यति वेलाको गांउ घर

तिहार पनि सकिएको छ । अव चाडवाडहरु भन्दा पनि गांउ घरमा वाली भित्र्र्याउने चटारो छ । केही दिन अघि लिइएका विर्घा र मिर्मीका तस्विर तपाइहरुका लागि ।
Picture 535
जनता मावीको नव निर्मित भवन छतवाट देखिएको टारी खेतको दृष्य । पृष्ठभूमिमा लसर्घा डांडो ।
Picture 550
टारी खेतवाट खिच्दा जनतामावी सहित गहलाम र वास्डाडाको तस्विर ।
Picture 561
वन्कसी डांडावाट लिइएको भिम प्रसाद पान्डे, नुमाकान्त पान्डे लगायतको घर ।
Picture 612
धान झुलेको मिर्मी फांट ।

तिहारको शुभकामना !

359893khil-raj-ram-baran-300x114
रंग र फुलको शारदीय पर्व दीपावलीका अवसरमा विर्घाव्लगका समस्त पाठक, शुभेच्छुक र सर्हदयीहरुमा उन्नती, प्रगति र समृद्धिको हार्दीक मंगलमय शुभकानमना ।

तिहार शुरु

Kag puja काग पुजा
तिहार शुरु भएको छ । हिजो यमपञ्चक को पहिलो दिन अर्थात काग तिहार । कागको पूजा गरी सुरु भएको छ तिहार । सबैको घरघरमा बिहानै देखी बिभिन्न प्रकारका फल्फूल तथा मिष्ठान्नले काग लाई सर्वप्रथम भोजन गराईन्छ, अनि मात्र घर का अरु सदस्यहरुले खाने परम्परा छ । परापूर्व कालमा दानव र देवता बीच समुन्द्र मन्थन गर्दा निस्केको अमुल्य बस्तु हरु मध्य अमृत (जस्ले पिउछ उ अमर हुन्छ रे)पहिला कागले पिएको हुँदा उ अमर मानिन्छ र काल लाई उस्ले सजिलै देख्ने हुँदा पनि कालको संबाहक रुपमा हामीले मान्दै आईरहेका छौ ।
नेपालमा मनाइने दोस्रो ठूलो पर्वको रूपमा तिहारलाई लीने गरिन्छ | जसरी नवरात्री नौ दिन सम्म मनाईन्छ, त्यसै गरि तिहारलाई पांच दिन सम्म मनाउने प्रचलन छ जसलाई यम पञ्चक भनिन्छ | यस पर्वमा काग, गाई आदिको पूजा गरेर मानब र प्रकृति बीचको सौन्दर्यतालाइ आत्मसात गरिन्छ | यहि तिहार पर्वको मूल मर्म हो | दिपावलीको रमझम सबैतिर छाएको हुन्छ | सबैको मनमा आनन्दको बर्षा हुन्छ | देउसी भैलो गाएर मनोरंजन गरिन्छ

तिहारका पाँच दिन हुन्छन् जसलाई यम पञ्चक भनिन्छ । यो बेलामा यमराज अर्थात काल पनि विदामा हुन्छन रे उनी बहिनी यमुनासँग बसेर टीका लगाउँछन् रे । भाइ टीका हुन्छ यम पञ्चक को अन्तिम दिन । दिदी बहिनीले दाजु भाइलाई निकै श्रद्धाले टीका लगाइ दिन्छन् त्यस दिन । चामलको भिजाएको पिठोको निधारमा ठाडो धसो्र बनाएर त्यसमा सप्तरंगी टीका अडाइ दिन्छन् दिदी बहिनीले । त्योभन्दा अघि पुजा गर्छन् । ओख्खर फुटाउँछन् । टीका लगाउन बसेका दाजुभाइलाई तेलको घेराले घेर्छन् । टीकापछि गलामा मखमली फूलको माला लगाइ दिन्छन् । दिदी बहिनीले बनाएको तेलेको घेरा नसुकुन्जेल, मखमली नओइलाउनजेल दाजुभाइलाई कालले लैजान सक्दैन भन्ने कथन तिहारसँग जोडिएको छ ।

तिहार यानी यम पञ्चक को पहिलो दिनलाई काग तिहार भनिन्छ-जुन दिनमा हिन्दुहरु कागको पुजा गर्छन। कागको श्वोरले दुख र समस्याको संकेत दिन्छ। काग तिहारको अवसरमा धार्मिक मान्यता अनुसार कागलाई पुजा गरी विभिन्न खानेकुरा दिइन्छ। हाम्रो समाजमा कागलाई सन्देश बाहकको रुपमा लिइन्छ।परापुर्व कालमा यमराजकी बहिनीको लागि संदेशबाहकको काम गरेकोले कागको पनि पुजा गर्नुपर्ने चलन रहिआएको जानकारहरु बताउछन|

माफ गर्नु होला ! म मिस गरिरहेछु…

Picture 376
यो तस्विर लिने वेला कतिपयले भनेका थिए – मिलेसम्म प्रकाशित नहोस । म मेरो मन शान्त गर्न उनीहरुको वचनलाई तोड्दै छु । व्यवसायीक पत्रकारहरुलाई यस्तो स्पस्टीकरण दिनु जरुरी हुन्थेन होला म रहरको पत्रकारिता गर्देछु । त्यसैले मलाई माफ गर्नु होला ।
गांउमा जन्मे हुर्केको मान्छेलाई चाडवाड हुन या उद्यौली उभौली गांउकै याद ज्यदा आउदो रहेछ । गांउलाई यतिवेला तिहारले छपक्कै छोपेको छ । दशैमै कोपिला खेलेको सयपत्री र मखमली फुल्नु सम्म फुलेका होलान । तिहारको रौनकले गणेश दाईका आंटीदेखि सिल्टुगं घारीसम्म भरिएका होलान । देउसी भैलो खेल्नेहरु टिम वनाउदै होलान । मादलमा खरी भरिदै होला या खैजडी सेकाइदै होला । त्यसैले त मैले गांउ मिस गरेको छु ।
कुनै दिन थिए रानाको सानु, सुरेश, दुर्गा र म भैलो खेल्न निस्किन्थ्यौ । रातीमा चप्पल वालेर या सलाई कोर्दै अधेरो वाटोमा हिड्नु रात मध्य रातै भैलो भनेर फलाक्नु ।सुका मोहर पाउदा प्रफुल्लीत हुनु हाम्रा विगत थिए । त्यही कलेक्सनले गैरामा पिकनिक खानु कम्ती रमाइलो हुन्थेन ।
Picture 379
जीवन भनेकै परिवर्तन रहेछ । अरु कुरा वदलीउन या रहुन समय वदलिदो रहेछ । हिजोका केटा केटी हामी आज परिपक्व वनेका छौ । केही समय पछि हाम्रो विगतलाई हाम्रा भविष्य केटाकेटीले पालो देलान । पण्डितका गैहामा या सिलटुगं घारीमा तास खेल्ने हामी विस्तारै गणेश दाइको आटीसम्म पहुच पुर्याउन सफल भएका थियौ ।
यही गांउ यही परिवेश चाड वाड आउदा अझ नजिक हुदो रहेछ । लाग्छ मध्य पूर्व या मलेसीया, अष्टे«लीया देखि अमेरीका सम्म फैलीएका परदेशीलाई अझ परिवेशले कति रुवाउदो हो । सवैलाई आउदै गरेको तिहारको सुभकामना ।

जनता मा.वी. र डिल्ली नारायण गुरु

विर्घाकै प्रशिद्ध जनता मावीमा लामो समय अध्यापन गराउनु भएका डिल्ली नारायण गुरु र जनतामावी पर्याय जस्ता लाग्छन मेरा लागि ।
स्यागंजामै नमुना मानिएको र विर्घाको शैक्षिक जागरणका लागि प्रशिद्ध रहेको जनता मावीको पुरानो भवन जीर्ण भएर गए संगै नंया भवन तयार भएको छ । अनेक आरोह अवरोहका बीच लामो समय अध्यापन गराउनु भएका डिल्ली नारायण गुरुपनि हाल वृद्ध अवस्थामा हुनुहुन्छ ।
केही दिन पहिले अर्चलेमा डिल्ली नारायण गुरुसंगको जम्का भेटमा उंहासंग लामो भला कुसारी भयो । राजनैतिक विचार या विगतका क्रियाकलापमा जो जंहा रहेपनि डिल्ली नाररायण गुरु मेरालागि आदरणीय हुनुहुन्छ ।
उंहाले गण्डकी पश्रवण क्षेत्रका तिर्थस्थलको वारेमा वताउनु भएको ज्ञान मैले वर्षौ लगाएपनि पाउन सक्तिन त्यस्ता ज्ञानका खानी डिल्ली नारायण गुरु गत वर्षको पत्नी वियोगपछि एकल जीवन विताउदै आउनु भएको छ ।
त्यस्ता संस्कृत साहित्यका प्रविण डिल्लीनारायण गुरुसंग शिवलला पान्डे र मेरो वार्तालाप अविस्मरणीय रहेको थियो ।
Picture 522
डाडा पारीका घामःअर्चले शुन्दरको पसलमा चियापत्ती किनेपछि डिल्ली नारायण गुरु ।
Picture 524
कुरा यसो होः कपीमै लेखेर गण्डकी क्षेत्रको महत्व देखाउदै गुरु । साथमा रमेश अर्चले ।
Picture 521
इतिहास र वर्तमानः जनता मावीको नंया र पुरानो भवन ।

चुनावी चटारोमा विर्घा

मुलक नै चुनावी माहोलमा होमिएका वेला विर्घा पनि चुनावी अभियानमा डुवेको छ । दोश्रो संविधानसभा निर्वाचनकालागि ३ जना गांउकै उम्मेदवार पाएको विर्घामा कांगे्रसको समानुपातिकमा शंकर पान्डे,प्रत्यक्षमा मोहन पान्डे र राप्रपाका तर्फवाट वेद प्रसाद भट्टराइ खहरे चुनावी मैदानमा छन । यद्यपि यंहा कांगे्रस र एमालेबीच कडा प्रतिष्पर्धा देखिएको छ । लगातार पराजय भोगेका मुक्ति पाठक र दोश्रो पल्टको उम्मेदवारीमा रहेका मोहन पान्डेबीच यसपल्ट तिव्र प्रतिष्पर्धा देखिएको छ ।
यसै शिलशिलामा प्राय चुपचाप रहने एमालेले पहिलोपल्ट विर्घा ६ कट्टीमा पार्टीको प्रचार प्रसार कार्यालय खोलेको छ भने मोहन पान्डेले पनि गहलामवाट घरदैलो अभियान शुरु गरेका छन । विगतमा कांग्रेसले एकछत्र भोट पाउदै आएको विर्घामा यो पल्ट ठूलो विभाजन देखिएको छ । यस विभाजन पछि एमालेले विर्घावाट नसोचेको भोट पाउने देखिएको विर्घाकै वासिन्दाहरु वताउछन ।
धेरैजसो पाल्पाको वसाई, गांउ भन्दा केन्द्रकै ध्यान र ५ तथा ६ नंवर वडाका वासिन्दासंग टाढिने प्रवृतिले मोहन पान्डेलाई त्यस क्षेत्रवाट कम मत पर्ने देखिएको छ । आफु कांग्रेसमै आवद्ध रहेपनि मोहन पान्डे हराउ अभियानमा लागेका त्यस क्षेत्रमा एक युवाले भने ५ र ६ वडा वाट हालसम्मको अनुमानमा मोहन पान्डेलाईज्यादै कम भोट पर्ने देखिएको छ ।
मोहन पान्डेको आफ्नै गांउमा विभाजन आएपछि नतिजा आफ्नो पक्षमा पर्ने देखपछि हौसिएका एमाले समर्थक कार्यकर्ताहरु यसपल्ट व्यापक चुनावी प्रचार प्रसारमा जुटेका छन । समग्रमा विर्घाको चुनावी तयारी हेर्दा हालसम्म प्रचार प्रसारमा मुक्ति पाठक पक्षधरहरु धेरै अगाडी देखिएका छन ।
लगातारको हार भोगेका मुक्ति पाठकलाई यसपल्ट सहानुभूतिको मतपनि धेरै पर्ने विर्घा ३ कुलुमका नारायण पान्डेले वताए । विर्घाको विभाजनको असर छिमेकी गांउमा पनि देखिएको छ । चन्डी भन्ज्यागं, आलमदेवी, श्री कृष्ण गन्डकी तथा मालूगांका वासिन्दाले पनि विर्घामा काग्रेंसमा आएको विभाजनका कारण आफुहरु निरास भएको वताए । हामीमा पनि विगतमा जस्तो उत्साह छैन मालुगंका एक पुराना कागे्रस कार्यकर्ताले वताए ।
1391513_246115195540916_1563153917_n
फेरी पनि भोट दिनुहोलाः गहलामको घरदैलो कार्यक्रममा मोहन पान्डे ।
Picture 517
यस पल्ट मुक्ति पाठकलाई हेर्ने कीः विर्घाको एमाले प्रचार कार्यालय ।
Picture 462
यस पल्ट के गर्ने होलाः चुनावी छलफलमा विर्घाका वुढापाकाहरु, वलराम पान्डे, हिमलाल पान्डे, देवी पान्डे र किसान सर ।

रातो भालेको डायरी

दशै राम रमाइलो गर्ने गजवको मौका हो । यही अवसरमा भेला हुने साथीभाइबीच अनेक गफ गाफका अलावा विभिन्न रमाइलो गर्ने वहानाहरु निस्किन्छन । राजधानीको सधै असारे धपेडी भुल्न विर्घा पुगेको म यी धपेडी बाट रिफ्रेस हुन अली ढिला सम्मै गांउमा रहे । यसै क्रममा गांउमा रहेका विभिन्न उमेरस मुहका दाजु भाइ मेरा मित्र मन्डलीमा सहभागी वने । विहान भर गांउघरको भेटघाट, घुमघाम, दिउसो गणेशका घरमा हुने चक्कीका कार्यक्रमपछि हाम्रा हरेक साझ विशेष रहे । कुलामुनी भट्टराइकोमा गपुले सुन्ने देखि खर्सिगैह्रा नौली दिदीकोमा भाले खोज्ने सम्मका रमाइलाबीच एक दिनको रातो भालेको डायरी यंहाहरुलाई ।
खासमा गोविन्द, राजेन्द्र, शुरेश, सन्जु वावा, शेषकान्त र म यस समुहका अभियन्ता वन्यौ । यो समुहले खर्सिगैहवाट रातो भाले खाजेर ल्याएर खाएपछि लाइवे्ररीको आगनमा रमाइलो गर्दासम्मका तस्विरहरु यंहा राखिएको छ ।
Picture 596
कता पाइएलाः रातो भाले कंहा होला भन्ने जानकारी लिदै फोनमा युवाहरु ।
Picture 582
भाले होलाकीः खर्सिगैह नौली दिदीको घरमा भालेको खोजीकर्ता युवाहरु ।
Picture 583
बीचको ठिक होलाः भालेलाई घेराहाल्दै गोविन्द ।
Picture 585
अंह यति सानो त कंहा दिन्छु रः नौली दिदी प्रतिवाद गर्दै ।
Picture 586
कुखुरी कांः छोप्न थालेपछि भागेर गोठको धुरीमा पुगेको रातो भाले ।
Picture 597
चाुखुम कीः रातो भालेको परिकार तयार हुदै ।
Picture 599
भोजन भन्दा भोक मिठोः भालेको स्वाद भुजासंग लिदै शुरेश पान्डे ।
Picture 607
मरी लानु के छ र ः भालेको भोजन पछि लाइवे्ररीमा राती आगो वालेर रमाइलो लिदै सहभागीहरु । रमाइलो रात्रीको पूर्वाधसम्म चलेको थियो र मेरो काठमाण्डौ यात्रा विहान सखारै शुरु भएको थियो ।

भव्य रह्यो दशै

दशै २०७० सकिएको छ । दशै सकिएपनि यस संगका संझनाहरु स्मृतिमा ताजै छन । दशै झरीको अवरोधका वावजुत भव्य रह्यो । दशै भेटघाट गर्ने अवसरका अलावा मान्यजनवाट टिका लगाउने, आशिर्वाद लिने तथा घुमघाम गर्ने मिठो वहाना वन्यो ।
यसपल्ट दशैमा म छिटै घर लागेकालेपनि होला व्लग नियमित गर्न पाइएन, न त औपचारिक रुपमै शुभकामना वाड्न पाइयो ।
यद्यपि घटस्थापनाको दिन विर्घा पुगेर शुरु भएको दशैमा रमेशको विवाहमा सरिक हुने तथा क्षेत्रपालको पुजामा रमाइलो गर्ने अवसर मिल्यो । दशैको टिका भने यसपल्ट कम विर्घालीले लगाए । कतै जुठा त कतै के के अवरोध रहे दशैका लागि यद्यपि म भने टिका लगाउन पाउने भाग्यमानीमा दरिए ।
पूर्णिमा पछिसम्म वसेर होला गांउ छोड्न मनै नलाग्ने । गांउमा दशैका अलावा चुनावी माहोलले रंग थपेको छ । गांउमा हरियाली प्रशस्त छ भने मिर्मी विर्घा वाटो भने लामो वर्षाले वस चल्न नसक्ने वनाएको छ ।

क्षेत्रीय प्रशासक सहितका उच्च सरकारी अधिकारी विर्घामा

पश्चिमान्चल क्षेत्रीय प्रशासक लोकदर्शन रेग्मी लगायत पश्चिमान्चल विकास क्षेत्रका उच्च प्रशासकहरु आज मंगलवार विर्घाको भ्रमणमा रहेका छन । विर्घाको सडक, विद्यालय, पुस्तकालय लगायतका आयोजनाहरुको निरिक्षणकालागि उच्च पदस्थ सरकारी अधिकारीहरु विर्घा गएका हुन । भ्रमण दलमा स्यागजाका प्रमुख जिल्ला अधिकारी कृष्ण राउत, स्थानीय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी, प्रहरी प्रमुख, क्षेत्रीय सडक पोखराका क्षेत्रीय निर्देशक लगायतका उच्च पदस्थ सरकारी अधिकारीहरु रहेका छन ।
प्रधानमन्त्रीका प्रेस संयोजक राजेन्द्र पान्डेले विर्घावाट दिएको जानकारी अनुसार यस वर्ष विर्घाकालागि परेका राष्ट्रिय स्तरका आयोजनाहरुको निरिक्षण तथा सहजीकरण गर्न उक्त प्रतिनिधि मन्डल विर्घा पुगेको हो । आज जमावी अर्चले, मातृभूमि पुस्तकालय, कट्टी, मिर्मी विर्घा सडक, आलमदेवी, भवानी मावी वैघा लगायतको निरिक्षण गरेपछि उक्त प्रतिनिधि मन्डलले विर्घा गाविसको कार्यालय कट्टीमा स्थानीय वासीसंग अन्तकृया गर्नेछ ।
उच्चसरकारी प्रतिनिधिको स्वागतकालागि ठुलो संख्यामा विर्घालीहरु फुलमाला लिएर गहलाम सम्म पुगेका थिए । भ्रमणको संयोजन तथा सहजीकरण प्रेस संयोजक राजेन्द्र पान्डेले गरेका थिए ।

कस्ले जित्ला स्याङजाको चुनाव

नेपाली कांग्रेसले स्याङजाका ३ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरु छानेको छ । जस अनुसार स्याङजा क्षेत्र नं. ३ वाट मोहन पान्डे प्रत्यक्षतर्फ चुनाव लड्दै हुनुहुन्छ । एमालेले भने यस पल्ट क्षेत्र नं. ३ मा पुरानै उम्मेदवार मुक्ति पाठकलाई शिफारिश गरेको छ । गत निर्वाचनमा १४० मतले मात्र विजयी भएका मोहन पान्डे र मुक्ति पाठक बीच कडा प्रतिष्पर्धा हुने देखिएको छ । लगातार ३ पटकको निर्वाचनमा प्रमुख प्रतिद्धन्दी रहदै आएका पाठकले सहानुभूतिको समेत भोट पाउने देखिन्छ ।
गत निर्वाचनमा विजयी भएपनि पान्डे पाल्पाको घरमै ज्यादा वस्ने तथा व्यापार वयवसायमा वढि संलग्न रहेको विरोधीहरुले आरोप लगाउने गरेका छन । प्रधानमन्त्रीका प्रेस संयोजक रहेका राजेन्द्र पान्डेको विशेष पहलमा पहिलो प्राथमिकतामा परेको मिर्मी कोटाकोट सडक पिच गर्ने कार्यक्रममा मोहन पान्डेले नाप जाचकालागि गएका पोखरा सडकका प्राविधिकहरुलाई प्रभावमा पारी गहलामवाट पुरानो वाटोको साटो कुलुम, कसारे, हुदै भुष्टुगंसम्म नाप गर्न लगाएपछि कांगे्रसको स्थानीय राजनीतिमै विभाजन आएको विर्घाका वासिन्दाहरु वताउछन ।
यसैगरी कांगे्रसले क्षेत्र नं.२ कालागि गोपालमान श्रेष्ठको शिफारिश गरेको छ भने १ का लागि कमल पंगेनी वा धनराज गुरुगंलाई शिफरिश गरेको छ । विगत देखि विजयी हुदै आएका गोपालमान यस पटकपनि झिनो मत अन्तरले विजयी हुने २ नं. क्षेत्रका वासिन्दाहरु वताउछन भने १ नं. क्षेत्रवाट भने लोकप्रिय स्थानीय हितकाजी गुरुगंले एमालेको १ सिट पक्का गर्ने अनुमान गरिएको छ ।