झरी संझना घरी घरी


मुसलधारे पानी रोकीने छाट छैन । मिनभवनको दक्षीणायनवाट चिल्ला सडक र यंहा रुझ्दै दौडेका सवारी हेर्नु कम्ता आनन्द छैन । सिभिल हस्पीटललाई सम्मुख पारेको मेरो कक्षले काममा पनि वेग्लै उर्जा दिन्छ । कामको लोड भए सडक हेर्नु फ्रेश हुनु र फेरी काममा फर्कनु । अथाह सेवाग्राहीको भिडवाट आएको ज्यानले यो सरल कार्यावतावरण र नीतिगत कार्यमा गुन मानेको छ ।
एकल कांटे शैलीको कामले हराएको सिर्जनशिलता फेरी वौरीन लागे जस्तो भएको छ । एउटै ध्याउन्न भन्दा धेरै ध्याउन्न रमाइलो हुदो रहेछ । अपेक्षा नगरेपछि अप्राप्तीका गुनासाहरु आफै कमजोर हुंदा रहेछन । म यस्तै खाली र खुशी भएको छु ।
असार मासको दर्केको पानीमा मेरो विगत, मेरो, गांउ र मेरो वालापन मिस हुदा घरतिर फोन गर्छु । मेरो सहपाठी शेषकान्त भन्छन । यां पनि पानी पर्याछ यार । कारीकोट जानी त जिपै चल्न सकेनन । मेरो अतितले मलाई फेरी सोधाउछन अनि आप नी शेषकान्त ? हो यार अली अली पाक्न लागे । चोट्या चोट्याहा पाक्याछन । अव पाक्छन होला । फोनको अर्को टुंगो वाट शेषकान्त वोलीरहदा यो टुंगो शुन्य भएर शुनी रहेको छ ।
सुनाइमा गांउ मिस भइरहेको छ । खेतका मकै खाने वेला भए होलान, वारीका त दोहोर्याउने वेला भएहोलान । वुडावुडी लगातारको झरीले उच्छार नपाएर कुकुरको मुत पनि कति आइरा होला भनेर पुट्पुटाउदै होलान । लगातारको वर्षा र सुध्रीएको मौषमले घांस काट्नेहरुलाइृ राहत भएको छ । नजिकैका खोरीयामा घांस पलाउन लागे होलान ।
पानीका मुहान सुकेर काकाकुल वनेका डांडा डांडामा वस्नेहरुलाई पनि राहत भयो होला । अव मुलहरु सर्सिन थाले । मुल सर्से मुल नसर्से वलेनी पानी जसरी पनि काम चलाउछन गांउलेहरु । यस्तै वर्षामा हो वान्द्रे डांडाका त दविल्लो तर्न नसकेर वलेनीको पानी खान्छन रे भन्ने सुनेको । तरुन पनि कसरी उर्लेर आएको दविल्लो वर्षामा मान्छे वगाउने ल्याकत राख्दछ । वर्षाले दाउरा भिज्ने र घर चुहिनेहरुलाइृ भने आपत दिन्छ ।

केही वर्ष अगाडी हुंदो हुं त पानी कागत ओडेर मौलाका गरामा डिल डिलै हिडिन्थ्यो । खेतका बीचवाट छंग छंगी वग्ने पानी हेरे रोमान्चित वनिन्थ्यो । भुष्टुंग खोलो त तर्न नसकिने भको छ रे भनेर हेर्न पुगिन्थ्यो । समय फेरिएको छ । स्मृतिहरु मात्र ज्युंका त्यू छन । राजधानी छिरेकी आमाले वावु गांउ नै प्यारो लाग्छ पुर्याइदेउ भन्दा मलाई आमाको भावनाले छोाएको छ । गांउको छोटो स्मृतिले त वेला वेला नोष्टाल्जिक वन्ने म १३ वर्षमा विवाह भएर विर्घा भित्रिएकी मेरी आमालाई त्यो गांउको वर्षा, ति वजेका मकैका पात, सांझ नपर्दै कराउने झ्याउकीरी कति मिस हुंदो हो । एक्लै हुंदापनि गांउ तिरै वल गर्ने आमालाई म यिनै भावनाले रोक्न सक्दीन । मैले चिल्ला सडकमा परेको झरीमा गर्ने आनन्द भन्दा मेरी आमाले खहरे खोलाहरुमा गर्ने झरीको आन्नद आत्मिय छ । आफ्नो छ र प्यारो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *