मेरो बारेमा

IMGP3482

मेरो जन्म ?

म स्याङजा, विर्घा ६  (हालको कालीगण्डकी, ४ ) मा जन्मिएको हु ।

मेरो नाम ?

अफिसीयल डकुमेन्टमा अर्कै नाम भए पनि आफ्नै न्वारन अनुसार व्लगमा मेरो नाम “अनुप” नै हो ।

मेरो उमेर ?

मेरो जन्म असार २७ गते भएको हो । वर्ष छुट्याउने काम तपांइहरुलाइ नै ।

मेरो अध्ययन ?

त्रिभुवन विश्वविद्यालयवाट ऐतिहासिक विषयमा विद्यावारिधि पुरा गरेको छु । मन लाग्दा नामको अगाडी डा. पनि झुन्ड्याउछु ।

मेरो शोध सुपरिवेक्षक ?

मेरा आन्तरिक सोध सुपरिवेक्षक प्रा.डा. राजाराम सुवेदी हुन र वाह्य सुपरिवेक्षक प्रा.डा. इन्दिरा जोशी हुन ।

मेरो पेशा ?

जीवन मेरो पाठशाला हो । त्यसैले म आजीवन विद्यार्थी हुं । सार्वजनिक प्रशासनको क्षेत्रमा क्रियाशिल छु । वाचुन्जेल विर्घा ब्लगसंग जोडिन्छु । 

मेरो विगत ?

म स्याङजावाट राजधानी छिरेको पहाडे मुलको व्राम्हण हु  । करिव चार वर्ष एक व्रोड सिट अखवारमा काम गरे । पछि एक नीजि उच्च माध्यमिक विद्यालयमा केही समय पढांए । अहिले सामान्य जागिरमै रमाइरहेको छु । र, मलाई थाह छ म सधै अहिलेकै पदमा र जागीरमै रही रहदीन । जीवन नै अस्थायी र ,वांकि तपशील हुन । 

जागिर पछिपनि जीवन र जीवनपछिपनि मानिसको अस्तित्व रहन्छ । 

मेरो सोख ?

मलाइ पहाडहरुप्रति विचित्रको आकर्षण छ । ग्रामीण र वास्तवीक जीवनप्रति चासो र रुची  लिन्छु । “समाज” विद्यालय र “हर मानिस” मेरा नंया पुस्तक हुन ।

मलाइ मन पर्छ ?

कफी, किताव र भ्रमण । ‌

मेरो लक्ष्य ?

एक साधारण जीवन । सके भलो गरु,  कुभलो गर्न नपरोस ।

मेरा आकर्षण ?

पगलानाथ, चुनचुन र शिवपुरी बाबा । 

व्लग किन ?

धेरै कुरा धेरैसंग वांडिदैनन त्यस्ता कुरा तंपाईसंग वांड्न ।

राजधानीमा कंहा ?

मध्यपुर ठिमी नगरपालिका लोकन्थलीमा ।

मेरो विश्वास ?

इश्वर, इमान्दारिता र कामप्रति ।

मेरो बिचार ?

अतिवाद वाहेकका सवै विचारको समर्थन । प्रजातन्त्रप्रति आस्था ।

मलाइ सहयोग गर्न चाहनुहुन्छ भने ?

ब्लग नीयमित पढिदिनुहोला । कमेन्ट लेख्न कन्जुस्याइ नगरीदिनु होला, बस । मलाई लाख हुनेछ ।

मलाइ सम्पर्क गर्न चाहनुहुन्छ भने ?

पो व नं २८३३ सुन्धारा काठमाण्डौ । फोनमा सम्पर्क गर्न चाहेमा +९७७-९८४१२७५६८७ ।

फेसवुकमा     https://www.facebook.com/anup.pandey.357  

टुईटरमा     @BIRGHA

इमेल- pandeysum@gmail.com

IMG_0913

26 thoughts on “मेरो बारेमा

  1. काईदा छ सरको ब्लग ,सबैलाई जन्मभुमीको सम्झना दिलाउछ…

  2. जन्मभूमि लाई माया गर्नुहुदो रहेछ खुसि लाग्यो

  3. सर हजुर्को लेख रचना धेरै राम्रा छन अझै नया नया लेख्दै जानुल्होला हार्डइक बधाई तथ शुभकामना

  4. क्लास नोटको छेऊमा हुने यो site मा के होला भन्ने लगदा लाग्दै यो बी जी पना ले तीन महिना बीतेछ। तर आज हेर्दा थाहा पाए जन्मभूमि प्रतिको माया र अफना अनुभूति यसरी । धेरै राम्रो सर । प्रतेक पोस्ट म बिस्तारै पढ़ी रहेको छु म ।

  5. Your page is so nice sir, I am very happy to see your this page. It reminds our hometown and became sincere to do good work there. I promised it will see it regularly. keep it up sir. rest further time. all the best . Bye Jay Birga, jay motherland .

  6. I am so much impressed to your teaching method of historical matter, me also from Syangja i want to keep touch with you.

  7. विर्घा निजकै घुमेर जान नपाए पनि फेरी बिर्घा घुम्न समय मिलाएर जानु पर्ला, हजुरको पोस्ट हेर्दा धेरै राम्रो लाग्यो ।

  8. सरको ब्लग मा सवै कुराहरु मजाले अध्यायन गर्ने अवसर पाए । हुन त म सुदुरपश्चिमको मान्छे तर पनि पटक सरको गाउँ भ्रमण गर्ने रहर लाग्यो ।

  9. हजुरका केहि शैलीहरु पछ्याउने गरेकाे छु । विशेष गरि २ दिनकाे ४ घण्टाकाे क्लासकाे उत्तर लेख्ने शैलीकाे परभाव म सग जसले ममा लेखाइकाे एउटा स्वरुप विकास भएकाे छ ।। हजुरबाट केहि कुरा सिक्ने समयकाे पर्खाइमा छु ।।।

  10. सरल जीवन उच्च बिचार।देश र भुमी प्रतिको माया।जय होस।नमन्🙏💐🌺🇳🇵

  11. हजुरको जिवन फलदायि बनोस गुरु । सकारात्मक सोच र उर्जा निरन्तर रहोस ।
    समग्र तपाईको व्यत्तित्व नै एक सिंगो पुस्तक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *