नफर्किने जमावीका दिनहरु

“आज पौर्न जाम” आरुका फेदमुन्तिर वसेको गक्रुंगां यग्गेले भन्यो । जानी भा जाम पुच्छारको डोलले हातको धुलो टक्टक्याउदै सहमती जनायो । टोलीमा मरेंगदा शिव र म छुट्ने कुरै भएर । हाफ टाइम पछाडी पढाइ छोडेर पौडीन जाने हामी पौडी वाजको सानो समुह थियो । चैत वैशाखको खडेरीमा चिसो पानीमा डुवुल्की लगाउनु कम्ता मजा आउथेन । त्यसैले त जान्ने कालीमा नजान्ने ढोवलामा डुवुल्की लगाउथे ।
कुलुम नारन,महेश र गैरावारी सानुहरु छाती फुलाएर हिड्ने वेला थियो त्यो । केटाहरु छोटामोटा पुस अप, सिट अप सिकेपछि छाती ठुलै भएजसरी फुलाएर हिड्थे । केटाहरुका अनेक रुची थिए त्यो वेला । कोही वर्फी वेच्थे त कोही टारीका खेतमा अंकरा टिप्न निस्कन्थे, कोही कुलाका वाहाद पौडिन पुग्थे त कोही कटुस खोज्न यंगुदी ।
पारीका त पौरिन माछा जस्ता हुन्छन अरे । केटाहरुले गंगा भवन अगाडी घाम ताप्न वस्दा, या करविरका रुखमुनी वसेका वेला गफ लाउथे । हुन पनि ठेगान नभएको पुल तरेर पढ्न आउन पर्ने भएपछि गुल्मीको पंहादी, धुसेनी,चेहेमी, ठुलो लुम्पेकर वक्केवा वाट आउने अधिंकाश विद्यार्थीहरु कालीमा डाइभ लएरै विर्घा आउथे जमावी पढ्न ।
वारी र पारीको मनौवेज्ञानिक विभाजन थियो त्यो वेला । अखिलकाले पारीका प्रति सहानुभूति राख्थे भने नेविसंघ पट्टीकाले पारीकालाई दुस्मनै ठान्थे । पारीका चल्ता पुर्जा थिए सिद्धिचरण, रवीलाल, ओल वहादुरहरु । उनीहरुकै छत्रछांयामा संगठीत पारीकाले वारीका सोझा सिधा माथी वल प्रयोग गर्न त्यति हिच्कीचाउदैनथे । हुनत पारीका भएपनि हाम्रा नजिकका मित्रहरु गोपाल, विष्णु, नन्द, कुष्ण, नरेश भने मिजासिला र मिलनसार नै थिए ।
नेवीसंघ र अखिल दुइ धारमा भएको वेला हो की डांडाको शोभाखर टाइम टाइममा आक्रमणमा परेको नमिठो संझना भने आइरहन्छ ।
प्रत्येक क्लासका अन्तिम वेन्चमा वस्ने केही जीद्दीहरुको समूह पनि हुन्थ्यो । सरल सिकाइमा लाग्ने डिल्ली सर, झवी सर र कपिलदेव सरहरुको टाउको दुखाई यही समूह थियो । कहिले वल चोर्ने त कहिले कपिलसरको सिठी चोर्ने समूहले वेला वेला स्कुलमा हंगामा मच्चाइ रहन्थ्यो ।
चक लुकाउने त डस्टर फल्दिने देखि सरलाई पुच्छर वनाइदिन समेत यीनीहरु प्छि पर्दैनथे ।
दिउसो १ नवज्दै भिमकुमारकोमा या युगराजकोमा चुकौनी खान जानेमा केटाहरुमात्र होइन केटीहरुपनि खुवै थिए । चुकौनी ठेक्कामा वाटा नै किनेर खानेहरुपनि हुन्थे आकल झुकल । विद्यार्थीमात्र होइन चुकौनी खान सरहरु पनि जोसिन्थे । वलराम सर, धर्मराज सर चूकौनी वढि खानेमा पर्दथे ।
१ वजेको हाफ टाइम पछिको पढाइ केही सोझा र इमान्दार विद्यार्थीलाई मात्र हुन्थ्यो । धेरै विद्यार्थी हाप टाइम पछाडी घर तिरै हुर्रिन्थे । तास देखि पौडी खेल्नेहरु हाफ टाइम पछाडी कमै भेटिन्थे ।
समय वदलीएको छ । हुनत कालीको पानी पनि धेरै वगी सकेको छ । हिजका स्कुलेसाथीहरु व्यवहारिक जीवनमा प्रवेश नगरेका अव वांकी छैनन । यद्यपि स्मृतिहरु ताजै छन । चैते हुरीमा स्कुलको मेवा भांचीदा त्यसैले लागेका वर्राचौरका भिम हुन या, ताल ताल कतार वाली वाली साउदी भनेर मध्यपूर्वको समृति उकेल्ने पुच्छारका डोल हुन । स्कुले वेला रमाइलो गर्न कैनडांडा आउने पिताम्वर बाका शोभाखर हुन या भुष्टुंगमा पसल राखेका गक्रुंगाका भिम हुन, गुप्तवहादुरका भाइ खुमवहादुर हुन, डांडाकी विमला हुन या, पुच्छारकी रेनुका, खरालकी यमकला हुन या पारीकी भगवती सवै फरक भूमिकामा छन । यद्यपि स्मृतिमा आइरहने यी मित्रहरु स्कुलको संझना आउने वित्तिकै स्मृतिका परेलीमा टिल्पीलिन आइ पुग्दछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *