संगठीत हुदै जमावीका विद्यार्थी


जनता माध्यमि विद्यालय विर्घा स्यागंजामा अध्ययन गरेका पूर्व विद्यार्थीहरु संगठित भएका छन । राजधानीमा विभिन्न चरणमा भएको भेला पछि पूर्व विद्यार्थी समाज खोल्न उनीहरु सहमत भएका हुन । स्यागंजाको पश्चिम क्षेत्रकै पुरानो मध्येको एक उक्त विद्यालय २०२६ सालवाट प्रवेशीका परिक्षामा सहभागी भएको हो । उक्त विद्यालयका पूर्व विद्यार्थीहरु संसद सदस्य, मुलुककै उच्च प्रशासकीय पद सचिव तथा विभिन्न निकायमा प्रमुख पदमा पुग्न सफल भएका छन ।

यसै शिलशिलामा भदौ २६ गते शनिवार जमावीका पूर्व विद्यार्थीहरु राजधानीको तीन कुने स्थित ताज पार्टी प्यालेसमा भेला भइ तिजको नाच गान आयोजना गरे । झन्डै २ सयको संख्यामा उपस्थित विद्र्याका पाका देखि पछिल्ला विद्यार्थीहरु सवैले शुभकामना आदान प्रदान र नांच गान गरे ।
तिज कार्यक्रमसंगैको उक्त भेलाले आगामी वडा दशैको अवसरमा जनतामावी विद्र्याको प्रागंणमा भेला भई कार्यसमिति चयन गर्ने गरी विर्घा २ पुच्छारका वावुराम पान्डेको संयोजकत्वमा २१ सदस्यीय भेला आयोजक समिति पनि गठन गरेको छ ।

हालसम्म सयौको संख्यामा प्रवेशीका उतिर्ण उक्त विद्यालय विर्घाको शिक्षाको केन्द्र र ऐतिहासिकता वोकेको ठांउ हो । तत्कालिन समयमा विर्घा ६ मरेग्दीका गणेश प्रसाद पान्डेको पहलमा निर्माण शुरु गरिएको उक्त विद्यालयको हाल भारतीय दुतावासको सहयोगमा तीन तले पक्की भवन वनेको छ । उक्त नंया भवन निर्माणका लागि विर्घा ५ चिसापानीका रेश्मीराज पान्डेको ठुलो सहयोग रहेको थियो । हाल कक्षा १० सम्म संचालित उक्त विद्यालय व्यवस्थापन समितिको सभापतीमा पूर्व सांसद शंकर पान्डे रहनु भएको छ ।

(सवै तस्विर कृष्ण राज पान्डे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *