अलवीदा खराल बा

Photo0147
विर्घाका पाका मध्येका एक मोहनीलाल खरालको विहिवार निधन भएको छ । लामो समय देखि मृगौला सम्वन्धी रोगवाट पीडित खरालवाको आज अपरान्ह आफ्नै निवास कट्टीमा निधन भएको हो । उंहाका श्रीमती,४ जना छोरा र २ छोरी हुनुहुन्छ । मृतकको आजै अरुवा घाटमा अन्तिम संस्कार गरिएको छ । केही दिन देखि केही पनि नखानुभएका खराल वा केही समय देखि ओच्छ्यान पर्नु भएको थियो ।
खराल वा विर्घा र त्यंहाका युवाहरुकालागि उर्जा थिए । जवानीका जोशिला गफ सुनाउने देखि पल्टनका गफ दिन वुढा निकै सिपालु थिए । लामो समय भन्जिगंमा वसेका खराल वाले वाघका गफ सुनाएर आफ्नो वहादुरीको वखान गर्दथे । वुढाले वाघ संग लडुन नलडुन हामी भने उनका कहानी सुनेर रोमान्टिक वन्थ्यौ । खराल वा पल्टनमा भर्ति भए नभएको त्यति याद छैन तर जे होस पल्टनका लुगा लगाउन र त्यसै अनुसारको गफ दिनमा वुढा १ नंवर थिए । भन्जिगं वसुन्जेल कम्तिमा ६ महिनामा सत्य नारायणको पुजा लगाउने र भजन किर्तन गर्न लगाउने वुढा हाम्रा लागि रमाइलाको श्रोत थिए । तास खेल्नका सौखिन खराल वा लुछेली गणेशका घरमा खराल्नी आमावाट कुटिएको प्रशंग अझैपनि हासोको विषय वन्ने गर्छ । कट्टी वसाइ सरेपछि लाइव्रेरी वरपर युवाहरुले वुढाका गफ सुन्ने मौका पाइरहे । उमेर ढल्कदै गएपनि कहिल्यै निरस र उदास नदेखिने खराल वा केही समय वनको हेरचाह गर्ने जिम्मामा समेत थिए ।
खराल वाले हामी केटा केटी हुदा हुने तिजको रमाइलोमा उर्जा थप्थे । गीत गाउन र खैजडी मजुरा वजाउनमा खप्पिस खराल वा मौलाको भयेरमा हुने हरेक किर्तनमा मनभोग वाड्ने भुमिकामा हुन्थे । हामी केटा केटी मोहनीलाल वा लाई छक्याउदै दुई पल्ट हात पुर्याएर प्रसाद खान्थ्यौ । यसो गर्दा दुई पल्ट प्रसाद फेला पार्ने अरुका बीचमा वहादुर नै गनिन्थ्यो । हरेक सामाजिक काममा सक्रिय र अग्रसर रहने खराल बा मेरा हरेक संझनामा वसेका छन । मेरा बा का साथि खराल वा मैले मेरा बाको स्मृतिमा श्राद्धकोलागि एक छाकी वसेकै दिन स्वर्गवास भए । मैले श्रद्धाले पाउमा निधार पुर्याउने असाध्यै थोरै व्यक्तिमा रहेका खराल वा संगका खैजडी वोकेर धौदीखोला पुगेका हुन या काक्रो चोर्दाका, गन वहादुरकोमा रमी खेल्दाका हुन या तिहारमा कौडा हान्दाका, विरांगदीको वाटो खन्दाका हुन या नेवारी कुवा सफा गर्दाका हरेक संझनामा खराल वा आउनुहुनेछ । परम मित्र शुरेशसंगको गफका हरेक श्रोतका शन्दर्भ खराल वा अव हुनुहुन्न । अल विदा खराल वा । तपाइको आत्माले चीर शान्ति पाओस ।
read more:
http://birgha.com/?paged=3

2 thoughts on “अलवीदा खराल बा

Leave a Reply to Sudip Paudel Cancel reply

Your email address will not be published. Required fields are marked *