विन्दास वसन्त दाई

मान्छे सानो छदा अभिभावकका सपना देख्छ, उमेर पुगे पछि आफ्नै र उमेर पाकेपछि सन्तानका । खहरे वसन्त दाइका हकमा यी कुरा पुरा पुर लागु हुन्छन । शहरका सपना थिए, विदेशका अनुभव थिए । छातिमा दम थियो सहयोग गर्ने हितैसीहरु थिए । तैपनि उनका लागि गांउ नै प्यारो भयो ।
केही हप्ता अगाडी उनको पसन्दीदो वाइकको यात्रु भएर लामो यात्रा गर्ने मौका पाउदा वसन्त दाईले भने “भाइ विदेश तिरै रमायो म पनि कत्ति विदेश जानु भनेर घर फर्किए । मलाई राजनीतिसंग खासै लेना देना छैन । वस गांउमा वस्छु जानेको सिकाउछु ।”
सानै देखि अवसर पाएका र घांस दाउराको सिमित घेरावाट पर पुगेका वसन्त दाईले पाल्पाको जनता मावी हुदै विद्यालय शिक्षा पुरा गरे । उच्च शिक्षा काठमाण्डौवाट सकेपछि केही समय विदेशको अनुभव वटुले । पुन स्वदेश फर्के र राजधानीमै व्यवसाय शुरु गरे । यी तमाम उकाली ओराली पछि एक दिन उनले निश्चय लिए अव गांउ फर्किन्छु जानेको गांउमै गर्छु, वर्षौको जागिरे जीवनपछि अवकास पाएका माता पिताको सेवा गर्छु ।
उनी गांउ फर्किए । जमावीमा जानेको सेवा गर्न शुरु गरे रात भनेनन, दिन भनेनन, उनलाई झरीले रोकेन, हावाले छेकेन । नंया अवधारणा ल्याए । ठुलो भवन छ यसैमा होस्टेल चलाउने र विद्यार्थीलाई परिक्षा केन्द्रीत पढाउने । केहीले विरोध गरे ! पैसा कमाउने मेसो भन्ने आरोप लगाए । कतिले भने नसक्नेको ढाड सेक्ने भए । आखिर उनका कुरामा सवै शिक्षक विद्यार्थी सहमत भए । भारत सरकारको सहयोगमा वनेको भवन काम आयो । विद्यार्थीले रात दिन मेहनत गरे शिक्षकले सघाए । आज आएर पहिलो प्रयासमै गांउको मही र ढिडो खाएर हुर्केका केटाकेटीले विशिष्ट श्रेणीमा पास गरे । पहिलो प्रयोस भएकाले थोरै कमजोरी भयो । ७९ प्रतिशत ल्याएर कति पय विद्यार्थी विशिष्ट श्रेणी ल्याउन सकेनन । फोनमा थकथकाउदै थिए वसन्त दाई । यसरी विशिष्ट श्रेणी ल्याउनेमा वसन्तदाईकी छोरी पनि थिइन ।
केटा केटीको पढाइको वहाना देखाउदै शहर वस्नेहरुकालागि वसन्त दाई दह्रो जवाफ वनेका छन यतिवेला । राजनीतिको चस्मा लगाउनेहरुकालागि होस्टेल चलाउदा पनि जम्मा २८ जना पास् भए भन्न मिलेको छ । यद्यपि यी वसन्त दाई गांउले केटा केटीको आशा वनेका छन । उनी शिक्षक मात्रै होइनन गांउलेका सवै थोक वनेका छन । ज्वरो आउदां सिटामोल पुर्याउने देखि पखाला लाग्दा एमजिटसम्म पछि नपर्ने विन्दास वसन्त दाईलाई लाख सलाम ।

यस्तै छ मेरा चलनः वसन्त दाई र उनको प्रिय वाइक ।

झाडाले सतायोः झाडा पखालाले ग्रस्त वनेपछि तिनै वसन्तदाईले ल्याइदिएको एमजिट खादै दर्लामी सेना साथमा लुंछेली छविलाल दाई ।

One thought on “विन्दास वसन्त दाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *