आज हरिवोधनी एकादशी, राम्दी रिडीमा मेला

18
हिन्दू धर्मावलम्बीहरुले आज विष्णुको पूजा आराधना गरी हरिवोधनी एकादशी मनाउँदै छन् । आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसीलाई आज विशेषरुपले पूजागरी विवाह गरिदिने चलन पनि छ । आजको दिनलाई ठूलो एकादशी पनि भन्ने गरिन्छ । कात्तिक शुक्लपक्षको हरिवोधिनी एकादशीका दिन व्रत बसेर विष्णुको पूजा गरेमा पापको नाश, पुण्यबृद्धि र मोक्ष प्राप्त हुने धार्मिक बिश्वास रही आएको छ ।
व्रतालुहरुले आज तरुल, पिँडालु, सखरखण्ड, सातु, पाकेको फर्सी खाने गर्दछन् । आज देशभरका विष्णुका मन्दिरमा पूजा गर्नेहरुको विहानैदेखि घुईंचो लागेको छ ।
यसै अवसरमा आज काली प्रश्रवण क्षेत्रका मूख्य तिर्थस्थल रिडी र राम्दीमा भव्य मेला लागेको छ । मेलामा गण्डकी स्नानाका अलावा सुन्तला, बासका भाडा कुडा तथा उनाी कपडाहरुको राम्रो कारोवार हुने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *