वहुवर्षीय वाटो पक्का


मिर्मी, विर्घा हुदै रानीघाट जोड्ने सडक वहुवर्षीय सडक अन्तर्गत पक्की हुने पक्का भएको छ । गत वर्ष रणनैतिक सडकको रुपमा वजेट विनियोजन भएपनि यस वर्ष निरन्तरता पाउन नसकेको सडकका विषयमा स्थानीय युवाहरुको पहल पछि पक्की हुने पक्का भएको हो । गएको शुक्रवार राजेन्द्र पान्डेको नेतृत्वमा गएको प्रतिनिधि मन्डल समक्ष अर्थ मन्त्रालयका उच्च अधिकारिले उक्त सडकलाई वहुवर्षीय आयोजनामा स्तरोन्नती गर्ने प्रतिवद्धता जनाएका थिए ।
प्रतिवद्धता मुताविक २०७३ जेठ २१ गतेको माननीय मन्त्रीस्तरीय निर्णय वाट उक्त सडक वहुवर्षीय आयोजनामा परेको हो । निर्णयमा २६ करोड ५३ लाख वरावरको रकम स्विकृति भएको उल्लेख छ । उक्त निर्णयको पत्र वुधवार अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाएको छ । चलानी नंवर २३६१ वाट मिति २०७३।०२।२६ मा भौतिक मन्त्रालयलाई पठाइएको उक्त पत्र मुताविक मन्त्रालय मातहतको सडक विभागले वहुवर्षीय सडकको प्रकृया अगाडी वढाउछ । जस अनुसार पोखरा क्षेत्रीय सडक निर्देशनालयले ठेक्का प्रकृया अगाडी वढाउछ । टेन्डर प्रकृया लगायतका कार्यहरु पूराहुदा मंसिर महिनावाट औपचारिक काम शुरु हुने देखिन्छ । हाल उक्त सडक खन्डमा भइरहेको विस्तारको काम भने गत वर्षको वजेट अन्तर्गतको रकम वाट केही समयको लागि भएको हो ।

One thought on “वहुवर्षीय वाटो पक्का

  1. अति राम्रो खबर
    यो खवर सुन्दा खुसी को सिमै रहेन
    यो महान कार्ययोजनामा सुरुवात देखि ऐले सम्ब जस जस बाट प्रत्छय अप्रत्यक्ष सहयोग भयो उहाहरु लाई हार्दिक बधाइ तथा धन्यबाद दिन चाहान्छु सबै ले राम्रो र एउटै उद्देश्य का साथ अगि बड्ने भनी कुनै काम गर्न गहारो हुदैन सबैको सहभागित अनि उद्देश्य भएमा हाम्रो बिर्घा को भबिस्य सफल हुनेछ
    र यो काम को लागि जसरी हाम्रा बिर्घा का आदरणीय ब्यक्तित्व हरु खट्नु भयो तेसरी नै काम को बेला मा नि राम्रो सङ ठेक्का पटा नि राम्रो ब्यक्ती को हात मा परोस र काम मा नि बिर्घाकै ब्यक्ती हरुले बिना स्वार्थ मा निगरानी गरे अति राम्रो हुनेथियो मेरो सानो सुझाब मात्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *