दशै आउदै गर्दा

Image may contain: mountain, sky, grass, outdoor and nature
कसैलाई धारे हात लाएर गाली नगर्ने वानी, सकारात्मक सोच र सन्तुलित भोजनले नै राष्ट्रकविलाई सय वर्ष आयु मिलेको भर्खरै अध्ययन गर्ने अवसर मिल्यो । सय वर्षे स्वस्थ्य जीवन सवैले सहजै पाउने विषय होइन । यस्तो दुर्लभ मौका राष्टकविले पाउनु भयो उंहालाई दीर्घ जीवनको कामना ।
सुन्धारको जेडिए कम्प्लेक्सको छैठौ तलावाट वाहिर चिहाउदा आधा काठमाण्डौ देखिन्छ । केही रुखहरु, अग्ला भवनहरु र एक तमास गुडीरहेको सवारी साधनहरु । लाग्छ काण्ठमाडौ व्यस्त छ । यसलाई कसैको केही सुन्ने फुर्सद र भएका केही घटनामा चासो दिने समय छैन । म पनि त्यस्तै एक जीव भएको छु । मेसिनको रफ्तारमा जीवनको गाडी गुडेको छ ।
केही मानिसहरु नितान्त व्यक्तिगत विषयहरु लिएर आइपुग्छन । जुन मेरो पटक्कै रुचीको विषय होइन । फलानो यस्तो र ढिस्कानो उस्तो भन्ने विषयलाई म सानो हावाको झोका जसरी नै विर्सिन्छु । संगठन मेरा लागि ठूलो विषय हो र संगठनमा मैले के योगदान दिन सके या म वाट के नंया काम भयो त मेरो मानसपटलमा घुमिरहने विषय यिनै हुन ।
Image may contain: 2 people, outdoor
टिप्पणी गरी हाल्न हतारो हुन्छ । तर काठमाण्डौको मौषम म चिसो लागिरहने मानिसकालागि त्यति उपयुक्त भने हुदैन ।
चाडपर्वहरु नजिकिएका छन । फुटपाथहरु पसलहरुले ढाक्न लागेका छन । वर्षदिनको ठूलो चाडमा आफ्नो थात थलो खोज्दै जानेहरु सुरक्षीत गन्तव्यकालागि टिकटको काउन्टरमा तछाड मछाड गर्दै छन ।
Image may contain: mountain, sky, cloud, outdoor and nature
“कहिले जाने हो? गाडीको व्यवस्था के भयो” भन्ने विषय नै अहिलेको वजारमा छलफलको केन्द्र विन्दुमा छ ।
हुनत केटाकेटीमा जस्तो चाडपर्वहरुको रौनक विस्तारै हराउदै जादो रहेछ । यद्यपि वर्षदिनको ठूलो चाड, सवैलाई भेट्ने अवसर र आफ्नो थातथलो फर्किने मौकाले मन त्यसै त्यसै रोमान्चित भइरहेको छ ।
Image may contain: mountain, sky, outdoor and nature
सप्तमीको क्षेत्रपाल पुजा, नवमी वा एकादशीको आलमदेवी दर्शन र कुहिरोले छोपिएको गांउको दिव्य दर्शन घामको पहिलो किरणसंगै खुल्दै जादा लिनुको मजा नै वेग्लै हुन्छ । मकै थन्क्याएपनि, धान पहेलपुर छ । वारीहरु गहते, सिलटुगं या अन्य यस्तै वालीले चुर हरिया छन । मिर्मीवाट हुइकिने जीपको ठाउंमा काठमाण्डौवाट हुइकिने स्कर्पीयोले समेत सोभा वढाएका छन ।
Image may contain: one or more people and outdoor
“तिमोरुका त आएछन हाम्रा भोली आउनीहो भन्याछन।” गांउलेहरु एक आपसमा गफिदै छन । परदेशीएको लोग्ने फर्कने आसमा लाहुरेनीहरु आंखा तर्दैछन । बावाले नया लुगा र मिठाइ ल्याउने आशमा कलिला केटा केटी फुरुगं छन । र पो दशै आएको आभाष भएको छ । पसलमा नंया सामान सजिएको छ । घरमा नंया रंग थपिएको छ । मनमा नंया उमंग भित्रिएको छ । झोलामा नंया नोट कट्कट्ीएको छ र पो दशै आए जस्तो भएको छ । सवैमा आउदै गरेको वडादशैको शुभकामना सहित ।
(सबै तस्वीरहरु हेलो विर्घा )

3 thoughts on “दशै आउदै गर्दा

Leave a Reply

Your email address will not be published. Required fields are marked *