घर मास्तिरको पिपलीको रुख घर अगाडी आमाले सन्जे वाल्ने मैरी । मौलाका भयार, कट्टी र अर्चलेका स्कुल । मेरो अतितसंग जोडिनै सवैभन्दा नजिकका संझना हुन । जीवन संझनाहरुको संग्रह रहेछ । जो संग जे छैन त्यसैको चाह ज्यादा हुदो रहेछ । चैते मासको झरीले हिलाम्मे राजधानीमा यी संझनाहरु अझ निकट भएर आएका छन ।
आज चैते दशै समय मेरो वसमा हुदो हो त यतिवेला हस्यागं फस्यागं गर्दै वैघाको उकालोमा म र मेरा सहपाठीहरु हिड्दै हुन्थ्यौ होला । चैते दशैमा आलमदेवीको रमाइलो रौनक वेग्लै हुन्थ्यो । नाच गान मात्र होइन लंगुर वुर्जाका खालहरु जम्थे । चुकाउनी वारा लगायतका मगर डिसहरु पाइन्थे । खल्ती निथ्रीएपछि तिनै आलमदेवीलाई परेमेश्वरी भन्दै निधारवाट लगुंर वुर्जामा सिक्का खस्थे । साझ पर्न लागेपछि खुट्टा लड्फडाउदै झगडा गर्नेहरुको शुर कस्सिएपछि हामी दौडन्थ्यौ । झिमिक्क हुदा वल्ल घर आइ पुगिन्थ्यो ।
चैते दशै सकिने वित्तिकै कोलडाडाका वैशाखे शक्रन्तिको रौनक आइ हाल्थ्यो । सुका मोहरका गुड र केही रुपैयाका लंगुर वुर्जा ( हामी त्यतिवेला यो खेललाई खोडखोडे भन्थ्यौ)
चल्थे । शक्रन्ति कंहा परेको छ भनेर हेराउनेहरुको ताती लाग्थ्यो हिरन्डाडा हरीप्रसाद गुरु वा चिफलडांडे वेदुवा रामप्रसाद संग । वेलका पत्र टिपेर विहानै अरुवा घाट जानु, वेलपत्र र कालीको कन्चन जलले देहमा सिन्चिनु, केही समय कालीनदीमा पौडिनु र दिउसो कोल्डांडामा गुड खान जानु । कति मौलिक थिए ती परम्परा, कति निश्चल थिए ती सम्वन्ध कति प्रिय थिए ती दिनचर्या । ती सवै आज संझना भएका छन ।
तिनै प्रिय स्मृतिहरुमाझ चैते दशैको शुभकामना।।।।
Author: अनुप
झरीः संझना घरी घरी
वर्षे झरीको छनक दिने गरी परेको पानी केही दिन रोकिने छाट छैन । मेलम्ची पाइपका नाममा खनिएका सडकहरु हिलाम्मे छन । हराउनु पर्ने वेलाको चिसो फेरी पलाएको छ । थन्क्याएका लुगा फेरी निकालिएको छ । लाग्छ मौषमले वाटो विराएको छ ।
चिसिएको मौषममा ज्यान तताउने अनेक वहानाहरु हाजिर छन वाहाना वाजहरुमा । मभने यो झरीमा पुरानै दिनहरु संझीरहेको छु । निरन्तरको झरी र सुनशान कार्यालयको यो अवस्था हेर्दा लाग्छ म आजवाट कुनै नंया कार्यालय जोइन गरेको छु ।
दिनहुका भिड अनेक तर्क, वितर्कका श्रृंखलाहरु बीच आजको यो शान्त दिनले मलाई मेरा पुराना स्मृतिमा फर्काएको छ । छिप्पीदो उमेरमा कलिला यादहरु एक तमासले आइरहेका छन । यस्तो झरीले त्यतीवेला हामीलाई खासै फरक पर्दैनथ्यो । फागुन लागेपछि पौडीका श्रृखंला शुरु हुन्थे । पोखरीमा पानी भए पोखरी जिन्दावाद नभए काली गन्डकी छदैछ । यो त्यतिवेलाको कुरा हो जतीवेला हालसम्म मुलुककै ठूलो भनिएको कालीगन्डकी ए कुन चरीको नाम हो कसैलाई थाहा थिएन ।
घरवाटै शुकुल वोकेर जनता प्रा.वी. कट्टी जाने हामी विस्तारै वढुवा भएर जनता मा.वी. अर्चलेका लागि रमाना भएका थियौ । जनता मावीमा सुकुल वोक्न पर्दैनथ्यो न त घर वरीपरिका मात्र साथी हुन्थ्ये । हाम्रा लागि कक्षा ५ फलामे ढोका थियो । यो आइरन गेट क्रस गरेपछि अनन्तको ढोका खुल्दथ्यो त्यो थियो जनता मावी अर्चले ।
त्यहा अनेक दोकान थिए र थिए खान्कीका अनेक विकल्प । भिमकुमार वा युगराजकोमा चुकौनी पाइन्थ्यो । मग मग वास्ना आउने पाइनापल विष्कुट राख्थे चिफलडांडा भिमले । झरी पर्योकी पकौडेनी आवैकोमा समोसा वा पकौडा पाकी हाल्थे । अनेक मिटिंग या कार्यक्रम हुन्थे अर्चलेमा । गांउका जान्ने सुन्नेहरु इष्टकोटको पछाडीपट्टी छाता झुन्ड्याउदै चिया सुर्क्याउन आइपुग्थे अर्चले ।
नमस्कार गर्न विर्सिए चन्डीसरको उल्टो नमस्कार खाइन्थ्यो । पढाइ भनेको यस्तै उस्तै थियो । अग्रेजी भनेको मिनिगं कन्ठ गर्ने पढाइ थियो, म्याथ समेत घोकिन्थ्यो जांचका वेला, अरु वेला त वरको फेद या कुलाका वाहाद या अरुवा हाम्रा रमाइला गन्तव्य थिए ।
गण्डकी पारी पंहादी, धुसेनी या वक्केवा वाट आउनेले ल्याउने इमीली सुका गोटा किनेर पनि खाइन्थ्यो । अनेक पात्र पारीवाट आउथे । जसमा माने, खिमे, नन्दे, वक्केवाको पुर्से मेरो स्मृतिमा घरी घरी आइरहन्छन ।
कोही देशमा त कोही दुर देशमा रहेका ति मेरा अनौठा मित्रहरु कस्ता भएहोलान घरी घरी संझनामा आउछन ।
जनतामावी रुपी डुंगा चढेर अनेक मुसाफिर अनेक राह पर चल्दै छन तर मेरो प्रकति, मेरो जननी मेरो विर्घा र मेरो जनतामावी केही नभएजस्तो जस्ताको त्यस्तै गजधम्म परेर वसेका छन । घरी घरी संझनामा आउने ती तमाम विगतहरुप्रति….
संझना तिनैको !
“देखाउने कुरा वांकी नरहेपछि मान्छेले लुगा फुकाल्न शुरु गर्दो रहेछ”
पछिल्लो समय सामिाजिक संजालमा पोष्टिएका केही चिर परिचीत अनुहारका यस्तै तस्विर देखेपछि म यसो भन्न वाध्य भए । हुनत मानिसलाई आफुले गरेको कर्म प्रिय नै लाग्ला तर दुर देशमा वसेर निम्न स्तरीय कर्ममा विलिन मानिसहरुसंग देखाउने कर्म खासै हुदैन क्यारे । आफुले काम गर्ने ठांउको सम्म फेटो देखाउन नसकेपछि मान्छेले लुगा फुकाल्दै फोटो पोष्टीदै गर्न लाग्दा रहेछन ।
हुनत मान्छेमा हिनताभावले ग्रशित भएपछि या अन्यसंगको तिव्र प्रतिष्पर्धाले गाजेपछि असमन्जसता शुरु हुदो रहेछ । त्यही असमन्जसतामा केही फुस्केको पनि याद हुदैन क्यारे ।
मुलुक भित्र हुन या वाहिर अहिलेको ग्लोवल वल्र्डमा गर्व गर्न लायक केही परिचितहरु छन । जसको नाम लिदा नै नमन गर्न मन हुन्छ । तिव्र मेहनत, लगाव र परिश्रमले मान्छेलाई त्यस्तो स्थानमा पुर्याएको छ । ती सदा आदर गर्न लायक होउन आजको दिनमा यही कामना छ ।
यो आपाधापीमा पनि म भने कुम्लो वोकी ठिमी तिर भने जस्तो आफ्नै गांउ त्यही परिवेश संझेको छु । तिनै गांउका, तिनै मेला पात र चौतारिका तस्विरले मलाई झकझकाउछन ।
सलाम छ ग्रामीण सरल अनुहारलाई धन्य छ तिनीहरुलाई जस्लाई देखाउने धेरै कुरा वांकी छन त्यसैले त उनीहरुलाई लुगा फुकाल्न परेको छैन र नपरोस पनि ।
वन्दैछ वाटोः अरुवा घाट झर्ने वाटो वनाउन एकत्रित भएका विर्घालीहरु ।
वल गरौ भाइ होः वाटो खन्दै स्थानीय ।
तोरी फूल्यो धर्ती रमाइलोः माझखन्डवाट देखिएको विर्घा ।
सप्तरंगी इन्द्रेणीः इन्द्रेणीका पृष्ठभूमिमा देखिएको वासडाडा ।
(सवै तस्वीरः रमेश र मणी पान्डे )
गोधुली गांउ
मित्रहरुले एनिभर्सरीका फोटोहरु अपलोड गरिरहदा म भने एक तमासले गांउकै चर्चामा छु । पहिचानको लागि वहस छेडिएको राज्यमा म जस्तो ग्रामिण युवाले आफ्नो
विगत भुल्न कंहा सकिन्छ र । गांउ मेरो पहिचान हो, मेरो मिठो विगत हो र आज जे छ त्यसको आधार हो ।
“बल्झियनि मनको ब्यथा घाउ पुरानै हो, नबिर्स है दाजुभाइहो गाँऊ पुरानै हो।।”
केशवले विर्घाका केही पछिल्ला फोटोहरु फेसवुकमा राखेपछि म गांउ संझेर फेरी रोमान्चित भएको छु । यंहाको आपाधापीमा गांउको स्वाद कंहा रहनु । हुनत कैले कांही शुरेशसंग वसेर मोहनीलाल खराल संझने प्रयास शहरमा नभएका होइनन तर कंहाको भन्जिगंको सुवास यंहा पाउनु । भेटघोट र जमघट भएपनि कंहा गांउमा सुपारी काट्दाका या चौको टाल्दाका मौलिकता भेट्नु । कंहा वादशाह या वेइजिंग डकमा कुलामुनी भट्टाइको स्वाद पाउनु ।
यिनै तमामा संझनाका बीच आज भोली त लेखाइपनि छोटिदै गएका छन ।
तोरी फुल्यो धर्ति रमाइलोः मरेंग्दाका फांटमा पहेलपुर तोरी । पृष्ठभूमिमा मरेंग्दाका घरहरु ।
पुजाको तयारी ः चक्रपाणी पान्डेको घरमा एकाहाकालागि तयारी हुदै । कतै दुना टपरी खुट्ने महिला त कतै सुपारी काट्ने भद्र मलादमी ।
(सवै तस्विर: केशव पान्डे)
राम रमितोमा गांउ घर
भोली जनवरी १९ वर्षकै दिक्क लाग्दो दिन हुने वैज्ञानिकहरुले घोषणा गरीरहदा विर्घा तिर भने राम रमितो रोकिने छाट छैन । हिउदका पारिला घाम तापिरहेका विर्घालीहरु यतिवेला श्रृजना प्रावी वनकसी डाडांको रजत महोत्सवको रमाइलोमा झुमेका छन । राष्ट्रीय र स्थानीय कलाकारले लगातार ३ दिन रमाइलो पस्किरहेका वेला चौका टाल्ने र सुपारी काट्ने काम चलीरहेको छ गांउ भरी । १००० पूर्ण चन्द्रमाको दर्शन गरेका वुढावुढीहरु चौरासीको तारतम्यमा छन भने कलिला युवाहरु व्रतवन्धको चटारोमा । विद्यालयमा जाडो विदा भएकाले स्थानीय स्कुले शिक्षक र विद्यार्थी फुर्सदमै छन । हिउंदमा वालीको काम कम भएपनि यसवर्षको हिउदे झरीले राउत पाएका गांउलेले खेत वारीमा गहु छरेर हरियाली जोगाएका छन भने भकारी भर्ने मेसो पनि गर्दै छन ।
“हिउदको मानु मागी मागी खानु” भन्ने उखान अनुसार नै जग्गे जात्राका तारतम्मे मिल्दैछन । यतिवेला अरु फुर्सदमा भएपनि पण्डितहरु भने वेफुर्सदीला देखिएका छन । कतै पाठ त कतै स्वस्थानी, कतै ग्रह शान्ति त कतै विहा व्रतवन्ध ।
यिनै अनेक उपक्रमले दिन विताउन गांउमा केही कठिन छैन । मेरो गांउ विर्घामा राम रमिताका अनेक श्रृंखला चलीरहदा म भने केही फेसवुके तस्विरवाट तिनै दृष्य संझिने कोशिश गरेको छु ।
भान्सा चल्दैः गहलाममा पूजा पछि चल्दै गरेको भान्सा । विर्घामा अझैपनि पुजा पाठमा व्रतवन्ध गरेकाहरुले नांगै भएर खाना खाने परम्पराको निरन्तरता छ ।
कसो गर्ने होला ः यहीमाघ ११ गते अरुवा घाटमा एकाहाको तयारीमा रहेका विर्घा ५ निवासी राम प्रसाद पान्डे शालिकराम पान्डेसंग सल्लाह लिदै ।
कुरा सुन माइला वाउः विर्घा ६ कट्टीमा रहेको चिया पसलमा गफिदै हिमलाल पान्डे अर्चलेवारीका जोगप्रसाद पान्डेसंग ।
(तस्विरहरु: माधव पान्डे र नारायण पान्डे)
विर्घा नविर्सनेहरुलाइ
यतिवेला मध्य जाडोमा रहेको विर्घामा हिंउदका प्रशस्तै शंकेतहरु देखिएका छन । खेतवारी वाझैछन, घाम ताप्ने र गफ हाक्नेहरुको भिडभाडै छ पसल चोक र गफ अखडाहरुमा । हुनत यसैपनि “विर्घाको वुढो चिनिन्न ढेंडुवाको वुढो चिनिन्न” भन्ने उखान चलेका वेलामा जो कोही नौलो मान्छे पुगेपनि यो उखान चरितार्थ भएको पांउनेछ विर्घामा । वुढादेखि वयस्क मुखमा धुंवा उडाउदै चियाका कपमा हुन्छन, पसलका गफमा ।
विद्यालयका शिक्षक व्यस्त होलान अरु गांउमा खास काम केही छैन । विहावारी खासै छैनन । कम छन अव त पुष पनि लाग्न थाल्यो । पुष लागेपछि अव यो वर्ष फुर्सदै भएको छ विहेवारी मिलाउने लमीहरुलाइपनि । भएका ठिटाहरु कित पढ्न काठमाण्डौ कि त रिंगेट कमाउन मलेशिया पुगेका छन , वचे खुचेकापनि अघिल्लो वर्ष खयारको कारोवर गरेर केही लाख हात लगाएपछि वुटोल तिर हिडेका छन जग्गाको कारोवारमा । पछिल्लो अनौपचारिक आंकडा अनुसार वुटवलमा रहेर जग्गाको कारोवार गर्नेहरु करिव ३ दर्जनको हाराहारीमा विर्घाली ठिटाहरु रहेको पाइयो । सके लगानी नसके दलाली राम्रै आयको मेलो भएको छ जग्गाको कारोवार । गांउमा वुढावुडी छन । जाडोको आक्रमणका निशाना ती वयलाइ केही भए मलाम जाने मान्छेकै मुस्किल पर्ला जस्तो छ विर्घामा ।
गांउमा केही विकासे कामहरु पनि भएका छन । करिव सवैजसो वडामा डोजरवाटो पुगेको छ । खानेपानीकालागि करोडको वजेट पर्यो भनेर केही राउन्ट मिटिंगपनि सकिएको छ । अरु त यथावतै छ गांउ । अ केही सालको लागि दुवै गएको लाहुरे घर फर्कीदा भने अचम्मै पर्नु पर्ने भएको छ विर्घा । मोवाइक धेरैका शान भएका छन । मोवाइलमा वात मार्यो मोटरवाइक कुदायो । गजवै भएको छ गांउ । गांको संझना गर्नेहरुकालागि केही अघि लिइएको विर्घाको यो फाइल तस्विर ।
स्मृतिमा नागें डाडो र वाल्यकाल
विहानै उठेर राकस्दीको पानी ल्याउनु र दिउसो नागेंडाडामा खेल्न जानु गर्मी याममा हाम्रा दैनिकी थिए । जाडोमा वारीका डाठं, पात र कसिंगर जम्मा गरेर आगो वाल्नु र गहते पोलेर खानु नियमित कर्म थिए । विहान भैसीलाई दिन कुंडो पकाउने डाठ जम्मा गरेपछि वचेका ठुटा हामी सल्काउथ्यौ । यही आगोमा सनपाटका डाठलाई चुरोट वनाउदै कति तानिन्थ्यो । कति मित्रहरुलाई त्यही डाठ आज धुवा पुत्ताउने वहाना वनेको छ ।
एक महिना जाडो विदा हुने हामी स्कुलेका लागि डण्डा लौरा खेल्नु, वल खेल्नु, चोर सिपाही खेल्नु र गोरु जुधाएर मनोरन्जन लिनु नियमित उपक्रम थिए । हिउदको छुट्टी भरी विरागंदी गएर घास ल्याएपछि दिनभर फुर्सदमा यस्ताकामहरु चल्थे । अलि पछि यस्तो फुर्सदमा तास खेल्न सिकियो । गनवहादुर दाईको नंया घरको आटीमा वसेपछि आफैलाई ठुलो मान्छे ठानेर अनेक नगद उधारका पत्तीहरु धेरै फिटिए ।
हुनत केटाकेटीमा हिउदमा आगो वाल्नु ( जसलाई हामी भुल्ली भन्थ्यौ ) र वर्षा याममा कुलाका वाध, छाकुना, ढोव्ला या अरुवामा पौडिनु नियमित चलीरहने प्रकृया थिए ।
मेरो घर र हुर्किएको ठांउ मौला भएकाले होला त्यस ठांउका स्मृति र मौलिक विशेषताले मलाई अहिलेसम्म वल्झाइ रहन्छन । त्यही मौलाका विभिन्न मानक मध्ये मौला भयर, भन्जिगं र नांगे डाडो अली वढि स्मृतिमा आइरहन्छन ।
दिन वित्दो छ आपाधापी चर्किदो छ । स्थिर भएर एउटै विषयवस्तुमा लेख्ने अवस्था पनि छैन । तर हर रातका सपनीमा यिनै दृष्यहरु दोहोरिइरहन्छन, कुनै नंया विर्घाका तस्विर देख्दा अहिल्यै उठेर जांउ या गुडेर जांउ जस्तो भइरहन्छ । तिनै भाडा कुटी खेलेका बारीहरु । वाघचाल खेलेका मौलाका चौतारीहरु । अहिलेपनि परिवर्तन नभएको मौला ठुल्दाइको जिर्ण घर र इतिहासका साक्षी मौले ठुल्दाइ, भाउजु, नागें डाडो र घासका भारी वोकेका तिनै भन्ज्यांगका पहिरोहरु ।
मध्यपूर्वमा रहेका भाइ विष्णु घर्ती तरह तरहका तस्विर खिच्न माहिर छन । उनैको आधुनिक क्यामेराले दशैको छेउ छाउमा खिचेका तस्विरहरु ।
नागेंडाडाको उकाालोमा थकाइ मार्दै स्थानीय ।
घास काट्न विरागंदी तिर जादै घर्सेनीहरु । अहिले परिो अली वसेजस्तो देखिन्छ ।
पहिरो गांउ पस्दै छः भन्जिीग तर्फको पहिरो ।
नांगे डांडावाट देखिएको विर्घाको मध्य भाग । जंहा मौला, कइन्डाडा, मरेगंदी, कसारे, पुच्छार वन्कसीडांडा देखिन्छ ।
भार्सेचौर तिरको पहिरो । यो परिोलाई नेपालकै दोश्रो ठुलो पहिरो भन्न्छि ।
वाख्रा पालन डायरी
अव विर्घा तिरै वसेर वाख्रा पाल्नु पर्ला जस्तो छ । अहिले हरेक जसो कामकाजी विर्घालीको मुखवाट यस्तो कुरा सुन्न पाइन्छ । थोत्रावारी दिपक दाई वाट शुरु भएको व्यावसायीक वाख्रा पालनको लहरमा थपिएका छन पशुपति पान्डे, कुलुम, नारायण पान्डे, कुलुम । लामो समय राजनीति तथा समाज सेवामा सक्रिय रहेका तुल्सीराम पान्डेलेपनि अव गांउमै वसेर वाख्रा पाल्न लाग्ने भएका छन । धेरै समय काठमाण्डौमा वसेपनि स्वच्छ हावापानी र आफ्नै जन्म गांउको मायालाई ध्यानमा राख्दै यस्तो निर्याय लिएको तुल्सीरामको भनाइ छ ।
विर्घा १ गक्रुंगाका सम्म परेका वारीहरु ।
वाख्रा पालनका लागि छानिएका आफ्नै वारी देखाउदै तुल्सीराम पान्डे साथमा जलेश्वर पान्डे र रामप्रसाद पान्डे ।
आफ्नै घरमा परामर्शमा व्यस्त तुल्सीराम पान्डे ।आफ्नै घरमा परामर्शमा व्यस्त तुल्सीराम पान्डे ।
गक्रुंगावाट फर्किदै गर्दा घाम डुव्दै गरेको विर्घा ।
विर्घा ७ भुष्टुंग पृष्ठभूमिमा नागें डाडो ।
थोत्रावारीमा दिपक दाईको वाख्रा फर्म अवलोकन गर्दै शिव, भुपाल र इन्द्रदेव पान्डे ।
विर्घा कुलुममा नारान पा०डेका वाख्रा गोठर्म घांस खादै ।
दशैको शुभकामना
वडा दशै २०७१ को उपलक्ष्यमा विर्घा व्लगका समस्त पाठक, तथा त्यस क्षेत्रका वासिन्दा सवैमा हार्दिक मंगलमय शुकामना । अव व्लगको नियति अपडेट दशैपछि मात्र हुने व्यहोरा अनुरोध छ ।
दशै आउदा…
आयु द्रोण सुतेः…दशैको टिकाको तयारी ।
झरी वसेर घाम लाग्न् लागेको छ । दशै आउनै लाग्दा शरदीय मौषम मादक हुदै जान थालेको छ । आफ्ना र आफन्त संझने सवै विदेशवाट घर परिवार संझेर यतै आउदैछन । अरब या मलेशीयावाट आउने उडानमा सिट पाउनु कम्ती सास्ती छैन यति वेला ।
वर्ष भरीको दुख विर्सिने र आफु आफ्नासंग मिलन हुने अद्भुत सास्कृतिक पर्व आउन अव धेरै दिन वांकी छैन । दशैको पुर्व सन्ध्यामा पितृ खुसी पार्ने अवसर सोह् श्राद्ध सकिएर घर घरमा घटस्थापनामा जमरा राखिएको छ । दशैको लिंगो ठडिनेएछ । परदेशीहरु स्वदेशिनेछन । शहर पसेका हरु गांउका उकाली ओराली लाग्नेछन ।अव घर आगन सफा राखिने छ र लिपपोतका परम्पराहरुले जिवन्तता पाउने छन । ठांउ ठांउमा लिगें पिगं गाडिने छन । र केटा केटीहरु आफ्नो घरमा कत्रो खसी भित्रेला भनेर लख काट्ने छन । नंया लुगा र मसलाको खरिदले वजार तात्दै छ । फरक वासनामय नंया नोटले खल्ती सुगन्धीत हुने छन । सुवास या शौन्दर्यको कुनै नाम छ भने त्यो शरद हो र चाड को कुृनै शौन्दर्यता छ भने त्यो दशै हो । निधारको रातो टिका र मान्यजनको आशिष मात्र होइन भेटघाट, परस्परका भेटघाट दशैको अर्को शौन्दर्य हो ।
दशैले ल्याउने उमंग वर्ष भरीका दुख पीडा भुलाउनलाई काफी छ । परदेशीलाई संझनै कुनै नव यौवना दशैको पर्खाइमा हुन्छे, लाहुरे आफ्नी प्रेयसीको कल्पनामा दशै कुर्छ । त्यसैले त आदिकाल देखि दशै यो चरणको सर्वमान्य चाड वन्न पुगेको छ ।
शहर पसेको म मेरा वर्षदिनका भाइरसहरु स्क्यान गर्ने अवसर हो दशै । गाविस भवन अघिल्तिर पिगं खेल्ने या वुढाहरुसंग रमी पार्ने या क्षेत्रपालको पुजामा पुग्ने या पुराना मित्रहरुसंग मिलन गर्ने अवसर हो दशै मेरालागि । गांउको चुर हरियाली वर्षदिन पछि भेटहुने गाउले सफा मनहरुसंगको सामिप्यताको लागि म व्यग्र छु । दिनभरी डुल्नु, गफिनु वा खाल जमाउनु सांझमा कुलामुनी भट्टराईकोमा पुगेर गपुल्ले सुन्नु मेरा पछिल्ला आकर्षण हुन । घरी घरी वजेर शान्ति भंग गर्ने यो फोन त्यहा पुगेपछि वन्द हुन्छ । समय समयमा मच्चिने ट्राफिक कोलाहल त्यो परिवेशमा शान्त रहने छ ।
यद्यपि यसै समयमा विर्घावाट त्यति राम्रा खवरहरु आएका छैनन । लगातारका निधनका खवरले माहौल भने त्यति सहज नभएजस्तो लाग्छ । यदपि जीवन मृत्यु जीवनको श्रृखंला हो तिनै श्रृंखलाका बीचमा आउने यस्ता दशै तिहार जस्ता चाडले त मनलाई वाधेको हुन्छ ।
सप्तमीको क्षेत्रपाल पुजापछि प्रसाद वाड्दै ।