असारमा जन्म हुनेहरुकालागि

असार पृथ्वी उत्पति भएको महिना हो । त्यसैले सवै हिन्दु धर्मावलम्वीले असार ८ गते धर्तिको पुजा गरेर भूमी दिवस मनाउछन । पश्चिमाहरुले पछि जुन २२ लाई पृथ्वीको उत्पति दिन मानेर आफ्नो संस्कार अनुसार यो दिनलाई मनाउछन । हुनत श्रीमद्भागवत गीताको १० औ अध्यायमा महिनाहरुमा मार्गशिर्श भनिएको छ । मंसिर जतिकै पवित्र मानिन्छ असार पनि । त्यसैले त भनिन्छ असारको केटो मंसिरकी केटी ।
असार महिनामा जन्म हुनेहरु कलात्मक गीत सगितमा रुचि लिने र सिर्जनिशल मानिन्छन । यो महिनामा जन्मने वालकहरु तिक्ष्ण वुद्धीभएका, उचाइमा अन्य भन्दा अग्ला र धेरैजसे बाया हातले लेख्ने हुन्छन । यीनीहरु सिंहजस्ता दुइ कदम अगाडी वढ्दा एक कदम पछाडी फर्केर हेर्ने खालका हुन्छन भन्ने मान्यता छ । प्रकृतिसंग रमाउने र अफैमा खुशी हुन जान्ने कला यीनीहरुमा हुन्छ भनिन्छ । रोमन समाट जुलीयस सिजरको जन्म महिना भएकाले पनि असारमा जन्मनेहरु आफ्नो संसार अफै वसाउने खालका हुन्छन । दक्षीण अफ्रिकाका नेता नेल्शन मन्डेला, वेलायती राजकुमारी डायना, अमेरिकी राष्टपति जर्ज डव्लु बुस, असार महिनामा जन्मीएका हुन । भारतीय गायक कैलाश खेर, झम्पा लहरी, नायीका प्रियंका चोपडा, नायक रनविर सिंह असारमा जन्मीएका सेलव्रिटी हुन ।
जापानमा भएको एक अध्ययनले असारमा जन्मीनेहरु चिसो मौषममा जन्मीने भन्दा धेरै गुणा प्रकृति प्रेमी हुन्छन भनिएको छ । वेलायतमा भएको एक अध्ययनले वर्षा याममा जन्मीनेहरु कवि ह्रदयका हुने र उच्च शिक्षा हासिल गर्ने मात्र नभइ लामो आयु भएका हुन्छन भनिएको छ ।
असार २७ (जुलाइ ११) अर्थात विश्व जनसंख्या दिवस । आजै मेरो जन्मदिन परेको छ । एउटा नमिठो संयोग विश्वले जनसंख्या नियन्त्रणका कुरा गर्दा म भने जन्म दिन संझन वाध्य छु । असार हाम्रा आदिकवि भानुभक्त वाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन ।
कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइ पनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएन । पिताजीले वर्षको एकवार काले जैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र । अहिले बा हुनुहुन्न र काले जैसी पनि छैनन र यो चिना फुकाउने क्रम पनि रोकिएको छ । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो ।
मेरो जन्ममिति असार २७ गते मंगलवार हो । यद्यपि यो जन्ममिति ज्योतिषलाइ हात हेराउदा वाहेक काममा आएन । पर्यो के भने मेरो जन्ममिति प्रमाणपत्रमा मसीर १५ लेखिएको छ । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो । हुन त आजभोली जन्मदिन भव्यताका साथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ता हिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरो दर्जनऔ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।
जन्म मृत्यु र विवाह पूर्व निर्धारित हुन्छ भनिन्छ । जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छे मरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन । गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन । जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।
असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए । उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।
विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ७४ औ जन्मदिन निर्मल निवासमा सामन्य रुपमा मनाएका छन ।
दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन । यसै महिनाको ६ गते भारतीय कांग्रेसका महासचिव तथा भावी प्रधानमन्त्री राहुल गान्धीले अफ्नो ५१ सौ जन्मदिन मनाए । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ । उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा मेरो पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।
एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे । शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ असारमा जन्मिदन हुनै सबैलाइ धेरै धेरै शुभकामना ।

4 thoughts on “असारमा जन्म हुनेहरुकालागि

  1. पिताजीले वर्षको एकवार काले जैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला,
    वाह क्या हरफ हरु । सानाे टाेल निराम्सिल देखि सन्सार भरिका सफल तथा चर्चित तर जस नपाएका बिबध क्षेत्रमा ख्यतिप्रप्त पात्रहरु , १२ रासि २७ नक्षेत्र समेत समेटिएकाे छाेटाे तर महत्वपूर्ण लेख पढ्दा मज्जा आयाे । यस्तै लेखहरुकाे प्रतिक्षारत छु भाइ ।
    अन्तयमा स्वस्थ रहनु भाइ , दिनहरु प्रगतिमय बनुन् जन्मदिनको भब्य शुभकामना ।

  2. गज्जबको लेख ! म पनि असारे नै परें।

  3. जन्म दिन को शुभकामना दाइ । सौभाग्यले म पनि असार मै जन्मेको छु। हजुर भन्दा १ दिन पछि । स्वास्थको ख्याल राख्नु होला।

  4. वा असारको केटा मङ्सिर को केटि
    समाजिक यथार्थता ऐलेसम्म चलनमा छ
    कताकता उहीँ कट्टी ,बन्कसी ,अर्चले पुगेर बुवाहरुको कुरा सुनेजस्तो लागो भाई ❤️❤️❤️

Leave a Reply

Your email address will not be published. Required fields are marked *