देखिने जमावि र नदेखिने जमावि


स्याङ्गजाकै अग्रणी शैक्षिक संस्थाको रुपमा २०२२ सालमा स्थापित जनता मावीले आधा शताब्दी पार गरी स्वर्ण महोत्सव मनाउदै छ । आधा शताव्दीको यात्रामा जमावीमा अनेक परिवर्तनहरु देखा परे । तत्कालिन गांउका शिक्षा प्रेमीले अरुवा वाट ढुंगा र वालुवा वोकेर खडा गरेको जनता माविको पुरानो भवन अब कसैको स्मृतिको कुनामा र कतै तस्विरमा मात्र बाँकी रहेको छ । भारतीय दुतावासको सहयोगमा बनेको नयाँ भवन साबिक भन्दा दक्षिण पश्चिम भागमा ठडिएको छ । अबको पुस्ताले यसैलाई जमाविको मानक मान्नेछ । यद्यपि यसका अनेक स्मृतिहरु मेरो मानसपटलमा छरिएर रहेका छन् । मेरा अन्तर कुन्तरमा रहेका त्यी सम्झानारुपी तस्विरहरु एक एक केलाउदैछु म यहाँ। संझनामा सझिदै जनता मावी ।
संझना विर्सनाः
जनता प्रावी कट्टी चौकवाट ५ कक्षा उतिर्ण भई म २०४६ सालमा जनाता मावी अर्चले कक्षा ६ मा भर्ना हुन पुगे । मुलुकमा वहुदलीय व्यवस्थाको लागि आन्दोलन चलेको र प्रहरी चौकी अर्चलेमा भएकाले यो केही समय आन्दोलित बनेको थियो । २०४६ मा वहुदलीय व्यवस्थाको पुनसर््थापना पछि राजनैतिक दल पिच्छेका विद्यार्थी संगठन आ आफ्नै अस्तित्वमा आए । अनी शुरु भयो पार्टीको कित्ताकाट। अहिलेको समय बरु आस्थाका आधारको विभाजन घटेको पाइन्छ । त्यो बेला पानी नै बाराबारको अवस्था थियो । झन्डै ५ वर्षे अध्ययनका क्रममा औषत विद्यार्थीका रुपमा मैले बिताएको समय, मेरा साथीहरु, गुरुहरु र त्यतिवेलाका विषयहरु यहाँ उठान गर्ने सुरसारमा छु ।
२०५१ सालमा कुलाको बाँधमा भएको विदाई समारोह सँगै मेरो विद्यालयसंगको औपचारिक सम्वन्धले विश्राम लिएतापनि मेरा मानसपटलमा ती दिनहरु अझै तजै रहेका छन् । तिनै दिन अलाप गर्दै अरवीको मिथकीय चरी फिनिक्स जस्तै म पनि कहिले प्रेम राग गाएर प्रेमीझैँ, कहिले अग्नी राग गाएर खरानी त कहिले वर्षा राग गाएर पानी पानी हुन्छु । निथु्रक्क भिज्छु । तिनै रागहरु अलाप्न चाहन्छु म यतिखेर ।
मंच भत्क्यो पर्खाल बन्यो:
अर्चलेको पुरानो स्कुल वरीपरी पर्खाल लगाइएको थिएन । गुलमोहरको रुखको यस्सो फेरो लगाएर स्कुल छिर्ने वित्तिकै गिदरीको फेदमुनी खनी खोस्री वनाइएको मन्च थियो । औपचारिक समारोहमा मन्चको रुपलिने यो ठांउले अरुवेला वटुवालाई भारी विसाउने टेको दिएको थियो । कार्यक्रमका वेला माइक जडान गरेर त्यसको स्पिकर ९हामी होंपा भनेर बुझ्ने गर्दथ्यों० त्यसलाई गिदरीमा बाध्न पाइने भएकाले होला यो ठांउले लामै समय मंचको मान्यता पाइराख्यो ।
अर्चलेको बजारतिर निस्किन पनि यहि मंचको बाटो जानु पर्दथ्यो । स्कुलको पूर्व कुनामा भएकाले यो उच्चा ठांउमा कार्यक्रम गर्दा चउरमा बसेका सबैले स्पष्टसंग देख्न सुन्न पनि पाउँथे। अहिले स्कुलको स्वरुप र भवन फेरीएसंगै यो मंच बनाइएको ठाउं कम्पाउन्ड वाल भन्दा बाहिर परेको छ । स्वरुपमा हराएपनि मेरो स्मृतिमा आइरहने यो मंच फागुन २२ होस् या स्कुलको वार्षिकोत्सव या अन्य सवै समारोहमा उपयोगमा आउथ्यो । अहिले उजाड वनेको त्यो मंच कुनै बेलाको आकर्षणको केन्द्र थियो ।
पैयु फुल्दाः
विद्यालयको दक्षिण पूर्वी कुनामा रहेको बेलाबेलामा फुल्ने पैयु अहिले नाम निशान छैन । पहिले देखिनै आक्रमणको निशानामा परेको पैयु स्कुलको पर्खाल लगाउने क्रममा काटियो । सधै हरियाली दिइरहने पैयु अर्चले सुन्दरको घरको भने झापस थियो ।
करविर र गुलमोहर पछि पैयुको लहर थियो । केटाहरुले ज्यान बनाउने अभ्यासका लागि झुन्डीने देखि अनेकले बोक्रा ताछिदिने पैयु जीवनको लडाइमा दुख सुख बचेकै थियो यद्यपि पर्खाल निर्माणसंगै यसको अस्तित्व लोप भएपनि एक काल खण्डका विद्यार्थीको स्मृतिवाट भने यो हराउने छैन ।
बेखवर करविरः
हरिया पात पहेलो फुलस् करविरको बेग्लै विशेषता थियो । विद्यालयको दक्षिणपट्टी रहेको करविर गाउँमै नभएको अद्भुद फुल थियो ।करविर सिख्रो भएको कहिल्यै जानिएन त्यसैले यसको महत्व झनै बढेको थियो। दक्षिण पट्टि लहरै रहेका रुखहरु मध्येको करविर केटाहरुको भेलाहुने, गफगाफ गर्ने थलो थियो । चैत वैशाखमा पनि गुलमोहर, पैयु र करविरको फेदतिर सितल हुने भएकाले दिउसो १ वजेको हाफ टाइममा गफ गर्ने अखडा थियो । शिवलाल, भुपदाईहरुको गफको अखडा आरुको फेद थियो भने हामी पछिल्ला पिढिका केटाहरुको गफ लाउने केन्द्र थियो करविरको फेद ।
होचो रुख भएकाले सवैको सजिलै हात पुग्ने करविर लुकेर खैनी खानेहरुको लागि पनि राम्रो ठाउं थियो । बर्फी बेच्न होस या लुकेर खैनी लुड्याउन काम लाग्ने करविरको अस्तित्व भने अहिले हराएको छ । करविरको वोट गांउ भरीकै एउटा भएकाले होला यसको महत्व, चर्चा र उपयोगिता अनेक थियो ।
गुमनाम गुलमोहरः
कावामुराले प्रोजेक्टर बाट फिल्म देखाउदा होस् या तीजका छमछमी नाच्ने गाउने समयमा होस गुलमोहरको छहारी सवैलाई प्यारो मानिन्थियो। पहेलो फुल्ने गुलमोहर सिख्रीला पात भएको अग्लो रुख थियो । स्कुलको दक्षिणतिर गुलमोहरका दुई रुख थिए । एउटा सुन्दरको घरमाथी पट्टी र अर्को गोठ माथि ।गोठ माथिको गुलमोहर अलि तेर्सो परेको चढ्नलाई सजिलो थियो । यो पहिला ढालियो विद्यालयको पर्खाल लगाउने क्रममा । पठन पाठनका लागि हरियालीयुक्त वातावरण हुने पर्नेमा अर्को गुलमोहर पनि ढालीयो । कसैलाई भेट्न परे गुलमोहरको फेद, गफ हाक्न परे गुलमोहरको फेद, बाटो तिर चियो गर्न परे गुलमोहरको फेद, पढाई छल्न परे यसैको फेद । अनेक काममा आउने गुलमोहर हाम्रो स्मृतिमा मात्र रहेपनि अहिले गुमनाम भएको छ ।
आरुका जोडी बोट:
कार्यशाला भवनको दक्षिण पट्टी र त्यति बेलाको पर्खालको दक्षिण पश्चिम कुनामा जोडी आरुका रुख थिए । विद्यालयको मुल भवनवाट अली कोल्टे पर्ने भएकाले सरका आंखा पनि नपुग्ने, मस्त गफ गर्न पनि पाइने भएकाले आरुको फेद धेरैको रोजाइमा पर्दथ्यो। हिंउदमा फुल्ने आरु पाकेर खान भने कहिल्यै पाइदैनथ्यो । “आरुका फेदतिर जाम” कोही दोस्ती झल्काउने वहाना बन्थ्यो ।
पारीका लक्ष्मण काका, फेदीका शेषकान्त, मरेंदाका शिव र म आरुको फेदका प्रिय थियौ । सवै पढाइमा उस्तै भएरहोला सायद कक्षा भन्दा पनि हामी आरुको फेदमा कतिवेला पुगौ र गफ गरौ जस्तो जस्तो लाग्ने । अहिले मासिएर गएको आरुको फेद मित्रहरु संझाउने विषय पनि बनेको छ ।
कार्यशाला भवन:
विद्यालयको दक्षिणपट्टी एकतले कार्यशाला भवन रहेको थियो । कार्यशालाको संगै अघिल्तिर लिचिको रुख, लिची सधै हरियो रहिरहने र लिचिको झ्यागंवाट छेकिदै कार्यशालाको सानो आगनमा गुच्चा खेल्न पाइने भएकाले यो हाम्रा लागि प्रिय थियो । स्मृतिवाट विलय हुदै गएको मौले रमेशसंगका मेरा अनेक संझनाहरु यही कार्यशाला संग जोडिएका छन् । गुच्चा खेल्न जोशिला अग्रज दाईहरुमा रमेशका अलावा कैनडांडा टिकाराम, कट्टी वाइपी आदि पर्दथे । ए भाई फलानाले त कान्छी अम्लाले नै खान्छ रे यार भन्दै गहलाम कालीदाश, ध्रुर्वहरुपनि हाम्रो टिममा मिसिन आइपुग्थे बेला समयमा।
कार्यशाला खासै उपयोगमा आएको भने थिएन त्यो बेला । त्यसैले पनि हाम्रो गुच्चा खेल्ने अखडा बन्न पुग्यो त्यो एरीया । रमेशले लगालग आंखाले गुच्चा मारेर खीत्खित गरेर हासेको हिजो जस्तो लाग्छ । तर के गर्नु समयसंगै सवै परिवर्तन भएका हुने रहेछ । न हामी गुच्चा खेल्ने रह्यौ न कार्यशाला रह्रयो रु मौले रमेशको निधन भएको पनि वर्षौ भइसकेछ। यद्यपि संझनामा घरी घरी यी दृष्यहरु आइरहन्छन बेला समयमा ।
पानीको ट्यांकीं:
वांके परेको जमावी, चौरको बिचवाट कलकल गर्दै बग्ने कुलो र कुलाको छेवैमा रहेको जिर्ण ट्यांकी । जाडोमा गल नलागी हामी पानी खादैनथ्यौ । गर्मीमा त चल्यो, उफ्र्यो, दौड्यो घाटी सुकी हाल्ने छिनछिनमा पानी चाहिन्थ्यो । छत नभएको ट्यांकीमा कतावाट ल्याइएको तुरतुरे पाइपवाट पानी हालिन्थयो । त्यही पानी ट्याकंीको धारा खोलेर घाटी भिजाउन काम आउथ्यो ।
सरसफाइ नपाएको उक्त ट्यांकीको मुख उघार्दा कैले मुसा, कैले चरा त कैले हावाले उडाएका पुराना प्लाष्टिक भेटिन्थे । छया मुसा पो रैछ यार भन्यो , भोलीवाट फेरी भुलेर पानी तन्कायो हामी केटाकेटीको दिनचर्या थियो । ट्याकंी भएपनि सवै समयमा यो चालु रहन्थेन । पानीकालागि जरुवा वा खोला जानुको विकल्प भने निरन्तर थियो ।
भिमलाई चाप्ने मेवाः
पानी खाने ट्यांकीको यस्सो पूर्व पट्टी दुई तीनवटा बुढिएका मेवाका रुख थिए । बेला बेला मेवा फल्थे । सरहरुले खानुहुन्छ भन्ने हल्ला सुनिएपनि हामी स्कुले विद्यार्थी भने त्यसको स्वादवाट बेखवर थियौ । सरहरुले स्वाद पाउने भएकाले होला मेवा जोगाउन कैले बार बार्ने त कैले मेवामा ढुंगा हान्नेलाई कुखुरा बनाउने अनेक उपक्रम चलेको थियो ।
फागुन चैतमा चल्ने हुरीले मेवालाई यता र उता हल्लाउथे । अभिभावकहरु भन्थे मेवा कैले ढल्ने हुन केटाकेटी जोगाउन मुस्किल पो छ है । यसै मेसोमा हामी कक्षा ७ मा पढ्दा वर्राराचौरका नारन र भिम दाजुभाई एकै क्लासका हाम्रा सहपाठी थिए । चौरमा जिम्न्यास्टिक दिने भिम हाम्रो आकर्षणको दोस्त थियो । मोटो मोटो, छोटो,गोरो वर्णको भिम मित्रहरुका माझ प्रिय पनि थियो ।
चैत्रको यस्तै मासमा दिउसो ३ वजेतिर वेपर्वाह हुरी चल्यो । स्कुल छुट्टी हुन १ घन्टा मात्र बाँकी भएकाले हामी कुन बेला घन्टी बज्ला र घर दौडौला भन्ने ध्याउन्नमा थियौ । यस्तैमा पुच्छार प्रकाश, कुलुम नारन, महेश, म गक्रुंगा विजय, पारीको विष्णु ९जसको पछि चितवनमा निधन भयो० र भिम स्कुल पछाडीवाट दौडेर आउदै थियौ । मेवा गड्याम्म ढल्यो । हामी जसो तसो छलियौ । भिमलाई मेवाले थिच्यो । धन्न मेवाले टाउकोमा नलागेकोले भिमको तुरन्तै उद्दार गरेर पाल्पा मिसन हस्पिटल लगियो । केही समय भिम कुराको विषय वन्यो । केही हप्ता पाल्पाको बसाई र घरको आरामपछि भिम स्कुल आयो । भिम त झन मोटो वलीयो भएर आयो । जिम्न्यास्टिकका अझै राम्रा कौशल देखाउन लाग्यो । खुट्टा माथि पारेर हातले टेकेर हिड्न पो लाग्यो भिम त । त्यही मेवासंगै जोडिएर स्मृतिमा घरी घरी आइरहने भिम अहिले वैदेशिक रोजगारीका शिलशिलामा नेपाल बाहिर छ ।
डुम्री को खाजा:
पुरानो भवनको पछाडी पट्टी ठुलो डुम्रीको रुख थियो । झविन्द्र, कृष्णहरु पढाइमा तल्लीन हुदा हामी भने डुम्रीको खाजाको खोजीमा हुन्थ्यौ । स्कुलको अफिसकोठा वाट नदेखिने र कक्षा १० को पछाडीवाट मात्र देखिने डुम्री हाम्रो हाफ टाइमको खाजा थियो । कट्टीकी सुमित्रा, डांडाकी विमला, पारीका भगवती, रुक्मीणी, पुच्छार कृष्णा, रेनुका, पारीकी भगवती, यमकला खरालहरु टारीका खेतखेतमा अंकरा टिप्न जांदा हामी भने बहादुरी पुर्वक डुम्री चढेर यतैवाट खाजाको काम चलाउथ्यौ ।
ग्राउन्डमा गुप्तवहादुर विके, गक्रुंगा भिम, विजय, वांसडाडा भिम, घ्यागंसिंग खरक रेम वहादुर, महेश, गौलीखन्ड महेश, गैरावारी सानु ९जो अहिले लामो समय देखि विदेशीएका छन०,गांउ दिलवहादुर, चेहेमी खिम वहादुर कुंवरहरु वल खेल्दा हामी भने डुम्रीको खेतीमा लाग्थ्यौ । यसरी डुम्रीको रुख चढ्नेमा पुच्छार डोल, म,बांसडांडा गणेश, डांडाको शोभाखर आदि थियौ । अहिले नाम निशाना नरहेको डुम्री हाम्रो प्रिय खान्की मध्येको एक थियो । कैले कांही त केटाहरु विजुली खैनीका बट्टामा नुन चुक नै लिएर हाजिर हुन्थे डुम्रीका लागि ।
गयो गंगा भवन ः
स्कुलको उत्तर पट्टी रहेको अहिलेको दुई तले भवनमा पुरानो पुरानो गंगा भवन थियो । यसको इतिहास थाहा नभएपनि हाम्रा लागि जाडोमा घाम ताप्ने अखडा थियो गंगा भवन । वडहरपाटाका पन्डित गंगाधरले वनाइदिएका हुन रे । त्यसैले यो भवनको नाम गंगा भवन रहेको हो रे भन्ने सुन्नु वाहेक यसको आधिकारिकता हामीले पाएनौ । तिनै पन्डित गंगाधरको डायरीयाका कारण पछि पाल्पा तानसेन हस्पिटल ल्याउदा ल्याउदै बाटैमा निधन भयो । गंगा भवनमा पछि मर्मत गरेर केही समय कक्षा चलाएपनि यो त्यति प्रचलनमा आएन । दिनदयाल बाको लेखा शाखासंग जोडिएको गंगाभवनको छानो टिनको थियो । ढुंगाले च्यापेर अड्याइएका टिन हावालाग्दा जोड तोडले कराउथे । घरीपोखरा फर्सु, रामु र कृष्ण दाजुभाई, घरीपोखरा टिकाराम, खुमवहादुर विक ९पेन्टिगमा रस भएका खुमवहादुर अहिले निर्मलका नाममा परिचित छन० हाम्रो घाम ताप्ने अखडा थियो ।
अखिल र नेवीसंघको राजनीति चर्केको बेलामा खुमवहादुरले म सानो सानो फुच्चेलाई कसेर २ झापड लगाएको गंगा भवनको याद भने घरी घरी आइरहन्छ । अहिले ती दिन संझदा हासो लागि रहन्छ । खुमवहादुर र म भेट्दा ती दिन संझेर वेला वेला हास्छौ मात्र ।
स्मृतिमा अग्रजः
स्कुलका वार्षीकोत्सव, रिजल्ट सुनाउने दिन या यस्तै अनेक बैठकमा आइरहने अग्रजहरु पनि मेरो स्मृतिमा आइरहन्छन् । तिनै अग्रजका कारणले हामी यहाँ सम्मको यात्रा तय गर्न पाएका छौ । तिनै पुर्वजको पवित्र सोचले बिर्घामा जमावी स्थापना भयो र दिल्ली बम्बई हुइकिने बाटो राजाधानी काठमाण्डौ या युरोप अमेरिकासम्म तय भयो । खडेरी र दुखमा पनि तिनै अग्रजले बोकेका ढुंगा र वालुवाले विद्यालय बन्यो र त आज बिर्घा अग्रणी शैक्षीक केन्द्रको रुपमा परिचित छ ।
यसरी विद्यालयका अनेक समारोहमा लगातार आइरहने धेरै अग्रजहरु दिवंगत भइसक्नु भएको छ । कोही अझै सक्रिय हुनुहुन्छ । जो हुनुहुन्छ थोरै मात्र हुनुहुन्छ । यसरी आउनेमा प्रधान जगन्नाथ, वडहरपाटा गंगाधर, अर्चले भिमकुमार, वनकसी डांडा तविल्दार, कुन्दी यज्ञसर, खाल्टा दिपक, मरेङदा हिमलाल, पोषकान्त, फेदी कृष्ण प्रसाद, कात्तिके फर्सुराम, नरेन्द्र, ढुंगीडाडे डिल्लीनारायण, तारा, गहलाम भुपाल, राम प्रसाद, थोत्रावारी दुर्गा प्रसाद, घरी पोखरा ढुन्डी राज, मित्रलाल, पुच्छारे भिमलाल, गक्रुंगा तुल्सिराम, चिसापानी साइला बा कान्छा बा, वर्राचौर विष्णु, ल्याप्टेन बा आदि हुनुहुनथ्यो । तीनै तमाम बाहरुको कारणले आज हामी देश परदेशमा विचरण गर्न पाइएको छ ।
उहाँहरुकै सक्रियता खवरदारीले विद्यालयले गति लियो, विद्यार्थीले अक्षर चिने र टाढा टाढाको यात्रा तय गरे । तीनै अभिभावकहरु जो हुनुहुन्छ उहाँहरुको दीर्घ जीवन र जो हुनुहुन्न उहाँहरुको बैकुण्ठ बासको कामना यसै मेसोमा गर्दछु ।
यसका अलाव हाम्रा स्कुले जीवनमा नारन सर, पिताम्वर सर, चन्डी सर, डिल्ली सर, यज्ञमुर्ति गुरु, झवी सर लगायत हाम्रो विद्यालय कालमा पानी वोकेर खुवाउने देखि समय समयमा घन्टी वजाएर समयको महत्व देखाउने जिम्माल टिकाराम बा र डहरे साइला दाई पनि संझनामा घरी घरी आइरहन्छन । दुवै जना यस धर्तिमा त हुनुहुन्न तैपनि उहाँहरुले पानी पिलाएका अनेक जमावीका उत्पादनहरु देश विदेशमा रहेका छन् ।
वृद्ध वयमा डिल्ली नारायण गुरुः
हाम्रो स्कुले जीवनमा डिल्लीनारायण गुरु प्रधानाध्यापक हुनुहुन्थ्यो । संस्कृतका धुरन्धर विद्धान गुरुले हामीलाई कक्षा १० मा नेपाली विषय पढाउनुहुन्थ्यो । थोरै तर अर्थपूर्ण पढाउने गुरुले त्यतिवेला प्रशासन संचालन गर्दा अनेक अल्झनको सामना गर्नु पर्यो । राजनैतिक रुपमा विभाजीत र वादका आधारमा व्यवहार गर्ने समाज, उच्छृखंल केटाहरु, उमेर छिप्पीएका केटीहरु । नजिकको प्रहरी चौकी र तिनै चौकीका सिपाहीसंग स्कुलवाट भागेरै विवाह गर्ने केटीहरु । त्यति वेला प्रशासनलाई व्यवस्थापनमा कठिनाइ थियो । यद्यपि गुरुले जसरी विद्यालय चलाउनु भयो अनेक कमी कमजोरीका बाबजुद जे गर्नु भयो त्यसकालागि वृद्ध वयमा पुग्नु भएका गुरुलाई नमन गर्न मन लाग्छ । त्यसपछि नारन सर, चन्डी सर र पशुपति सरले प्रधानाध्यापकको जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नु भयो ।
पत्नि वियोगपछि एकान्तिक हुदै जानु भएका गुरुले गुनासो त गर्नुहुन्न तर वृद्धवयमा उहाँको थकित कायाले धेरै कुरा निशव्द बताउछ । स्वर्ण महोत्सवको अवसरमा गुरुको ती दिन र हाम्रा स्कुले दिन सम्झिदा म फेरी रोमान्चित भएको छु ।
मिस यु टिकाराम सरः
टिकाराम सर हामीमाझ हुनुहुन्न तर उहाँका स्मृति मेरो मनमा घरी घरी आइरहन्छन् । वैघा भन्ज्यांगबाट अध्यापनका लागि जमावी आइपुग्ने होचो कदका टिकाराम सरले कक्षा ९ को अंक गणित पढाउदा लामो लामो खुट्टा भएको टिकाराम भनेर ठुलो स्वरमा अर्थ्याएको हिजो जस्तो लाग्दछ । थोरै समय पढाए पनि अर्थपुर्ण पढाएका टिकाराम सरको उत्तरार्द कठिन रह्यो । उमेर नपुग्दै अनेक रोगले च्यापेका सर २ वर्ष अघि स्वर्गे हुनुभयो । पछिल्लो समय मधेश बसाई गएका टिकाराम सरको अन्तिम वयमा भेट्न नपाएकोमा भने पछुतो लाग्छ।
कक्षा ७ मा पढ्दा चेस चोरेपछि मलाई जीवनको शुत्र वताइदिएका सर मलाई माया गर्नेहरुमा अग्रणी हुनुहुन्थ्यो । बान्की परेका अक्षर लेख्ने टिकाराम सरको अध्यापन शैलीमा पोखरामा तालिम लिएर फर्केपछि असाधारण परिवर्तन आएको थियो । तिनै दिवंगत सरको आत्माले शान्ति पाओस । मिस यु टिकाराम सर ।
थारु सर र चकलेटः
हामी प्राथमिक तहमा कट्टी स्थित जनता प्रावीमा पढ्दा अर्चलेमा गणित बिज्ञान पढाउन मधेशवाट आएका कालो कालो वर्णका सर हुनुहुन्थ्यो । हामी केटा केटीले नजानेर थारुसर भनेपनि उहाँको वास्तविक नाम थियो शुरेश चौधरी । त्यतिवेला सरकारी स्कुलमा गणित बिज्ञान पढाउने मान्छे नपाउने र वर्षेनी यसै विषयमा अधिकांश विद्यार्थी फेल हुने जमानामा देवदुत वनेर आई पुग्नुभयो शुरेश शर ।
शुरेश सर संगको हाम्रो सान्निध्य किन पनि बढ्यो भने उहाँ मौलामा रहेको उमेश दाईहरुको खाली घरमा वस्नुहुन्थ्यो । राकस्दी गएर दिनदिनै नुहाउने, कृष्ण वर्ण र हल्का जुंगा सरका विशेषता थिए । कक्षाको पढाइले मात्र नपुगेर होला हाम्रा सिनीयर दाई दिदीहरु ट्युसन पढ्न शुरेश सरकोमा मौला आइरहन्थे । गाउँ भरी बाघ आयो भनेर हल्ला गर्दापनि हातमा लठ्ठी लिएर हिड्ने शुरेश सर निडर हुनुहुन्थ्यो ।
विद्यालय व्यवस्थापनसंग खटपट परेपछि आफुले पाएको सवै पारिश्रमीकको चकलेट किनेर सारा स्कुल र गाउँलेलाई बाँडेर हिडेका शुरेश सरलाई पाल्पासम्म पुर्याउन कइन्डाडा नविन दाई, कात्तिके रामु दाई र अर्चलेवारी नेत्रदाई जानु भएको थियो । वत्ति, सडक, सुरक्षा र सुविधा केही नभएको गांउमा एका एक मधेसवाट आएका शुरेश सरले एकाग्र भएर पढाउनु भयो । तिनै सुरेश सर अहिले कंहा हुनुहोला संझना घरी घरी आइरहन्छ ।
रेडक्रश र फागुन २२:
फागुन २२ एउटा बिम्ब हो बिर्घा र त्यसका तत्कालिन साक्षीहरुका लागि जहाँ,कहाँ हो कहाँ जन्मिएका हेनरी ड्युनाले एटा खुशी उमंग र उत्साह ल्याइदिएका थिए । चैते मकैका लागि मोल बोकेर थाकेका किसानहरु अर्चलेको भाटीमा जम्मा भएर अनेक मान्छेका चुरी फुरी, भाका लय र संगीतको आनन्द लिन्थे । त्यो आनन्दमा सामेल हुन पिताम्वर मावि क्याक्मी , दहथुम, अर्जुन चौपारी स्वरेक, केवरे, मालुङ या छिमेक कोटाकोटकै अनेक युवा युवती हाजिर हुन्थे फागुन २२ गतेको दिन ।
जमाविमा सजाइएको मन्चमा धक फुकाएर उनिहरुले गीत गाउथे ।मेसो हुन्थ्यो रेडक्रस सर्कलको स्थापना दिवसको । यस दिन बिर्घा अर्चलेमा एक प्रकारको मेला नै लाग्थ्यो। फागुन २२ आउनु अगावै यही विषयमा गाउँ भरि कुरा हुन्थ्यो, फागुन २२ पछि पनि कुराको विषय यही नै हुन्थ्यो। क्या वात, क्या मिठो गाए फलान्ठाउका विद्यार्थीले १ के वुढा पाका के महिला के स्कुले सवैले केही समय यसैको समिक्षा गर्थे र अर्को साल आउने फागुन २२ को प्रतिक्षा भनौ तयारी गर्थे ।
गीत संगीतको ज्ञान जे जस्तो भएपनि स्थानीय रुपमा लब्धप्रतिष्ठित व्यक्तिहरु निर्णयक मन्डलमा हुन्थे । बिर्घा शैक्षिक केन्द्र त थियो नै यसका अलावा अनेक कृयाकलापको पनि अगुवा थियो । यो फागुन २२ आज भोली हराएको छ ।
भिमकुमारको खसीः
अर्चलेको विशेषता भित्र पर्दथ्यो भिमकुमारको खसी । मोटो जिउडालको भिमकुमारको खसी बेलुका खोरमा थुनिनु बाहेक निस्फिक्री थियो । छाडा छोडिएको कसैलाई नहान्ने शान्त स्वभावको खसी हाम्री ग्राउन्डमा कपिलसरको सिठ्ठीसंगै गोडा फाट सतर्क गर्दा आफ्नै सुरमा बिचबिचमा छिर्थ्यो।सेतो र कालो धर्से खसी सवैको प्रिय थियो । कहिले काँही स्कुलका कक्षा तिर पनि चिहाउने खसी जहाँ पनि जान्थ्यो स्वतन्त्र थियो । भिमकुमार बाले माया गर्ने खसी खासमा उहाँकी जेठी श्रीमतीको पेवा थियो । बिक्री गरेर दिने बेलामा खसीले बर्बर आसु झारेपछि भिमकुमार बाकी जेठी श्रीमतीले होस खसी बेच्दिन भनेर पैसा फिर्ता गरेपछि काटिन बाट जोगियो । पुलीस चौकी देखि विद्यालयतिर हिडिरहने खसी धेरै टाढा भने जादैनथ्यो । विद्यालयमा खुला चौर र धेरै रंगी बिरंगी केटा केटी हुने भएकाले होला खसीको रुची ज्यादा विद्यालय हात तिरै हुन्थ्यो । भिमकुमार बाको अन्तिम वयमा खसी विक्री भयो र त्यो काटियो ।
एउटा समान्य जनावर भएर असामान्य संवेदना वोकेको भिमकुमार बाको खसी भने मेरो यादमा स्कुल सगै जोडिएर आउछ ।
वरको फेद र जरुवाको पानीः
प्रायजसो विद्यालयमा शौचालय नहुनु सामान्य थियो त्यो वेला । त्यतिवेला बिर्घामा ज्यादै कमको घरमा मात्रै शौचालय थियो। अन्यथा झाडी, ढिक वा खोला किनार धेरैको शौच गर्ने ठाउँ थियो । यो अवस्थावाट हामी पनि विद्यालय पुगुन्जेल मुक्त भएनौ । हुनत विद्यालयको दक्षिण पश्चिम कुनामा पानीको ट्यांकी संगै एउटा जिर्ण शौचालय थियो तर त्यो त्यति प्रयोगमा भने आएन ।
सौचका लागि वरको फेदमा जानु हाम्रो वाध्यता र रहर दुवै थियो । खाल्टातिर जाने बाटोमा पर्ने वरको फेंद कन्चन काली देखिने राम्रो स्थान थियो । यसैगरी सरका कक्षा भन्दा मित्रका गफमा झुम्मीने वेला वरको फेदमा गएर एकान्तमा कुरा गर्न, रुख चढ्न र समय कटाउन हाम्रा लागि प्रिय थियो ।
वरको रुख ग्रामीण सडक विस्तारका क्रममा काटीएको छ । अहिले अस्तित्व लोप भएपनि स्वप्नील दिनमा काम आएको वरको रुख मेरा आंखामा घरी घरी नाची रहन्छ ।
खाने पानीकालागि स्कुल परिसरमा ट्यांकी भएपनि त्यो न्यून प्रयोगमा आउथ्यो । एक त त्यहा पानी थिएन अर्को पानी पानी भएपनि त्यो अत्यन्तै फेहोर थियो । त्यस्ेले हामी पानकिा लागि जरुवा जान मन पराउथ्यौ । डहरे साइला वाले ल्याएको खडेरकिो पानी आतं सुकेको विद्यार्थीले एकै सासमा सिध्याउथे । बाँकिका लागि चिफल्डाडा निस्कीने बाटोको साइडमा रहेको दविल्ला खोला साइडको जरुवा तिर्खा बुझाउने गन्तव्य थियो । अहिले ओझेलमा परेको जरुवाको पानी खानेहरु जमाविका धेरै पूर्व विद्यार्थीहरु छन ।
कुलाको बाँध, कटुस र पौडीः
स्कुलकै आंगनवाट कलकल वग्ने कुलाको ।ोत थियो कुलाको बाँधको पोखरी । बेला बेला पौडी खेल्नदेखि घुम्न जान समेत रमणीय कुलाको बाँध, यङगुदी वनको प्रवेशद्धार पनि थियो । कटुस टिप्न जाने यांगुदी जादा होस या १० कक्षा पास भएर बिदाई हुदा होस् यो आम प्रचलनमा आउथ्यो । असोज कार्तिक छेक कटुस टिप्न जानु जमाविका अधिकांश विद्यार्थीको दिन चर्या थियो ।
कुनै कक्षा खाली भए यंगुदी, बिदा भए यगुंदी, पौडीन परे कुलाको बाँध गजवको गन्तव्य थियो। मोटरवाटो शुरु भइनसकेको, मानवीय चहलपहल कम हुने यो गन्तव्य एकान्तका लागि पनि प्रिय थियो । हाम्रा लागि पानीमा उत्रिन सिकाउने र कालीमा डाइभ हान्न सिकाउने पौडीको पहिलो पाठशाला थियो कुलाको बाँध ।
पछिल्लो समय मोटरवाटो कुलाको बाँधबाट चलेपछि यो ठाउँको मौलिकता हरायो, प्रदुषण र कोलाहल बढ्यो। पोखरी सारियो, गतिविधि शुन्य भयो । यद्यपि हाम्रो अतितको स्मृति भने कुलाको बाँध, कटुस र पौडीमै अल्झिएको छ ।
भिडियो देखाउने कावामुरा ः
त्यतिवेला जमावीमा अनेक शिक्षकहरु आउथे । यसैमध्येका एक थिए कावामुरा । विदेशी भन्ने वित्तिकै अथाह पैसाको अपेक्षा गर्ने हामी नेपाली बिच फरक थिए कावामुरा । खास नाम मासाहिरो कावामुरा भएपनि उनलाई केटाकेटी कावामुरा मात्रैले बोलाउन रुचाउथे। जापानवाट आएका कावामुराको कक्षा लिन नपाएपनि जापानीज सरको क्रेज हाम लागि पनि उत्तिकै थियो ।
कावामुराले कस्तो पढाए, के पढाए भन्दा पनि विकट त्यो गांउमा वसेर कावामुराले गरेको प्रयास संझदा भने नमन गर्न मन लाग्छ ।
अन्त्यमा:
पाँच दशक अघि स्थापित जनता माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव मनाउदै गर्दा विगतका घटनाहरु एक एक गरेर मनमा आइरहेका छन् । स्थान अभावले सवै संझनालाई शव्दमा उतार्न कठिन भएपनि विद्यालयको उन्नति प्रगति र यंहाका उत्पादनले देश विदेशमा नाम कमाउदा विद्यालयकै गरिमा बढेको छ । त्यसकालागि निरन्तर मेहनत गर्ने शिक्षकहरु, खवरदारी गर्ने अभिभावकहरु र उत्साही विद्यार्थीहरु सवै धन्यवादका पात्र हुन । आगामी दिनमा विद्यालयको आलोक अझै फैलिरहोस् युग युगान्तर सम्म।
(जनताः जमावीको स्वर्ण महोत्सवका अवसरमा प्रकाशित स्मारिकामा प्रकाशित लेख)

Leave a Reply

Your email address will not be published. Required fields are marked *