सोसाइटी र जमघट

6482_595106067187255_686808959_n
गांउ घरमा मानिसहरु एक आपसमा भेला हुन पनि विभिन्न वहाना चाहिन्छ । तिनै वहानाहरुमध्ये सोसाइटी पनि एक हो । केही निश्चित रकम समुहमा जम्मा गरेर एक आपसमा सारो गार्होमा सर सापटी लिने र गर्जो टार्ने अवसर हो सोसाइटी । महिलाका पेवा देखि छोरी वेटीका दक्षिणसम्मले सोसाइटीमा हिस्सा पाउछन । स्थानीय शिक्षकहरुले हिसाव मिलाउछन भने फुर्सद भएका तर पद चाहिनेहरुले सोसाइटीमा नाम र पद पाउछन । सहकारीकै एक रुप सोसाइटिले ग्रामिण अर्थतन्त्रलाई औपचारिकता दिन ठुलो भूमिका खेलेको छ । अझै पनि विर्घा र त्यस वरपर अनेक नामका सोसाइटीहरु क्रियाशिल छन ।
971497_595100503854478_1250147319_n

अल वीदा निलकन्ठ सर

विर्घा १ खहरे निवासी निलकन्ठ पान्डे अव हामी बीच रहनु भएन । उंहाको आइतवार विहान निधन भएको छ । श्री भवानी मावी वैघा भन्ज्यागंमा लामो समय पध्यापनमा रहनु भएका पान्डेको क्यानसर रोगका कारण निधन भएको हो । विगत केही महिना अघि देखि विरामी पर्नु भएका पान्डेको आइतवार विहान ललितपुरको हस्पिस हस्पिटलमा निधन भएको हो । शिक्षण पेशावाट अवकास पाएपछि पान्डे नेपाली कांग्रेसको स्थानीय राजनीतिमा सक्रिय रहनु भएको थियो । मिलनसार, प्रस्टवत्ता तथा समाजसेवी पान्डेको निधनले विर्घाले एक असल अभिभावक गुमाएको छ । मेरा शुभेच्छुक तथा भलो चाहने निलकन्ठ सरको निधनले रित्तताको वोध भएको छ । मृत आत्माले शान्ति पाओस अल वीदा आदरणीय निलकन्ठ सर ।
Image0289
(गत साल गाविस भवन तल दविल्ला खोला माथि मोवाइलवाट लिइएको निलकन्ठ सरको तस्विर । साथमा अनन्त पान्डे गोक्रुंगा ।)

कवि दाई, झरी र मेरो गांउ

208808_225992144210574_599635316_n
(आलम वाट देखिएको विर्घा )
मुलुक चुनावको दोधारमा रुमल्लीदा विर्घा भने हयिालीमा रुमलिएको छ । समयमै वर्षा भएपछि खेतिपातीमात्र होइन बिर्घाका खेतवारी र डिलहरु हरियालीले चुर छन । गांउको झल्को आउदा कुनैवेला शुरेश फोनमा भेटिए भने भन्छन मामा आउनुस गांउ हरियालीमा चुर छ । महेश मास्कीले विराउदी जादा कुनै तस्विर खिच्यो भने अरुलाइ पनि होस भनेर वाड्न विर्सदैन। शहरको धुलोले रुघा लगाएपछि घरमै आराम गरिरहेको म त्यस्ता हरियालीहरुवाट पुरै दुर छु। गांउ कल्पनामा छ । गांउमा शडक वन्छ की भन्ने आशावाट वलराम सरहरु पुरै उत्साहित भइरहेको वखत म गांउ संझिरहेको छु ।
झरीमा अझ वढि याद हुदो रहेछ गांउको । कुनैदिन थिए यी र यस्ता झरीमा हामी ( मौले रमेश,नविन दाई, शिव भान्जा या वाइपी,निलु अंकल या हिरा ) गनवहादुरको आटीमा खाल जमाउथ्यौ । पाकेका कटहरु हाम्रा आहार हुन्थे । केही पैसा हारेपछि फर्कीदा आप या अरु कुनै सिजनल फलफुल हाम्रा आहार हुन्थे । वर्खामा उर्लिने दविल्ला खोला या पाक्दै गरेका मकै । पानीका थोपा चुहाउदै घासको भारी ल्याउने घसवार या हिलो उछिट्याउदै चप्पल पड्काउदै आउने स्कुले । मेरा संझनामा घरी घरी आइरहछन ।
माक्सवादी प्रधानमन्त्री वावुराम भट्टराइले मास्कवादी शहर वनाउदा पनि मेरो गाउको मौलिकता उस्तै छ । केही परिवर्तन त समयले ल्याएको होला तर मेरो स्मृतिको गांउउ स्तै छ । जसमा मौलाको चौपारी या भन्जिगंमा खेलेका कपर्दि मेरा हर सपनाका स्रोत वनेका छन ।
वढेका खोला या पाकेका आप मेरा संझनाहरुमा रहेका छन । हर हिउदमा आरु संझने म हर वर्षामा मकै या कटहर संझन्छु । हर उत्सवमा गांउ संझने म म यस गर्तमा कसरी परे जस्तो लाग्छ ।
कविदाइको याद आउछ । कवि दाइ भन्नाले उनै युग कवि सिद्धि चरण श्रेष्ठ जसलाइ समयले शहरमा ल्याएपनि भावना, मन या मष्तिष्कले कहिल्यै ओखलढुंगावाट टाढा पुर्याएन । त्यस ैसिर्जना भएको रहेनछ कालजयी कविता मेरोप्यारोओगलढुंगा । तिनै कविदाइ यानीकी सिद्धिचरण श्रेष्ठ , यो झरी र मेरो गांउ विर्घामा ससमर्पण।

जनतामावीमा १९ जना उतिर्ण

फलामको ढोका भनेर चिनिने एसएलसीको नतिजा सार्वजनिक भएको छ । यस वर्ष विगतको तुलनामा नतिजामा केही कमी आएको छ । देशभर जम्मा ४१.५७ प्रतिशत परिक्षार्थी मात्र उतिर्ण भएका छन ।
जनतामावी विर्घावाट सहभागी भउका ७५ परिक्षार्थी मध्ये जम्मा १९ जना उतिणर्् भएका छन । अध्यापक श्रीरा ढकालले दिएको जानकारी अनुसार प्रथम श्रेणीमा ११ जना उतिर्ण भएका छन । सहभागी परिक्षर्थी मध्ये प्रविण ढकालले ७७ प्रतिशत अंक ल्याएका छन । विशिष्ठ श्रेणमिा उतिर्ण हुने अपेक्षा गरिएका ढकालको जनसंख्या, नेपाली लगायतका विषयमा कम अंक आएकाले प्रतिशत घटेको हो ।
स्यागंजा जिल्लाकै शैक्षिक केन्द्र मानिने विर्घाको पुरानो जनता मावी को उतिर्ण प्रतिशत घटेपछि विर्घाको शैक्षीक स्तर घटको अनुमान गरिएको छ ।

साथी, प्रेमिका र लमी

– सुमन आचार्य

त्यतिवेला म कृषि विभागमा काम गर्थें । मीनभवनमा म र मेरो सानैदेखिको साथी संगै बस्थ्यौं । उनलाई मैले भेष मात्र भन्ने गर्थें । उनी साह्रै मिलनसार व्यक्ति थिए । हामीले सानै देखि माष्टर ड्रि्रीसम्म संगै एउटै स्कुल र कलेजमा पढेका हौं । कृषि विभागमा काम गर्ने क्रममा घर जान पर्यो भने काज लिएर जाने गरिन्थ्यो । यसलाई साथीहरु घरकाज भन्थे । नेपालको प्रशासनमा यो सामान्य कुरा नै हो । तैपनि हाकिमले बाटोमा पर्ने कुनै शाखा कार्यालयको काम पनि गरेर आउनु भन्थे । सोही अनुसार काज लिएर जाने भएं । काज थियो पाल्पाको ।

भेषले म पनि संगै जान्छु, भने, मलाई खुसी नै लाग्यो । तर उनले एउटा शर्त राखे । शर्त के थियो भने घर जाँदा बाटोमा उनकी प्रेमिकालाई भेट्ने । काठमाण्डौको डेरामा बस्दा उनको ती केटीसंग प्रेम बसेको रहेछ । त्यो प्रेमको खुलासा पनि ती केटीले कतिवेला गरिछन् भने उनी काठमाण्डौ छोडेर स्यांग्जा जानलागेको बेला गोंगवु वसपार्कमा ‘म यहाँबाट हिंडेपछि मात्र खोल्नु है’ भनेर भेषलाई एउटा कागजको टुक्रा दिएकि रहिछन् । भेषले सो टुक्रा लिएर हस्यांग फस्यांग गर्दै डेरामा आए । उनले मसंग कुनै कुरा लुकाउँदैनथे किनकी हामी अभिन्न मित्र थियौं । मलाई कागजको टुक्रा देखाउँदै भेषले भने ‘यो उनले दिएकी हुन्’ । हामीले सो कागजको टुक्रा हेर्यौं । त्यसमा मिठा मिठा प्रेमका कुराहरु लेखिएका थिए र अन्तमा उनलाई भेटगर्न आउनको लागि आमन्त्रण पनि गरिएको थियो । सो टुक्रामा उनको ठेगाना पनि लेखिएको थियो लम्वेक, आलमदेवी गाविस स्यांग्जा ।

हामी काठमाण्डौबाट पोखरा तर्फ प्रस्थान गर्यौं । विहानको मिरि्मरेमै बसले पोखरा बसपार्कमा ओराल्यो । अब त्यो आलम देवी गाविसको लम्वेक भन्ने गाउँमा जान पोखराबाट कहाँजाने वा कुन बस चढ्नु पर्छ त्यो चाहि हामीलाई थाहा थिएन । त्यहीँ उज्यालो भयो, दर्जनौ बसलाई सोधियो, अहँ कसैलाई थाहा छैन । अन्ततोगत्वा एउटा जान्ने मान्छे भेटियो । उसले भन्यो ‘तपाईहरु गल्यांग ओर्लनुस त्यसपछि हिड्नु पर्छ’ । कति हिड्नु पर्छ उसले बताएन र हामीले पनि सोध्ने आवश्यकता ठानेनौं किनकी सडकबाट केही मिनेटको दुरीमा होला भन्ने हामीलाई लागेको थियो ।

गल्यांग आयो र हामी बसबाट ओर्लियौं । विहानको ११ बजेको थियो । Continue reading

मोह मेरो गांउमा

झम झम झरी परिरहेको काठमामाण्डौमा कम्ती रमाइलो हुदैन वाहिर झ्यालवाट हेर्न । यसै मेसोमा त हो डांडा पाखा हरियालीले चुर हुने । सानो क्यामेरा, मन मिल्ने केही साथी, हलुंगो रुक्स्याक वोकेर यतिवेला पहाड डुल्नुको मजा नै वेग्लै हुन्छ । चराको चिरविर या, घाम पानी परेको इन्द्रेणी, कल कल सुसाउने खोला या आकाशे सर्ट र निलो पाइन्ट वा फ्रकमा हिडेका स्कुले । यी तस्विर लिन पाए तिनीहरुसंग भलाकुसारी गर्न पाए त्यो भन्दा वढि रिफ्रेसमेन्ट मेरा लागि असम्भव छ । केही विकसित भनाउदा मुलुक घुमेर वा सयौ अट्ने यएरवसमा कृतिम हासो छर्ने अपरिचित शुन्दरीले दिएको वाइनको प्याला पिएर त्यो आनन्द पाइदैन । हगंकंगको मेट्रो रेल भन्दा मिर्मी विर्घाको कठिन जिप यात्रा प्यारो छ मलाई । मनिलाको स्टार वकको तितो कफी भन्दा, आमाको हातले वनाएको मही प्यारो छ मलाई । फुकोआ एयरपोर्टको सम्पन्नता भन्दा मेरै गल्यागं वा पाल्पा प्यारो छ मलाई ।
कृतिमतामा वाच्नेहरु मेरा आकर्षण होइनन, त्याग वा समर्पणमा वाच्नेहरु मेरा आदर्श हुन । अव्राहम लिंकनले छोरालाई दिएको शन्देश जस्तै फोकटमा मिलेका लाख भन्दा पसिनाका हजारहरु ज्यादा प्रिय छन मेरालागि । वलेको आगो ताप्नेहरु हजार छन शहरमा मलाई त निभेको आगो वाल्न कोशिश गर्नेहरु आदर्श लाग्छन ।
लगातार काठमाण्डौ खाल्डोमा वस्यो भने मलाइ जीवन निरश लाग्छ । कागवेनी या धुन्चे ठांटी, स्वर्गद्धारी वा चौरजहारी पुग्नु मन लाग्छ । पछिल्लो समय, समयले यति धोका दिएको छ जसलाई वस पार्ने मेरो सामर्थ कमजोर हुदै गएको छ ।
यस्तो झरी लागेको वेलामा खहरे खोलाहरु उर्लेको दृष्य हेर्न वाट म वन्चित छु । रुखका पालुवाहरु झांगिदै गएको दृष्यवाट वेखवर छु म । वर्षा याममा मात्र देखिने नविन पुतलीहरु वा मुल फुट्दै गएका पानीका मुहानहरुवाट म दुर छु । मलाई खेद छ यो कृतिम समयप्रति जसले विहान ५ वजेनै मलाइ व्युझाउछ । (म आफै त कंहा व्युझिन्छु र कृतिम फोनको घन्टिले मेरो निद्रा विथोल्छ । )
तोकिएको पाठ्यक्रममा रहेर तोकिएका विषयमा कृतिम तरिकाले तिथी मिति सिकाउने सिकाइवाट विस्मृत छु म । सधैको एउटै दैनिकी र सधैका उस्तै खाले प्रश्नहरु मेरा रुचिकर छैनन । दिनभरी पैसाको लालचले गैर कानुनी काम लिएर आउने तथाकथित वकिलहरुसंग दिग्दार छु म । साझको पुरानै रुटिन र त्यही नियमिततावाट आजित छु म । समय घर्किएको र वजारलाई छोप्न प्रकाशित गर्नुपर्ने पुस्तकको काम नसकिदा मेरो निद हराम भएको छ ।
पाठकसंग नियमति अन्तक्र्रिया गर्ने अभिलाशाले शुरु भएको विर्घा व्लगको यात्रालाई नियमित गर्न नापाउदा म लज्जित छु । दिन वित्दै जादा या उमेरले परिपक्व वनाउदै जादा समय वसमा नरहदो रहेछ । म यो सृस्टीको नियमवाट आजित छु ।
तर म निराश छैन । समयलाई वसमा ल्याउने अभियानमा छु म । लोभहरुलाई कम गर्ने, सिर्जना र सकारात्मकातालाई वढावा दिने ध्याउन्नमा छु म । यसै मेसोमा लाभ हानीका हिसावहरुलाई कम गरेर केही दिन काठमाण्डौ वाहिरको कुनै प्राकृत गांउको भ्रमणमा जाने तयारी मा छु । जुन भ्रमणले मलाई रिफ्रेसमेन्ट देओस र देओस कलिला वालवालिकाको वास्तविक हासो । देओस आरिश र कृतिमता वाहिरको सिर्जनाको मुल । जसवाट मिलोस आनन्द ।