जनता मावी, पूर्व विद्यार्थी र धन दाई

Image may contain: 3 people, crowd, tree and outdoor
स्वर्ण महोत्सव मनाउन ठिक्क परेको जनता मा.वी.मा पूर्व विद्यार्थीहरुको गतिविधि पनि अविराम जारी छ । उपस्थित हुन नसकेपनि प्रत्येक मिटिगंको सूचना भाइ नारनले दिन छोडेको पनि छैन । नारन नहुदो हो त यो पूर्व विद्यार्थी गठन हुने पनि थिएन । कतिलाई आफ्नो नाम नआएकोमा चित्त दुख्ला तर तितो यथार्थ हो यो ।
हगाइ न बाटो छोडाइ भने जस्तो हरेक पद ओगट्न चाहने तर गर्ने हुति नभएका धेरैको जंक्सन हो जमावी र यहाका पदाधिकारीहरु । मेरै गोरुको १२ टक्का भन्नु पर्दा न स्वर्ण महोत्सव समयमै हुन सक्यो न ५० वर्षको स्वर्ण अक्षरमा लेखिने स्मारिका जस्तो महत्वपूर्ण ग्रन्थ तयार हुन सक्यो ।
पूर्व विद्यार्थी सकेको केही काममा लागेको छ । अधिकाशंत पूर्व विद्यार्थीहरु दरिलो स्रोत नभएकहरुा किन नहुन गच्छेअनुसार आर्थीक शंकलन चलेकै छ । हुनेहरु पाखा लाग्ने नहुनेले बल गर्नु पर्ने विडम्वनावाट गुज्रिएको पूर्व विद्यार्थी समाजले गएको दशैमा जनता मा.वी.को प्रागंणमा पुनर्मिलन समारोहको आयोजना गर्यो ।
अपेक्षाकृत कम उपस्थिति रहेपनि कार्यक्रम रमाइलो भयो । हुन त कार्यक्रम भएको धेरै महिना वित्यो । स्कुलवाटै देखिने कालीमा धेरै पानी वगीसक्यो यद्यपि मेरो समृतिको पन्तुरोमो थुप्रिएको स्मृति तत्कालिन तस्विरहरुले जगाइदिएको छ ।
Image may contain: 3 people, crowd and outdoor
विषय धेरै भन्दा पनि विम्वात्मक विषयले मलाई छोएको छ । पुनर्मिलन वा भेटघाट भनिएपनि मै जान्ने ,मै सुन्ने, मै गर्ने भनेर धेरै भाषण गर्नुपर्ने रोगले हामी धेरैलाई छोडेको छैन । ति अलाप मेरो संझनामा नरहेर ठिकै भयो ।
यद्यपि वृद्धवयका केही अभिभावकका अगाडी जोशीला युवतिहरुले रसिला प्रस्तुति दिए । कसैले गाए कसैले कम्मर मर्काए । जे गरे रमाइलोको लागि गरे । केही भाषण भए जसले आत्म रति दिलायो वांकी धेरै कुरा दिलाएजस्तो कम्तिमा मलाई लागेन ।
विर्घा विरानो वन्दै गएका त्यसै स्कुलका पूर्व विद्यार्थी डा. धन वहादुर रानाले राउसिनको रुखमुनी पुराना स्मृति केलाउदा कम्ती रमाइलो लागेन । आफ्नो पालाको पढाई, स्कुलका अतिरित्त कृयाकालाप र आफ्ना दौतरीलाई धनदाईले संझीदा म र म जस्ता धेरै मित्रहरु आफ्ना स्कुले दिनमा फर्किए । सवैले अपलक सुनेको त्यो मन्तव्यमा ठूल्याइ भन्दा सदासयता थियो । विज्ञता भन्दा वास्तविकता थियो र थियो पुरानो स्मृति ।
Image may contain: 1 person, crowd and outdoor
म जस्ता अस्तिका मानिसलाई विर्घा विरानो हुदै जादा जुग अगाडी स्कुल सकेका धनदाईलाई स्कुल पुरानो भए होला भन्ने मलाई लागेको थियो । यद्यपि उंहाका स्मृतिमा परेली भिजाउदा म अहिलेसम्म पनि नोष्टाल्जीक भएको छु ।
केही वर्ष पहिले करन्डाडामा मादल वजाएर धन दाईले मालुवा खोलाको भाका गांउदा म अचम्भीत भएको थिए । मेरो फेरी अचम्भीत हुने पालो थियो फेरी जनतामावी अर्चलेको प्रागंणमा धन दाइले पुराना स्मृति केलाउदा ।
धन दाई र धनदाई जस्तै अग्रजलाई विर्घा र त्यसका वास्तविकता संझीदिएकोमा सतत अभार । संझना रहीरहुन…..

हेनरी ड्युना, फागुन २२ र विर्घा अर्चले

Image result for birgha
पुष फासफुस ! जग्गे जात्रामा वितिहाल्ने माघ । यसपछिको पारिलो महिना फागुन । फागुन महिना समयका हिसावले अली फुर्सदीलो मानिन्छ । शिशिर सकिएर वसन्त आउन लागेकाले प्राकृतिक रुपमै पनि केही रमाइलो, मौषम पनि न जाडो न गर्मी, उपयुक्त नै हुन्छ यो मासमा । यो मासमा वुनिएका अनेक कहानीहरुका बीचमा मलाइ भने विर्घा अर्चलेको याद आइरहेको छ । यो संझनामा दशक भन्दा अघिको विर्घाको तस्वीर मेरो स्मृतिमा हिजो झै ताजा भएर आएको छ । जहा खेति उठाइएका खेतवारीहरु, कता एक गंहुका हरियालीहरु र मजुराउदै गरेका आप, कटहर र लिचीका रुखहरु एकतमास मनमा आएका छन । भएभरका लुगा शरिरवाट हटाएर थोरै न्याना लुगा लगाएका गांउलेहरु अनि स्कुले केटाकेटीको चिरविर ।
* * *
फगुन २२ एउटा विम्व हो विर्घा र त्यसका तत्कालिन साक्षीहरुका लागि जहा कंहा हो कंहा जन्मिएका हेनरी ड्युनाले एटा खुशी उमंग र उत्साह ल्याइदिएका थिए । चैते मकैकालागि मोल वोकर थाकेका किसानहरु भाटी मा जम्मा भएर अनेक मान्छेका चुरी फुरी, भाका लय र संगीतको आनन्द लिन्थे । त्यो आनन्दमा सामेल हुन पिताम्वर मावी क्याक्मी , दहथुम, अर्जुन चौपारी स्वरेक, केवरे, मालुगा या छिमेक कोटाकोटकै अनेक युवा युवती हाजीर हुन्थे फागुन २२ गतेको दिन । जमावीमा सजाइएको मन्चमा धक फुकाएर उनिहरुले गीत गाउथे । मेसो हुन्थ्यो रेडक्रस सर्कलको स्थापना दिवसको । यस दिन विर्घा अर्चलेमा एक प्रकारको मेला नै लाग्थ्यो । फागुन २२ आउनु अगावै यही विषयमा गांउ भरी कुरा हुन्थ्यो, फागुन २२ पछि पनि कुराको विषय यही नै हुन्थ्यो । क्या वात- क्या मिठो गाए फलान्ठाउका विद्यार्थीले ! के वुढा पाका के महिला के स्कुले सवैले केही समय यसैको समिक्षा गर्थे र अर्को साल आउने फागुन २२ को प्रतिक्षा भनौ तयारी गर्थे । गीत संगीतको ज्ञान जे जस्तो भएपािन स्थानीय रुपमा लव्ध प्रतिष्ठित व्यक्तिहरु निर्णयक मन्डलमा हुन्थे ।

निर्णयक मन्डलमा अक्सर सामेल भइरहने देवी सरको निर्णय सुनाउने वेला हुन्थ्यो ! निर्णयप्रति सवैको कौतुहल भइरहेको समयमा उद्घोषक नारायण सरले शव्दमा तेल लगाएर वोल्नुहुन्थ्यो अव पालो निर्णयको । देवी सर मन्चमा आएर अलिकता भूमिका वांधीवरी निर्णय सुनाउनुहुन्थ्यो देवि सरको भाषणमा हमेसा पर्ने वाक्य थियो “सवै सहभागीले राम्रो प्रयास गरेका छन । यो निर्णय गर्ने कुरा फलाउमो च्युरा चपाउनु सरह हो ।” देवी सरकले के भनेका होलान फलामको च्युरा कस्तो होला, मेरो मनमा धेरै पछिसम्म फलामको च्युरा एउटा विम्व वनेर वसेको थियो । यसको अर्थ नवुझेर अहिले आफ्नो सांसरिक जीवनको फलामे च्युरा चपाउने समयमा मैले देवीसरले भनेका च्युरा चपाइरहदा त्यसको संझना गरीरहेको छु । साच्चीकै फलामका च्युरा त चपाउनै नसकिने रहेछ ।
अनि देविसरवाट प्रतियोगितात्मक लोकगीत प्रतियोगिताको नतिजा घोषणा हुन्थ्यो फलानो मावी प्रथम फलानो द्धितिय फलानो तृतीय र फलानले सान्त्वना पुरस्कार पाएको छ । यसपछि फागुन २२ सकिन्थ्यो । फागुन २२ ले तत्त्कालिन जमावीमा अध्ययनरत र यससंग सरोकार राख्नेहरुलाइ निकै व्यस्त राख्थ्यो । अनेकका अनेक काम वाडिन्थ्यो स्कुलमा, कसैको भान्सा व्यवस्थापन, कसैको वाजागाजा व्यवस्थापन, कसैको गुन्द्री त कसैको पानी विभाग पर्थ्यो । स्कुलमा अनेक शदन थिए । पृथ्वी शदर, सिता सदन, जनक शदन ! ती सदनमा विभाजित विद्यार्थीहरुले अनेक सिर्जतानत्मक काम गर्नु पर्दथ्यो । विद्यार्थीलाइ सिर्जनशिल वनाउने अनेक त्यस्ता शदनहरु समयसंगै विलाएका छन । स्कुलमा जुनीयर रेडक्रश सर्कल र स्काउट गठन हुन्थ्यो । स्काउटमा परेर खैरो युनीफर्म लगाउने विद्यार्थीले आफूलाइ भाग्यमानी संझन्थ्यो । रेडक्रशमा परेर क्रस झन्डा वोक्नुको मजा पनि वेग्लै हुन्थ्यो । यो तारतम्य मिलाउने खेलकुद सर कोपिल देवको अनेक भूमिका हुन्थ्यो । आफुलाइ मनपरेका ठिटीसंगको ग्रुपमा वस्न पाउनेले पनि आफुलाइ कम भाग्यमानी संझन्थेन होला ?
विद्यार्थी र शिक्षकको त व्यस्तता हुने नै भो यसको अलावा अनेक व्यक्तिका अनेक व्यस्तता हुन्थे । त्यो समयमा विजुली थिएन स्थानीय मइन्टोलेका ठूलो भूमिका थियो । मइन्टोल जलाउन कि त पुच्छार ओमप्रकासै चाहिन्थे कि त भुष्टुगं शोभाकान्त नै । मइन्टोलको उज्यालोमा जिल्ला भरीका अनेक विद्यालयवाट अएका गायन टोलीले अघिल्लो दिन अर्थात फागुन २१ गते विद्यालयको उत्तरपट्टी रहेको गंगा भवनमा अनेक गीत प्रस्ततु गर्दथे, (हाल यस भवनको ठांउ अर्कै भवनले लिइसकेको छ )। यसै मेसोमा सिर्सीकोटवाट आएकी प्रतिक्षा र नविनको जोडी पनि जमेको थियो ।
फागुन २२ गते भष्टुगंवाट शोभाकान्तले जापानी पानाशोनीक क्यासेट घन्काउदै वेलैमा अर्चले आइपुग्थे, भुष्टुगंपट्टीको मगर समुदायसंग घुलमिल हुन रुचाउने अविवाहित शोभाकान्तको चुरी फुरी नै वेग्लै हुन्थ्यो । उदार मगर समुदायका युवतीहरुले शोभाकान्तको अर्डरेको चुकौनीको स्वाद भेट्थे । त्यस दिन शोभाकान्तका केही थान अडियो चक्का भरीन्थे । प्रतियोगिका गीत रेकर्ड गरेर।
“१२ वजे घडीलाइ दम दिदा

रुन्छ मन मायालाइ संझीदा ।”
यस्तै लयात्मक हुन्थे गीत । प्रतियोगितामा भागलिने हरेक विद्यालयले ३ वटा गीत प्रस्तुत गर्नु पर्थ्यो । एउटा हेनरी ड्युना सम्वन्धी, एउटा प्रचलित लोकगीत र एउटा दोहोरी । यिनै गीतको प्रस्तुति मुल्याकंन गरेर निर्णयक मन्डल टुंगोमा पुग्थ्यो । मेरो संझना रहदासम्म कार्यक्रम संचालक नारायण सर र निर्णयकमा देवी सर छुट्दैनथे । विजेतालाइ केही सय नगद, कापी कलम र सिल्डको व्यवस्था हुन्थ्यो । सिल्ड रनिगं थियो । लगातार ३ पल्ट उत्कृष्ट भएपछि वल्ल सिल्डमा पकड जम्थ्यो ।
यी अनेक रमाइलो हेर्न विर्घा र यसका छिमेकवाट अनेक मानिस जनता मावी अर्चलेको प्रागंडमा भेला हुन्थे । जव प्रतियोगीता सकिन्थ्यो युवा युवतीहरु दिउसोका गीत गाउदै, रौशिदै आआफ्ना घरतिर लाग्थे । यसको छुट्टै र एउटा अभुतपूर्व रमाइलो थियो ।
विर्घा शैक्षिक केन्द्र त थियो नै यसका अलावा अनेक कृयाकलापको पनि अगुवा थियो । यो फागुन २२ आज भोली हराएको छ । हराएकोपनि धरै वर्ष भयो किन हरायो? किन फेरी हुन सकेन? सवैको मनमा खट्कीएपनि कसैको विशेष चासोको विषय वन्न सकेको छैन । संभवत अव फेरी जमावीको आगंनमा फागुन २२ त्यही रुपमा आउने छैन । इतिहासको एउटा कुनामा अल्झेको यो फागुन २२ मेरा मनमा भने हरेक वर्ष यसै गरी आउछ । यसको स्मृतिले मनलाइ रोमान्चित र गांउको झझल्को ल्याउछ । मजस्ता अनेक विद्यार्थीहरु जमावीवाट उत्रिएका छन । कोही देश त कोही विदेशमा होलान कोही जमावीकै सेवामा होलान तर कत्तिले यो दिन विर्से होलान मेरो संझनामा घरी घरी आउने यो दिनको मिठो स्मति मेरो मानसपटलवाट भने मेटिनै छैन । फागुन २२ को विम्वसंगै अनेक व्यक्ति र त्त्कालिन विर्घाको परिवेष मेरो संझनामा छ, त्यहा शोभाकान्त, नविन, नारायण सर, देवी सर, ओमप्रकास, डिल्लीनारायण गुरु , पिताम्वर मावी क्याक्मी , आदर्श मावी कोटाकोट, सार्वजनिक मावी मालुंगा, विरेन्द्र मावी जैपते, दहथुम मावी दहथुम र अनेक यस्तै चिजहरु……..

फर्की आए आफ्नै गांउ…

“आप्रवासीले पहिचान नपाएपछि विगतलाई संझीन्छ” भर्खरै कार्यकाल पूरा गरेर ह्वाइट हाउसवाट वाहिरिएका वाराक ओवामाले आफ्नो विदाई भाषणमा भने । मलाई त्यस्तै लागेको छ, किन म यति धेरै मेरो विगतलाई संझन्छु । लाग्छ यो मरो मात्र समस्या होइन, म जस्ता ग्रामिण परिवेशवाट आएका र, शहरमा पहिचान खाजेका आम मानिसहरुको साझा समस्या हो यो ।
म फेरी फर्किएको छु । लामो समयको अन्तरालपछि विर्घा नविर्सनेहरुलाई फेरी संझीन पाउदा मनमा आनन्द आउछ । अनेक आपाधापी र नितान्त व्यक्तिगत काममा केही महिना हराएको म फेरी स्मृतिका पत्रहरु केलाउदा कम पुलुकित भएको छैन ।
हो, मनमा छापवाट आरोला हुर्रिदा वा मिर्मीमा जिप कुर्दा वा रानीघाटवाट पसिना पुछ्दै छरछरेको उकालो चढ्दा जस्तो उमगं छैन । लामो काठमाण्डौ वसाई । परम्परागत व्यस्तता, सवारी व्यव्स्थापन केही सुध्र्र्रिएला कि भनेर गरेका प्रयासहरु जारी छन । तर यी कामले त्यति आनन्द दिदैनन जति आनन्द विर्घा यसको सेरोफरो संझीदा र कम्प्युटरका कुनामा सजिएका गांउका तस्पिर पल्टाउदा आउछ ।
दशैपछि व्लग अपडेट भएन मित्र मुक्तीराम अर्यालले स्टाटस राखे जस्तै यसवर्षका मेलाहरु सकिएका छन । हिसाव गर्न वांकी छ । जो समयले देखाउला । मन नभएर व्लग अपडेट नभएको होइन वाध्यताले हो । यसै गरी वुझिदिन मेरा तमाम पाठकमा अपील छ । ढिलो भएको छ तर हराएको छैन । म नियमित हुनेछु । वुढेसकालमा कटौदीको पानी र भन्जिगंको हावा खादै विर्घाको घरको पिढींमा वसेर व्लग अपलोड गर्ने लक्ष्य र रहर वोकेको मानिस हुं म ।
हिंउदको मानु मागी मागी खानु भनेजस्तै गांउ यतिवेला पूजामय भएको छ । भुष्टुंग व्रतवन्ध सकिन पाएको छैन खहरेको एकाहाको निम्तो आउछ । हिरन्डाडाको चौरासीको सुपारी नकाट्दै माझखन्डको चौको टाहाल्ने निम्तो आउछ । कट्टीमा लाखवत्ती र लघुरुद्रीको निम्ता नमान्दै पुच्छारको विहाको खवर आउछ । गांउ राम रमितोमा वितेको छ शहर आपाधापीमा ।
मन कुडिएको छ । यस्ता अवसरहरु मिस हुदा । न जिउदाको जन्ती न मर्दाको मलामी हुन पाइयो । दिक्क लाग्छ संझीदा पनि । एकवारको जुनीमा मरिलानु के छ र? तैपनि हट्दैन आपाधापी, तै पनि भरीदैन लाभको भकारी ।
आफ्नै भाषा, आफ्नै भेषमा रहदा त मलाई यति कठिन छ, गांउ मिस हुन्छ । अझ टाढा शुदुर देशमा रहेका मित्रहरुको मन कति कुढिदो हो । म कल्पिन्छु मात्र । तिनै मित्रहरका लागि पनि कृयाहिल हुनुपर्छ । हाम्रा भावनाहरु एक छन, अपेक्षा अनेक होलान । गांउ त्यहि हो भाव र भाका त्यही हो । म आफ्नै गांउको अलाप संझीएर आएको छु ।

मातृभूमिममा नया नेतृत्व

No automatic alt text available.
मातृभूमि पुस्तकालयको नारायण प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति
बिर्घा, स्याङ्जा जिल्लाको पुरानो पुस्तकालय मध्येको एक मातृभूमि सामुदायिक पुस्तकालयको ८ औ साधारणसभा तथा भेला शनिबार सम्पन्न भएको छ । संचालक समितिमा आठौँ साधारण सभाबाट नारायण प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । जसको उपाध्यक्षमा विष्णुप्रसाद पाण्डे (कोटाकोट,पूर्व श्रोत व्यक्ति) सचिवमा नारायण पाण्डे, सह–सचिवमा वेदप्रसाद भट्टराई, कोषाध्यक्षमा चुमकला पाण्डे रहनुभएको छ । यसैगरी सदस्यहरुमा फर्सुराम पाण्डे, देबाखर पाण्डे, सिता भट्टराई, शोभाकान्त पाण्डे, प्रेमबहादुर राना र शोभाखर दर्जी रहेका छन ।
लामो समयसम्म त्यस क्षेत्रको शैक्षिक विकासमा आफ्नो समय व्यतित गरेका शिक्षाप्रेमी नारायण प्रसाद पाण्डेले आफुलाई सबैले बढो विश्वासका साथ निर्बिरोध अध्यक्ष पदमा चयन गरेकोमा सबै प्रति आभार ब्यक्त गर्दै पुस्तकालयको श्रीबृदीका लागि आफ्नो बलबुताले भ्याएसम्म लागिपर्ने र पुस्तकालयलाई अहिलेको समयको मागसंगै नयाँ स्वरुपमा लैजान सुबिधासम्पन्न भवन निर्माणका साथै पुस्तकालय सूचना तथा प्रबिधिमैत्री बनाउनुपर्ने मुख्य जिम्मेबारी रहेको र यसका निम्ति एकल व्यक्तिको प्रयासले मात्र सम्भव नभई विभिन्न तहतप्काबाट सबैको साथ चाहिनेमा अध्यक्ष पाण्डेले धारणा ब्यक्त गर्नु भयो ।
सभामा सचिव नारायण पाण्डेले ३ लाख ५० हजार बरावरको आर्थिक आय व्याय प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि पुस्तकालयका संरक्षक एवं पूर्व साँसद शंकर पाण्डेले संस्थाको स्तरउन्नतीको लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।
हिमलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन आजिवन सदस्य डोलराज पाण्डेले गर्नुभएको थियो ।
Image may contain: 1 person, outdoor and closeup

दशै रमाइलै रह्यो

वडा दशै २०७३ रमाइला छाप छोडेर विदा भएको छ । वडादशैको अवसरमा असोज २१ देखि असोज २९ सम्म विर्घामा रहदा मैले भेटेका केही तस्विरहरु दशैको संझना स्वरुप ।

नेपाली कांगै्स विर्घा गांउ कमिटीले आयोजना गरेको पुनर्मिलन समारोहमा गीत प्रस्तुत गर्दे कलाकार विमलराज क्षेत्री !

भेलामा उपस्थित सर्वसाधारण ।

श्री जनतामावी पूर्व विद्यार्थी समाजले जनतामावीको प्रागणमा आयोजना गरेको पूर्व विद्यार्थी भेला ।

भेलालाई संवोधन गर्दे गांउ सेवा परिवारका अध्यक्ष डा. धनवहादुर राना ।

झोल पाउनः क्षेत्रपाल पुजामा भेला भएका सर्वसाधारण ।

क्षेत्रपाल पुजामा सहभागीहरु पोका पन्तुरा मिलाउदै ।

बडा दशैको शुभकामना

Image result for dashain on village
आश्विन शुक्ल दशमी तिथीमा पर्ने वडा दशै हिन्दुहरुको महानतम पर्व हो । हुनत व्राम्हणका लागि यज्ञोपवित धारण गर्ने ऋषी तपर्णी अर्थात जनै पूर्णीमा, क्षत्रीयहरुका लागि दशै, वैश्यहरुका लागि तिहार अर्थात दिपावली र शुद्र जातीका लागि होली अर्थात रंगहरुको पर्व फागु पूर्णीमा महत्वपूर्ण र प्रमुख हुने वैदिक शास्त्रहरुमा वताइएको छ । यद्यपि धनी गरिव, साना ठूला, व्राम्हण वैश्य केही भेद नगरी एक साथले मनाइने दशैको वेग्लै रौनक हुने गर्दछ ।
Image result for dashain at birgha
िहिलो मैलो हराएपछि र वाली थन्क्याउने क्रम शुरु भएपछि रौनक वढ्ने दशै नेपाली हिन्दुहरुमात्रको महानतम पर्व हो । दशैमा स्वदेश तथा विदेशवाट आएका आफन्त भाइ, साथी र गांउलेबीचको भव्य मिलनको पर्व पनि हो । काम विशेषले वाहिर रहेपनि दशैमा घरपुग्ने चाहना जो कोहीको हुन्छ ।
विर्घाका दशैहरुमा क्षेत्रपालको पुजा र कोटको पुजा विशेष छन । हुनत दशैमा को कसरी घरजाने भनेदेखि शुरु हुने रौनक गांउवाट नफर्किदा सम्म रहन्छ । अर्चलेका भेट हुन या शहकारीका गफ सवैमा दशैको रौनक रहन्छ । आफन्तका हातवाट टिका जमरा लाएर आशिष लिनुका आनन्द शव्दमा वर्णन गर्न असम्भव छ ।

पारिवारीका मिलन मात्र होइन सवैसंग भेट्न र खुशी साट्न पाइने यसै पर्वको शिलशिलामा भोली शुक्रवार विर्घा तर्फ प्रस्थान गर्ने भएकाले ब्लगको नियमित अपडेट विर्घावाट नफर्किएसम्म रोकिने छ । फर्कीएपछि ताजा तस्विर र दशैको रिभ्यु त छदैछ ।
वडा दशैको अवसरमा विर्घा ब्लग यसका नियमित पाठक, शुभेच्छुक र स्वदेश तथा विदेशमा रहने सवै नेपाली जनमा शुख, समृद्धि र शान्तिको कामना गर्दछ ।


कालोपाटी मुक्त हुदै विर्घा


विर्घाका सवै विद्यालयहरु कालोपाटी मुक्त हुने भएका छन । दुई उच्च माध्यामिक विद्यालय सहित प्रत्येक वडामा रहेका विद्यालयलाई बिर्घा स्याङ्जा सहयोग समाज यु.ए.ई. ले सेतो पाटी वितरण गर्न लागेको हो ।
समाज ले जन्म भुमी सेवा समर्पित कार्य योजना अन्तर्गत बिर्घा गा.वि.स. का सम्पुर्ण सरकारी विद्यालयहरु,गा.वि.स. को कार्यालय,मातृभुमी पुस्तकालय,प्रहरी चौकी ,स्वास्थ्य चौकी मा सेतो पाटी वितरण गर्न लागेको हो । यही कार्तिक १ गते सोमबार श्री जनता उच्च मा. बि. को प्रांगण बिर्घा ३ अर्चले स्याङ्जा मा दिउसो १२ बजे कार्यक्रम आयोजना गरी सेतो पाटी वितरण गरिने समाजका अभियन्ता जीवन पान्डेले जनकारी दिए ।

परदेशमा रहेर काम गरेपनि मातृभूमीको दायित्व संझेर यो काम गर्न लागिएको हो उनले भने । समाजले यसअघि पनि भुकम्पका वेला गांउका भुकम्प पीडितकालागि सहयोग रकम प्रदान गरेको थियो ।
विर्घावाट युएईमा रहेका युवाहरुले यसअघि विभिन्न् विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । कुरा गर्ने तर काम नदेखाउनेका अगाडी परदेशमा रहेको युवाहरुको कार्य अत्यन्तै सराहनीय भएको वुढापाकाहरु वताउछन ।

अर्चलेमा पूर्व विद्यार्थी भेला हुदै


जनता माध्यामिक विद्यालयका पूर्व विद्यार्थीका भेला यही असोज २३ गते अष्टमीका दिन जनता मावीको प्रागंण अर्चलेमा हुने भएको छ । विद्यार्थी समाजले वडा दशै २०७३, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भेला आयोजना गरेर शुभकामना आदान प्रदान गर्न लागेको हो ।
यसै महिनाको १६ गते जिल्ला प्रशासन कार्यालय स्यागंजामा विधिवत रुपमा दर्ता भएको श्री जनता मावी पूर्व विद्यार्थी समाजले औपचारिकता पाएपछिको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम समेत राखिएको समाजका सचिव नारायण पान्डेले वताउनु भयो । भेला सफल पार्न स्थानीय स्तरमा प्रचार प्रसार र तयारीकालागि स्थानीय यादव प्रसाद पान्डे –( अर्चले शुन्दर) को संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । भेला दिउसो ११ वजेका लागि वोलाइएको छ ।

(सवै तस्विर स्यामलाल पान्डेको फेसवुकवाट )

दशै आउदै गर्दा…३

Image result for dashain
चचहुईः पिगंमा मच्चिदै नव यौवना । दशैको खास रौनक पिगंले पनि ल्याउछ ।
आयु द्रोण सुतेः…दशैको टिकाको तयारी ।
झरी वसेर घाम लाग्न् लागेको छ । दशै आउनै लाग्दा शरदीय मौषम मादक हुदै जान थालेको छ । आफ्ना र आफन्त संझने सवै विदेशवाट घर परिवार संझेर यतै आउदैछन । अरब या मलेशीयावाट आउने उडानमा सिट पाउनु कम्ती सास्ती छैन यति वेला ।
Image result for dashain
वर्ष भरीको दुख विर्सिने र आफु आफ्नासंग मिलन हुने अद्भुत सास्कृतिक पर्व आउन अव धेरै दिन वांकी छैन । दशैको पुर्व सन्ध्यामा पितृ खुसी पार्ने अवसर सोह् श्राद्ध सकिएर घर घरमा घटस्थापनामा जमरा राखिएको छ । दशैको लिंगो ठडिनेएछ । परदेशीहरु स्वदेशिनेछन । शहर पसेका हरु गांउका उकाली ओराली लाग्नेछन ।अव घर आगन सफा राखिने छ र लिपपोतका परम्पराहरुले जिवन्तता पाउने छन । ठांउ ठांउमा लिगें पिगं गाडिने छन । र केटा केटीहरु आफ्नो घरमा कत्रो खसी भित्रेला भनेर लख काट्ने छन । नंया लुगा र मसलाको खरिदले वजार तात्दै छ । फरक वासनामय नंया नोटले खल्ती सुगन्धीत हुने छन । सुवास या शौन्दर्यको कुनै नाम छ भने त्यो शरद हो र चाड को कुृनै शौन्दर्यता छ भने त्यो दशै हो । निधारको रातो टिका र मान्यजनको आशिष मात्र होइन भेटघाट, परस्परका भेटघाट दशैको अर्को शौन्दर्य हो ।
दशैले ल्याउने उमंग वर्ष भरीका दुख पीडा भुलाउनलाई काफी छ । परदेशीलाई संझनै कुनै नव यौवना दशैको पर्खाइमा हुन्छे, लाहुरे आफ्नी प्रेयसीको कल्पनामा दशै कुर्छ । त्यसैले त आदिकाल देखि दशै यो चरणको सर्वमान्य चाड वन्न पुगेको छ ।
Image result for dashain
शहर पसेको म मेरा वर्षदिनका भाइरसहरु स्क्यान गर्ने अवसर हो दशै । गाविस भवन अघिल्तिर पिगं खेल्ने या वुढाहरुसंग रमी पार्ने या क्षेत्रपालको पुजामा पुग्ने या पुराना मित्रहरुसंग मिलन गर्ने अवसर हो दशै मेरालागि । गांउको चुर हरियाली वर्षदिन पछि भेटहुने गाउले सफा मनहरुसंगको सामिप्यताको लागि म व्यग्र छु । दिनभरी डुल्नु, गफिनु वा खाल जमाउनु सांझमा कुलामुनी भट्टराईकोमा पुगेर गपुल्ले सुन्नु मेरा पछिल्ला आकर्षण हुन । घरी घरी वजेर शान्ति भंग गर्ने यो फोन त्यहा पुगेपछि वन्द हुन्छ । समय समयमा मच्चिने ट्राफिक कोलाहल त्यो परिवेशमा शान्त रहने छ ।
यद्यपि यसै समयमा विर्घावाट त्यति राम्रा खवरहरु आएका छैनन । लगातारका निधनका खवरले माहौल भने त्यति सहज नभएजस्तो लाग्छ । यदपि जीवन मृत्यु जीवनको श्रृखंला हो तिनै श्रृंखलाका बीचमा आउने यस्ता दशै तिहार जस्ता चाडले त मनलाई वाधेको हुन्छ ।

दशै आउदै गर्दा…२


कार्यसमय सकिन केही मिनेट वांकी रहदा फेरी गांउ घरको याद वल्झेको छ । वाहिर खुलेको मौषम वेला वेला मडारिने चिसो हुदै गएको सिरेटो, वेला मौकामा कहिले घर जानी हो भनेर आउने फोन कलहरु । मौषम कम्ती मादक वनेको छैन । वजारमा चहलपहल शुरु भएको छ । किनमेल गच्छे अनुसार चलेकै छन । सक्ने मलमा होलान नसक्ने सडक पेटीमा वार्गेनीगं गर्देछन ।
आज द्धादसी तिथी सकेर मौलावाट यज्ञदाईले फोनमा भन्नुभयो । हैन खराल बा पनि निस्के खाना खाएर आगंना पल्ट्याछु । तिमरु कैले आउनी हउ? दशै आउदै गर्दा गांउ घरको रौनक वदलीएको छ । कपाल खौरेर पितृलाई पिन्ड दिनेहरुको माचो छ । वेदुवाहरु पुजाको कुटुरो वोकेर हस्यागं फस्यागं दगुर्दै छन ।
कोही दशैकालागि घर रंग्याउन माटोको जोहोमा छन कोही हरिया सालका पात टिप्दैछन ।

“मैले सुन्दरताको लागि फूललाई जोगाइराखेको थिएँ, तर चरा आई त्यही फूलको रस चुसेर गयो ।”
मकै थन्क्याएपछि किसानहरु धान नपाकेसम्म फुर्सदिला वनेका छन । कोही परिवारको खुसीकालगि आफ्नो पसिनाको कमाइ पठाउन IME को लाईनमा वसेका छन । यताको खुसी भन्नु त्यही पसीना त हो नी । तिनका पसिना दशमीको दिन अक्षताका रुपमा निधारमा रंगिने अधिंकाशं नेपालीको नियति हो । ती परदेशी दशैको दिनमा पनि फुर्सद नपाएर परिवार र आफन्त कल्पदै पसिना वगाइरहदा हुन ।
यताको आंग ढाक्ने तिनै पौरखी हातहरु यो दशैमा आउन पाइएन अर्कोमा त आउछु भन्दै परिवारसंग फोनमै सुसाउदा हुन ।
शरद आउदै गर्दा मौषम पनि कम्ती रंगिन वनेको छैन । घरी आकाशमा वादलका झुल्का देखिन्छ त घरी निख्खर घाम, घरी हपक्क न्यानो त घरी चिसो सिरेटो ।
यसै रंगिन मेसोमा फेसवुके मीत्र खेमराज गांउलेले खिचेका अनेक रंगिन तस्विरहरुले मलाई पनि गांउ घरको झझल्को गाढा वनाएको छ ।