मेरा मित्रहरु

Birgha Syanjga's photo.


सालै जो पानी खायो वाघैलेः साथीहरुसंग थपडी वजाउदै मदन राना ।
कक्षा ५ पास गरेर कक्षा ६ का लागि जनता मावी जानु वेग्लै शान थियो त्यो वेला । ए अर्चले पढ्ने भइस भनेर गांउ घरेले तथा आफ्ना सिनियरहरुले दिने कम्प्लीमेन्टले कम्ता आनन्द दिन्थेन । विर्घामा रहेका भवानी र जनतामावी मध्ये वैघा तिर भवानी लोकप्रीय र पायकमा थियो भने विर्घातिर जनतामावी ।
हामी मौला कइन्डाडा र कट्टीका केटाकेटी जनतामावी तिरै जान्थ्यौ । हामी पढी राखेको जनताप्रावी कट्टी भन्दा जनतामावी कता हो कता ठूलो थियो । त्यहाका वेन्च डेस्क र पढाउने सरहरुको काइदा नै वेग्लै थियो । त्यसैले अर्चले सम्म पुग्नु फूर्ती वढ्नु थियो र नंया साथी वनाउने मौका पनि थियो । त्यतिवेला जमावीमा गुल्मीको पंहादी, धुसेनी, चेहेमी, लुम्पेक, हर्मीचौर र मिर्मीसम्मवाट पनि विद्यार्थीहरु आउथे ।
हामी फुच्चे केटाहरु गन्डकी पारी गुल्मीवाट आउनेलाई पारीका भनेर चिन्थ्यौ र उनीहरुको एकतावाट प्रभावीत पनि । अर्चले पढ्न जाने कक्षा ६ का फुच्चेहरु पारीका केटाहरुको पिटाइ नखाने कमै होलान । माने र शिवेले त सरलाई पनि पिट्छन गरेः हाम्रा सामु चर्चा हुन्थ्यो । अव सरलाई नै हात हाल्न पछि नपर्ने केटाहरुवाट हामीले पिटाइ खानु त नौलो थिएन ।
त्यति वेला स्कुलमा हर हिउदे छुट्टीसंगै हुने अखिल नेवीसंघको लडाइ नियमित नै थियो । नैन वहादुर, लालु वीक, देउ वहादुर वारीवाट र पारीवाट खिमे, माने, शिवे हरुको लडाइ चली रहन्थ्यो । अखिलको आक्रमणवाट जोगिन वैघाका मगर केटाहरु वोलाउन विर्घेली वाहुन केटाहरु तारन्तार गइ रहन्थे । विर्घा मुल भएरपनि होला अर्चले शुन्दर, राजु हरुको कामनै वैघा जानु केटा वोलाउनु हुन्थ्यो ।
दिनदिनै वोलाउन अप्ठेरो परेपछि विर्घातिरका केटाहरुले जुक्ती निकाले वैघा तिरका केही मगर केटाहरुलाई जमावीमा स्थायी भर्ना गराउने । त्यसै जुक्ती स्वरुप पारीको केटाहरुको पिटाइवाट जोगाउन दुत वनेर आइपुगे मदन, रेम वहादुर र महेश ।
अरुको तुलनामा मेरो क्लासको सहपाठी भएरपनि होला मदन मेरो नजिकको मित्र मन्डलीमा आइपुग्यो । सरल र सहयोगी मदन स्कुलका शुरुका दिनमा लजालु पनि थियो । उसको पढाइ भन्दापनि पारीका केटाहरुको पिटाइवाट जोगाउने हाम्रो रक्षा कवच थियो मदन । ठूलो जिउडालको मदन हेर्दापनि आकर्षक थियो ।पढाइमा भन्दा केटाहरुको सुरक्षामा वढि ध्यान दिएर होला मदन पढाइमा भने सामान्य थियो । कति पल्ट एक्जाममा मेरो र मदनको सिट एउटै पर्दा हामी बीच सहकार्य पनि भएको थियो । कपी हेर्न नदिए होडलो गर्ला भन्ने डरले होला हाम्ले अगाडी पछाडी हेरे सिट चेन्ज गर्दिने सरहरु मदनले कपी नै सारेको भेटेपनि नदेखे जस्तो गर्थे ।
पढाइको शिलशिला संगै मदन र म एसएलसी पछि छुट्टीयौ । मदनले पढाइलाई निरन्तरता दिएन भने म पाल्पा कलेज पढ्न झरे । मदन केही समय विदेश तिर रहेको थियो । बीचमा खासै भेट हुन नसकेको मदन कहिले कांही कट्टीको शहकारी तिर आउ जाउ गरेको खवर पाएपनि प्रत्यक्ष भेट हुन भने सकेन । परिवार सहित घ्यागंसिगं खरकमा रहेको मदन स्मृतिको कुनामा ओझेल परेर रहेको वेला एक्कासी तस्वीरमा भने देखा पर्यो । पछिल्लो समयको श्रृजनशिल भाई विष्णु थापाले खिचेका विर्घाका अनेक तस्विर मध्ये मगर नाचको फोटामो सहपाठीसंग ताली वजाएको मदन देखा पर्यो । अली छिप्पीएको मदनको तस्वीर भएपनि मेरो स्मृतिमा रहेको त्यही लजालु, त्यही खाइलाग्दो जिउडालको र हामी फुच्चेहरुलाई पारीका गोपाल, किस्ने र नन्देहरुसंग जोगाउने मदन धेरै वेर आइरह्यो ।
स्कुले जीवनका अनेक मित्रहरु अनेक शिखरमा चढ्दै होलान । कतिपय आफ्नै व्यवहारीक र पारीवारीक जीवनमा रमाइरहेका होलान, मेरो स्मृतिमा भने त्यही घर्ती रमेश, मदन, गक्रुंगाका यग्गे, विजय, भिम, गहलामको धु्रर्व, तुल्सीराम, डिल्ली नारायण, वर्राचौरको भिम, डिल्लीनारायण, वइघेली किस्न, शोभाखर, दिपक, केदार,पारीकी भगवती र पुच्छारकी रिम कुमारीहरुको पुरानो स्मृति घरी घरी आइरहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *