटा पलाए र पुगे विभिन्न भूमीमा विचरणका लागि । मित्र जंहा पुगेपनि संझना मनमै गढ्दा रहेछन । राजधानीमा हुंदा खादाको प्राध्यापनको काम छोडेर पन्डित लागे केरा खेती गर्न चितवन, अस्विन, कवी, गुड््डु लागे भाग्य नाप्न अष्टे«लीया हरी दाई वुटवल तिर पढाउने काममा लागेका छन । म यही खाल्डोमा निरन्तर लामो समय देखि एकै खाले दैनिकिमा रमाएको छु ।
तिनै मित्रहरुले वेला वखत संझदा मन फुरुगं हुदो रहेछ । पन्डितले वेला वखत पठाउने चितवनको उत्पादन महले राजधानीको चिसो काट्न मद्दत पुगेको छ । कति मित्रहरुले दिने कम्प्लीमेन्ट र कमेन्टले आफुमा निखार ल्याउन वल पुगेको छ । ऐन मौकामा आउने अस्विनले आउनु पुर्व नै समयको वन्दोवस्त माग्दा भेट्न सहज भएको छ ।
गत साता राजधानी भित्रिएको त्यही अस्विनको निमन्त्रणा मान्न राजधानी आएको पन्डित र यी मित्र त्रयको सामिप्यतामा मखजोल म कम्ती रमाइलो भएन एउटा फिलिली सांझ । त्यो अधेरो वढ्दै गएको सांझ, ताराहरु चम्कीदै वढेको सांझ अनेक मित्रमंडली हरुको संझना गरेको सांझ र खासमा निस्फीक्री सांझ । त्यस्तो सांझमा संझीइएका मित्रहरुप्रति यो अर्को संझना ।
कार्तिक ४ गते जमावीमा भेट
जनता मावीको पूर्व विद्यार्थी समाज गठनका लागि यही २०७२ साल कार्तिक ४ गते वुधवार जनतामावी विर्घाको प्रागंणमा वृहत भेला हुने भएको छ । पटक पटक राजधानी काठमाण्डौ तथा स्थानीय स्तरमा विर्घामा भएका वैठक र छलफलपछि पूर्व विद्यार्थी समाज गठन गर्ने टुंगो लागेको हो ।
जमावीमा पूर्व विद्यार्थी समाज गठनको भेला आयोजना गर्न राजधानीमा विर्घा २ पुच्छार निवासी वावुराम पान्डेको संयोजकत्वमा भेला आयोजक समिति गठन भएको छ । उक्त समितिले सवैजसो पूर्व विद्यार्थीको उपस्थितिकालागि व्यापक प्रचार प्रसार अभियान थालनी गरेको संयोजक वावुराम पान्डेले वताउनु भयो ।
विशेष गरी वडादशैको अवसरमा देश विदेशवाट भेला हुने सवै विर्घालीहरु तथा पूर्व विद्यार्थीबीच भेला आयोजना गरी शुभकामना आदानप्रदान तथा विद्यार्थी समाज गठन प्रकृयालाई अगाडी वढाइने उंहाले वताउनु भयो ।
यसैबीच जनतामावीमा अध्ययन पुरा गरेका पूर्व विद्यार्थीको नामावली तथा लगत शंकलन गर्न जमावीका पूर्व प्रधानाध्यापक डिल्लीनारायण पान्डे संयोजक तथा नारायण प्रसाद पान्डे सह संयोजक रहेको अभिलेख समिति गठन भएको छ । समितिमा विद्यालयका पूर्व शिक्षक चन्डीका प्रसाद पान्डे, टेकराज भट्टराई र कपिलदेव पान्डे सदस्य रहनु भएको छ ।
भेला आयोजनाले दशैका अवसरमा वर्षौ भेटघाट नभएका तथा परदेशवाट समेत आएका साथीभाईबीच शुभकामना आदान प्रदान गर्न समेत सहज हुने भएको छ । सवैभन्दा ठुलो चाड वडादशैको अवसर पारेर स्थानीय स्तरमै विघाृमा कार्यक्रम आयोजा हुंदा ठुलो संख्यामा पूर्व विद्यार्थीहरुको उपस्थिति रहने देखिएको छ ।
कहिल्यै नफर्कने जमावीका दिनहरु
अझै उस्तै छ: जनतामावीको पुरानो भवन ।
जनता मावी स्यागंजाको पश्चिम क्षेत्रकै पुरानो र प्रतिष्ठित माध्यमिक विद्यालय हो । यस विद्यालयमा अध्ययन गरेकाहरु राज्यको उच्च तहमा पुग्नुका अलावा देश विदेशमा समेत नाम कमाउन सफल भएका छन । आफ्नो सिमित ज्ञानको ठुलोअंश यसै विद्यालयवाट आर्जन गर्न पाएकोमा म पनि आफुलाइ भाग्यमानी नै ठान्दछु । झन्डै 2016 सालमा स्थापति यस विद्यालयमा अनेक उकाली ओरालीका वावजुद २०४७ देखि २०५१ सम्म मैले पनि अध्ययन गरेको थिए ।
अव घर घर:चारवजेको विद्यालय छुट्टीपछि घरघर लागेका जमावीका विद्यार्थीहरु ।
अघोषीत नाकावन्दीले शहर सकसपुर्ण हुदै जादा गांउ संझिएको म पुराना स्मृतिमा हराउदै जादा कुनै वेला लिइएको यो तस्विर फ्ल्यास व्याकमा आयो जसलाई सेयर नगरी रहन मनले मानेन । हुनत चाडवाडको सिजन शुरु हुदा मन चंगा हुनु पर्ने हो तैपनि निरन्तरताका अस्थिरता र अभावले गांउको महत्व वढाएका छन । तिनै अभावहरुले स्मृतिमा पुर्याउदा रहेछन । तिनै स्मृतिहरुमा आइरहने जमावी र मेरा सहपाठी मित्रहरुप्रति पुरानो विद्यालय भवन हुनत अहिले नंया भवनमा पठन पाठन चल्दछ ।
संगठीत हुदै जमावीका विद्यार्थी
जनता माध्यमि विद्यालय विर्घा स्यागंजामा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठित भएका छन । राजधानीमा विभिन्न चरणमा भएको भेला पछि पूर्व विद्यार्थी समाज खोल्न उनीहरु सहमत भएका हुन । स्यागंजाको पश्चिम क्षेत्रकै पुरानो मध्येको एक उक्त विद्यालय २०२६ सालवाट प्रवेशीका परिक्षामा सहभागी भएको हो । उक्त विद्यालयका पूर्व विद्यार्थीहरु संसद सदस्य, मुलुककै उच्च प्रशासकीय पद सचिव तथा विभिन्न निकायमा प्रमुख पदमा पुग्न सफल भएका छन ।
यसै शिलशिलामा भदौ २६ गते शनिवार जमावीका पूर्व विद्यार्थीहरु राजधानीको तीन कुने स्थित ताज पार्टी प्यालेसमा भेला भइ तिजको नाच गान आयोजना गरे । झन्डै २ सयको संख्यामा उपस्थित विद्र्याका पाका देखि पछिल्ला विद्यार्थीहरु सवैले शुभकामना आदान प्रदान र नांच गान गरे ।
तिज कार्यक्रमसंगैको उक्त भेलाले आगामी वडा दशैको अवसरमा जनतामावी विद्र्याको प्रागंणमा भेला भई कार्यसमिति चयन गर्ने गरी विर्घा २ पुच्छारका वावुराम पान्डेको संयोजकत्वमा २१ सदस्यीय भेला आयोजक समिति पनि गठन गरेको छ ।
हालसम्म सयौको संख्यामा प्रवेशीका उतिर्ण उक्त विद्यालय विर्घाको शिक्षाको केन्द्र र ऐतिहासिकता वोकेको ठांउ हो । तत्कालिन समयमा विर्घा ६ मरेग्दीका गणेश प्रसाद पान्डेको पहलमा निर्माण शुरु गरिएको उक्त विद्यालयको हाल भारतीय दुतावासको सहयोगमा तीन तले पक्की भवन वनेको छ । उक्त नंया भवन निर्माणका लागि विर्घा ५ चिसापानीका रेश्मीराज पान्डेको ठुलो सहयोग रहेको थियो । हाल कक्षा १० सम्म संचालित उक्त विद्यालय व्यवस्थापन समितिको सभापतीमा पूर्व सांसद शंकर पान्डे रहनु भएको छ ।
(सवै तस्विर कृष्ण राज पान्डे)
तीन प्रहरः इन्द्रेणी शहर
हप्ता दिन लामो दारी सिनित्त पारेर फल्नुको मजै वेग्लै । अझ विहानी यातायातमा चमेरामा हुल जस्ता स्कुलेहरुको चिरविर सुन्दाको थप उर्जा । ढिलो सुतेर ढिलै उठ्नुका पनि केही मजा होलान तर “अर्ली टु वेड अर्ली टु वेकअप”को मजा त्यो भन्दा कैयौ गुणा हुदो रहेछ । एका विहानै उठेर नित्य कर्म सक्नु, नजिकैको हरीयाली हेरेर कालो कफी पिउनु र झन्डै २० मिनेटको नियमीत योगा अभ्यास वाट निस्कीनु मेरो केही वर्ष देखिको दैनीकी वनेको छ । हुनतः उषाको पहिलो प्रहरमा व्युझनेहरुको दीर्घ जीवन हुन्छ भन्ने वैदिक मान्यता पनि रहेको छ ।
विहान ऊ भुर्वस्वःह …गुन्गुनाउदै राजधानीका सडक नाप्दा मजा नै वेग्लै । राती फर्कीदा भने भोली उठी कहां जाने केही थाहा छैन भन्दै नारन गोपाल गुन्गुनाउनुको स्वाद नै अर्कै । दिनभरीका आपाधापी, आ आफ्नै अपेक्षा र जीजीविषा वोकेका अनेक मानिसहरुसंगको संगतले अरु सोच्न नपाइदो रहेछ । काठमाण्डौको श्रम वजारमा शिक्षित वेरोजगारको प्रवेश पछि हामी जस्ता केही तयारी कक्षाहरुमा अनुभव वाड्नेलाई कमै फुर्सद हुदो रहेछ । त्यही फ्री समयको अभावलाई विहानका कन्चन दिनहरु र घुर्मैला सांझहरुले भुलाउनु पर्दो रहेछ ।
काठमाण्डौ हाम्रा लागि सपनाको शहर थियो । विद्यालयका पाठ्यक्रमका पुस्तकमा राखिएका केही तस्विर हेरेर हामी कल्पन्थ्यौ काठमाण्डौ शहर । डेनी डेन्जोम्पाको कान्छिलाई घुमाउने काठमाण्डौ शहर गीत हिट भएपछि त यो शहरको आकांक्षा अझ वढेको थियो । यो शहर हाम्रा लागि राजा वस्ने शहर थियो र थियो अनेक अवसरहरुको खानी । उच्च शिक्षाको अभिलाषा वोकेर राजधानी छिर्नेहरुको तांतीमा झन्डै डेढ दशक अघि म पनि मिसिन आइ पुगेको थिए यो विरानो शहरमा । तानसेन वाट छुटेको निलो रंगको साझा वस त्रिपुरेश्वरमा घ्याच्च रोकिए पछि तीनपांग्रे कालो वजाज ट्याम्पोले वुद्धनगर पुर्याएको थियो एक छिप्पीदै गरेको सांझमा ।
सिमित स्रोत साधन र सिमित आकांक्षा भएको मानिस भएकाले त्रिचन्द्र कलेजका दिनहरु सामान्य चले केही वर्ष । ग्रामिण परिवेशवाट आएको म जस्तो युवाकालगि लोकसेवा अन्तिम र एकमात्र विकल्प थियो । राजधानी छिरेको पहिलो प्रयासमै लोकसेवाले पत्याएपछि सामान्य जागिरेको हैसियत जोडिदै गयो आम ग्रामीण युवाहरुको जस्तै मेरो पनि । यसबीचमा कहिले पत्रकारिता त कहिले प्राध्यापनका अनेक अनुभवहरु मिसिदै गए ।
हुनत अनेक विकृति र विसंगतीका वावजुद अनेक अवसरको शहर हो काठमाण्डौ । अवसर लिन जान्नेहरुलाई यो शहरले दिएको पनि छ । विहानमा एउटा स्वरुपमा देखिने शहर दिउसो अर्के त रात ढलेपछि अर्कै हुदै जान्छ । शहर वुझ्नलाई यी तीनै प्रहरको स्वाद लिन जान्नु पर्दछ । मौलिक विशेषता वोकेको यो शहरका सवै प्रहरका स्वाद लिनेहरु कम छन यंहा । त्यसैले त प्रहर गुमाएका हरुको यसप्रति गुनासो पनि छ । म पनि त्यही वहुमतको सदस्य हुं ।
तर कार्तिक नाच देखि ठमेलका डिस्कोसम्म, पशुपति नाथदेखि यलो पगोडासम्म, रत्न पुस्तक भन्डार देखि पिलग्रीम र मन्डलासम्म, के एल टावर देखि मन्डला र सिल्पीसम्म, नांगा वावा देखि मार्टिन चौतारीसम्म, के एम टेस्टी मम देखि केएफसीसम्म, भृकुटी मन्डपदेखि जाराका आउटलेटसम्म यो शहर अनेक रुप रंगमा देखिन्छ ।
ऐतिहासिकता र आधुनिकताको समिश्रण रहेको यो शहरमा जान्नु र भोग्नु पर्ने अनेक विष्मयकारी वस्तुहरु छन । करौडो मुल्यका ल्यान्ड रोभर गुड्ने शहरमा साइकलपनि प्रसस्त दौडन्छन, भीआइपीका सवासी चल्ने शहरमा घांसका भारी वोकेका महिलाहरु पनि सडक नापी रहेका हुन्छन । केही रुपीयाकालगि हात पसार्ने देखि रोटी वाड्नेहरु प्रशस्त छन शहरमा । रुखमा ऐना झुन्ड्याएर कपाल काट्ने देखि साइकल अड्याएर सडक छेउमै सौच गर्नेहरु दुनीयाको अर्को कुन राजधानीमा देख्न पाइएला ।
शहरको मजा लिन जान्नु पर्दछ तरह तरहका टेष्ट छन यंहा । हजारौ डलर खर्चेर यंहाको मौलिकता र विविधताको स्वाद लिन विश्वका कुना कुनावाट मानिस यंहा आउछन । तपाई हामी वुगंमती र वागमतीको जानकारी विनै, गाइजात्रा र गठेमंगलको दर्शन विनै, कार्तीक नाच र इन्द्र जात्रा नहेरिकनै शहरप्रति पुर्वाग्रही भएका छौ । काठमाण्डौमा भएर पनि इन्द्र जात्राको दर्शन नगर्नेलाई मरेपछि पनि इन्द्रले सोध्छन भन्ने आम विस्वास छ । हामी किन कोठे भएर वस्ने? चलाउनुस खुट्टा हेर्नुस यंहाको इन्द्रेणी उठाउनुस वन्दको फाइदा ।
आज नापञ्चमी
प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नापञ्चमी पर्व मनाइन्छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन परापूर्व कालदेखि चलेको हो ।
विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व उल्लेख गरिएको । नागपञ्चमीका दिन गरिने पूजाले सर्पादि भयबाट र चट्यागंवाट मुक्त हुने जन विश्वास रही आएको छ । नागपञ्चमी पर्व कसरी सुरु भयो भन्ने सम्बन्धमा पनि विभिन्न किंवदन्ती पाइन्छन् ।
एक किंवदन्तीअनुसार कुनै समयमा एक किसानका दुई छोरा र एउटी छोरीसहितको परिवार थियो । उसले एक दिन खेतमा खनजोत गर्दा नागका तीनवटा बच्चा मरेछन् । आफ्ना बच्चा मरेका कारण नाग रिसाई सम्पूर्ण परिवारलाई डस्दा सबैको मृत्यु भएछ । त्यस क्रममा किसानको छोरी छिमेकीको घरमा भएकाले बाँचिछन् । भोलिपल्ट किसानको छोरीलाई डस्न जाँदा उनले नागको पूजा गरी दूध चढाइछन् । पूजाबाट नाग प्रसन्न भएर किसानका सबै परिवारलाई बचाइदिएछन् । त्यसै दिनदेखि नाग पञ्चमी पर्व मनाउन थालिएको जनविश्वास रही आएको छ।
नागपञ्चमीका दिन बिहानै स्नान गरी नागको चित्र वा मूर्तिमा पूजा गर्नाले नागको भय हुँदैन । नागका अनन्त, वासुकी, पद्य, महापद्य, शङ्ख, तक्षक, कुलिर, कर्कोटक आठ प्रकार रहेका छन् ।
गाईको गोबर अथवा गहुँको पिठोबाट निर्मित नागमा वा कागजमा बनाएको नागलाई दियो, कलश, गणेशको पूजा गरी दूध, दही, घ्यु, दुबो, कुश, फूल, सिन्दुर, चन्दन आदिले पूजा गरी, धूप, दीप, नैवैद्यसहित प्रार्थना गरी घरको ढोकामा टाँस्नाले आगलागी, चट्याङ आदिको भय नहुने जनविश्वास छ ।
नागको पूजाले धनधान्य र सुख सम्मृद्धि प्राप्त हुने, दैविक, भौतिक र प्राकृतिक आपत्विपत र अनिष्ट नाश हुने र कालसर्पजस्ता योग पनि नष्ट हुने विश्वास गरिन्छ ।
नागपञ्चमीका अवसरमा काठमाडौँका टौदह, नक्सालस्थित नागदह, धापाखेलस्थित नागदहलगायत स्थानमा विशेष मेलासमेत लाग्ने गरेको छ ।