“तिजमा तडक भडक संगै विकृति शुरु ”

गणेश पाण्डे

मैले जाने अनुसार छरिएर रहेका दिदीबहिनी एकीकृत भएर मनाउने चार्ड हरितालिका तिज हो । तिज पौराणिक कालदेखि चल्दै आएको संस्कृति हो
। तिजमा विवाहित महिलाहरु आफ्नो पतिको दिर्घायुको कामना गर्दै र अविवाहित महिलाहरु सुयोग्य पति पाउँ भन्ने कामना सहित व्रत बस्ने प्रचलन नेपाली समाजमा रहि आएको छ । यसलाई जोगाई राख्नु हाम्रो दायित्व र कर्तब्य पनि हो । तर पछिल्लो समय तिजलाई केहि महिलाहरुले तडक भडक देखाउने मनोरञ्जनको चार्डको रुपमा मात्र लिने गरेको पाईएको छ ।
हरितालिका तिज आउन एक महिना भन्दा बढि समय रहदा सहर बजारका होटल, रेष्टुरेण्टमा दर खाने, गहना प्रदर्शन गर्ने लगायतका काम शुरु भैसकेका छन् । यसले समाजमा विकृती ल्याउने तथा धनको खर्च मात्र गर्दछ । न कि यसले संस्कृति जोगाउछ । अर्को तर्फ कलाकारहरुले अमर्यादिन तरिकाले तिजका गितहरु बजारमा ल्याउने गरेका छन् । जुन तिजका गितमा अस्लिल शब्दहरु पनि छनोट भएका छन् भने नृत्य रत्यौली भन्न सुहाउने खालका छन् ।
कुनै समय बजारमा आएका तिजका गित सुनिरहन मन लाग्थ्यो भने अहिले परिवारका सवै सदस्यहरु संगै बसेरै सुन्न र हेर्न नमिल्ले खालका तिजका गितहरु छ्याप छ्याप्ती बजारमा आएका छन् । केहि कलाकारहरु हरिदेवी कोईराला, पुरुषोतम न्यौपाने, प्रजापती कोईराला लगायतका गितहरु संदेशमुलक हुने भएपनि नयाँ कलाकारहरुको गितमा कुनै संदेश, भाव लुकेको पाईदैन ।
माईतीले छोरीचेलीलाई घरमा बोलाएर मिठामिठा परिकार खुवाउने तथा सुखदुख साटासाट गरी एउटै ठाउँमा बस्ने प्रचलन रहिआएको तिजलाई तारे होटल, रेष्टुरेण्टमा मनाउने कामलाई रोकौँ । तिजका गितमा सुनिने अस्लिलता र नृत्यमा हुने रत्यौलीपना लाई हटाऊँ । साथै तिजलाई तडकभडक नभै हुनेखाने र हुँदा खानेले पनि कसैको देखासिखी मा नभै साधारण तरिकाले मनाऊँ । जय तिज ।।
(विर्घा ६ स्याङ्गजा
हाल, तनहँु, दमौली)

आज हरिवोधनी एकादशी, राम्दी रिडीमा मेला

18
हिन्दू धर्मावलम्बीहरुले आज विष्णुको पूजा आराधना गरी हरिवोधनी एकादशी मनाउँदै छन् । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेषरुपले पूजागरी विवाह गरिदिने चलन पनि छ । आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । कात्तिक शुक्लपक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ ।
व्रतालुहरुले आज तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको फर्सी खाने गर्दछन् । आज देशभरका विष्णुका मन्दिरमा पूजा गर्नेहरुको विहानैदेखि घुईंचो लागेको छ ।
यसै अवसरमा आज काली प्रश्रवण क्षेत्रका मूख्य तिर्थस्थल रिडी र राम्दीमा भव्य मेला लागेको छ । मेलामा गण्डकी स्नानाका अलावा सुन्तला, बासका भाडा कुडा तथा उनाी कपडाहरुको राम्रो कारोवार हुने गर्दछ ।

तिहारको शुभकामना !

359893khil-raj-ram-baran-300x114
रंग र फुलको शारदीय पर्व दीपावलीका अवसरमा विर्घाव्लगका समस्त पाठक, शुभेच्छुक र सर्हदयीहरुमा उन्नती, प्रगति र समृद्धिको हार्दीक मंगलमय शुभकानमना ।

माफ गर्नु होला ! म मिस गरिरहेछु…

Picture 376
यो तस्विर लिने वेला कतिपयले भनेका थिए – मिलेसम्म प्रकाशित नहोस । म मेरो मन शान्त गर्न उनीहरुको वचनलाई तोड्दै छु । व्यवसायीक पत्रकारहरुलाई यस्तो स्पस्टीकरण दिनु जरुरी हुन्थेन होला म रहरको पत्रकारिता गर्देछु । त्यसैले मलाई माफ गर्नु होला ।
गांउमा जन्मे हुर्केको मान्छेलाई चाडवाड हुन या उद्यौली उभौली गांउकै याद ज्यदा आउदो रहेछ । गांउलाई यतिवेला तिहारले छपक्कै छोपेको छ । दशैमै कोपिला खेलेको सयपत्री र मखमली फुल्नु सम्म फुलेका होलान । तिहारको रौनकले गणेश दाईका आंटीदेखि सिल्टुगं घारीसम्म भरिएका होलान । देउसी भैलो खेल्नेहरु टिम वनाउदै होलान । मादलमा खरी भरिदै होला या खैजडी सेकाइदै होला । त्यसैले त मैले गांउ मिस गरेको छु ।
कुनै दिन थिए रानाको सानु, सुरेश, दुर्गा र म भैलो खेल्न निस्किन्थ्यौ । रातीमा चप्पल वालेर या सलाई कोर्दै अधेरो वाटोमा हिड्नु रात मध्य रातै भैलो भनेर फलाक्नु ।सुका मोहर पाउदा प्रफुल्लीत हुनु हाम्रा विगत थिए । त्यही कलेक्सनले गैरामा पिकनिक खानु कम्ती रमाइलो हुन्थेन ।
Picture 379
जीवन भनेकै परिवर्तन रहेछ । अरु कुरा वदलीउन या रहुन समय वदलिदो रहेछ । हिजोका केटा केटी हामी आज परिपक्व वनेका छौ । केही समय पछि हाम्रो विगतलाई हाम्रा भविष्य केटाकेटीले पालो देलान । पण्डितका गैहामा या सिलटुगं घारीमा तास खेल्ने हामी विस्तारै गणेश दाइको आटीसम्म पहुच पुर्याउन सफल भएका थियौ ।
यही गांउ यही परिवेश चाड वाड आउदा अझ नजिक हुदो रहेछ । लाग्छ मध्य पूर्व या मलेसीया, अष्टे«लीया देखि अमेरीका सम्म फैलीएका परदेशीलाई अझ परिवेशले कति रुवाउदो हो । सवैलाई आउदै गरेको तिहारको सुभकामना ।

भव्य रह्यो दशै

दशै २०७० सकिएको छ । दशै सकिएपनि यस संगका संझनाहरु स्मृतिमा ताजै छन । दशै झरीको अवरोधका वावजुत भव्य रह्यो । दशै भेटघाट गर्ने अवसरका अलावा मान्यजनवाट टिका लगाउने, आशिर्वाद लिने तथा घुमघाम गर्ने मिठो वहाना वन्यो ।
यसपल्ट दशैमा म छिटै घर लागेकालेपनि होला व्लग नियमित गर्न पाइएन, न त औपचारिक रुपमै शुभकामना वाड्न पाइयो ।
यद्यपि घटस्थापनाको दिन विर्घा पुगेर शुरु भएको दशैमा रमेशको विवाहमा सरिक हुने तथा क्षेत्रपालको पुजामा रमाइलो गर्ने अवसर मिल्यो । दशैको टिका भने यसपल्ट कम विर्घालीले लगाए । कतै जुठा त कतै के के अवरोध रहे दशैका लागि यद्यपि म भने टिका लगाउन पाउने भाग्यमानीमा दरिए ।
पूर्णिमा पछिसम्म वसेर होला गांउ छोड्न मनै नलाग्ने । गांउमा दशैका अलावा चुनावी माहोलले रंग थपेको छ । गांउमा हरियाली प्रशस्त छ भने मिर्मी विर्घा वाटो भने लामो वर्षाले वस चल्न नसक्ने वनाएको छ ।