“पकर पकर” कात्तिके यादव पसिना चुहाउदै मौलाका पहिरा तिर दौडियो । छोप छोप खराल छायापनि पछिपछि लागो । कैनडाडा टिकेदाई, राना दुर्गा, शुरेश सवै एक्लो वांदरका पछि लागे । म पनि के कम दाईका पछि लागेर वादरलाई ता क्दै ढुंगा वर्साउदै गरे ।
* * *
विर्घामा अहिले जस्तो मान्छे कम र वांदर वढि भएको वेला थिएन त्यो । हामी कट्टी स्कुलमा पढ्दा ताका मान्छेको विगविगी र जंगली जनावरको अभावै थियो । अहिले जस्तो पिढी कुर्ने वुढा वुढी र वादर देखे तर्सिने आइमाइ केटाकेटी मात्र थिएनन गांउमा । घरै पिच्छे जंहान । वारी पिच्छे खेतारा र खरवारी पिच्छे घसेर्नीहरुको लर्को थियो । विदेश जाने कुरा कसैको सपनामा पनि थिएन । शहर नुन तेलकालागि मात्र थिए । ती हाम्रो वसोवास या रोजगारीकालागि थिएनन । शहर त गांउवाट लगेको मास, वोडी या सिलटुगं वेच्ने र चाहिएको नुन चिनी जोहो गर्ने माध्यम मात्र थिए ।
हामी स्कुलवाट फर्किएपछि फुर्सदै हुन्थ्यो । अहिले जस्तो होम वर्कको चलन थिएन । केटा केटी घरकै काममा व्यस्त छन भनेर जानेका मास्टरले पनि होम वर्कको धपेडी लगाउने लेठो गर्थेनन ।
* * *
मंसिर छेकको विस्तारै चिसो वढ्दै गएको मासको एक शनिवार एक्लो वादरका पछाडी हामी एक हुल केटाकेटी दौडेका थियौ । वादर गांउ कात्तिके यादवका घर हुदै कामी गाउंवाट हुर्रिएर राकस्दी खोलामा आइपुगेको थियो । जाडो मासमा फुर्सदिला एक हुल केटाहरु वदरका पछि पछि हाम्फालेका थिए । ढुंगा खाएर पचाउने वेला थियो । वारीका कान्ला हाम्फाल्न कस्लाई पो डर थियो र ।
वादरलाई चिच्याउदै, ढुंगाले हान्दै लखेट्दै केटाहरु पछि पछि वादर अघि अघि दौडिए । वादर राकस्दीवाट कैनडांडा टिकारामको घरको फेरो लगाएर मौला तिर निस्कीदा केटाहरुको हुलमा रानाको टमी पनि मिसिएको थियो । राना रुकवहादुर दाइले पालेको कुकुरलाइृ राना डानीसरा दिदीले मायाले “टमी” भन्थिन । हामी पनि दुर्गा, सानु र वेकेका साथी कुुकुरलाई टमी भनेरै वोलाउथ्यौ ।
दर्जनौ केटाकेटी र कुकुरको चेपुवामा परेको वादर मौला भयर थान हुदै मौलाको पहिरोमा गएर लुक्यो । दौडन सिपालु वादर जति दौडेपनि उपाय नलागेपछि लुक्ने विकल्पमा पुग्दो रहेछ । पहिराको खोल्सोमा छेकीएर लुकेको वादरसम्म पुग्न नसकेपनि केटाहरुले के छोड्थे । ढुंगा वर्साइ हाले । केही वेर त एक्ले वादरले ढुंगाका प्रहार सह्यो अति भएपछि के गरोस लुंछेली गणेशको भन्जिगंको काभ्रोमा हुर्रिएर चढ्न पुग्यो । बीचरा वगाल छुटेर एक्लो भएको वादर । तरपनि वांदर मोटो घाटो र वलियो नै देखिन्थ्यो । उसले पनि के गरोस केटाकेटीले अविराम लघारेपछि र ढुंगा हानेपछि काभ्रोवाट हाम्फाल्दै भार्सेचौर पुग्यो । वोडधरे रामु र हाम्रो खरवारी को साधको खोल्सोको कापमा गएर वादर लुक्यो ।
जति खोजेपनि वांदर भेटिएन । एक हुल केटाहरु अब वांदर भेटिएन रात पर्न लागो भन्दै घर फर्किन लागे । दिउसोको घामवाट वादर लखेट्न शुरु गरेका केटाहरु थाकेका पनि थिए । यसरी गलेर फर्किनेमा कात्तिके यादव, निरु विक, कात्तिके वाइपी दाई, कइन्डाडा टिकाराम, वोडधयरे रामु दाई, लुंछेली गणेश दाई आदि थिए ।
हामी पछि मिसिएका दाई, म, शुरेश, राना सानु, दुर्गा आदि भने वादरको इन्तजारमै थियौ । कसो कसो गर्दा वादरले ढाड हल्लायो । मुस्केरीको शुकेको घांसमा लुकेको वादर चिनिइ हाल्यो । “ठोक – ठोक” भन्दा भन्दै केटाहरुले ढुंगा वर्साइ हाले । बिचरा वादर नजिकै भयो भाग्न सकेन ।
वाल वदमासीको शिकार वनेको वादर पिटाइ खाइरह्यो । घरी लौराले घरी ढुंगाले । लगातारको प्रहारपछि वांदर चल्मलाउन छाड्यो । अव वांदर मोर्यो । वादलरलाई यत्तिकै छोडे त राती सपनामा आउछ यार भन्दै हामी भने वादरलाई ढुंगा खोजेर पुर्न लाग्यौ । ढुंगाको चांग वन्यो । केटाहरुले खोरीयाका र भन्जिगं खोलाका ढुंगाले वादर पुरे ।
दिन भरीको सफलता वादर मारेर हामी लखतरान भएर झिसमिसेमा घर फर्किर्यो । फर्कने वेला भने बिचरा निर्दोश वादरलाई लहै लहमा लागेर मारेकोमा पछुतो लागेको थियो । राती घर आएपनि वांदरको यादभने आइरह्यो । किन वांदर मारिए होला भन्ने भावना मनमा खेलीरह्यो ।
भोली विहान आइतवार । आइतवार त स्कुल जाने दिन भयो । मंसिरका छोटा दिनमा विरंग्दी बाट घांस ल्याएर स्कुल पुग्न कठिन थियो । त्यसैले सुक्दै गरेको घांस काट्न दाई, तल शुरेश र म भार्से चौर तिर लाग्यौ । विहानै भार्से चौर निस्कीदै गर्दा त एउटा वांदर खोच्याइ खोच्याइ शुरेश हरुको वडहर चढ्दै गरेको देख्यौ । हाम्लाई देखेपछि र हाम्रो हल्ला शुनेपछि वादर सकि नसकी रुखको टुप्पामा पुग्यो ।
हिजो मारेर पुरेको वांदर कसरी रुखको टुप्पोमा पुगेहोला भन्ने लागेर हामी तीनै जना भार्से चौरको खोल्सामा हिजो बादर पुरेको ढुंगाको चांग हेर्न गयौ । चांगमा त ढुंगा सामान्य यता उता भएपनि वांदर थिएन ।
यसरी हाम्ले मार्यौ भनेर छोडेको वादर जिउदै भएर फेरी रुख चढेका देख्दा कम्ती आनन्द आएन । अन्जानमै र वालहठमै हुन लागेको ठुलो भुल असत्य भएकोमा भने आनन्द आयो । अहिले संझीदा पनि यस्ता घटनाले गांउको र वालापनमा गरेका उटपट्यागंको पुराना यादलाई ताजगी वनाउछन । धेरैको समृतिवाट हराएको यो घटना मरो संझनामा भने आइरहन्छ ।