भव्य रह्यो ब्याटको तेश्रो वर्षगाठ


सहभागीहरु सामुहिक तस्विर खिचाउदै ।
रुक्मागत अर्यालले झन्डै आधा दर्जन कार्यालयको अनुभव संगालेर महिला मन्त्रालयमा छिर्दै गर्दा ब्याटले पनि ३ वर्ष पुरा गरेको छ । २०६८ को भदौ २८ गते प्रताप कुमार पाठकको हातवाट राष्ट्रसेवाको जिम्मेवारी सहितको नियुक्ति पत्र वुझेको १३३ जना राजपत्रांकित अधिकृतहरुले आफ्नो नियुक्तिको तेस्रो वर्षगाठ शुक्रवार भव्य रुपमा मनाए ।
राजधानीमा रहेका र समय मिलाउन सकेका करिव चार दर्जन मित्रहरुको उपस्थितिमा राजधानीको तीनकुने स्थित सिद्धार्थ कटेजमा ब्याटले भव्य रुपमा आफ्नो तेस्रो वर्षगाठ मनाएको हो । ठुलो उत्साहका साथ निजामती सेवामा प्रवेश गरेको यो जम्वो टोलीले कार्यक्षेत्रमा गएर अनेक अनुभव संगालेको छ । हिजो जोशका साथ प्रस्तुत मित्रहरु आज पुरै होशीयारीका साथ प्रस्तुत भएका छन । कोही देशका कुना कुना पुगे कोही विदेशको शयरमा पुगे । अनेक अनुभव संगालेको यो टिम एउटा मानव निकुन्ज जस्तो लाग्छ । त्यहा कर्णालीका भुपेन्द्र थापा र याम वहादुर वुढा छन । मधेशका तेज नारायण यादव हुन या प्रदिप शाह छन । राजधानीका शिरिष उपाध्याय देखि पहाडका प्रकाश पन्थी, हरि पौडेल या नरहरि घिमिरे, रामकुमार शर्मा, खेमराज अर्याल छन ।
आफ्नो तेस्रो वर्ष गाठ मनाउदा हामीले दिवंगत भएका गोविन्द कटुवाल संझीयौ र भावुक भयौ । स्टाफ कलेजमा विताएका क्षण संझेर रोमान्चित भयौ र प्रहरी तालिमका कठिन घडीहरु संझेर भावुक वन्यौ ।
संझनामा मुलुक वाहिर उच्च अध्ययनमा रहेका सुवोध शाह कर्मयोगी र दिनेश तिम्सीना आए । छोटो अवधीको विदेश भ्रमणमा वाहिर पुगेका तारा ज्ञवाली र वेद भन्डारी आए । कार्य क्षेत्रमा भएका कारण राजधानी आउन नपाएका दान वहादुर ऐडी र गणेश विक्रम शाह आए ।
राजधानीमै रहेर पनि नआएका हुम नाथ र हरि दाई आए । विहानै फोन सम्पर्क गर्दा झोक्किदै मु………….ला आउदैनौ हामी भनेर झोक्कीने मित्रहरु धेरै मिस भए मेरा लागि । हुनत वैवाहिक जीवन पछि हुमनाथ पराजुलीले मित्रलाई भन्दा मिसेसलाई ज्यादा समय छुट्याएका छन । तैपनि किन किन हरि दाई र यो जोशिलो मानिस मेरो स्मृतिमा ज्यादा आइरहन्छ । यी दुईसंग वसेर म सामान्यको चौरमा घन्टौ विताउथे । सामान्यले ढोका थुनेपनि खुल्ला चौरमा हामी वसी रहन्थ्यौ । मित्रहरु जंहा हराएपनि ती स्मृति ताजै छन ।
३ वर्ष सजिलै वितेछन । अनेक भुगोल, मानिस र कामकाजको अनुभव दिलाएर गए ति तीन वर्ष । यद्यपि यी ३ वर्ष भन्दा ६ महिना स्मृतिमा प्यारो भएर वसेका छन । स्टाफ कलेजको चौरमा सधै गुनासो गर्दै खाएको खाजाको स्वाद त्यति वेला नभएर यति वेला ज्यादै मिठो वन्दो रहेछ । प्रहरी तालिममा दौडदा घुडा दुखेपनि अहिले संझीदा मात्रै पनि मुहारमा मुस्कान आउछ ।
जनकपुर जादा पृथ कटुवाल भेटिन्छन, पाल्पा जादा के. बी. खत्री भेटिन्छन, सिराहा जादा रामकुमार महतो भेटिन्छन त महेन्द्रनगर जादा धर्मराज जोशी कम्ती रमाइलो हुदैन नंया ठांउमा मित्रहरु भेटिदा । व्याटको उपलव्धी यही हो । नवराजजी सामान्यमा भएकाले अधिकांश साथीहरुको सरुवा सहज भएको छ । तालिम छुटेपनि व्याटको वर्षगाठ नछुटाउने विजया सत्याल, सधै सकारात्मक सोच्ने र जीवनमा नतिजा पनि त्यस्तै पाउने मिनाक्षी भुर्तेललाई भेट्दा वेग्लै उर्जा महशुश हुन्छ । सिम्पल र सदावहार सुरज भेट्दा छुट्टै आनन्द आउछ । आइदिएको भए रमाइलो र रौनक थप्ने राजन पौडेल र भट्टराई कता गए होलान । नंया कुरा सिक्न सधै तत्पर रहने हरिकला आचार्य अहिले जिल्ला हांकेर वसेकी छन । अनुप के.सी नआएको भएर होला गोर्खाली मित्र भट्ट आएनन । धर्मराज रोकाया, मात्र होइन सदावहार जोक्सका धनी अर्जुन कुमार मन्डल पनि अनुपस्थित रहे । तारा जोशी देखि तारा कुंवर सम्म, तिलक खड्का देखि पिंकी राय सम्मका मित्रहरु कार्यक्षेत्रमा भएर आउन पाएनन ।
अनेक व्यक्ति चित्रहरुको यो लामो सुचिमा भेटिएकामात्र होइन नभेटिएका मित्रहरुको सुची पनि लामो छ । मौका मिले आगे साल भेटोला । २६ औ व्याटका सवै मित्रहरुमा लाख शुभकामना ।

नाचगानमा रमाउदै सहभागीहरु ।

फडिन्द्र, सुरज र दुर्गा वन्जाडे मधुर मुस्कानका साथ ।

सहभागी मित्रहरुको सामुहिक तस्विर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *