विर्घा नपुगेको पनि लामो समय भएजस्तो लाग्यो । व्लगमा यसको चर्चा नगरेको पनि धेरै नै भएछ । थोरै व्यस्तता र धेरै विषय वस्तुको अभावले चर्चा सेलाएको हो । गांउलाई संझने र संझना सवैसंग शेयर गर्ने भएकाले केही कुरा नहुदा के विराए के विराए जस्तो हुदो रहेछ । यसै मेसोमा मेरो स्कुल कालिन मित्र श्याम लालले मोवाइलवाट पठाएका केही तस्विरले गांउको संझना पुन जिवन्त वनायो । श्याम लालले आफ्नो घर माथी गांउवाट लिएका विर्घा र आसपासका तिनै तस्विर तपाइका लागि ।
मध्य विर्घाः माथी गांउवाट देखिएको माझखन्ड, पुच्छार, कट्टी, मरेगंदा र हिरन्डाडा ।
वारी वाट पारीः वैघा गांउवाट देखिएको कट्टी गांउ, र आसपास ।
आलमवाट हेर्दा देखिएको मध्य हिउदको विर्घा ।
उत्तरी नजरः यागुंदी रानी वन, धरी पोखरा र गहलाम ।
डाडाको वस्तीः मुडकिना र आसपास ।
विर्घा
विर्घा
भिमसेन जात्रा,चौरासी पुजा र म
पुरानो वाइक पाटन दरवार स्क्वायर अगाडी आएर घचक्क रोकियो । आज स्थानीयको भिमसेन जात्रा परेकाले अगाडी जान नमिल्ने स्वयंसेवकहरुको भनाइपछि मेरो पुरानो वाइक रोकिएको हो । यो काठमाण्डौ खाल्डोका हामी आगन्तुक हौ । आखिर पुरानो थात थलो त तिनै नेवा हरुको हो । जसले आफ्नो मुख्य देउता भिमसेनलाई मान्छन र भन्छन वल देउ भिमसेन ।
आफ्नो सवैलाई प्यारो हुन्छ । मलाई मेरै गांउ प्यारो भए जस्तो । मेरो गाउमा कसैको चौरासी हुदां यता शहरमा पनि त कसैको जंखो हुन्छ । संस्कृति जीवन हो जसलाई वचाउन सके पो सभ्यता वाच्छ । हरेको नौमति मा नाचे पो परिचय रहन्छ । फेसवुक नामको सोसल साइट आएपछि मान्छेलाई अनेक कुराहरु एक्सपोज गर्न सजिलो भएको छ विगत भुलेर ।
यो एक्सपोज विदेशमा अझ वढि भएजस्तो लाग्छ । विदेशको भिषामात्र पाउने वित्तिकै हत्त न पत्त आफ्नो विगत मेट्न एउटा युवा जमात सक्रिय रहन्छ । आफु, देश, परिवार र आफन्त तथा आफ्ना पहिचानहरु भुलेर एक्सपोजमा रमाउने त्यो जमात मलाई विश्वास छ आफ्नो विगतमा फर्कने छ ।
काठमाण्डौमा निख्रिन लागेको माघे चिसोले अन्तिम धावा वोल्दा मैले मेरो गांउ मिस गरीरहेको छु । त्यहाका चौरासी पुजा र व्रतवन्ध मिस गरेको छु । हरेक उकाली ओराली र जन्ती मलामी मिस गरीरहेको छु । हिउंदमा खाली रहेका गरा र खेति थन्क्याएपछि फुर्सदिला वनेका इष्ट मित्र र दाजुभाई मिस गरिरहेको छु ।
मलाइपनि मन छ कुलामुनी भट्टराई कान्छाकोमा सांझको सिरेटोमा वसेर गपुले सुन्न । मन छ फेरी लाईव्रेरीको चौरमा साझको मधुरो धुपौरो ताप्न र वाल्न । समयले यसरी थिचेको छ की, लाग्छ मुस्किल छ यसको वजनलाई पारा लगाउन । तरपनि मलाई पहिचान भुल्नु छैन मेरो विगत र मेरो वास्तविकताको । गांउ मिस गरीरहेको वेला गांउको याद ल्यायदिने दिनेश दाईलाई धन्यवाद तस्विरका लागि ।
भान्सा तयार भोः पुराना दिनको झझल्को गराउने गांउ घरको भतेर ।
कुरा तेसो पोः भाइ सामेलमा स्थानीय दाजुभाई ।
तयार भए जस्तो छ: स्थानीय तिलचन खरालको एकाहामा सहभागीहरु ।
हिउंदको गांउ घर
हिउदै लाग्दै गर्दा गाउघरको पारिलो घामको संझना आइरहेको छ । धुलो र धुवाले ग्रस्त यो शहर भन्दा धेरै पर रहेको मेरो गांउ घरमा यतिवेला घामपनि पारिलो भएर लागेको छ । धुलो उडेपनि त्यो धुलो पोषीलोे हुन्छ। लगनका मैना चल्दै गर्दा विहावारीका कुराहरु र चहल पहल वढ्दैछन । वारी खाली छन । यही मेसोका विर्घाका केही तस्विरहरु ।
यही हो नेपालः कट्टीवाट देखिएको विर्घाको दृष्य ।
वर्षभरीलाई तरकारीः आगनमा सुकाइएका गेडागुडीका झाल ।
हिउदको सांगवारीः वारीमा हरियाली साग र मुला ।
(तस्विरः अनन्त पान्डे)
चुनावी चटारोमा विर्घा
मुलक नै चुनावी माहोलमा होमिएका वेला विर्घा पनि चुनावी अभियानमा डुवेको छ । दोश्रो संविधानसभा निर्वाचनकालागि ३ जना गांउकै उम्मेदवार पाएको विर्घामा कांगे्रसको समानुपातिकमा शंकर पान्डे,प्रत्यक्षमा मोहन पान्डे र राप्रपाका तर्फवाट वेद प्रसाद भट्टराइ खहरे चुनावी मैदानमा छन । यद्यपि यंहा कांगे्रस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । लगातार पराजय भोगेका मुक्ति पाठक र दोश्रो पल्टको उम्मेदवारीमा रहेका मोहन पान्डेबीच यसपल्ट तिव्र प्रतिष्पर्धा देखिएको छ ।
यसै शिलशिलामा प्राय चुपचाप रहने एमालेले पहिलोपल्ट विर्घा ६ कट्टीमा पार्टीको प्रचार प्रसार कार्यालय खोलेको छ भने मोहन पान्डेले पनि गहलामवाट घरदैलो अभियान शुरु गरेका छन । विगतमा कांग्रेसले एकछत्र भोट पाउदै आएको विर्घामा यो पल्ट ठूलो विभाजन देखिएको छ । यस विभाजन पछि एमालेले विर्घावाट नसोचेको भोट पाउने देखिएको विर्घाकै वासिन्दाहरु वताउछन ।
धेरैजसो पाल्पाको वसाई, गांउ भन्दा केन्द्रकै ध्यान र ५ तथा ६ नंवर वडाका वासिन्दासंग टाढिने प्रवृतिले मोहन पान्डेलाई त्यस क्षेत्रवाट कम मत पर्ने देखिएको छ । आफु कांग्रेसमै आवद्ध रहेपनि मोहन पान्डे हराउ अभियानमा लागेका त्यस क्षेत्रमा एक युवाले भने ५ र ६ वडा वाट हालसम्मको अनुमानमा मोहन पान्डेलाईज्यादै कम भोट पर्ने देखिएको छ ।
मोहन पान्डेको आफ्नै गांउमा विभाजन आएपछि नतिजा आफ्नो पक्षमा पर्ने देखपछि हौसिएका एमाले समर्थक कार्यकर्ताहरु यसपल्ट व्यापक चुनावी प्रचार प्रसारमा जुटेका छन । समग्रमा विर्घाको चुनावी तयारी हेर्दा हालसम्म प्रचार प्रसारमा मुक्ति पाठक पक्षधरहरु धेरै अगाडी देखिएका छन ।
लगातारको हार भोगेका मुक्ति पाठकलाई यसपल्ट सहानुभूतिको मतपनि धेरै पर्ने विर्घा ३ कुलुमका नारायण पान्डेले वताए । विर्घाको विभाजनको असर छिमेकी गांउमा पनि देखिएको छ । चन्डी भन्ज्यागं, आलमदेवी, श्री कृष्ण गन्डकी तथा मालूगांका वासिन्दाले पनि विर्घामा काग्रेंसमा आएको विभाजनका कारण आफुहरु निरास भएको वताए । हामीमा पनि विगतमा जस्तो उत्साह छैन मालुगंका एक पुराना कागे्रस कार्यकर्ताले वताए ।
फेरी पनि भोट दिनुहोलाः गहलामको घरदैलो कार्यक्रममा मोहन पान्डे ।
यस पल्ट मुक्ति पाठकलाई हेर्ने कीः विर्घाको एमाले प्रचार कार्यालय ।
यस पल्ट के गर्ने होलाः चुनावी छलफलमा विर्घाका वुढापाकाहरु, वलराम पान्डे, हिमलाल पान्डे, देवी पान्डे र किसान सर ।
विर्घामा विकासको लहर
सडकको जिम्मा सडक विभागलाई: रातो कितावको पहिलो भावगमा परेको मिर्मी विर्घा सडक कार्यक्रम !
लामो समयको अथक प्रयासपछि विर्घामा विकासको लहर शुरु भएको छ । सधै खानेपानीको अभाव, कच्ची सडक, पुराना विद्यालय रहेको विर्घामा केही अघि जनता मावीको विशाल नंया भवन वनेपछि शुरु भएको विकासको लहर यस पटक मिर्मी विर्घा सडक पक्की हुने भएपछि अगाडी वढेको हो । आर्थिक वर्ष २०७० ७१ का लागि नेपाल सरकारको पहिलो प्राथमिकतामा परेका कार्यक्रमहरुमा मिर्मी विर्घा सडक परेपछि शुरु भएको विकासको लहरमा आलमदेवी तथा क्षेत्रपाल मन्दिरका लागि उल्लेख्य रकम समेत परेको छ ।
यसै गरी योजना आयोगले सार्वजनिक गरेको रातो कितावको दोश्रो भागमा पनि विर्घा तथा त्यस क्षेत्रका प्रशस्त कार्यक्रमहरु परेका छन । जनतामावी तथा भवानी मावीकालागि वजेट, मौला कइन्डाडा खानेपानी परियोजना आलमदेवी सटुका सडक लगायतका कार्यक्रमहरु परेका छन । प्रधानमन्त्रीका प्रेस संयोजक राजेन्द्र पान्डेले भने अनेक तरहका प्रयास र सवैको सहयोगले यी परियोजना रातो किताववमा पार्न सफल भएकोमा मातृभूमी प्रतिको जिम्मेवारी वोध भएको छ ।
पक्की हुने सडक: अव यो मिर्मी विर्घा सडक खन्ड आगामी समयमा यस्तो रहो छैन ।
विर्घाको रोपाई
यसपटक समयमै वर्षा भएकाले रोपाइलाई त्यति समस्या भएन । असार मानो खाएर मुरी उव्जाउने महिना हो । यद्यपि विर्घामा धेरै जसो रोपाई साउनमै हुन्छ । सम्म मिलेको उपत्यका भएपनि यंहा पानीको भने चरम अभाव छ । यद्यपि वर्षाले रोपाई सहज वनाएको छ ।
विर्घा भुष्टुंगमा रोपाइ गर्दै स्थानीय महिलाहरु । पृष्ठभूमीमा पदम सर घनस्याम काका को घर र नांगे डाडा देखिन्छ ।
विष्णु घर्तिले खिचेको तस्विरमा खेत सम्याउदै गरेको देखिन्छ भने खेतको बीचमा हिलाम्मे सडक ।
पक्की हुने पक्का
मिर्मी, विर्घा, रुद्रवेणी सडक पक्की हुने पक्का भएको छ । नेपाल सरकार अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षकालागि तयार गरेको कार्यक्रममा यो सडकलाई पहिलो प्राथमिकतामा राखेको हो । आइतवार प्रधानमन्त्रीका प्रेस संयोजक राजेन्द्र पान्डेले भने निरन्तरको प्रयासपछि यो काम हुने भयो । रातो कितावको पहिलो खन्डमा यो सडक परेको छ ।
रातो कितावमा केन्द्रीय योजना अन्तर्गत पहिलो प्राथमिकताको क्रममा परेको सडक अव पक्की हुने काम शुरु हुने भएको छ । प्रारम्भमा ग्राभेल गर्ने र वांकी खन्ड ग्राभेल गर्दै लैजाने तथा ग्राभेल सुकेपछि क्रमश पक्की हुदै जाने भएको छ ।
त्यसका लागि आवस्यक रकम तुरुन्त अर्थ मन्त्रालयवाट निकासा जाने भएको छ । केन्द्रीय स्तरको आयोजनामा परेपछि सडकको काम नियमित हुने कुनै सानो तिनो समस्याले रोक्ने गरेको पाइदैन ।
के घर के डेरा
(मेरो वाल्यकाल वितेको घर )
काठमाण्डौ वसाइ शुरु भएको पनि यो झन्डै तीन दर्जने जीवनको आधा भन्दा वढि भएछ । हुनत जीवनको वढि खन्ड यता विते पनि मन भने उतै छुट्दो रहेछ । माया मार्न नसक्ने र सके सम्म गांउका लागि केही गरौ भन्ने भावना सवैमा हुन्छ होला । जसमा म पनि एक छु । विर्घाको मौला वसाइ स्कुले जीवनमा मात्र सिमित भयो । यस पछिको नौलो सडक नजिकैको कट्टी वसाइ भएपनि हररात सपनीमा त्यही मौला वा त्यसैको शेरो फेरो आइरहन्छ । त्यति वेलाका मित्रहरु शुरेश, सानु वा दुर्गा रानाहरु वारम्वार आइरहन्छन । डिठ्ठाको पोखरीका नामले प्रशिद्ध हाम्रै पोखरी आइरहन्छ । जहा वर्षाको भेल जम्मा हुदा हामी आफुलाई माइकल फ्लेप ठान्थ्यौ । रातो वर्षे भेल खादै सिकेको पौडाइ अहिलेपनि यसो कतै मेसो मिल्दा या मुलुक वाहिरको भ्रमणमा बीचहरुमा पुग्दा काम लाग्ने गरेको छ ।
मौला जीवनको मानक हो हुनत अहिले त्यहा नवीनता केही छैन । हात डोर्याएर स्कुल पुर्याउने बा हुनुहुन्न । मौलाको चौपारी छैन । र छैन कुनै नविन चहलपहल । जनसंख्या घटेको छ । घासकालागि विरांग्दी पुग्ने घसवारहरु हराएका छन । वलिया वांगाहरु शहर पसे, वुढा वुढीलाई समय आयो लियो गयो । मौले कान्छा वाको कुडुले घर होस या रिखे दाईको सानो कोठीको पसल, मौले रमेशहरुका लिची हुन या अमारा यी सवै मौलाका पर्याय थिए । अधिकांश वटुकाहरु वलाम भन्जयागं हुदै झागे देउरालीको वाटो कामी गांउ हुदै मौला झर्दथे । वाटो फुर्से पोखरा हुदै खिकर्दीको डहर छिचोल्दै दिगाम डांडावाट ओइघा लाग्दथ्यो । आज भोलीको शुन्यता देखेर, हुलका हुल हिड्ने वटुवाहरु कंहा गए होलान जस्तो लाग्छ ।
गांउमा कुनै जमघट, छलफल वा मुद्दा मामिला पर्दा भेला हुने, भरियाले भारी विसाउने र सित्तल खाने चौतारी पहिरोले लगको छ । भयर धरापमा परे र मन्दिर अलिक तल सरेको छ । डांडा माथिका जुन झै मौले ठुलदाई मात्र छन मौलाका आदिम साक्षी । कोही मधेश झरे कोही शहर पसे । विरानो वनेको छ मौला । हुनत यो ठांउ या यी घर निर्जीव हुन , तैपनि लाग्छ घरले मलाई चिनेको छ वारीले मलाइ पहिचान्छ । यी ढुंगा या ढिक मेरा साथी हुन ।
धेरै पछि मिलेको मेसोमा पनि संझना घरी घरी त्यही गांउको, त्यही घरको या तिनै खेत वारीको आइरहन्छ । अहिले गांउको घर छोडेर शहरको डेरामा वसेको म तिनै घर, खेत या वारीलाई तिनै तमाम विगतलाई मिस गरीरहेको म ।
वर्षामा विर्घा
मकैको हरीयाली बीच गफमा व्यस्त पशुपती सर, धुर्व खहरे र नविन पान्डे।
समयमै वर्षा भएपछि खेतिपातीका अलवा हरियालीले चुर भएको विर्घामा वर्खा मध्य छ । दिनहुको झरीले वाटो विगार्ने वाहेक अरु सवै सपारेको छ । केही नविनतम योजनाहरुको शुरुवात तथा काम हरुले विर्घालीहरुमा उत्साह जागेको छ । मन्त्रिपरिषदका अध्यक्षसंगको भेटघाट र सडक पक्कीका कुरासंगै गहलाम भुष्टुंग सडक निमार्ण हुदैछ यसकालागि डोजरले सडक खन्ने कामपनि गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको रु ५ लाख सहयोगमा निर्माण हुन लागेको सडकले गहलाम देखि अर्चले, कुलुम, माझखन्ड, कसारे हुदै भुष्टुगंलाई जोड्ने छ ।
लगातारको पानीले मकैका वोटहरु तन्कीएका छन । किसानलाई खेति र घासको त्यति चिन्ता छैन ।
मकैका बीचमा देखिएको ढुन्डी पान्डेको घर ।
सोसाइटी र जमघट
गांउ घरमा मानिसहरु एक आपसमा भेला हुन पनि विभिन्न वहाना चाहिन्छ । तिनै वहानाहरुमध्ये सोसाइटी पनि एक हो । केही निश्चित रकम समुहमा जम्मा गरेर एक आपसमा सारो गार्होमा सर सापटी लिने र गर्जो टार्ने अवसर हो सोसाइटी । महिलाका पेवा देखि छोरी वेटीका दक्षिणसम्मले सोसाइटीमा हिस्सा पाउछन । स्थानीय शिक्षकहरुले हिसाव मिलाउछन भने फुर्सद भएका तर पद चाहिनेहरुले सोसाइटीमा नाम र पद पाउछन । सहकारीकै एक रुप सोसाइटिले ग्रामिण अर्थतन्त्रलाई औपचारिकता दिन ठुलो भूमिका खेलेको छ । अझै पनि विर्घा र त्यस वरपर अनेक नामका सोसाइटीहरु क्रियाशिल छन ।