झरी संझना घरी घरी


पखाले यी आंखा पनि दृष्य उही छ
जंहा नै म हिडे पनि धर्ती उशी छ
न सक्छु म आंकाश चिथोरेर फेर्न
न सक्छु म जुनको उज्यालो नै फेर्न

नारायण गोपाल विर्सीन नसकेको कुरा मधुर स्वरमा सुनाउदै छन । म भने जंहा जांदा पनि आंखै अगाडी आउने त्यही धर्तीको अलाप सुनाइ रहेको छु । मित्रहरुको हौसला कस्तो हुन्छ । मुसुमुसु हास्दै गम खाइरहेको छु । सानो प्रयासलाईपनि राम्रो प्रयास भनेर हौसला वढाएका कमेन्टहरु मुहार पुस्तिकाको पहिलो पृष्ठमै असरल्ल छन । यस अघिको पोष्टले पाएको हौसलाले फेरी सिर्जनशिल वनाएको छ । सिमसिम पानी परीरहेको एकान्तकुनाको एकान्त कोठावाट यी अक्षरहरु टाइप गरीरहदा कुनै रविन्द्र संगीतको जस्तो धुन आइरहेको छ एकतमास ।
वैलैको वर्षाले पाखा र चउरहरुमा हरीयाली छाएको छ । खेती सप्रिदो छ । चराहरुले गीत गांउन पाएका छन । वाली लगाएर प्रतिक्षामा वसेको एक किसान जस्तो म मौषमको लाभ तस्विरमा लिइ रहेको छु । यस्तो सिजनमा ग्रामिण इलाकाको भ्रमण कम्ती रोमान्चक हुदैन । हरियाली हेर्दै, कलकल वगेको पानी नियाल्दै, सिमसिमे पानीवाट छलीदै ग्रामिण वाटाहरु नाप्नुको आनन्द वेग्लै । न जाडो न गर्मी सितल मौषमवा पदयात्रापनि रोमन्चक नै हुन्छ ।
उच्च पहाडी भुभागमा पहिरोको डर वाहेक अन्य ठूला कठिनाइहरु आउदैनन । त्यसैले हिड्नका सोखिनहरु यो मासलाई मन पराउछन ।

बागलुङ, भकुण्डेस्थित बराहा तालमा देखिएको धौलागिरी हिमालको मनमोहक छाया । तस्बिर- बसन्त कुमार श्रेष्ठ

One thought on “झरी संझना घरी घरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *