प्रवेशीकामा विर्घाको राम्रो नतिजा

यस वर्षको प्रवेशीका परिक्षामा विर्घावाट आशा लाग्दो नतिजा निस्किएको छ । विर्घामा रहेका २ माध्यमिक विद्यालय मध्ये जनता मावी अर्चले वाट परिक्षामा सहभागी ६३ विद्यार्थी मध्ये २७ जना उतिर्ण भएका छन ।
उतिर्ण विद्यार्थी मध्ये विशिष्ट श्रेणीमा ३ जना, प्रथम श्रेणीमा ११ जना, द्धितीय श्रेणीमा १२ जना र तृतीय श्रेणीमा १ जना रहेका छन । विद्यालयका शिक्षक धु्रव पान्डेका अनुसार निरन्तरको मेहनत पछि उक्त नतिजा संभव भएको हो ।
त्यस्तै वैघा भन्ज्यागंमा रहेको भवानी मावीले पनि यस वर्षको प्रवेशीकामा राम्रो नतिजा ल्याएको छ । परिक्षामा सहभागी भएका ५३ विद्यार्थी मध्ये १५ जना उतिर्ण भएका छन ।
उतिर्ण मध्ये ८७ प्रतिशत ल्याइ एक जना विशिष्ट श्रेणीमा र ९ जना प्रथम श्रेणीमा रहेको विद्यालयका शिक्षक दिपक घिलेले जानकारी दिए । भवानी मावी वाट सहभागी परिक्षार्थी मध्ये २३ जना पुरकमा परेका छन ।

राम रमितोमा गांउ घर

भोली जनवरी १९ वर्षकै दिक्क लाग्दो दिन हुने वैज्ञानिकहरुले घोषणा गरीरहदा विर्घा तिर भने राम रमितो रोकिने छाट छैन । हिउदका पारिला घाम तापिरहेका विर्घालीहरु यतिवेला श्रृजना प्रावी वनकसी डाडांको रजत महोत्सवको रमाइलोमा झुमेका छन । राष्ट्रीय र स्थानीय कलाकारले लगातार ३ दिन रमाइलो पस्किरहेका वेला चौका टाल्ने र सुपारी काट्ने काम चलीरहेको छ गांउ भरी । १००० पूर्ण चन्द्रमाको दर्शन गरेका वुढावुढीहरु चौरासीको तारतम्यमा छन भने कलिला युवाहरु व्रतवन्धको चटारोमा । विद्यालयमा जाडो विदा भएकाले स्थानीय स्कुले शिक्षक र विद्यार्थी फुर्सदमै छन । हिउंदमा वालीको काम कम भएपनि यसवर्षको हिउदे झरीले राउत पाएका गांउलेले खेत वारीमा गहु छरेर हरियाली जोगाएका छन भने भकारी भर्ने मेसो पनि गर्दै छन ।
“हिउदको मानु मागी मागी खानु” भन्ने उखान अनुसार नै जग्गे जात्राका तारतम्मे मिल्दैछन । यतिवेला अरु फुर्सदमा भएपनि पण्डितहरु भने वेफुर्सदीला देखिएका छन । कतै पाठ त कतै स्वस्थानी, कतै ग्रह शान्ति त कतै विहा व्रतवन्ध ।
यिनै अनेक उपक्रमले दिन विताउन गांउमा केही कठिन छैन । मेरो गांउ विर्घामा राम रमिताका अनेक श्रृंखला चलीरहदा म भने केही फेसवुके तस्विरवाट तिनै दृष्य संझिने कोशिश गरेको छु ।

भान्सा चल्दैः गहलाममा पूजा पछि चल्दै गरेको भान्सा । विर्घामा अझैपनि पुजा पाठमा व्रतवन्ध गरेकाहरुले नांगै भएर खाना खाने परम्पराको निरन्तरता छ ।

कसो गर्ने होला ः यहीमाघ ११ गते अरुवा घाटमा एकाहाको तयारीमा रहेका विर्घा ५ निवासी राम प्रसाद पान्डे शालिकराम पान्डेसंग सल्लाह लिदै ।

कुरा सुन माइला वाउः विर्घा ६ कट्टीमा रहेको चिया पसलमा गफिदै हिमलाल पान्डे अर्चलेवारीका जोगप्रसाद पान्डेसंग ।
(तस्विरहरु: माधव पान्डे र नारायण पान्डे)

विर्घा नविर्सनेहरुलाइ


यतिवेला मध्य जाडोमा रहेको विर्घामा हिंउदका प्रशस्तै शंकेतहरु देखिएका छन । खेतवारी वाझैछन, घाम ताप्ने र गफ हाक्नेहरुको भिडभाडै छ पसल चोक र गफ अखडाहरुमा । हुनत यसैपनि “विर्घाको वुढो चिनिन्न ढेंडुवाको वुढो चिनिन्न” भन्ने उखान चलेका वेलामा जो कोही नौलो मान्छे पुगेपनि यो उखान चरितार्थ भएको पांउनेछ विर्घामा । वुढादेखि वयस्क मुखमा धुंवा उडाउदै चियाका कपमा हुन्छन, पसलका गफमा ।
विद्यालयका शिक्षक व्यस्त होलान अरु गांउमा खास काम केही छैन । विहावारी खासै छैनन । कम छन अव त पुष पनि लाग्न थाल्यो । पुष लागेपछि अव यो वर्ष फुर्सदै भएको छ विहेवारी मिलाउने लमीहरुलाइपनि । भएका ठिटाहरु कित पढ्न काठमाण्डौ कि त रिंगेट कमाउन मलेशिया पुगेका छन , वचे खुचेकापनि अघिल्लो वर्ष खयारको कारोवर गरेर केही लाख हात लगाएपछि वुटोल तिर हिडेका छन जग्गाको कारोवारमा । पछिल्लो अनौपचारिक आंकडा अनुसार वुटवलमा रहेर जग्गाको कारोवार गर्नेहरु करिव ३ दर्जनको हाराहारीमा विर्घाली ठिटाहरु रहेको पाइयो । सके लगानी नसके दलाली राम्रै आयको मेलो भएको छ जग्गाको कारोवार । गांउमा वुढावुडी छन । जाडोको आक्रमणका निशाना ती वयलाइ केही भए मलाम जाने मान्छेकै मुस्किल पर्ला जस्तो छ विर्घामा ।

गांउमा केही विकासे कामहरु पनि भएका छन । करिव सवैजसो वडामा डोजरवाटो पुगेको छ । खानेपानीकालागि करोडको वजेट पर्यो भनेर केही राउन्ट मिटिंगपनि सकिएको छ । अरु त यथावतै छ गांउ । अ केही सालको लागि दुवै गएको लाहुरे घर फर्कीदा भने अचम्मै पर्नु पर्ने भएको छ विर्घा । मोवाइक धेरैका शान भएका छन । मोवाइलमा वात मार्यो मोटरवाइक कुदायो । गजवै भएको छ गांउ । गांको संझना गर्नेहरुकालागि केही अघि लिइएको विर्घाको यो फाइल तस्विर ।

विर्घाको वखान गरेर थाकिन

विर्घाको वखान गरेर नथाक्ने भएपछि पछिल्लो समय अनेक अल्झलने गर्दा व्लगमा नविन प्रस्तुतिहरु दिन सकिरहेको छैन । विस्तारै वढेको चिसो र चिसोको मरिज म, लोकसेवाका क्लासहरुको चापाचाप, र वढि जनसम्पर्कहुने कार्यस्थलका बीचमा इन्टर्नेटको ढिलाइले यस्तो अवस्था आएको हो ।
कुनै वेलामा विर्घाको नंया फोटो पाउने वित्तिकै कीवोर्डमा दौडने औलाहरु यतिवेला सुस्ताएका छन । ठुलो रहर हुदा हुदैपनि दिन दिनै अपडेट दिन नसक्दा खस खस लाग्दो रहेछ । यतिवेला आफ्नै फोल्डरमा अनेक फोटोहरु हुदा हुदैपनि खास केही फुरी रहेको छैन । यसै मेसोमा केही फरक एंगलवाट लिइएका तस्विरहरु तपाइको लागि ।

कामी गांउवाट लिइएको तस्विरमा मौला कइन्डाडा, भुष्टुग, खहरे आलमदेवी प्रष्ट देखिन्छ ।

पुरानो क्षेत्रपालको मन्दिर गांउवाट लिइएको तस्विरमा, माझखन्ड, वनकसी डांडा, पुच्छार देखिन्छ ।

विर्घाको उत्तरी वेल्टः यांगुदी वन, वास डांडा, घरीपोखरा र पारी गुल्मीको अर्वेनी गाविस ।

पूर्वी डांडोवाट लिइएको विर्घाको तस्विर ।

जिन्दगी हे शुहाना…

“जीवनको स्वाद त गांउमै पाइन्छ । ” धेरै वर्ष राजधानी वसेर एक सफल जीवन विताएका व्यावसायीक मित्रले मलाइ गएको साता भने । भौतिक सुविधा र आर्थीक रुपमा सम्पन्न मित्रको सामाजिक हैसीयत पनि माथि नै लाग्छ । यद्यपि उनको पेसा व्यवसाय र हैसीयतवारे वेखवर गांउ भने उनलाइ प्यारो लागेको सुन्दा म केही वेर अलमलमा परेको थिए ।
उनको कुराले उनकै वाटोमा लम्कन चाहने मलाइ केही समय रन भुल्लमा पनि पार्यो ।
दिनभरीको थकानपछि पनि उनको कुराको खसखस मेटिएन । वेलुका काखे कम्प्युटरकमा रहेको सिद्धिचरण श्रेष्ठले लेखेको र नारायण गोपालले गाएको “मेरो प्यारो आखलढुंगा …….” गीत सुन्दै मेरो फोल्डरमा रहेका केही पुराना अनि गांउसंग सम्वन्धीत तस्वीरहरु नियाले । त्यहा काभ्राको घांस्को भारी वोकेका भरत सर थिए । “जिन्दगी हे सुहाना…कल क्या होगा किस्ने जाना… भन्ने वान्द्रेडांडाका वुवाका तस्वीर थिए । गाविस भवनमा भइरहेको मिटिंग्को तस्वीर थियो र र थियो स्कुल दगुर्दै गरेका विद्यार्थीको तस्वीर । सोचे आपाधापीमा परिचय हराउदो शहरमा ति सवै गौण थिए । तर मेरो मनलाइ हल्लाउन भने ति काफी थिए । गांउहो जंहा आफु भन्दापनि आफ्नो परिवार या पुर्खाका नाममा परिचय पाइन्छ । जहा समयको कोही दास छैन र अनावस्यक कुरा मनमा खेलाएर दुखी हुनी लेठो कसैले गर्दैन । प्रदुशषण अनेक विकृतिले ग्रस्त यो शहरमा मेरो मनमा मल्हम लगाउन सफल तिनै केही प्रतिनिधि तस्वीरहरु जस्ले मेरो हाराएको निदलाइ सुस्तरी सु्तरी मेरो आंखामा ल्याइ मलाय सपनिमा गांउमै पुर्याएका थिए ।
Photo: A viEw oF BiRgHa :-)

सुखको साक्षी र दुखको चौतारी

गांउ सुखको साक्षी र दुखको चौतारी हो । त्यसैले सवैका सुखमा सामेल हुने र दुखमा सूस्ताउने मद्दत गर्ने संस्कार गांउमा छ । साथ छ सहयोग छ उल्लास छ र आनन्द छ । त्यसैले त गांउवाट आएको जो कोहीले आफ्नो उत्तरार्ध गांउमै विताउने कल्पना गरेको हुन्छ । भलै त्यो त्यतिवेला संभव होला या नहोला ।
शहरमा अवसर छ तर आनन्द छैन, भौतिक शुख छ तर आत्मिक शुख छैन, मित्र छन तर कृतिमता छ , धपेडी छ तर उपलव्धी कम छ, शुन्दरता छ तर मौलिकता छैन । त्यैसैले त गांउको स्वाद चाखेकाहरु गांउ प्रति लालयीत भइरहन्छन । कठिनाइका बीच पनि मौलिक जीवन छ, मौलिक शुख छ ।
दीदी वहिनी, दाजु भाई, आमा वुवा, काका काकी, साथी संगी सवैको सामप्यिता र चाख गांउमा । मकै वढेर हरियालीले छपक्क छोपेको गांउमा अहिले पानी नपरेर गर्मी पनि वढेको छ । यसै मेसोमा गांउको खवर वुझन फोनमा -कसो होला विर्घाको हाल?भनेर मौला यज्ञ दाइलाई फोन गर्दा भन्नुभयो “आप पाक्न लागे आउन्नस- लिची पनि खानी वेला भयो, यो पल्ट कटहर पनि के विधी फलेका होलान ।”
तिनै आप कटहर, तिनै निर्दोश आफन्त गांउलेको याद यो व्यस्ततामा पनि घरी घरी आइरहेको छ ।

सुख दुखका कुरा गर्दै कान्छी वै र वान्द्रेडांडा दिदी ।

एक धार्मिक कार्यक्रममा सरिक गांउलेहरु पेटीमा सुस्ताउदै ।

विर्घाका वासिन्दाहरु

विर्घा नपुगेको धेरै भएको थियो यसै मेसोमा मौका मिल्यो गांउ भ्रमणको । खासमा केही विहावारी केही पुजा आचा केही सामाजिक कामका लागि गांउको भ्रमण गर्दा केही मित्रहरुसंग भेटघाट, गफगाफ र घुमघाम भयो । योे गांउ वसाइका रमाइला तस्विरहरु मसंग जम्मा भएका छन । टेक्स्ट टाइप गर्न नभ्याएको कारणले पछि ती मायाका चिनाहरु खुल्दै जानेछन । हाललाई यी मित्रहरु ।
IMG_0791
जनता प्रावीका शिक्षक दीपक पान्डे कुलुममा तस्विरकालागि पोज दिदै ।
IMG_0721
याम प्रसाद पान्डे, पदम पाण्डे र वलराम पान्डे शहकारी पसल कट्टीमा ।
IMG_0788
हसिला शिव पान्डे चण्डीसरसंग कुलुममा ।

विर्घा मेरो मिठो विगत

देउरालीको वरै ढलेछ,

चौतारीको पीपल ढलेछ,

वाटो हिड्ने वटुवाको सितल ढलेछ……
46187_1601950728328_1313856_n

क्षेत्रप्रताप अधिकारीले लेखेको यो गीत सिशिर योगीले त्यसै गाएका रहेनछन । यसमा राम्रो दम रहेछ भन्ने ज्ञान मलाइ यतिवेला फिरेको छ । स्वभावैले पहाडको मेरो आकर्षण रहनुमा सुदुर गांउ विर्घाको ठुलो हात छ । समयक्रमले विर्घा विरानो भएपनि त्यहांका स्मर्णहरु कहिल्यै धुमिल हुदा रहेनछन । स्याङजा सदरमुकामवाट अलि परै रहेको विर्घा कालिगन्डकी जलविद्युत परियोजनासंगै पुगेको मोटर सुविधाले सुगम भएको छ ।

शैक्षिक दृष्टीले अव्वल रहेको विर्घा मेरो मिठो विगत हो । भविष्यको त कस्लाइ के थाहा । मेरो जीवनको लामो कालखन्ड विर्घा त्यसमाथिपनि मौलामा वितेको छ । मौला भन्ने वित्तिकै पिपल त कस्ले विर्सेला र । मौलाको पिपल त्यो भेकको परिचय थियो । हामी दैलामारा खेलेर वस्ने देखि सांझका रहिसहरुले आराम गर्ने थलो थियो त्यो । प्रत्येक दशैको पिङ मौला चौपारीमा हुन्थ्यो । त्यस भेकका साना तिना मिटिङ मौला चौपारीमै हुन्थे । मेरो वाल्यकाल यही चैपारीको लुकामारीमा वितेकोले होला यसप्रति मेरो वहुतै आकर्षण थियो ।

यति लामो भुमिकावाट तपाइले कुरो थाहा नपाउनु भएको भए । यता अगाडी वढौ । अस्तिको भिषण पानीपछि पहिरो जांदा मौलाको पीपल ढलेछ । यो खवर सुनेदेखि नै विगतले मलाइ घोच्यो । मौलाको पीपल ढलेपछि मौलाको अस्तित्व अव के नै पो रह्यो र । म पछिल्लो पटक विर्घा जांदा रुकुम सोल्टीले पाइप तानेको शुरमा यसै चौपारीका आड लागेर भनेको थियो । दाइ अनि मलाइ ….उस्ले छोडी । उसको उदासीमा पाइप तानेर मैलेपनि साथ दिएको थिए । सुरेश जसलाइ म मांया गरेर डढे भन्थे उनीसंगका वाल्यकालका स्मृतिमा त हरेकपटक मौलाको चौपारी नै जोडिन्छ । कतिलाइ छहारी कतिलाइ सुहारी ल्याइदिएको त्यो चौपारीको संझनामा ।

तस्विरमा देखिएको चौपारी नै मोला चौपारी हो । र अगाडी देखिएको घर मेरो वाल्यकाल वितेको घर हो । समयक्रमले यो घर अहिले खाली छ । अहिले त मुसाले पनि गुड छोडे होलान । सुन्छु मेरो घरको आगंनमा गांउ भरीका कुकुर भेला भएर हल्ला गर्छन रे । कमसेकम भैरवको त समिप पाएको रैछ घरले । यस्तै भनेर चित्त वुझउदै छु । म यही २५ गते विर्घा जादैछु । यसमा मेरो जिम्मेवारी पनि छ । मलाइ यसपटकको वसाइमा त्यती मजा आउला जस्तो छैन । मनले खामेका साथीहरु कोही कता कोही कता छन । अझ भएका साथीहरु भुल्ने ठांउ चौपारी पनि नरहेपछि त के मजा आउलार ख्वै । यो संझना त्यही मौला र चौपारीलाइ । यो फोटो गएको हिंउदमा लिइएको थियो । अव पीपल ढलेपछि यस्तो दृष्य फेरी लिने मेरो धोको अधुरै रहेको छ ।

काशीराम सरलाई पत्नी वियोग

1509709_10201807271207819_9040542142708002868_n
विर्घा २ पुच्छार निवासी समाजसेवी तथा शिक्षक काशीराम पान्डेलाई पत्नी वियोग परेको छ । पाण्डेकी पत्नी सिताको गत वुधवार राजधानी काठमाण्डौमा निधन भएको थियो । पाण्डेकी पत्नी सिता ४९ वर्षकी हुनुहुन्थ्यो । केही महिना अघि देखि पाठेघरको समस्यावाट पिडीत सिताको थापाथली स्थित प्रसुती गृहमा नियमित चेक जांच भइरहेको थियो ।
मृतक सिताका पती काशिराम पाण्डे, दुई छोरा रहेका छन । उंहाकी एक मात्र छोरीको केही समय अगाडी मृत्यु भइसकेको छ । दुखको यस घडीमा स्थानीय समाजसेवी तथा शिक्षक काशरिाम पान्डे तथा दुई छोरालाई प्रति इश्वरले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन, मृत आत्माको चीर शान्तिको कामना ।

संझनामा विर्घा

हिंउदले लपक्कै ढाकेको गांउमा यति वेला धुलालेपनि ढाकेको छ । पोखरा या वुटवलवाट आउने वसहरुसंगै लोकल जिपको धुलाको त वर्णन गरी साध्य नै छैन । यसै धुलोका बीच गांउका केही फाइल तस्विर जुन मैले घरको छतवाट गएको हिउदमा लिएको थिए ।
DSC02673
कट्टी चौक र नरेन्द्रराज पान्डेको घर!
DSC02671
नारायण दाइको घर र मरेगंदा ।
DSC02672
झवीलाला सर र हिमलाल पान्डेको घर ।पृष्ठभूमिमा माझखन्ड र डाडा ।
DSC02675
दीपक पान्डे र स्वर्गीय चन्द्रकान्त पान्डेको घर पृष्ठभूमीमा कइन्डाडा ।