शिरिषका फुलहरुः चक्रपथ विस्तारपछि यस्ता फुलहरु हराएपनि एकान्तकुना महालक्ष्मीस्थानमा यस्ता फुलहरु रंगीन देखिएका छन ।
नीला शिरिष फुलेको शहरवाट मलाई गांउको याद आइ रहेको छ । ओखती लगाएपछि त्यसको परिणाम कुरेको मरिज जस्तो भएको छु म । दिनहरु अधैर्यमा वितिरहेको वेला मलाई गांउको संझनाले सताइ रहेको छ । पालुवा लागेका रुख, पलौटो घांस र चिरविर÷ चिरविर गर्ने चरा यो धुलोमान्डौमा संभव छैन । त्यसैले त दिन विराएर पानी परीरहने यो मौषममा गांउको याद ताजा भएको छ ।
हरेक एकादसी र चतुर्दशी चाड वन्ने गांउ, सत्यनारायणको पुजा र चौको टाल्ने अवसर पर्व वन्ने गांउ, २ वटा वस गांउ भित्रिदा वहसको विषय वन्ने गांउ मेरो प्रिय छ र स्मृतिमा घरी घरी आइरहन्छ । व्लग नियमित नभएको पनि हप्तौ भयो । लेख्ने जांगर कम चल्छ । अभ्यास नगरेपछि श्रृजना हराएर जान्छ । कहिले कांही पुराना पेजहरु खोल्छु । पढ्न कम जान्ने तर पढेको अत्यन्तै मन पराउने छोरीले बाबा यो पढ्नुस त भनेर दोहोर्याइ तेहेर्याई पढ्न लगाउछी र मात्र पढिन्छ पोष्टहरु ।
आमा विर्घा फर्किन पाए हुन्थ्यो भन्नुहुन्छ र आमाको मन भुलोस भनेर व्लगका पेजहरु छानी छानी पढेर सुनाउछु । व्लगका असल पाठक यिनै हुन जसले विर्घालाई माया गर्छन । चाहे मुलुक भित्र हुन चाहे मुलुक वाहिर । ती तमाम पाठकलाई समय समयमा नंया विषयहरु दिन नसक्दा कैले कांही खिन्न हुन्छु ।
जीवनको उत्तरार्ध गांउकै घरको पिढींमा वसेर व्लग लेखेर विताउने इच्छा राख्ने म समयले साथ दियो भने अवको केही हप्तामै काठमाण्डौ वाहिरको जागिरमा रमाना हुनेछु । त्यति वेलाको मेरो एकान्तको साथी हुनेछ । व्लग र तंपाईहरुसंगको अन्तक्र्रिया । त्यसका लागि सवैको आर्शिवाद रहेको ठानेको छु । वांकी अर्को अंकमा ।
वखान गरेर नथाकिने विर्घाः वैघागांउवाट देखिएको विर्घाको रमणीय गांउ ।