भव्य रह्यो दशै

दशै २०७० सकिएको छ । दशै सकिएपनि यस संगका संझनाहरु स्मृतिमा ताजै छन । दशै झरीको अवरोधका वावजुत भव्य रह्यो । दशै भेटघाट गर्ने अवसरका अलावा मान्यजनवाट टिका लगाउने, आशिर्वाद लिने तथा घुमघाम गर्ने मिठो वहाना वन्यो ।
यसपल्ट दशैमा म छिटै घर लागेकालेपनि होला व्लग नियमित गर्न पाइएन, न त औपचारिक रुपमै शुभकामना वाड्न पाइयो ।
यद्यपि घटस्थापनाको दिन विर्घा पुगेर शुरु भएको दशैमा रमेशको विवाहमा सरिक हुने तथा क्षेत्रपालको पुजामा रमाइलो गर्ने अवसर मिल्यो । दशैको टिका भने यसपल्ट कम विर्घालीले लगाए । कतै जुठा त कतै के के अवरोध रहे दशैका लागि यद्यपि म भने टिका लगाउन पाउने भाग्यमानीमा दरिए ।
पूर्णिमा पछिसम्म वसेर होला गांउ छोड्न मनै नलाग्ने । गांउमा दशैका अलावा चुनावी माहोलले रंग थपेको छ । गांउमा हरियाली प्रशस्त छ भने मिर्मी विर्घा वाटो भने लामो वर्षाले वस चल्न नसक्ने वनाएको छ ।

One thought on “भव्य रह्यो दशै

  1. जे होस् बिर्घा ब्लग ले हामी विदेश मा बस्ने नेपाली हरु लाई नजिक को समचार मुलक कार्य गरेर देखाएको भान बह्येको ६ !!! ७ समुन्द्र पारी साउदी अरब बाट अर्जुन बहादुर पि.सी आलम देबी ७ सटुका ,,, हाल सौदिअरब मा कार्यरत !!!!!!!!!!!!!!!!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *