यो तस्विर लिने वेला कतिपयले भनेका थिए – मिलेसम्म प्रकाशित नहोस । म मेरो मन शान्त गर्न उनीहरुको वचनलाई तोड्दै छु । व्यवसायीक पत्रकारहरुलाई यस्तो स्पस्टीकरण दिनु जरुरी हुन्थेन होला म रहरको पत्रकारिता गर्देछु । त्यसैले मलाई माफ गर्नु होला ।
गांउमा जन्मे हुर्केको मान्छेलाई चाडवाड हुन या उद्यौली उभौली गांउकै याद ज्यदा आउदो रहेछ । गांउलाई यतिवेला तिहारले छपक्कै छोपेको छ । दशैमै कोपिला खेलेको सयपत्री र मखमली फुल्नु सम्म फुलेका होलान । तिहारको रौनकले गणेश दाईका आंटीदेखि सिल्टुगं घारीसम्म भरिएका होलान । देउसी भैलो खेल्नेहरु टिम वनाउदै होलान । मादलमा खरी भरिदै होला या खैजडी सेकाइदै होला । त्यसैले त मैले गांउ मिस गरेको छु ।
कुनै दिन थिए रानाको सानु, सुरेश, दुर्गा र म भैलो खेल्न निस्किन्थ्यौ । रातीमा चप्पल वालेर या सलाई कोर्दै अधेरो वाटोमा हिड्नु रात मध्य रातै भैलो भनेर फलाक्नु ।सुका मोहर पाउदा प्रफुल्लीत हुनु हाम्रा विगत थिए । त्यही कलेक्सनले गैरामा पिकनिक खानु कम्ती रमाइलो हुन्थेन ।
जीवन भनेकै परिवर्तन रहेछ । अरु कुरा वदलीउन या रहुन समय वदलिदो रहेछ । हिजोका केटा केटी हामी आज परिपक्व वनेका छौ । केही समय पछि हाम्रो विगतलाई हाम्रा भविष्य केटाकेटीले पालो देलान । पण्डितका गैहामा या सिलटुगं घारीमा तास खेल्ने हामी विस्तारै गणेश दाइको आटीसम्म पहुच पुर्याउन सफल भएका थियौ ।
यही गांउ यही परिवेश चाड वाड आउदा अझ नजिक हुदो रहेछ । लाग्छ मध्य पूर्व या मलेसीया, अष्टे«लीया देखि अमेरीका सम्म फैलीएका परदेशीलाई अझ परिवेशले कति रुवाउदो हो । सवैलाई आउदै गरेको तिहारको सुभकामना ।