यतिवेला म पुरै रित्तो भएको छु । लामो समयको काठमाण्डौ खाल्डोको वसाइ, एकनासको जीवन शैली र एकलकाटे स्वभावले मलाई रिफ्रेस हुनवाट रोकेको छ । उमेर छिप्पीदै जादा जिम्मेवारीहरुपनि छिप्पीदै जादा रहेछन र सम्वन्धहरु जटील वन्दा रहेछन ।
आजको अवस्थामा सोच्दा लाग्छ आफ्नो भन्ने पुरा भयो र अव आफ्नाहरुकालागि वांकी जीवन दौडदैछ । हरेक विहानका नियमित प्रक्रृयाहरु भिडभाड युक्त कार्यथलो र लोभीपापी प्रवृतिवाट उन्मुीक्तकालागि तय भएको केही दिनको लमजुंग र मनागं यात्राले केही नविनता त थपे तर ति यात्रा हतारोका थिए । सार्वजनिक विदाका जोडा दिनमा काठमाण्डौ देखि लमजुंग अनी मनागं हुदै वन्दीपुरसम्मको तिर्सना मेट्न कठिन हुदो रहेछ ।
मित्रहरु यता उति गरिरहेका छन । विर्घावाट आएको कोही हितैसी भन्छ “के हो आजकल त विर्घा विर्सेउ नी” । ती भनाइमा सत्यता छन र छन आत्मियता । गांउ आइदिए हुन्थ्यो भन्ने माया छ ।
गांउ विरानो हुदैछ अभिव्यक्तमा भन्दा मनमा गांउलाई माया गर्ने म अव गांउवाट विमुख हुदै गएको छ । आमा गाउमा हुनुहुन्थ्यो र गांउको मजा थियो । झोला विसाउनी पिढीं थियो । भोकमा खाना थियो झरीमा ओत थियो, फुर्सदमा आफन्त थिए ।
आमालाई वृद्धावस्थाले गांउमा एक्लै वस्न सहज भएन । फेरी ढल्कदो उमेर आफ्ना लागि भन्दापनि आफन्तहरुकालागि हो । आफ्ना सवै शाखा सन्तान शहर पसेपछि आमाकालागि गांउ सहज भएन । एक्लो जीवन गांउमा असम्भव देखिपछि शहरको रमझम भन्दा गांउमै वल गर्ने मेरी आमालाइृ रहरले हैन वाध्यताले शहर ल्याएको छ । आमाको शहर प्रवेशले मन केही शान्त त भएको छ तर गांउ अझै विरानो भएजस्तो लागेको छ ।
यो शहरमा व्यस्तता छ । व्यस्तता र पसिनाले निम्त्याउने केही लाभ हानी हालान तर तिनमा कुनै मोलिकता, अपनत्व र स्वाद छैन । भिडभाड सधैवित्दो छ , दौडदो छ तर त्यसमा कुनै अपनत्व छैन । त्यसैले मलाई हर सपनीमा ऐठन भइ रहेको छ ।
मौले ठुल्दाई र ठुली भाउजु यहा छैनन । भन्जिगंको पहिरो यंहा छैन । वर्खा वढ्दै जादा वढ्ने दविल्लो खोला यंहा छैन । पकौडीनी आवैको मिठो स्वाद छैन र छैन अर्चलेको स्कुल । न कुलुमको नारन छ न अर्चलेको शुन्दर । जसमा वाल सखाको आत्मियता छ र छ हरेक वैशाखे सक्रन्तिमा अरुवामा नुहाएका मिठा संझनाहरु ।
धेरै पछिको शनिवार पुरानो हुदै गएको यो हाते कम्प्युटरमा पुराना दृष्यहरु हेर्दै जादा त्यहा स्वर्गीय भैसकेका केही अनुहार हरु भेटिए ।
कति छिटै समय वितेछ । मौले कान्छा हजुरवा मात्र होइनन, निलकन्ठ सरपनि हुनुहुन्न अव । लुंछेली चन्द्र दाई मात्र होइन रसिक स्वभावका मोहनीलाल खराल पनि संझना र यिनै तस्विरमा मात्रै हुनुहुन्छ । आखिर हरेक यसैगरी संझना भएर जाने जीवननै हो । जीवन भ्रम र मृत्यु मात्र त सत्य हो नी आखिर ।
आजकल फेसवुकले मानिसहरुलाई नजिक ल्याउन र सुचनाहरु शेयर गर्न सरल भएको छ । खाडिमा रहेका हुन या विकसित भनिएका मुलुकमा रहेका सवैले मन वुझाउन रंगिन दुनीयाका रसीक तस्विर हालेपनि ती सवैले विगत मिस गरेका पक्कै छन । लामो समय देश, गांउ, परिवार र आफन्त वाट टाढा रहेका सानु यानेकी गैरावारीका दिपक यता फर्कने कुरा सुन्छु । लाग्छ मानिसलाई विगतले वोलाउछ । आफनो र आफन्त विर्सन त्यति सजिलो छैन ।
म पनि गांउ विरानो वन्दै गएकोमा दुखी भएपनि निरास भएको छैन । गांउलाई माया गर्ने अनेक उपाय हुन्छन । स्वास्थ्य सेवा विभागवाट मित्रहरुले फोन गर्छन । तिम्रो गांउ विर्घा गाविसको स्वास्थ्य चौकी ६ शैयाको अस्पताल वन्ने भयो । हामी संगठन र व्यवस्थापन सर्भे गर्न जादैछौ । समय मिलाउ हामी तिमीसंगै जान्छौ भनेका छन । लगनशिल राजेन्द्र पान्डेको पहलमा क्याविनेटले गरेको यो विर्घाको लागि ऐतिहासिक निर्णयपछि गांउ जाने मेसो मिल्ला जस्तो छ । दैवले यस्तै अवसरहरु वार वार जुराइदिउन । मैले पहिलो पाइला राखेको मेरो प्यारो विर्घा तिमीलाई मिस गरेपनि माया मारेको छैन ।
विर्घाको मध्य भाग मोहनीलाल खराल, दुर्गा दमाइको घर र पृष्ठभूमिमा कुलुम तथा पराशक्ति मन्दिर ।
वैघा भन्ज्यागंवाट देखिएको धवादीखोला, घ्यागंसिंग खर्क ।
अव संझानामा मात्रः मौले गोविन्द प्रसाद घरकै मन्दिरमा छोराहरु र आफन्तका साथ ।
चिफलडाडावाट देखिएको खहरे र पृष्ठभूमिमाआलम डाडा ।