जमावीको पूर्व विद्यार्थी भेला अष्टमीमा

Image may contain: text
जनता माध्यामिक विद्यालयको पूर्व विद्यार्थी समाजले असोज १२ गते अष्टमीका दिन पहिलो साधारण सभा गर्ने भएको छ । झन्डै डेढ वर्ष अघि स्थापना भएको समाजले दशैको अवसरमा शुभकामना आदान प्रदानका साथै प्रथम साधारण सभा गर्न लागेको हो । जिल्ला प्रशासन कार्यालय स्यागंजामा दर्ता भएको समाजको तदर्थ समितिको अध्यक्षता पूर्व विद्यार्थी वावुराम पान्डेले गर्नु भएको छ ।
तदर्थ समितिका सचिव नारायण पान्डेले वताए अनुसार अव समाजले नंया कार्यसमितिको चयन गर्ने छ । नंया कार्यसमितिमा चयन हुन एवं मतदान गर्न असोजको ११ गतेसम्म सदस्यता लिन सकिने भएको छ ।
स्यागंजा जिल्लाकै प्रतिष्ठीत र पुरानो जनतामावीका पूर्व विद्यार्थीहरु विभिन्न उच्च ओहादा र समाजका विभिन्न क्षेत्रमा कृयाशिल रहेका छन । अष्टमीको दिन असोज १२ गते जनतामावीको प्रागंण अर्चलेमा विहान ११ वजे प्रथम साधारणसभा गर्ने निर्णय काठमाण्डौमा रहेका पूर्व विद्यार्थीहरुको भेलाले गरेको हो ।
उक्त अवसरमा नंया कार्यसमिति चयनका साथै शुभकामना आदान प्रदान र विशेष सास्कृतिक कार्यक्रम समेत गरिने आयोजकले वताएका छन ।

One thought on “जमावीको पूर्व विद्यार्थी भेला अष्टमीमा

  1. दशै जस्तो महान चाडमा पनि समय मिलाएर पुर्ब विद्यार्थी एबं साथीहरू जम्मा भै यश किसिम्को कार्यक्रम गर्नु अर्थात् गराउंनु भएकोमा धेरै धेरै धन्यवाद एबं त्यस बेलाको दसैको शुभकामना छ।
    मलाई निकै खुशी लाग्यो त एक अर्थले दुख पनि म पोखरा रहने भएर हो कि समितिमा नभएकोले हो त्यति चासो देखाइएन म प्रति। आज यहाँ यस्तो कार्यक्रम छ भनेर फोन खबर पनि भएन। म काठमाडौ नबसे पनि पोखराको सक्रिय सदस्री हुं।
    कार्यक्रम राम्रै भएछ पछी खुशी लाग्यो। श्री जनता माबिको स्वर्ण महोत्सव जस्तो ५० बर्षमा गरिनुपर्नेमा ५२ बर्षमा गरियो त्यसैमा पनि अस्प्रस्ट र खल्लो यस्तो नभै कुनै पनि कार्यक्रम गर्दा गरिंदा पहिले नै सोंचबिचार गरेर सरल, प्रष्ट र समयमै होस कामना छ।
    दिनदयाल पाण्डे
    ९८४६०३१९७५
    पोखरा।

Leave a Reply

Your email address will not be published. Required fields are marked *