जनता माध्यामिक विद्यालयले आफ्नो स्वर्ण जयन्तीमा स्मारिका प्रकाशनको तारतम्य मिलाएपछि अरु जस्तै म पनि कम्ती खुसी भएको छैन । स्मारिका प्रकाशनको जिम्मेवारी लिएर राजधानी भित्रिएका राजेन्द्र भाइले दाई विगतलाई फेरी एकपल्ट संझनुस भन्दा मलाई कम्ता जिम्मेवारी वढेको महशुस भएको छैन । सधै विगतलाई कोट्याउने मैले अझै परिस्कृत गरेर ती विगतलाई संझिनु छ । मित्रहरुलाई याद दिलाउनु छ ।
हुनत जमावी अव जमावी रहेन नाम फेरिएर जनता उच्च मावी वनेको मात्र होइन स्वरुप र संरचना नै चिन्न नसकिने भएको छ । जमावीको चौरवाट वग्ने कुलो साइड लागेको छ तर पानी वगेकै छ । भवन थपिएको छ तर धेरै सुधार वांकी छ । पंहेलो फुल्ने करविर र निलो फुल्ने गुलमोहर ढालिएको छ । तर अरु हरीयाल ी कायम गर्न वांकी छ । मुल भवन ढलेको छ भारतीय दुतावासको सहयोगको नंया विल्डिगं ठडिएको छ ।
विद्यार्थी फेरिएका छन, कक्षा थपिएका छन, केही नंया शिक्षक भित्रिएका छन तर पठन पाठनको तौर तरिकामा पनि समय सापेक्ष सुधार वांकी छ । आशा छ सुधारले आगामी दिनमा अझ गति पक्डने छ । विल्डिगं वनेपनि पठन पाठनको वातावरण वनाउन सवै शिक्षक, विद्यार्थी र अभीभावक जुट्नु पर्ने वेला आएको छ ।
स्यागंजाको पश्चिम क्षेत्रको शिक्षाको ज्योति वनेको जमावीले कलकत्ता, दिल्ली र वम्वइ पुग्ने युवाहरुको तांतीलाई यतै देशमा अड्यायो । गन्तव्य पाल्पा, वुटवल, पोखरा र काठमाण्डौ वनायो । राजनीति, निजामती र जंगी सेवाका विभिन्न उच्च पदमा त्यहांकै उत्पादनहरुले आसन ग्रहण गरेका छन ।
मलाई राजेन्द्र भाइले दिएको जिम्मेवारी पुरा गर्नु छ । म पुराना ती दिनलाई संझीन चाहन्छु जंहा भर्खर ५ पास भएर ६ मा भर्ना हुन आएका चिरविर केटाकेटीको हुलमा म मिसिन चाहन्छु । समयले नेटो काटेपनि मेरा स्मृतिहरु हराएका छैनन । त्यो हुलमा भिमकुमारका खसी, करविर र वकाइनाका रुख, कार्याशाला र गंगा भवन, स्कुल पछाडीको डुम्री र वरको फेद छन । जरुवाको पानी र हरेक हिउदमा हुने वारी पारीको लडाइ छ ।
त्यहा डिल्लीनारायाण् गुरु, टिकाराम सर, मूर्तीसर र कपिल सरहरु हुनुहुन्छ ।
हुलमा शोभाखर, डोलराज पूच्छार, गक्रुंगा यज्ञ, भुष्टुंग कृष्ण, हिरन्डाडा कृष्ण, शेषकान्त, खिमानन्द, कालिदास, गहलामकै धुर्व, निर्मल विके, माया दिदी, कला थापा, रमेश थापा, श्यामलाल, गणेश, कृष्ण अनेक मित्रहरु रहेका छन । म ती सवैलाई एक एक गरेर संझन चाहन्छु । पारीवाट आउने माने, खिमे, नरे, विष्णु, गोपाल, नन्द, तुल्सी, ३ जनै भगवती र अनेक मित्रहरुको याद पुर्नताजगी गर्न चाहन्छु । जरुवाको पानी खान गएको देखि शौचकालागि वरको फेद पुगेको, एक सुकामा इमीली किनेको देखि वर्फीको व्यापारी वनेका समेत अनेक किस्सा छन त्यहा ।
हात हातै भए रुप्याका ५ वटा उधारो भए ४ वटा गरेर कम्ती वेचिएन वर्फी, फस्के र कडा गरी २ प्रकारको आउने त्यो वर्फी अहिले कंहा हारायो होला । जमावीमा धेरै वर्फीका व्यापारी वने त्यो वेला । युगराजनीको चुकौनी देखि भिमकुमारका चकलेटसम्म अनेक रमाइला प्रसंग उन्न चाहन्छु म यो स्वर्ण महोत्सवको स्मारिकामा ।
एक तमासले विगत संझीरहेका म अनेक कामले आउने तरह तरहका मानिसको सोधाइले एकाग्र हुन पाएको छैन । तर मेरो स्पष्ट खाका दिमागमा सेट भइसकेको छ । वांकी स्वर्ण महोत्सव स्मारिकाको पूर्ण आलेखवाट । रचनात्मक सुझवको अपेक्षा सहित….
दाइ ग्राउन्डको बिचमा खेलिने भलिबल सटर ले सट हान्दा खरबारितिर पुगेपछी बल खोज्ने जुनिअर ब्याचका भाइ हरुको रस्साकस्सी, एक बजेको इन्टर्बलमा स्कुलका नजिकका खनियाका रुखमा बसेर घरबाट ल्याएका खाजा खाने हाम्रा दिदिबहिनी हरु, पसलका अगाडि खेलिने क्यारम बोर्ड, गहु पाक्ने बेला का खेतका अकरा, बिहानै कपिलदेव सरले फुक्ने सिठी सङैको परेड, दिदी दाइ हरुले लेख्ने प्रेम साइरिहरु अनि उनिहरुका अफयर का गुनगुनहरु अनि हाम्रा पालाका माइला दाइले तल खोला बाट ल्याइदियेको एक गाग्री पानी तछाडमछाड गर्दै कल कल खादाका याद मलाइ पनि पुनर ताजगी गर्दिनु भयो।