दशै आउदै गर्दा…३

Image result for dashain
चचहुईः पिगंमा मच्चिदै नव यौवना । दशैको खास रौनक पिगंले पनि ल्याउछ ।
आयु द्रोण सुतेः…दशैको टिकाको तयारी ।
झरी वसेर घाम लाग्न् लागेको छ । दशै आउनै लाग्दा शरदीय मौषम मादक हुदै जान थालेको छ । आफ्ना र आफन्त संझने सवै विदेशवाट घर परिवार संझेर यतै आउदैछन । अरब या मलेशीयावाट आउने उडानमा सिट पाउनु कम्ती सास्ती छैन यति वेला ।
Image result for dashain
वर्ष भरीको दुख विर्सिने र आफु आफ्नासंग मिलन हुने अद्भुत सास्कृतिक पर्व आउन अव धेरै दिन वांकी छैन । दशैको पुर्व सन्ध्यामा पितृ खुसी पार्ने अवसर सोह् श्राद्ध सकिएर घर घरमा घटस्थापनामा जमरा राखिएको छ । दशैको लिंगो ठडिनेएछ । परदेशीहरु स्वदेशिनेछन । शहर पसेका हरु गांउका उकाली ओराली लाग्नेछन ।अव घर आगन सफा राखिने छ र लिपपोतका परम्पराहरुले जिवन्तता पाउने छन । ठांउ ठांउमा लिगें पिगं गाडिने छन । र केटा केटीहरु आफ्नो घरमा कत्रो खसी भित्रेला भनेर लख काट्ने छन । नंया लुगा र मसलाको खरिदले वजार तात्दै छ । फरक वासनामय नंया नोटले खल्ती सुगन्धीत हुने छन । सुवास या शौन्दर्यको कुनै नाम छ भने त्यो शरद हो र चाड को कुृनै शौन्दर्यता छ भने त्यो दशै हो । निधारको रातो टिका र मान्यजनको आशिष मात्र होइन भेटघाट, परस्परका भेटघाट दशैको अर्को शौन्दर्य हो ।
दशैले ल्याउने उमंग वर्ष भरीका दुख पीडा भुलाउनलाई काफी छ । परदेशीलाई संझनै कुनै नव यौवना दशैको पर्खाइमा हुन्छे, लाहुरे आफ्नी प्रेयसीको कल्पनामा दशै कुर्छ । त्यसैले त आदिकाल देखि दशै यो चरणको सर्वमान्य चाड वन्न पुगेको छ ।
Image result for dashain
शहर पसेको म मेरा वर्षदिनका भाइरसहरु स्क्यान गर्ने अवसर हो दशै । गाविस भवन अघिल्तिर पिगं खेल्ने या वुढाहरुसंग रमी पार्ने या क्षेत्रपालको पुजामा पुग्ने या पुराना मित्रहरुसंग मिलन गर्ने अवसर हो दशै मेरालागि । गांउको चुर हरियाली वर्षदिन पछि भेटहुने गाउले सफा मनहरुसंगको सामिप्यताको लागि म व्यग्र छु । दिनभरी डुल्नु, गफिनु वा खाल जमाउनु सांझमा कुलामुनी भट्टराईकोमा पुगेर गपुल्ले सुन्नु मेरा पछिल्ला आकर्षण हुन । घरी घरी वजेर शान्ति भंग गर्ने यो फोन त्यहा पुगेपछि वन्द हुन्छ । समय समयमा मच्चिने ट्राफिक कोलाहल त्यो परिवेशमा शान्त रहने छ ।
यद्यपि यसै समयमा विर्घावाट त्यति राम्रा खवरहरु आएका छैनन । लगातारका निधनका खवरले माहौल भने त्यति सहज नभएजस्तो लाग्छ । यदपि जीवन मृत्यु जीवनको श्रृखंला हो तिनै श्रृंखलाका बीचमा आउने यस्ता दशै तिहार जस्ता चाडले त मनलाई वाधेको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *