विगतका दिनहरु सवैका लागि प्रिय हुन्छन । विगत विरानो छ त्यसैले त प्रिय छ । ती दिनमा अभाव थियो कठिनाइ थियो र पनि थियो रमाइलो । पुरै ग्रामिण परिवेश, आधुनिक भनिएका साधनहरुवाट पुरै पर रहेको त्यो परिवेशमा मौलिकता थियो र त ति दिन प्यारा थिए । विहानको काम सकेर स्कुलका लागि कुद्नु , खल्तीमा केही भए भिमकुमारकोमा चना खानु या युगराजनीकोमा चुकाउनी खानु, खल्ती खाली भए जरुवाको पानी या हात हातै विक्री हुने वर्फीकालागि सापटी माग्नु हाम्रा आम दिनहरु थिए ।
साउन भरी वर्षे विदा हुने ती दिनहरुपछि स्कुल जानु कम दिक्दारी हुन्थेन । विहानैको घाममा हुर्रिदै प्राङग्रणमा पुग्नु र कपिलसरको सिट्ठी संगै अल्छी मानी मानी गोडा वजार्नु । वेलुका सकेसम्म छिट्टै कक्षावाट भाग्नु हाम्रा नियमित क्रियाकलाप थिए ।
त्यस वेलाको अर्चले, पकौडेनी आवै, चिफल्डाडाका भिमको पसल, पाइनापल विस्कुट, वरको फेद, कुलाको वाध, हाम्रा दैनिक जीवनसंग जोडिने नामहरु थिए । वर्षामा पौडी खेल्नु र हिउदमा स्वस्थानीका कथा सुन्नु हाम्रा वर्षेनी दोहोरीने घटना थिए । तिहार छेक केही दिन भैलो भैलो भन्दै हिड्नु र जम्मा भएका केही रुपैया सिलटुङवारी भित्र तास खेलेर तिहार मनाउनु हाम्रा वचपनका वदमासीहरु थिए ।
वैशाख जेठमा मकै रोप्नु वा गोड्नु, असार साउनमा धान रोप्नु र आप कटहर खानु, भदौमा कोदो रोप्नु हाम्रा वर्षेनी आउने काम हरु थिए । आमा दिदीहरुले कोदो रोप्नुहुनथ्यो हामी मेलो खनेर तयार गथ्र्यौ । त्यतिवेला काम गर्दा दुख भएपनि अहिले संझदा ती दिनहरु प्रिय लाग्छन । समय धेरै अगाडी वढेको छ कालीले कलर फेरेको छ र धेरै माघहरु गइसकेका छन ति दिनहरु फर्काउन संभव छैन । तैपनि ति दिनको संझना आइरहन्छ ।
फर्केर हेर्दा
फर्केर हेर्दा
ती दिन जो ख्याल ख्यालमै विते
यात्राका क्रममा तंनहु र नवलपरासी सांधको काली किनारामा २०६४ वैशाखमा !
२०६२ मा त्रिभुवन विश्व विद्यालयवाट स्नातकोत्तर सकेपछि आवस्यक कुराहरु परिपुर्ति गरेर मैले २०६३ मा विद्यावारिधीका लागि डिनको कार्यालयमा निवेदन दिएको थिए । २०६३ श्रावणको मेरो दर्ता बीचका अनेक उल्झन र व्यवधानले थेसिस पुराहून लामो समय लाग्यो । त्यस क्रममा गन्डकी शेरोफेरोको अनेक भ्रमण भए । यसै क्रममा शोध विशेषज्ञ राजाराम सरसंग काली किनारमा गरिएको पैदल यात्रा अभियान अविस्मरणीय थियो ।
देवघाटस्थीत महेस शन्यास आश्रमका डां रमानन्द गिरीसंगको भेट ।
नफर्कने जमावीका दिनहरु
अझै उस्तै छ: जनतामावीको पुरानो भवन ।
जनता मावी स्यागंजाको पश्चिम क्षेत्रकै पुरानो र प्रतिष्ठित माध्यमिक विद्यालय हो । यस विद्यालयमा अध्ययन गरेकाहरु राज्यको उच्च तहमा पुग्नुका अलावा देश विदेशमा समेत नाम कमाउन सफल भएका छन । आफ्नो सिमित ज्ञानको ठुलोअंश यसै विद्यालयवाट आर्जन गर्न पाएकोमा म पनि आफुलाइ भाग्यमानी नै ठान्दछु । झन्डै 2016 सालमा स्थापति यस विद्यालयमा अनेक उकाली ओरालीका वावजुद २०४७ देखि २०५१ सम्म मैले पनि अध्ययन गरेको थिए ।
चारवजेको विद्यालय छुट्टीपछि घरघर लागेका जमावीका विद्यार्थीहरु ।
विगतलाई फर्केर हेर्दा
विगतलाई फर्केर हेर्दा कहिलेकांही गजवको अनुभव हुदो रहेछ । यस्तै अनुभव भयो मलाई यो तस्विर हेर्दा । मन्दिराले कट्टी स्कुल पढ्दा ताका हअुन पर्छ कुनै गांउको भ्रमणमा आएको कुनै विदेशीले प्रस्तुत तस्विर खिचेको रहेछ । उसले गुगगलमा तस्विर शेयर गर्यो हुनत यो गुगल आउनु भन्दा अगाडीको कुरा हो जस्तो लाग्छ । मरेगंदा निवासी प्रवन्ध वाको करिव ४० वर्षे जवानीको हुनपर्छ यो फोटो ।
अहिलपनि उत्तिकै दम छ वुढामा । तैपनि उमेर छिप्पदै गएको छ । वालीमा ओज भएपनि शरिरमा शक्ति पक्कैपनि कम छ । जनता प्रावी कट्टीमा आयोजित सांस्कृतिक कार्यक्रममा खिचिएको यो फोटो अनेक सर्च गर्दे जादा भेटियो र विगतको संझनालाई ताजा वनाउन यंहा राखियो ।
कुरा कट्टीका
विर्घा ६ मा रहेको कट्टी विर्घाकै करिव करिव बीच भागमा पर्दछ । कट्टी सडक सुविधाको केन्द्रमा परेपछि त पसल धाउने हुन या गाविसमा शिफरिश लिन आउने सवैको सुस्ताउने ठांउ वनेको छ । सहकारीको नगद, तर सस्तो पसल, विर्घाकै ज्ञानको केन्द्र लाइव्रेरी वा अन्य गफ गाफका शिलशिला होउन यो ठांउ सवैको रोजाइ वनेको छ ।
त्यसैले होला यस ठांउमा घडेरी किन्ने वा घर वनाउने लालासा वोक्ने लाहुरेहरुको संख्यापनि वढेको छ । विहानीको समयममा सडक छेउका पसलमा भेटिनेहरु दिउसो लाइव्रेरी वा गाविस भवनतिर भेटिन्छन विर्घाकै पहिलो प्राथमिक विद्यालय हाल जनता प्रावीको नाममा कट्टीमै रहेको छ । अझ यंहा शिवजीको आकर्षक मन्दिर वनेपछि त यस ठंउको आकर्षण अझ वढेको छ ।
केही हप्ता अघि एक विहान कट्टीको चौकमा भेला भएर गफिएकाहरु मेरो क्यामेरामा कैद भए । तिनै ताजा तस्विरहरु ।
1)गफिदै गरेका स्थानीयहरु । 2)कट्टीका घरहरुका बीचमा वन्दै गरेको शिवको मन्दिर । पहेलो रंगमा ।