अलवीदा खराल बा

Photo0147
विर्घाका पाका मध्येका एक मोहनीलाल खरालको विहिवार निधन भएको छ । लामो समय देखि मृगौला सम्वन्धी रोगवाट पीडित खरालवाको आज अपरान्ह आफ्नै निवास कट्टीमा निधन भएको हो । उंहाका श्रीमती,४ जना छोरा र २ छोरी हुनुहुन्छ । मृतकको आजै अरुवा घाटमा अन्तिम संस्कार गरिएको छ । केही दिन देखि केही पनि नखानुभएका खराल वा केही समय देखि ओच्छ्यान पर्नु भएको थियो ।
खराल वा विर्घा र त्यंहाका युवाहरुकालागि उर्जा थिए । जवानीका जोशिला गफ सुनाउने देखि पल्टनका गफ दिन वुढा निकै सिपालु थिए । लामो समय भन्जिगंमा वसेका खराल वाले वाघका गफ सुनाएर आफ्नो वहादुरीको वखान गर्दथे । वुढाले वाघ संग लडुन नलडुन हामी भने उनका कहानी सुनेर रोमान्टिक वन्थ्यौ । खराल वा पल्टनमा भर्ति भए नभएको त्यति याद छैन तर जे होस पल्टनका लुगा लगाउन र त्यसै अनुसारको गफ दिनमा वुढा १ नंवर थिए । भन्जिगं वसुन्जेल कम्तिमा ६ महिनामा सत्य नारायणको पुजा लगाउने र भजन किर्तन गर्न लगाउने वुढा हाम्रा लागि रमाइलाको श्रोत थिए । तास खेल्नका सौखिन खराल वा लुछेली गणेशका घरमा खराल्नी आमावाट कुटिएको प्रशंग अझैपनि हासोको विषय वन्ने गर्छ । कट्टी वसाइ सरेपछि लाइव्रेरी वरपर युवाहरुले वुढाका गफ सुन्ने मौका पाइरहे । उमेर ढल्कदै गएपनि कहिल्यै निरस र उदास नदेखिने खराल वा केही समय वनको हेरचाह गर्ने जिम्मामा समेत थिए ।
खराल वाले हामी केटा केटी हुदा हुने तिजको रमाइलोमा उर्जा थप्थे । गीत गाउन र खैजडी मजुरा वजाउनमा खप्पिस खराल वा मौलाको भयेरमा हुने हरेक किर्तनमा मनभोग वाड्ने भुमिकामा हुन्थे । हामी केटा केटी मोहनीलाल वा लाई छक्याउदै दुई पल्ट हात पुर्याएर प्रसाद खान्थ्यौ । यसो गर्दा दुई पल्ट प्रसाद फेला पार्ने अरुका बीचमा वहादुर नै गनिन्थ्यो । हरेक सामाजिक काममा सक्रिय र अग्रसर रहने खराल बा मेरा हरेक संझनामा वसेका छन । मेरा बा का साथि खराल वा मैले मेरा बाको स्मृतिमा श्राद्धकोलागि एक छाकी वसेकै दिन स्वर्गवास भए । मैले श्रद्धाले पाउमा निधार पुर्याउने असाध्यै थोरै व्यक्तिमा रहेका खराल वा संगका खैजडी वोकेर धौदीखोला पुगेका हुन या काक्रो चोर्दाका, गन वहादुरकोमा रमी खेल्दाका हुन या तिहारमा कौडा हान्दाका, विरांगदीको वाटो खन्दाका हुन या नेवारी कुवा सफा गर्दाका हरेक संझनामा खराल वा आउनुहुनेछ । परम मित्र शुरेशसंगको गफका हरेक श्रोतका शन्दर्भ खराल वा अव हुनुहुन्न । अल विदा खराल वा । तपाइको आत्माले चीर शान्ति पाओस ।
read more:
http://birgha.com/?paged=3

कवि दाई, झरी र मेरो गांउ

208808_225992144210574_599635316_n
(आलम वाट देखिएको विर्घा )
मुलुक चुनावको दोधारमा रुमल्लीदा विर्घा भने हयिालीमा रुमलिएको छ । समयमै वर्षा भएपछि खेतिपातीमात्र होइन बिर्घाका खेतवारी र डिलहरु हरियालीले चुर छन । गांउको झल्को आउदा कुनैवेला शुरेश फोनमा भेटिए भने भन्छन मामा आउनुस गांउ हरियालीमा चुर छ । महेश मास्कीले विराउदी जादा कुनै तस्विर खिच्यो भने अरुलाइ पनि होस भनेर वाड्न विर्सदैन। शहरको धुलोले रुघा लगाएपछि घरमै आराम गरिरहेको म त्यस्ता हरियालीहरुवाट पुरै दुर छु। गांउ कल्पनामा छ । गांउमा शडक वन्छ की भन्ने आशावाट वलराम सरहरु पुरै उत्साहित भइरहेको वखत म गांउ संझिरहेको छु ।
झरीमा अझ वढि याद हुदो रहेछ गांउको । कुनैदिन थिए यी र यस्ता झरीमा हामी ( मौले रमेश,नविन दाई, शिव भान्जा या वाइपी,निलु अंकल या हिरा ) गनवहादुरको आटीमा खाल जमाउथ्यौ । पाकेका कटहरु हाम्रा आहार हुन्थे । केही पैसा हारेपछि फर्कीदा आप या अरु कुनै सिजनल फलफुल हाम्रा आहार हुन्थे । वर्खामा उर्लिने दविल्ला खोला या पाक्दै गरेका मकै । पानीका थोपा चुहाउदै घासको भारी ल्याउने घसवार या हिलो उछिट्याउदै चप्पल पड्काउदै आउने स्कुले । मेरा संझनामा घरी घरी आइरहछन ।
माक्सवादी प्रधानमन्त्री वावुराम भट्टराइले मास्कवादी शहर वनाउदा पनि मेरो गाउको मौलिकता उस्तै छ । केही परिवर्तन त समयले ल्याएको होला तर मेरो स्मृतिको गांउउ स्तै छ । जसमा मौलाको चौपारी या भन्जिगंमा खेलेका कपर्दि मेरा हर सपनाका स्रोत वनेका छन ।
वढेका खोला या पाकेका आप मेरा संझनाहरुमा रहेका छन । हर हिउदमा आरु संझने म हर वर्षामा मकै या कटहर संझन्छु । हर उत्सवमा गांउ संझने म म यस गर्तमा कसरी परे जस्तो लाग्छ ।
कविदाइको याद आउछ । कवि दाइ भन्नाले उनै युग कवि सिद्धि चरण श्रेष्ठ जसलाइ समयले शहरमा ल्याएपनि भावना, मन या मष्तिष्कले कहिल्यै ओखलढुंगावाट टाढा पुर्याएन । त्यस ैसिर्जना भएको रहेनछ कालजयी कविता मेरोप्यारोओगलढुंगा । तिनै कविदाइ यानीकी सिद्धिचरण श्रेष्ठ , यो झरी र मेरो गांउ विर्घामा ससमर्पण।

मोह मेरो गांउमा

झम झम झरी परिरहेको काठमामाण्डौमा कम्ती रमाइलो हुदैन वाहिर झ्यालवाट हेर्न । यसै मेसोमा त हो डांडा पाखा हरियालीले चुर हुने । सानो क्यामेरा, मन मिल्ने केही साथी, हलुंगो रुक्स्याक वोकेर यतिवेला पहाड डुल्नुको मजा नै वेग्लै हुन्छ । चराको चिरविर या, घाम पानी परेको इन्द्रेणी, कल कल सुसाउने खोला या आकाशे सर्ट र निलो पाइन्ट वा फ्रकमा हिडेका स्कुले । यी तस्विर लिन पाए तिनीहरुसंग भलाकुसारी गर्न पाए त्यो भन्दा वढि रिफ्रेसमेन्ट मेरा लागि असम्भव छ । केही विकसित भनाउदा मुलुक घुमेर वा सयौ अट्ने यएरवसमा कृतिम हासो छर्ने अपरिचित शुन्दरीले दिएको वाइनको प्याला पिएर त्यो आनन्द पाइदैन । हगंकंगको मेट्रो रेल भन्दा मिर्मी विर्घाको कठिन जिप यात्रा प्यारो छ मलाई । मनिलाको स्टार वकको तितो कफी भन्दा, आमाको हातले वनाएको मही प्यारो छ मलाई । फुकोआ एयरपोर्टको सम्पन्नता भन्दा मेरै गल्यागं वा पाल्पा प्यारो छ मलाई ।
कृतिमतामा वाच्नेहरु मेरा आकर्षण होइनन, त्याग वा समर्पणमा वाच्नेहरु मेरा आदर्श हुन । अव्राहम लिंकनले छोरालाई दिएको शन्देश जस्तै फोकटमा मिलेका लाख भन्दा पसिनाका हजारहरु ज्यादा प्रिय छन मेरालागि । वलेको आगो ताप्नेहरु हजार छन शहरमा मलाई त निभेको आगो वाल्न कोशिश गर्नेहरु आदर्श लाग्छन ।
लगातार काठमाण्डौ खाल्डोमा वस्यो भने मलाइ जीवन निरश लाग्छ । कागवेनी या धुन्चे ठांटी, स्वर्गद्धारी वा चौरजहारी पुग्नु मन लाग्छ । पछिल्लो समय, समयले यति धोका दिएको छ जसलाई वस पार्ने मेरो सामर्थ कमजोर हुदै गएको छ ।
यस्तो झरी लागेको वेलामा खहरे खोलाहरु उर्लेको दृष्य हेर्न वाट म वन्चित छु । रुखका पालुवाहरु झांगिदै गएको दृष्यवाट वेखवर छु म । वर्षा याममा मात्र देखिने नविन पुतलीहरु वा मुल फुट्दै गएका पानीका मुहानहरुवाट म दुर छु । मलाई खेद छ यो कृतिम समयप्रति जसले विहान ५ वजेनै मलाइ व्युझाउछ । (म आफै त कंहा व्युझिन्छु र कृतिम फोनको घन्टिले मेरो निद्रा विथोल्छ । )
तोकिएको पाठ्यक्रममा रहेर तोकिएका विषयमा कृतिम तरिकाले तिथी मिति सिकाउने सिकाइवाट विस्मृत छु म । सधैको एउटै दैनिकी र सधैका उस्तै खाले प्रश्नहरु मेरा रुचिकर छैनन । दिनभरी पैसाको लालचले गैर कानुनी काम लिएर आउने तथाकथित वकिलहरुसंग दिग्दार छु म । साझको पुरानै रुटिन र त्यही नियमिततावाट आजित छु म । समय घर्किएको र वजारलाई छोप्न प्रकाशित गर्नुपर्ने पुस्तकको काम नसकिदा मेरो निद हराम भएको छ ।
पाठकसंग नियमति अन्तक्र्रिया गर्ने अभिलाशाले शुरु भएको विर्घा व्लगको यात्रालाई नियमित गर्न नापाउदा म लज्जित छु । दिन वित्दै जादा या उमेरले परिपक्व वनाउदै जादा समय वसमा नरहदो रहेछ । म यो सृस्टीको नियमवाट आजित छु ।
तर म निराश छैन । समयलाई वसमा ल्याउने अभियानमा छु म । लोभहरुलाई कम गर्ने, सिर्जना र सकारात्मकातालाई वढावा दिने ध्याउन्नमा छु म । यसै मेसोमा लाभ हानीका हिसावहरुलाई कम गरेर केही दिन काठमाण्डौ वाहिरको कुनै प्राकृत गांउको भ्रमणमा जाने तयारी मा छु । जुन भ्रमणले मलाई रिफ्रेसमेन्ट देओस र देओस कलिला वालवालिकाको वास्तविक हासो । देओस आरिश र कृतिमता वाहिरको सिर्जनाको मुल । जसवाट मिलोस आनन्द ।

व्लग, समय र म

निरन्तर सम्पर्कमा रहने वाचाका साथ शुरु भएको विर्घा व्लग शुरु भएको केही दिनमै उल्झनले फेरी पुरानौ हालतमा फर्काएको छ । नंया कार्यालय, विहानीका पुरानै कक्षहरु आदिले समय चाहेर पनि दिन नसकिने अवस्था आएको छ । यद्यपि मन र उत्साह मरेको छैन आशा छ समय आउनेछ । विश्वास छ विर्घा व्लग सवैको हुने छ । र यसले सवैलाई मेरो हो भन्ने भावना जगाउन सक्नेछ ।
अहिलेलाई शेदिवेणी र मौलाको यो फाइल तस्विर पछि पुन अर्को भेटमा ।

Copy of b-13

DSC00469

गफ, गांउ र गन्डकी

गांउ र गफ एक अकाृका पर्याय हुन । सिजनमा हुने काम सकेपछि दिन काट्ने मेलो गफ नै हो । गफका विषय चाहिदैनन । सरकार परिवर्तन होस या कुनै नविनतम समाचार वस गफ पुग्यो । कुनै जमाना अर्चले यस्तै गफको अखडा थियो । हाल भने वनकसी डांडामा गैरावारी रेश्मीको पसल तयार भएपछि गफकालागि अरु ठांउ पुग्नु पर्दैन टाइम, टाइममा चिया, टोली मिले केही छिनको रमी या कलवे्रक, नमिले चिया र गफ ।
विर्घा दुइतिरवाट कालीले घेरेको गांउ हो त्यसैले यंहाको सभ्यता गन्डकीको सभ्यतासंग जोडिएको छ । मर्दा, पर्दा होस या कुनै पुन्य कर्ममा काली गन्डकीको किनारमा नपुग्ने कोही हदैनन,विर्घामा । त्यसैले हाम्रो जीवन करिव गन्डकmी वाट शुरु भएको छ र अन्त्य पनि यही गएर हुन्छ । यसै मेसोमा कालीको निकट कुलुममा वसेर गफिएका एक हुल युवाहरु मेरो क्यामेरामा कैद भए । काली गन्डकी किसुनजी ठुला वगरजांदा खिच्नु भएको रहेछ ।

DSC03696

DSC01289