कोरोना कहर

विहानै उठेर सिनित्त दाही फाल्दा पनि मन चंगा वनेको छैन । नुहाएर गम्छा सुकाउदा पनि स्फूर्ति वढेको छैन । सामाजिक संजालमा आएका पिंधका तस्विरहरुमा कमेन्ट ठोक्दा पनि उत्साह भरिएको छैन । छिमेकमा भएको मित्र विरानो भएको छ । सधै आउनेले फोनवाटै संचो विसन्चो सोध्न लागेको २ हप्ता पुग्नै लाग्यो । सडकमा निस्किदा मुर्दा शान्ति छाएको छ ।
मानव जगतकालागि नै चुनौति वनेको कोरोनाको कहर टार्नकालागि निकालिएका सबै उपायहरु पट्यारलाग्दा भएका छन । कुन्ठा भरिएको छ । आशा लाग्दा खवरहरु घटेका छन । खतराका घन्टी वज्ने खवरहरुले मानिस सशंकित छन ।
हर सपनीमा र हर विपनीमा गांउको झझल्को लिएर हरेक मानिस शहरमा या दुर देशमा वसेका छन । जो जंहा वसेपनि शुख: या दुख:मा काम लाग्ने त गांउनै हो । सहजतामा जंहापनि सजिलो लाग्छ तर असहजतामा आफ्ना, आफन्त र गांउ नै प्यारो हुन्छ ।
अमेरिकी राष्ट्रपतीले राहत र सहयोग नागरिकलाई मात्रै गर्न सकिने कुरा वताउनु र अस्ट्रेलिया का प्रधानमन्त्री स्टक मरिसनले आत्म निर्भर नभएका विदेशीलाई देश छोड्न भन्नु एउटै हो ।
यद्यपि कोरोनावाट आत्तिनु भन्दा सावधानी अपनाउनु अहिलेको खांचो हो ।
हुनत कोरोना कहरले गांउमा पनि मानिसहरु घरवाहिर निस्कीन डराएका खवरहरु आएका छन । यतिवेला एैसेलु पाक्ने र काफल चाख्ने समय हो । विहावारीकालागि लमीहरु कस्सीने र पुजा पाठकालागि सबै तारतम्य मिलाउने वेला हो । यद्यपि कोरोनाले सहजता शहर देखि गांउ सम्म दिएको छैन । यद्यपि गांउमा हुने हरु गांउमै रमाएका छन भने शहरमा हुनेहरु गांउ मिस गरीरहेका छन ।

शान्त शहरको वानेश्वरवाट यी अक्षरहरु टाइप गरीरहदा २४ रोपनी क्षेत्रफलमा रहेको यो परिसरमा चरा कराउदा भने म मेरो स्मृतिमा गांउ नै पाइ रहहेको छु । आगे जो जंहा हुनुहुन्छ शुरक्षीत रहनु होला । कोरोनाको कहर घटेपछि नियमित दिनचर्या त छदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *