संझनाका नाग पन्चमीहरु


आज साउन शुक्ल पन्चमी अर्थात नाग पन्चमी । घर घरका ढोकामा नागको तस्विर टागी पुजा गरी नागको आराधना र सर्पको भयवाट आफुलाई रक्षा गर्ने पर्व । नाग पन्चमीवाट चाडहरुको लस्कर शुरु हुन्छ । घरको ढोकामा नाग टासी पुजा गर्नाले चट्यागं, सर्प र विच्छीको भयवाट समेत मुक्ति मिल्ने लोक विश्वास रहेको छ । लिच्छवी राजा मानदेवको पालमा वि.सं ५२१ वट शुरु भएको यस पर्वको ठूलो सांस्कृतिक महत्व रहेको छ ।
शहरमा चाडपर्वको स्वाद हामी जस्ता गांउवाट आएकाहरुका लागि त्यति मिठो लाग्दैन । आफ्नै गांउ ठांउ नै यस्ता पर्वकालागि उपयुक्त हुन्छन । यद्यपि अनेक वाध्यताले शहर छोड्न नसके पछि साधारण ढंगवाट भएपनि पुजा आचा चलिराखेकै छ ।
गांउको नाग पन्चमीको रौनक नै वेग्लै हुन्थ्यो । आजभोली जस्तो प्रेसमा छापिएका नागका फोटा त्यो वेला पाइदैनथे पाइएपनि सिमित शहरमा मात्र पाइन्थे । मेरो शुदुर गांउमा हातले सादा नेपाली कागजमा लेखेर नै नागका तस्विर वन्दथे । चित्रकलामा शोखिन मेरा बा यस्ता नागका चित्र वनाउन सिपालु हुनुहुन्थ्यो । आमाले सन्जे वाल्ने मौला घरको मैरीका छेवैमा वसेर बाले नागका चित्र कोर्नुहुन्थ्यो ।
नेपाली कागज हाम्रो घरमा अटुट हुन्थ्यो । गांउका तमसुक, राजीनामा वा अन्य लिखतकालागि धेरैले बा लाई संझीने भएकोले होला बा तान्छिन जांदा वा स्यागंजा जादा नेपाली कागजका ताउ वोकेर आउनुहुन्थ्यो । त्यस्तो कागजलाई त्यो वेला पहाडीया कागज पनि भनिन्थ्यो । धार मिलाएर साइजमा ल्याइएका त्यस्ता नागका चित्र मौला देखि कइन्डाडांसम्म पुग्नेगरी बाले कोर्नुहुन्थ्यो । पुछारमा वान्की मिलेका अक्षरमा अगस्तस्यो, पुलस्तस्य यस्तै केही श्लोकहरु लेख्नुहुन्थ्यो ।
नाग पन्चमीको दिन विहानै घरमा पुजा आचा पछि नागको फोटो मुल ढोकामा टासिन्थ्यो । नागकालागि भनेर विहानै शितको दुवो टिप्नु, नाग टास्न गाइको शुद्ध साजी गोवर ल्याउनु, आप पिपलका पात खोज्नु र पुजाकालागि लावा वनाउनु प्रत्येकका आ आफ्नै काम हुन्थे घरमा । आमा र दिदी लाबा भुट्नुहुन्थ्यो । म दुवो टिप्न र आप पिपलका पात खोज्न लाग्थे भने दाई गाईको गोवर लिन लुंछेली वा मौलेका घरतिर दगुर्नुहुन्थ्यो ।
परिवारका गच्छे अनुसारका काम थिए । घरको विधिवत पुजापछि दाई र मेरो दौडा दौड शुरु हुन्थ्यो राना रुक वहादुरका देखि गनवहादुरका घरसम्म नाग टास्न । हुनत बा त्यतिवेला पुजा आचा गर्नुहुन्थ्यो । त्यसैलेपनि होला बा का जजमानकोमा हामी नाग टास्न पुग्थ्यौ ।
नाग पुजाका अनेक उपक्रम होलान तर म मुल ढोकामा डोको घोप्ट्याएर त्यस माथी चढेर नाग टास्दा विछट्टै आनन्द महसुस गर्थे । अहिले नाग पुजाका स्वरुपहरु फेरीएका छन । प्रेसमा छापिएका चिल्ला र रंगीन नागका फोटा पसल पसल किन्न पाइन्छ गांउ घरमा पनि । तैपनि ती नेपाली कागजमा कोरिएका व्लयाक एन्ड ह््वाइट नागका चित्र । हरियो दुवो र फुलहरु, मगमगाउदा लावाका सुगन्ध । तिनको ओर्जिनल टेष्ट अहिले सायदै पाइएला । रंग उड्डै गरेको यो व्यवसायीक शहरीया जीवनमा पनि स्मृतिका नाग पन्चमीको झझल्को मलिन वनेको छैन ।
लगातारको लामो झरीपछि पुरै खुलेको निलो आकाश, चाड पर्वको शंकेत स्वरुप लागेका टाकिला घाम र पर्वको रौनक बीच मैले मेरो गांउ मिस गरेको छु । मेरी वुढी आमा मिस गरेको छु । प्रोल्लास सिन्धुलीयाले २०७२ सालको कविता महोत्सवमा प्रथम पुरस्कार जितेको कविताको पंक्ती जस्तै यो साढे दुइ आने मेरो शहर र अनन्त फैलिएको मेरो गांउ । यंहा गमलामा फुलाइएका फूल र मेरो गांउमा बारीभरी आफै फक्रिएका पालुवाहरु, यहाको पिंजडाको सुगा र त्यहाका रुखै रुख चिरविर गर्ने चराहरु । यंहाको कृतिम हासो र त्यहाका कलिले स्कुले नानीहरुको मुस्कान मिस गरेको छु । चराले अनेक दुख गरी हुर्काएर अनन्त सम्म आफ्ना सन्ततीलाई उड्न पठाउदा वदलामा केही अपेक्षा गर्दैन सन्तान वाट अपेक्षा गर्ने त हामी मान्छे मात्र हौ ।
आफ्ना सन्ततीवाट कम अपेक्षा गर्दै त्यही वन फुल फुलेको गांउमा रमाएका तमाम अभिभावकहरु प्रति समर्पण गर्दै आजको नाग पन्चमीको समस्त हिन्दुजनमा शुभकामना ।
(तस्विर: विष्णु थापा)

Leave a Reply

Your email address will not be published. Required fields are marked *