वर्षामा विर्घा

Image0182
मकैको हरीयाली बीच गफमा व्यस्त पशुपती सर, धुर्व खहरे र नविन पान्डे।
समयमै वर्षा भएपछि खेतिपातीका अलवा हरियालीले चुर भएको विर्घामा वर्खा मध्य छ । दिनहुको झरीले वाटो विगार्ने वाहेक अरु सवै सपारेको छ । केही नविनतम योजनाहरुको शुरुवात तथा काम हरुले विर्घालीहरुमा उत्साह जागेको छ । मन्त्रिपरिषदका अध्यक्षसंगको भेटघाट र सडक पक्कीका कुरासंगै गहलाम भुष्टुंग सडक निमार्ण हुदैछ यसकालागि डोजरले सडक खन्ने कामपनि गरेको छ । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको रु ५ लाख सहयोगमा निर्माण हुन लागेको सडकले गहलाम देखि अर्चले, कुलुम, माझखन्ड, कसारे हुदै भुष्टुगंलाई जोड्ने छ ।
लगातारको पानीले मकैका वोटहरु तन्कीएका छन । किसानलाई खेति र घासको त्यति चिन्ता छैन ।
Image0206
मकैका बीचमा देखिएको ढुन्डी पान्डेको घर ।

Image0247
पानीको प्रभाव: लटरम्म मौलामा फलेका काक्रा ।

सडक पक्की हुदै

अन्तरिम चुनावी मन्त्रिपरिषदका अध्यक्ष खिलाराज रेग्मीले मिर्मी विर्घा सडक पक्की हुने वताउनुभएको छ । पुर्व सांसद शंकर प्रसाद पान्डेको नेतृत्वमा आइतवार रेग्मीलाई भेट्न गएको प्रतिनिधिमन्डललाई उंहाले यस्तो आस्वासन दिनुभएको हो । विर्घावाट काठमाण्डौ आएर विभिन्न पेशामा संलग्न विभिन्न व्यक्तित्वहरु रेग्मीलाई भेट्न सिंहदरवारस्थित उंहाको कार्यालयमा गएका थिए ।
प्रतिनिधिमन्डलमा पूर्व सांसद शंकर पान्डेका अलावा पूर्व गृह सचिव अनन्तराज पान्डे, दुर्गा पान्डे,(मरेग्दी) शिवनाथ पान्डे(कुन्दी), डा. धनवहादुर राना,(घ्यागंसिंखरक) ताराप्रसाद पान्डे(चिसापानी), दामोदर पान्डे, (मुलवाटा मुनी) ठानेश्वर पान्डे,(चिसापानी) गुरुदत्त पान्डे,(कट्टी) वावुराम पान्डे,(पुच्छार) वलराम पान्डे(कट्टी),टंक पान्डे –(कुलुम) लगायतका व्यक्तिहरु करहनु भएको थियो । मन्त्रिपरिषद अध्यक्ष रेग्मीका प्रेस संयोजक राजेन्द्र पान्डेले भेटघाटको सहजीकरण गर्नु भएको थियो ।