कुरा कट्टीका

विर्घा ६ मा रहेको कट्टी विर्घाकै करिव करिव बीच भागमा पर्दछ । कट्टी सडक सुविधाको केन्द्रमा परेपछि त पसल धाउने हुन या गाविसमा शिफरिश लिन आउने सवैको सुस्ताउने ठांउ वनेको छ । सहकारीको नगद, तर सस्तो पसल, विर्घाकै ज्ञानको केन्द्र लाइव्रेरी वा अन्य गफ गाफका शिलशिला होउन यो ठांउ सवैको रोजाइ वनेको छ ।
त्यसैले होला यस ठांउमा घडेरी किन्ने वा घर वनाउने लालासा वोक्ने लाहुरेहरुको संख्यापनि वढेको छ । विहानीको समयममा सडक छेउका पसलमा  भेटिनेहरु दिउसो लाइव्रेरी वा गाविस भवनतिर भेटिन्छन विर्घाकै पहिलो प्राथमिक विद्यालय हाल जनता प्रावीको नाममा कट्टीमै रहेको छ ।  अझ यंहा शिवजीको आकर्षक मन्दिर वनेपछि त यस ठंउको आकर्षण अझ वढेको छ ।
केही हप्ता अघि एक विहान कट्टीको चौकमा भेला भएर गफिएकाहरु मेरो क्यामेरामा कैद भए । तिनै ताजा तस्विरहरु ।

IMG_6198 IMG_6184
1)गफिदै गरेका स्थानीयहरु ।  2)कट्टीका घरहरुका बीचमा वन्दै गरेको शिवको मन्दिर । पहेलो रंगमा ।

अक्षय तृतीया, कोलडाडां र खुदेपानी

aaa6

आज अक्षय तृतीया अर्थात जौको सातु र खुदो पानी अर्थात सर्वत खाने दिन । आजको दिनवाट सत्ययुग शुरु भएको मानिन्छ । आज गरेको पुन्यकर्म कहिल्यै ननाशिने भएकोले यस दिनलाई अ-क्षयया भनेको पनि पाइन्छ । आज जौ को सर्वत र खुदोपानी खानाले शरिरमा स्फुर्ति वढ्ने रोग नलाग्ने र वर्षैभरी शरिरमा पानीको मात्रा पुग्ने विश्वास गरिन्छ । वर्षको सबैभन्दा पवित्र दिन भएकाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक’ दिन पनि भनिन्छ । अक्षयको अर्थ कहिल्यै क्षय नभएर स्थायी रहने भन्ने हुन्छ ।

आजको दिनमा सर्वत, जौ को सातु या अन्य वस्तु दान गर्नाले “अक्षय” पुण्य प्राप्त हुने विश्वास रही आएको छ । आजकै दिन वेदव्यासले महाभारतको रचना गरेको र पुरा गरेको विश्वास पाइन्छ । विभिन्न पुराण र महाभारतको रचना गरेपछि व्यासले अन्त्यमा लेखेका थिए –
“अष्टादश पुराणेशु व्यासस्य वचन द्धयम
परोपकार पुण्याय पापाय पर पिडनम्”

यसरी आजको दिनमो अनेक महत्व रहेको धार्मिक मान्यता रहेको छ ।
केटा केटीमा गुलीया पानी प्रति हाम्रा अनेक आकर्षण हरु थिए । चाहे धवादी खोले फुपुले नागेंडाडामा पिपली सार्दा होस या अक्षय तृतीयामा कसैले खुदो पानी खुवाउदा ।
यस्तै खुदे पानीका धुमिल संझनाहरु मेरो स्मृतिमा अनेक तरहले आइरहेका छन । वैशाखको धुपमा विहानको कर्म सकेर अर्चले स्कुल जाने हामीलाई चिफलडांडा या कुलुम तिरका कोही सज्जनले खोलाको पिपलीमा खुदो पानी र जौ को सातु खुवाउथे । सातुको वरु त्यति महत्व थिएन पानीमा भने हामी केटाकेटी ज्यान दिन्थ्यौ । अर्चलेमा समेत खुदेपानी खुवाउने चलन थियो । वाल्यकालका स्मृतिहरुमा मेरा खुदेपानीका स्मृतिहरु पनि कम्ता रोचक छैनन ।
यस्तै कोलडाडामा वैशाखे सक्रान्तीको गुण मात्र होइन हाम्रालागि अक्षय तृतीयामा पनि खुदे पानीको व्यवस्था हुन्थ्यो । अरुवा तिर काममा गएका किसानहरुलाई पुच्छारतिरका कोही सज्जनले कोलडांडामा सर्वत र सातु खुवाएर अनेक उपकार गर्दथे ।त्यसैले अर्चले होस या कोलडाडा अनेक पुन्यका मानक हुन हम्रलागि ।
तिनै पुन्य र मानकको जगमा विर्घाको अस्तित्व र गौरव गासिएको छ ।
अक्षय तृतीयाको सवैलाइ सुभकामना ।

गांउ घरमा यतिवेला

वैशाखको धुपसंगै गांउघरमा यतिवेला नंया खेतिपातीको शुरुवात भएको छ। फागुन चैतका उराठलाग्दा दिनहरु हराएर अव हरियाली वसन्त संगै गांउमा पनि हरियालीले छोएको छ। कालीगन्डकी क्याम्पस वनाउन र विर्घामा शैक्षिक जागरण ल्याउन शुरु गरिएको महायज्ञमा झन्डै ८८ लाख उठेपछि गांउमा नंया क्याम्पस भवन वनाउने एजेन्डाले प्रवेश पाएको छ ।
खानेपानीका योजना हुन या सडक निर्माणका कामहरु विस्तारै शुरु हुदैछन । यस वर्ष समयमै वर्षा भएकाले पनि मानिसहरु खेतिको काममा व्यस्त छन भने किसानहरु उव्जनी वढ्नेमा ढुक्क पनि ।
IMGP3656
यसै मेसोमा गएको वर्ष यसै समयमा लिइएको विर्घाको तस्वीर ।

विर्घा व्लगको पुनर्जन्म

इशाको २००६ को धमिलो विहानीमा उज्यालो सपना वोकेर शुरु भएको विर्घा व्लगको यात्रा अनेक   उकाली र ओराली हुदै इशाको २०११ को अन्त्य सम्म आइपुगेको थियो । व्लग समको  मुफ्तको स्पेसवाट शुरु भएको यात्रा रामै् फैलियो त्यस समय । प्रशंशकको  प्रशंशा र गुगलको दुइचार पैसावाट मिलेको उत्साह रोकिने वाला थिएन । यसैबिच श्रृजना भएका अनेक व्यस्तताका वावजुत अभियालने राम्रै गति लिइरहेको थियो  ।
व्लगसमको हठात वर्सिएको अविस्वसनीय झटारो भोग्ने नेपाली व्लगहरुमध्ये विर्घाव्लगपनि पर्यो, यो आक्रमणको  निशाना वन्यो । पेज खुलेन,  पुराना डाटा ह्याक भए । कुनै हालतमा पुराना सामाग्रीहरु रिकभर हुन सकेनन । अनेक प्रयासका वावजुत ब्लग  इतिहासमा सिमित रहने भयो ।
एएटा नवधनाढ्यले क्यासिनोमा जुवा हार्दा वा अल्लारे प्रमी प्रेमिकाको व्रेक हुंदा कंहा त्यतिको पिडा होला र मलाइ त्यो भन्दा अथाह पिडा भयो । शुभचिन्तकको सोधाइ, आफ्नो खस खस केही गरी साम्य भएन् । अनि शुरु भयो आफ्नै डोमेन खोज्ने श्रृखला । यसै क्रममा देवदुत वनेर आइपुगे पुराना मित्र मिडिया चौतारीका संचालक प्रवेश शुवेदी । डोमेन रजिष्टेशन पनि प्रोग्रामीगंको काम पनि प्रवेश जी वाट शंभव भयो ।

आज यो रुपमा शूरु भएको व्लगको नियमित यात्रा रोकिने छैन । यो मेरो होइन हाम्रो हो । गांउ बाट टाढा कतै वसेका गांउको माया मार्न नसक्ने र गांउ संग नजिक हुन चाहने हर कोहीको चौतारी हो विर्घा व्लग ।
यसले गांउका सुस्केरा र शहरका सफतलाको संझना गर्ने छ । यसले गांउ र शहरको सेतु वन्ने कोशिस गर्ने छ । एक्लो सोचाइ, एक्लो प्रयास या अभियानवाट मात्र केही संभव छैन त्यसैले यसले सामुहिकता खोज्ने छ र खोज्नेछ तपाइको सामिप्यता ।
त्यो सामप्यिताका लागि विर्घा व्लग नंया स्वरुपमा शुरु भएको छ ।  आगे तपाईको जिम्मा ।