यो पुरै संसार तिम्रो जन्मदिनको केक हो ।
त्यसैले यसको एक टुक्रा लेउ सबै नलेउ ।
जर्ज ह्यारीशन
शरीर पन्च तत्वले वनेको छ । जल, थल,वायु, आकाश र अग्नी । मानव जीवनमा पन्च तत्वको ठूलो महत्व रहन्छ । पृथ्वी पनि पन्च तत्वले नै वनेको छ । त्यसैले समय अनुसार धर्तको पनि आनीवानी स्वभाव र रुपमा परिवर्तन आउछ । मानिसमा नआउने विषय नै रहेन । महिना अनुसार पृथ्वीको स्वरुपमा परिवर्तन आएजस्तै प्रत्येक फरक महिनामा जन्मीने मानिसहरुको स्वभाव फरक हुन्छ । राशी अनुसार व्यवहार फरह हुन्छ । शींह राशी हुने र तुला राशी हुनेको स्वभाव फरक हुन्छ । सिंह राशी आक्रामक हुन्छ । कन्या राशी भएको मानिस प्रेमिल र दयालु हुन्छ । त्यो व्यक्तीको कारणले होइन जन्म तिथी, करण, योग र राशीको कारण भएको हो ।
असार पृथ्वी उत्पति भएको महिना हो । त्यसैले सवै हिन्दु धर्मावलम्वीले असार ८ गते धर्तिको पुजा गरेर भूमी दिवस मनाउछन । पश्चिमाहरुले पछि जुन २२ लाई पृथ्वीको उत्पति दिन मानेर यसको आ आफ्नो संस्कार अनुसार यो दिनलाई मनाउछन ।
समयसिमा
हिंउदमा गांउघर संझीदा

हिउदको मानु मागी मागी खानु भन्ने उखान गांउ घरमा चल्तीमै छ । हिंउद लागेपछि खेति भित्रिने हरियो घास दाउराको काम पनि कम हुने भएकाले होला एकसरुवा वाहेक माइती, मावल, आफन्तकामा पाहुना लाग्न जाने चलन थियो । जग्गे जात्रा वाक्लै हुन्थे । विहामा जन्ती जान पाए विहान टिका लाएर खामपनि पाइने वाटामा मासु भात पनि खान पाइने भएकाले जन्ती हाम्रो मुख्य आकर्षण थियो ।
तर कतिपय विहामा केटाकेटीलाइृ नलाने, जन्ती पनि सिमित जाने भएपछि हामी बीच वाटोमा जन्ती खान सम्म पुग्थ्यौ । रुद्रीको भात, सप्ताहको भन्डारा धेरै लगाइयो । लाखवत्ति र रुद्रीका निम्ता धेरै मानियो । एकाहा र चौरासी पुजाका निम्ता भन्न धेरै हिडियो । चौको टाहाल्ने देखि सुपारी काट्ने सम्मका सवै कार्यहरु हाम्रालागि विशेष हुन्थे ।

व्रतवन्ध र सप्ताहहरु विशेष हुन्थे । गांउघरको रौनक हिउदमा नै थियो । ठुलो अगेना वनाएर तरुल र साग मिलाएर तिहुन पकाउनु । अलिकता घ्यूले झानेर भात वसाल्नु । केरा र मुलाको अचार वनाउनु । वारीको डिलमा लुगा खोलेर वसेर खाना खानु । कम्ता रमाईला थिएनन हिउदका दिनहरु । स्कुल छुट्टी भए मावल जानु । एकादशीमा राम्दी र माघे सक्रान्तिमा रिडी जानु । स्वस्थानीको कथा सुन्न जानु । फर्किदा बेवरा, काक्रा, उखु जे पाइन्छ चोरेर खानु ।
वत्ती नहुदा चिराक वाल्नु या चप्पल वाल्दै दौडनु । धान काटेर गांज परेको खेतमा खाली खुट्टा वुर्कुसी मार्नु । कहिले खुट्टा मर्काउनु, कहिले चिथोरिनु , डन्डा लौरा खेल्नु, मोजाको भलीवल खेल्नु वाल सुलभ मात्र होइनन पवित्र गांउले पर्वहरु थिए ।

यो चिसो र धुलोले छोप्दै गरेको राजधानीमा वसेर ती बालापन संझीनु , अतित हुदै गरेको गांउ कल्पिनु र निश्चल गांउलेको माया संझेर पग्लीनुको विकल्प छैन । सधैको दौडधुप, सधैका आपाधापी, स्वार्थी समूहका कृतिम हासोहरुले त्यो वालपनको निश्चल हासो कंहावाट देओस ।
कहिले कांही फेसवुक र टुइटरमा शेयर हुने तस्विरहरु हेरेर गांउ कल्पिदै छु । म यंहा विरानो शहरमा । कठिन थिए तर कम्ता रमाइला थिएनन ती दिनहरु । व्लग नियमित नभएको हप्तौ भयो । आजकल यो विरानो हुन लागेको छ । मैलाई विरानो लाग्यो भने प्रिय पाठकहरुलाई कस्तो पो लाग्दो हो । त्यसैले यो एकालापवाट निरन्तरहुने कोशिष गरेको छु ।
तिहार शुरु

तिहार शुरु भएको छ । हिजो यमपञ्चक को पहिलो दिन अर्थात काग तिहार । कागको पूजा गरी सुरु भएको छ तिहार । सबैको घरघरमा बिहानै देखी बिभिन्न प्रकारका फल्फूल तथा मिष्ठान्नले काग लाई सर्वप्रथम भोजन गराईन्छ, अनि मात्र घर का अरु सदस्यहरुले खाने परम्परा छ । परापूर्व कालमा दानव र देवता बीच समुन्द्र मन्थन गर्दा निस्केको अमुल्य बस्तु हरु मध्य अमृत (जस्ले पिउछ उ अमर हुन्छ रे)पहिला कागले पिएको हुँदा उ अमर मानिन्छ र काल लाई उस्ले सजिलै देख्ने हुँदा पनि कालको संबाहक रुपमा हामीले मान्दै आईरहेका छौ ।
नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ | जसरी नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पञ्चक भनिन्छ | यस पर्वमा काग, गाई आदिको पूजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ | यहि तिहार पर्वको मूल मर्म हो | दिपावलीको रमझम सबैतिर छाएको हुन्छ | सबैको मनमा आनन्दको बर्षा हुन्छ | देउसी भैलो गाएर मनोरंजन गरिन्छ
तिहारका पाँच दिन हुन्छन् जसलाई यम पञ्चक भनिन्छ । यो बेलामा यमराज अर्थात काल पनि विदामा हुन्छन रे उनी बहिनी यमुनासँग बसेर टीका लगाउँछन् रे । भाइ टीका हुन्छ यम पञ्चक को अन्तिम दिन । दिदी बहिनीले दाजु भाइलाई निकै श्रद्धाले टीका लगाइ दिन्छन् त्यस दिन । चामलको भिजाएको पिठोको निधारमा ठाडो धसो्र बनाएर त्यसमा सप्तरंगी टीका अडाइ दिन्छन् दिदी बहिनीले । त्योभन्दा अघि पुजा गर्छन् । ओख्खर फुटाउँछन् । टीका लगाउन बसेका दाजुभाइलाई तेलको घेराले घेर्छन् । टीकापछि गलामा मखमली फूलको माला लगाइ दिन्छन् । दिदी बहिनीले बनाएको तेलेको घेरा नसुकुन्जेल, मखमली नओइलाउनजेल दाजुभाइलाई कालले लैजान सक्दैन भन्ने कथन तिहारसँग जोडिएको छ ।
तिहार यानी यम पञ्चक को पहिलो दिनलाई काग तिहार भनिन्छ-जुन दिनमा हिन्दुहरु कागको पुजा गर्छन। कागको श्वोरले दुख र समस्याको संकेत दिन्छ। काग तिहारको अवसरमा धार्मिक मान्यता अनुसार कागलाई पुजा गरी विभिन्न खानेकुरा दिइन्छ। हाम्रो समाजमा कागलाई सन्देश बाहकको रुपमा लिइन्छ।परापुर्व कालमा यमराजकी बहिनीको लागि संदेशबाहकको काम गरेकोले कागको पनि पुजा गर्नुपर्ने चलन रहिआएको जानकारहरु बताउछन|
कथा मिठो शहरको

हप्ता दिन लामो दारी सिनित्त पारेर फल्नुको मजै वेग्लै । अझ विहानी यातायातमा चमेरामा हुल जस्ता स्कुलेहरुको चिरविर सुन्दाको थप उर्जा । ढिलो सुतेर ढिलै उठ्नुका पनि केही मजा होलान तर “अर्ली टु वेड अर्ली टु वेकअप”को मजा त्यो भन्दा कैयौ गुणा हुदो रहेछ । एका विहानै उठेर नित्य कर्म सक्नु, नजिकैको हरीयाली हेरेर कालो कफी पिउनु र झन्डै २० मिनेटको नियमीत योगा अभ्यास वाट निस्कीनु मेरो केही वर्ष देखिको दैनीकी वनेको छ । हुनतः उषाको पहिलो प्रहरमा व्युझनेहरुको दीर्घ जीवन हुन्छ भन्ने वैदिक मान्यता पनि रहेको छ ।
विहान ऊ भुर्वस्वःह …गुन्गुनाउदै राजधानीका सडक नाप्दा मजा नै वेग्लै । राती फर्कीदा भने भोली उठी कहां जाने केही थाहा छैन भन्दै नारन गोपाल गुन्गुनाउनुको स्वाद नै अर्कै । दिनभरीका आपाधापी, आ आफ्नै अपेक्षा र जीजीविषा वोकेका अनेक मानिसहरुसंगको संगतले अरु सोच्न नपाइदो रहेछ । काठमाण्डौको श्रम वजारमा शिक्षित वेरोजगारको प्रवेश पछि हामी जस्ता केही तयारी कक्षाहरुमा अनुभव वाड्नेलाई कमै फुर्सद हुदो रहेछ । त्यही फ्री समयको अभावलाई विहानका कन्चन दिनहरु र घुर्मैला सांझहरुले भुलाउनु पर्दो रहेछ ।
काठमाण्डौ हाम्रा लागि सपनाको शहर थियो । विद्यालयका पाठ्यक्रमका पुस्तकमा राखिएका केही तस्विर हेरेर हामी कल्पन्थ्यौ काठमाण्डौ शहर । डेनी डेन्जोम्पाको कान्छिलाई घुमाउने काठमाण्डौ शहर गीत हिट भएपछि त यो शहरको आकांक्षा अझ वढेको थियो । यो शहर हाम्रा लागि राजा वस्ने शहर थियो र थियो अनेक अवसरहरुको खानी । उच्च शिक्षाको अभिलाषा वोकेर राजधानी छिर्नेहरुको तांतीमा झन्डै डेढ दशक अघि म पनि मिसिन आइ पुगेको थिए यो विरानो शहरमा । तानसेन वाट छुटेको निलो रंगको साझा वस त्रिपुरेश्वरमा घ्याच्च रोकिए पछि तीनपांग्रे कालो वजाज ट्याम्पोले वुद्धनगर पुर्याएको थियो एक छिप्पीदै गरेको सांझमा ।

सिमित स्रोत साधन र सिमित आकांक्षा भएको मानिस भएकाले त्रिचन्द्र कलेजका दिनहरु सामान्य चले केही वर्ष ।
ग्रामिण परिवेशवाट आएको म जस्तो युवाकालगि लोकसेवा अन्तिम र एकमात्र विकल्प थियो । राजधानी छिरेको पहिलो प्रयासमै लोकसेवाले पत्याएपछि सामान्य जागिरेको हैसियत जोडिदै गयो आम ग्रामीण युवाहरुको जस्तै मेरो पनि । यसबीचमा कहिले पत्रकारिता त कहिले प्राध्यापनका अनेक अनुभवहरु मिसिदै गए ।
हुनत अनेक विकृति र विसंगतीका वावजुद अनेक अवसरको शहर हो काठमाण्डौ । अवसर लिन जान्नेहरुलाई यो शहरले दिएको पनि छ । विहानमा एउटा स्वरुपमा देखिने शहर दिउसो अर्के त रात ढलेपछि अर्कै हुदै जान्छ । शहर वुझ्नलाई यी तीनै प्रहरको स्वाद लिन जान्नु पर्दछ । मौलिक विशेषता वोकेको यो शहरका सवै प्रहरका स्वाद लिनेहरु कम छन यंहा । त्यसैले त प्रहर गुमाएका हरुको यसप्रति गुनासो पनि छ । म पनि त्यही वहुमतको सदस्य हुं ।

तर कार्तिक नाच देखि ठमेलका डिस्कोसम्म, पशुपति नाथदेखि यलो पगोडासम्म, रत्न पुस्तक भन्डार देखि पिलग्रीम र मन्डलासम्म, के एल टावर देखि मन्डला र सिल्पीसम्म, नांगा वावा देखि मार्टिन चौतारीसम्म, के एम टेस्टी मम देखि केएफसीसम्म, भृकुटी मन्डपदेखि जाराका आउटलेटसम्म यो शहर अनेक रुप रंगमा देखिन्छ ।
ऐतिहासिकता र आधुनिकताको समिश्रण रहेको यो शहरमा जान्नु र भोग्नु पर्ने अनेक विष्मयकारी वस्तुहरु छन । करौडो मुल्यका ल्यान्ड रोभर गुड्ने शहरमा साइकलपनि प्रसस्त दौडन्छन, भीआइपीका सवासी चल्ने शहरमा घांसका भारी वोकेका महिलाहरु पनि सडक नापी रहेका हुन्छन । केही रुपीयाकालगि हात पसार्ने देखि रोटी वाड्नेहरु प्रशस्त छन शहरमा । रुखमा ऐना झुन्ड्याएर कपाल काट्ने देखि साइकल अड्याएर सडक छेउमै सौच गर्नेहरु दुनीयाको अर्को कुन राजधानीमा देख्न पाइएला ।
शहरको मजा लिन जान्नु पर्दछ तरह तरहका टेष्ट छन यंहा ।
हजारौ डलर खर्चेर यंहाको मौलिकता र विविधताको स्वाद लिन विश्वका कुना कुनावाट मानिस यंहा आउछन । तपाई हामी वुगंमती र वागमतीको जानकारी विनै, गाइजात्रा र गठेमंगलको दर्शन विनै, कार्तीक नाच र इन्द्र जात्रा नहेरिकनै शहरप्रति पुर्वाग्रही भएका छौ । काठमाण्डौमा भएर पनि इन्द्र जात्राको दर्शन नगर्नेलाई मरेपछि पनि इन्द्रले सोध्छन भन्ने आम विस्वास छ । हामी किन कोठे भएर वस्ने? चलाउनुस खुट्टा हेर्नुस यंहाको इन्द्रेणी उठाउनुस वन्दको फाइदा ।
कसरी शुरु भयो सिरीयामा गृहयुद्ध ?

राष्ट्रपति वसर अल असद विरुद्ध २०११ मर्च १५ वाट शुरु भएको विद्रोहले सिरियामा झन्डै ६ लाख मानिसको ज्यान लिइसकेको छ । अव अरु कतिले आहुति दिनु पर्ने हो? त्यसको केही लेखाजोखा छैन । ट्युनीसीयामा मोहम्मद वाउजीजीले जागीर नपाएको झोकमा २०१० को डिसेम्वरमा आत्महत्या गरेपछि शुरु भएको अरब विद्रोहले आधा दशक विताइसकेको छ । यही अरब विद्रोहको परिणती इजिप्टमा होस्नी मुवारक, ट्युनीसीयामा अल अवादिन अली र लिवीयामा कर्नेल मोहमर गद्दाफी जस्ता वर्षौ देखि शासन गरेका तानाशाह हरुले ज्यान गुमाइ सकेका छन ।
क्रान्तिको वाछिटाले लेवनान, साउदी अरेवीया, इरान र टर्कीलाई समेत छोएको थियो । अरबले महिलालाई मताधिकार दिएर, लेवननाले शैनिक कानून हटाएर र इरानले बल प्रयोग गरेर क्रान्तिलाई नियन्त्रणमा लिए । केहीले सत्ता गुमाए केहीले जीवन । जीवन गुमाउने श्रृंखला रोकिएको छैन र यो कहिले रोकिने हो कालो वादलमा कुनै चादीको घेरा पनि देखिएको छैन ।

पेशाले नेत्र चिकित्सक बसर अल असदको सत्ता पश्चिमाहरुको क्रिडास्थल भएको छ र वदलामा मानवीय मुल्य हारेको छ । कहिले रुसको समर्थनमा त कहिले टर्कीको विरुद्धमा परिलक्षीत असद सत्ता र सिरीयाको भविष्य अझै अन्यौलमा छ । अहिले सिरीया भित्र असद समर्थीत सरकारी सेना, टर्की समर्थीत विद्रोही, अमेरीका समर्थीत कुर्दीश लडाकु र आइएस आइएस लगायत रुस र अमेरिका समर्थीत विभिन्न लडाकुहरु लडिरहेका छन । कुनै वेलाका मध्यपूर्वको शुन्दर देश सिरीया अहिले चिहान घरमा परिणत भएको छ ।
दमास्कस जल्यो । होम्स सिटीमा २ वर्ष अघि मानवीय ंकट देखा पर्यो । अहिले राजधानी दमास्कस नजिकै रहेको गुटा शहरमा रुस समर्थीत सरकारी फौजले गरेको हमलामा सयौ वालवालीका सहित हजारौले ज्यान गुमाइरहेका छन । आकाशमा धुवाको मुस्लो मडारिएको छ । अस्पतालहरु समेत वमको निाशानामा परेका छन । चिकित्सक मारिएका छन । अस्पताल खन्डहरमा परिणत भएको देशमा विद्यालयको के अस्तित्व रहन्थ्यो र ?
कहिले सरिन नामको विषालु ग्यांस त कहिले हवाइ हमला । जिउदो नर्कमा परिण हुदै गएको सिरीयाका विषयमा पश्चिमा जगत, संचार माध्यम र अन्तराष्ट्रिय संस्थाहरुको मौनता वुझी नसक्नुको छ ।
सिरीयामा छिट्टै शान्ति फर्कियोस कलिला वालवालीकाका ओठमा मुस्कान छर्दै विद्यालय जान पाउन । सिरीया युद्ध अन्त्य होस ।

आयु: प्रजा धनं विद्या स्वर्ग मोक्ष सुखानी च । प्रयच्छन्ती तथा राज्य पितर: श्राद्धतरर्पिता

कृष्णप्रसाद काेर्इराला
सनातन हिन्दू संस्कारमा चान्द्रमास आश्विन महिनाको पूर्वार्द्धको पूरै पन्ध्र दिनलाई पितृपक्ष भनी उक्त अवसरमा दिवङ्गत भएका आफन्तको श्राद्ध गर्ने परम्परा छ । दिनगणनामा एउटा सामान्य पक्ष पन्ध्र दिनको हुने गर्दछ, तथापि यस अवधिलाई सामान्य जनबोलीमा सोह्रश्राद्ध भन्ने गरिन्छ । कसैले भाद्रशुक्ल पूर्णिमा समेेतको गन्ती गर्ने र कसैले आश्विन शुक्लपक्षको प्रतिपदाका दिन गरिने मातामह श्राद्धलाई पनि गणना गरेर यसलाई सोह्रवटा श्राद्धको समूहको संयुक्त नाम हो भनी प्रमाणित पनि गरिन्छ । तर भाद्र पूर्णिमा पितृपक्षमा नपर्ने र पितृ विसर्जनको भोलिपल्ट पर्ने मातामह श्राद्धले पनि पितृपक्षको सीमारेखा नाघ्ने भएकाले समग्रमा पितृपक्षलाई मात्र सोह्रश्राद्ध मान्ने चलन पनि छ । दिनकै लेखाजोखा गर्ने हो भने पितृपक्षका सबै पन्ध्र दिनमा पनि कुनै कुनै दिन श्राद्ध गर्नु हुँदैन भन्ने मत पनि भेटिन्छ, उदाहरणका लागि मघा तिथि परेका दिन श्राद्ध गरेको खण्डमा जेठो छोरो वा अन्य छोराहरूले कष्ट ब्यहोर्नु पर्दछ (मघायां पिण्ड दानेन ज्येष्ठ पुत्रो हनिष्यति) भनी आफूले श्राद्ध गर्ने तिथि नै परे पनि बरु अन्य अनुकूल तिथिमा सारेर भए पनि उक्त दिन श्राद्ध गरिंदैन ।
त्यस्तै चतुर्दशी तिथिका दिन अकालमा मरेकाहरूको श्राद्ध गर्न छुट्याइएको तिथि भएकाले यस दिन पनि सामान्य श्राद्ध गर्नु हुँदैन भनिन्छ, अनि नवमीका दिन मृत महिलाहरूको मात्र श्राद्ध गर्ने हो भनी यस दिन पनि श्राद्ध गर्न आनाकानी गर्ने चलन छ । उता वेलावेलामा तिथिक्षय भइदिनाले कहिलेकाँही एउटा पक्ष चौध वा तेह्र दिनमा खुम्चिन पुग्छ र श्राद्धको सङ्ख्यामा कमी आउँछ । त्यसैले मुखले सोह्रश्राद्ध भने पनि वास्तवमा सोह्रश्राद्धमा श्राद्ध गरिने दिन सोह्र वटा पुग्दैनन् । जे होस् सोह्रश्राद्धको प्राविधिक विषय जेजस्तो भए पनि सोह्रश्राद्धको एउटा समग्र पक्ष त्यस्तो समयावधि हो, जसमा हिन्दू संस्कृतिका अनुयायीहरूले एकसाथ आआफ्ना मृत परिजनलाई स्मरण, पूजा र श्रद्धाभाव अर्पण गर्दछन् ।
‘श्रत्सत्यं दधाति यया क्रियया सा श्रद्धा श्रद्धया यत्क्रियते तच्छ्राद्धम्’ अर्थात् श्राद्ध भनेको नै श्रद्धा हो । आफ्ना दिवङ्गत पितृहरूको उद्धार, उनीहरूप्रतिको समर्पणभाव र उनीहरूप्रतिको दयाभाव हो, श्राद्ध । आफ्ना पिता, माता र पुर्खाविना मानवले आफ्नो अस्तित्वको कल्पना गर्न सक्दैन । वास्तवमा तिनै मातापिता वा पूर्वजहरूको सद्भावना, प्रेरणा, लाडप्यार, लालनपालन, शिक्षादीक्षा र उचित मार्गदर्शनको प्रबन्ध भएरै व्यक्तिले वर्तमानको जीवन र सुखसुविधा सिर्जना गरेको हुन्छ, उन्नतिप्रगतिको पथमा अघि बढिरहेको हुन्छ । मातापितालाई शास्त्रले देवसरह पूज्य र आदरणीय मानेको त छँदैछ, आधुनिक विज्ञानले पनि मातापितालाई जीवनको पहिलो पाठशालाको पहिलो आधिकारिक गुरु भनी स्वीकारेको पाइन्छ ।
तिनै मातापिता र अग्रजहरूको विशेषज्ञ सेवा पाएकाले नै व्यक्तिविशेष डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, लेखक, साहित्यकार, प्रशासक, नेता आदि उच्च वर्ग वा अन्य पहुँचमा पुग्न सक्षम हुन्छन् अनि तिनको सारा पदप्रतिष्ठा र जीवनचक्र सञ्चालन भइरहेको हुन्छ । इतिहास र पूर्वजको संस्मरणविना भूत, वर्तमान र भविष्यको अवस्थिति र समुन्नत सुखको कल्पना निरर्थक हुन्छ । पौराणिक मान्यतानुरूप दिवङ्गत पितृहरूले भवसागरका चौरासी लाख योनिमध्ये कुनै न कुनै योनिका रूपमा देह धारण गरेका हुन्छन् र तत्तत् योनिका उचित खाद्यपदार्थ पाएर सबैका आआफ्ना दिवङ्गत पितृहरू तृप्त हुन्छन् भनिन्छ र भवसागरको चक्र पार गरी मुक्ति प्राप्त गरी देवत्वमा पुगेका पितृहरूले पनि आफ्ना सन्ततिबाट केही न केही पाइन्छ कि भनी आशा गरेका हुन्छन् भन्ने मान्यता पनि छ । त्यसैले हाम्रो परम्परा र संस्कृतिले आआफ्ना पूर्वजको कुनै न कुनै ढङ्गले स्मरण गर्नु अनिवार्य मान्दै आएको छ । युग, परिस्थिति, समय र स्थानमा व्यापक परिवर्तन आएको छ भनी आफ्नो अनुकूलता र प्रतिकूलतालाई मात्र ख्याल गरी आफ्ना पुर्खा, पूर्वज र पितृहरूप्रति गरिने कर्मको लोप गर्नु सरासर गलत हो, अतः सोह्रश्राद्ध र अन्य मरणतिथिमा आफ्नो गच्छेअनुसार पितृदेवताको उपासना गर्नै पर्ने हुन्छ । यस आलेखमा श्राद्ध तथा यसका प्रकार, प्रक्रिया र अङ्गका बारेमा प्रकाश पार्ने प्रयास गरिएको छ । Continue reading
कालीगन्डकी गांउपालिका भवन विर्घामै वन्ने

काली गन्डकी गांउ पालिकाको निर्वाचन भएको पनि झन्डै ५ महिना पुरा भएको छ । निर्वाचित पदाधिकारीहरुले कार्यभार सम्हालेको लामो समय विती सकेको छ । यसै बीचमा गांउपालिकाका कार्यकारी अधिकृत धोलकराज ढकाल पदोन्नति भई नंया जिम्मेवारी सम्हाल्न राजधानी फर्किएका छन ।
मिर्मी देखि रानीघाटसम्मको सडक विस्तार चलीरहेको छ । वर्खाको वेला कच्ची पाडी वाटो हिडीसाध्ये छैन अहीले । जिप मुस्कीलले चलेका छन । “दशैमा त क्याहो वाटो नवनाउने नआत्याओ” अर्चले शुन्दर दाई भन्दैछन । कोटाकोट जाने भासीएको वाटोको जिम्मा सेनालाई दिइएको छ । जसको सर्भे लगायतको काम पुरा भएको छ ।
यसैबीचमा काली गन्डकी गांउ पालिका भवन साविकको कालीगन्डकी ४ कट्टीवाट सरेर जाने हल्लाले त्यो क्षेत्र फेरी तात्तिएको छ । सरकारले गांउ पालिकाको भवन वनाउन तथा फर्निचर खरिदकालागि पर्याप्त वजेट व्यवस्था गरेको छ । साविकको गाविसको भवन सांघुरो भएकाले नंया भवन वनाई पुरानो भवनलाई वडा कार्यालयका रुपमा चलाउनुको विकल्प छैन ।
विर्घामा जग्गा नमिलेकाले गांउपालिका मिर्मी सार्नुपर्ने दावी सिमित व्यक्तिहरुको छ । जुन कुनै हालतमा पनि जायज देखिदैन । चन्डीभन्ज्यागंदेखि लसर्घावेसी सम्मका सेवाग्राहीलाई पायक पर्ने, पूर्वाधार विकासका कारण र जनसंख्याको अनुपातका कारण भवन निर्माणका लागि विर्घाको विकल्प देखिदैन । विर्घाको वरु भुष्टुंग, खहरे, वनकसीडांडा, कट्टी, मौला, अर्चले वा गहलाम जुनसुकै ठांउपनि उपयुक्त हुन सक्तछ ।
जग्गा नपाइएको अफवाहबीच कालिगन्डकी गांउपालिकाका अध्यक्षका प्रत्यासी शेरवहादुर थापाले दिएको जानकारी अनुसार भवन निर्माणका लागि जग्गा फेला परेको छ । जस अनुसार विर्घाको कट्टी मरेग्दामा पूर्णचन्द्र पान्डे, केशवराज पान्डे लगायतले जग्गा दिन इच्छा देखाउनु भएको हो । त्यसैगरी कट्टी स्कुल पारीको जग्गा दिन मेधनीलाल पान्डे, पूर्णवहादुर नेपाली लगायतका जग्गाधनीहरु इच्छुक देखिनुभएको छ ।
आइतवार दिउसो फोनमार्फत शेरवहादुर थापाले भन्नुभयो हामी विहानभर जग्गाको टुंगो लागाउन व्यस्त भयौ । अव जग्गा पाइएको छ । देखिएका विकल्पहरु मध्ये कुन उपयुक्त हुने टुंग्याउन मात्र वांकी छ । हामी सवै वसेर त्यसको टुंगो लगाउछौ । जग्गा पाइएन भन्नु अफवाह हो शेरवहादुर थापाले भन्नुभयो ।
अवको केही दिनमै जग्गा टुंगो लगाई जग्गा प्राप्ती ऐन अनुसार जग्गा खरिद गरिने र भवनको नक्सांकन लगायतका कामहरु अघि वढ्ने छन । जसका लागि अवको केही महिना र भवन निर्माण सम्पन्न गर्न केही वर्ष लाग्नेछ । यससंगै विर्घावाट गांउपालिकाको केन्द्र सर्ने हल्ला अन्त्य भएको छ ।
विकास वढ्दै विर्घामा

स्थानीय युवाको निरन्तरको पहल तथा अर्थ मन्त्रालयका पदाधिकारीको सहयोगमा यस वर्ष विर्घामा विकासको मुहान फुटेको छ । तत्कालिन मन्त्रिपरिषदका अध्यक्ष खिलाराज रेग्मीका पालामा कायम भएका शिर्षकहरु तथा यस वर्षपनि कायम भएका नंया शिर्षकहरुमा यथेष्ट वजेट विनियोजन भएको हो । मिर्मी रानीघाट वहुवर्षीय सडकका अलाव स्थानीय विद्यालय भवन, मठ मन्दिर, प्रहरी चौकी, स्वास्थ्य चौकीका लागि समेत यसवर्ष रकम विनियोजन भएको छ ।
विकासकालागि स्थानीय सक्रिय युवाहरु समूह वनाएरै निरन्तर रुपमा लागेपछि लगातारका प्रतिफलहरु प्राप्त भएका हुन । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मनत्रालय तथा शहरी विकास मनत्रालयकाक कार्यक्रममा त्यस क्षेत्रका आयोजनाहरु समेटिएका हुन । यसै गरी मिर्मी कारिकोट सडक, विर्घा टगंलेहवा सडक एवं मिर्मी कारिकोट सडककालागि पनि पर्याप्त वजेट विनियोजन भएकाको छ ।
मठ मन्दिरको लागि विनियोजित रकम
-आलमदेवी मन्दिर,आलमदेवी ६ स्यांग्जा १५ लाख
-ऊं श्री कल्याणेश्वोर पंचमुखी महादेव मन्दिर बिर्घा (कट्टी) ४ लाख
-कालिका मन्दिर भवन संरक्षण,बिर्घा १ खहरे स्यांग्जा ३ लाख
-क्षेत्रपाल कालिका मन्दिर, बिर्घा ५ स्यांग्जा २ लाख
-गौरीघाट किरियापुत्री भवन १ लाख नियमित बजेटमा
-पराशक्ति दूर्गा मन्दिर बिर्घा ३ स्यांग्जा २लाख
-क्षेत्रपाल कालिका मन्दिर, बिर्घा ३ मिर्चण्डी २लाख
मेरो माया गीत र गांउमा …

पाल्पाको प्रसिद्ध रानी महल ।
चाडवाडको मुखैमा तेल नपाएर अलमल परेकालाई सरकारले छिटै घर जाने फरमान जारी गर्दैछ सार्वजनिक विदा दिएर । इन्धन नपाएर अलमल परेको यात्रा पाल्पाको तानसेनसंगै विर्घा तिर जाने इच्छा पलाएको छ । सोचेको इच्छा पुरा भयो भने – आफुले उच्च शिक्षा अध्ययन गर्दा पढेको क्याम्पस अवलोकनपछि रानीघाटको वाटो हुदै विर्घा जाने रहर जागेको छ यसपटक
” भुइको धुलो माया हो ठुलो,
सानु माया लाउने की नलाउने..”
गुन्गुनाएर वतासेडांडावाट एक क्लीक गरेपछि म ओरोलो लाग्ने छु । खासमा टिमुरे भन्जीगंमा चुकाउनी वेच्ने मगर्नी दिदी कस्ती भइन होला । उनको घर पक्की भए होला वा त्यस्तै खरले छाएको होला । त्यो वाटो हिड्दा कहिलकांही भेटीने आदरणीय गुरु गुन्जेश्वरी वस्यालको स्वर्गारोहण भएपछि त्यो वाटो कस्तो भए होला ? टिमुरेको धारोमा पानी कति वग्दो हो?
चुकाउनी वेच्ने मगर्नी दिदीकी छोरी कत्री भइहोला ? उसको विहा भएर श्रीमानको घरमा होली की अझै विहा भएको छैन होला ? म विर्घा वाट हस्यागं फस्यागं भएर टिमुरे आउदा मायालु नजर फ्याक्ने त्यो चन्चले केटी त्यस्तै चन्चल होला की फेरीइ होला ?
अवलमा वस्याल वाजेको चिया पसल त्यस्तै होला की वन्द भए होला ? त्यो लिची भएको नर्सरीमा नासपातीका विरुवा किन्न पाइएला की नपाइएला ? आजभोली वटुवा घटेपछि वाटोको रुप कस्तो भयो होला ?
मौले गणेश र म राती १० वजे पाल्पावाट विर्घाकालागि हिड्दा हामी डराएको त्यो अवलको वाटोको चौतारीहरु पुर्ववत रुपमा होलान या वटुवा विहिन चौपारीहरु लेउमा खुम्चीएका होलान ? राणहरु घोडा लिएर हिड्ने वाटो कस्तो भयो होला ? छेर्लुंग लैजाने माथिल्लो कुलोमा अहिले पानी कत्तिको होला ? हात्ती ढुंगामा भारी विसाएर अर्नी खाने भरीयाहरु अहिले होलान की नहोलान ? चियामा चोपेर पप खादां अहिले कसतो स्वाद होला ? वैकुन्ठेको झरना कस्तो देखिएको होला यो शुरुवाती मनशुनमा ?
रानीघाटमा कुनै पसल होलाकी नहोला ? पुजेर्नीको घर अगाडी फिल्मको पोष्टर अहिले त खै के होला र ? वर्खाकी काली कस्तरी उर्लदी हुन ? सटुकाको छेउवाट जादा वादर आजभोली लाग्लान की नलाग्लान ? सटुकाको चौपारीमा थकाइ मार्दै
“गयो माया साइकलमा चढी,
देखे पनि नदेखे झै गरी…”
भनेर मैले सुसेल्दा सुन्ने कोही वटुवा होलान या नहोलान ?
तीन प्रहरः इन्द्रेणी शहर
हप्ता दिन लामो दारी सिनित्त पारेर फल्नुको मजै वेग्लै । अझ विहानी यातायातमा चमेरामा हुल जस्ता स्कुलेहरुको चिरविर सुन्दाको थप उर्जा । ढिलो सुतेर ढिलै उठ्नुका पनि केही मजा होलान तर “अर्ली टु वेड अर्ली टु वेकअप”को मजा त्यो भन्दा कैयौ गुणा हुदो रहेछ । एका विहानै उठेर नित्य कर्म सक्नु, नजिकैको हरीयाली हेरेर कालो कफी पिउनु र झन्डै २० मिनेटको नियमीत योगा अभ्यास वाट निस्कीनु मेरो केही वर्ष देखिको दैनीकी वनेको छ । हुनतः उषाको पहिलो प्रहरमा व्युझनेहरुको दीर्घ जीवन हुन्छ भन्ने वैदिक मान्यता पनि रहेको छ ।
विहान ऊ भुर्वस्वःह …गुन्गुनाउदै राजधानीका सडक नाप्दा मजा नै वेग्लै । राती फर्कीदा भने भोली उठी कहां जाने केही थाहा छैन भन्दै नारन गोपाल गुन्गुनाउनुको स्वाद नै अर्कै । दिनभरीका आपाधापी, आ आफ्नै अपेक्षा र जीजीविषा वोकेका अनेक मानिसहरुसंगको संगतले अरु सोच्न नपाइदो रहेछ । काठमाण्डौको श्रम वजारमा शिक्षित वेरोजगारको प्रवेश पछि हामी जस्ता केही तयारी कक्षाहरुमा अनुभव वाड्नेलाई कमै फुर्सद हुदो रहेछ । त्यही फ्री समयको अभावलाई विहानका कन्चन दिनहरु र घुर्मैला सांझहरुले भुलाउनु पर्दो रहेछ ।
काठमाण्डौ हाम्रा लागि सपनाको शहर थियो । विद्यालयका पाठ्यक्रमका पुस्तकमा राखिएका केही तस्विर हेरेर हामी कल्पन्थ्यौ काठमाण्डौ शहर । डेनी डेन्जोम्पाको कान्छिलाई घुमाउने काठमाण्डौ शहर गीत हिट भएपछि त यो शहरको आकांक्षा अझ वढेको थियो । यो शहर हाम्रा लागि राजा वस्ने शहर थियो र थियो अनेक अवसरहरुको खानी । उच्च शिक्षाको अभिलाषा वोकेर राजधानी छिर्नेहरुको तांतीमा झन्डै डेढ दशक अघि म पनि मिसिन आइ पुगेको थिए यो विरानो शहरमा । तानसेन वाट छुटेको निलो रंगको साझा वस त्रिपुरेश्वरमा घ्याच्च रोकिए पछि तीनपांग्रे कालो वजाज ट्याम्पोले वुद्धनगर पुर्याएको थियो एक छिप्पीदै गरेको सांझमा ।
सिमित स्रोत साधन र सिमित आकांक्षा भएको मानिस भएकाले त्रिचन्द्र कलेजका दिनहरु सामान्य चले केही वर्ष । ग्रामिण परिवेशवाट आएको म जस्तो युवाकालगि लोकसेवा अन्तिम र एकमात्र विकल्प थियो । राजधानी छिरेको पहिलो प्रयासमै लोकसेवाले पत्याएपछि सामान्य जागिरेको हैसियत जोडिदै गयो आम ग्रामीण युवाहरुको जस्तै मेरो पनि । यसबीचमा कहिले पत्रकारिता त कहिले प्राध्यापनका अनेक अनुभवहरु मिसिदै गए ।
हुनत अनेक विकृति र विसंगतीका वावजुद अनेक अवसरको शहर हो काठमाण्डौ । अवसर लिन जान्नेहरुलाई यो शहरले दिएको पनि छ । विहानमा एउटा स्वरुपमा देखिने शहर दिउसो अर्के त रात ढलेपछि अर्कै हुदै जान्छ । शहर वुझ्नलाई यी तीनै प्रहरको स्वाद लिन जान्नु पर्दछ । मौलिक विशेषता वोकेको यो शहरका सवै प्रहरका स्वाद लिनेहरु कम छन यंहा । त्यसैले त प्रहर गुमाएका हरुको यसप्रति गुनासो पनि छ । म पनि त्यही वहुमतको सदस्य हुं ।
तर कार्तिक नाच देखि ठमेलका डिस्कोसम्म, पशुपति नाथदेखि यलो पगोडासम्म, रत्न पुस्तक भन्डार देखि पिलग्रीम र मन्डलासम्म, के एल टावर देखि मन्डला र सिल्पीसम्म, नांगा वावा देखि मार्टिन चौतारीसम्म, के एम टेस्टी मम देखि केएफसीसम्म, भृकुटी मन्डपदेखि जाराका आउटलेटसम्म यो शहर अनेक रुप रंगमा देखिन्छ ।
ऐतिहासिकता र आधुनिकताको समिश्रण रहेको यो शहरमा जान्नु र भोग्नु पर्ने अनेक विष्मयकारी वस्तुहरु छन । करौडो मुल्यका ल्यान्ड रोभर गुड्ने शहरमा साइकलपनि प्रसस्त दौडन्छन, भीआइपीका सवासी चल्ने शहरमा घांसका भारी वोकेका महिलाहरु पनि सडक नापी रहेका हुन्छन । केही रुपीयाकालगि हात पसार्ने देखि रोटी वाड्नेहरु प्रशस्त छन शहरमा । रुखमा ऐना झुन्ड्याएर कपाल काट्ने देखि साइकल अड्याएर सडक छेउमै सौच गर्नेहरु दुनीयाको अर्को कुन राजधानीमा देख्न पाइएला ।
शहरको मजा लिन जान्नु पर्दछ तरह तरहका टेष्ट छन यंहा । हजारौ डलर खर्चेर यंहाको मौलिकता र विविधताको स्वाद लिन विश्वका कुना कुनावाट मानिस यंहा आउछन । तपाई हामी वुगंमती र वागमतीको जानकारी विनै, गाइजात्रा र गठेमंगलको दर्शन विनै, कार्तीक नाच र इन्द्र जात्रा नहेरिकनै शहरप्रति पुर्वाग्रही भएका छौ । काठमाण्डौमा भएर पनि इन्द्र जात्राको दर्शन नगर्नेलाई मरेपछि पनि इन्द्रले सोध्छन भन्ने आम विस्वास छ । हामी किन कोठे भएर वस्ने? चलाउनुस खुट्टा हेर्नुस यंहाको इन्द्रेणी उठाउनुस वन्दको फाइदा ।