गांउ चिन्ने मौका

मीनभवनमा मेरो कार्यालयको छेवैमा मधुसुदन वसीरहेको छ । मौले भुवन काका पुत्र सुधन सरकारी सेवा प्रकृयामा हुने ढिलासुस्तीको एउटा साक्षी हो । उसले गरेका अपेक्षा म पुरा गर्न सक्दिन । हो मेरो मान्यताहो “काम सिस्टमले हुनु पर्छ सम्वन्धले होइन ।” हेरौ मेरो जिद्दीपन कहिले सम्म कायम राख्न सक्छु ।
सुधन भन्छ दाई विर्घा नपुगेको कति भयो ? मलाई असजिलो भयो उत्तर दिन । मेरो जवाफ नआउदै उसैले प्रतिप्रश्न गर्यो अव कैले जानुहुन्छ नी गांउ ? म नाजावाफ वनेर अपलक हेरीरहेको देखिपछि उ आफै भन्दैछ । दाई गांउ जानुस टाइम मिलाउनुस, दशैमा गांउ चिनिदैन , पर्वमा त राम रमितो त हुन्छनी गांउमा । गांउ चिन्ने अरु वेला हो । डांडाका घामजस्ता वुढा वुढी, उजाड हुदै गएको गांउ, धुलो उडेको सडक, परदेशीएका श्रीमानको प्रतिक्षामा रहेका महिलाहरु, थौरै चिरविरे नानीहरु मात्र भेटिन्छन अरु समयमा गांउमा ।
Image may contain: 7 people, people smiling
गएको दशैमा सन्ध्याकालिन राम रमितोमा कट्टीका युवाहरु ।
पछिल्लो पुस्ताको सुधनले मेरो अन्तरको कुरा केलाउदा मलाई स्वयं कम्ती मिस हुदैन गांउ । अनेक वाध्यता र आपाधापीले सितलता दिएको छैन । आमालाई सोध्छु जाडो कत्तिको होला? आमा भन्नुहुन्छ चिसोमा धेरै नदौडी तेरो शरिर चिसो छ घर्तीर आइज वरु । म नाजवाफ भएको छु ।
पुजापाठका श्रृंखला अव केही समय रोकिन्छन । विहावारी चल्दैछन । मौषममा सुधार आउदैछ । परदेशीएकाले सके वैशाखमा नसके दशैमा त कसो विदा नपाइएला र भनेर कामको मेलो वढाउदैछन । म सिमानाको चरी जस्तो भएको छु । न समय मिलाउन सक्छु न पलपल गांउ विर्सिन सक्छु ।
Image may contain: 8 people, people sitting
शुरेशको स्वरः गायनमा मग्न शुरेश र वाद्यवादनमा अन्य स्थानीय ।
व्लगमा आएर केही अक्षर टाइप गर्दापनि सितलता हुन्छ । मेरो सितलतामा आफू पनि सितल महसुस गर्ने श्रीधर छ, शुरेश छ, नारन छ, सन्तोष छ, कृष्ण छ, होमनाथ छ, कालीदाश छ, शोभाखर छ र अनेक मित्र मन्डलीहरु छन । गांउ र परदेशमा रहेका यी मित्रका बीचमा सांघु वन्न पाउदा थोरै भएपनि सन्तोष भने मिलेको छ ।
सकी नसकी, जानी नजानी तिनै मित्रकालागि यी रागहरु अलाप्छु । जसले कहिले अरबीय मिथकीय चरी फिनिक्स जस्तो वन्छु । कहिले आगो त कहिले खरानी । तुरुन्तै वर्षा राग गाउछु र वर्षीन्छु । संझनाका परेलीका तमाम मित्रहरुप्रति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *