दशै रमाइलै रह्यो

वडा दशै २०७३ रमाइला छाप छोडेर विदा भएको छ । वडादशैको अवसरमा असोज २१ देखि असोज २९ सम्म विर्घामा रहदा मैले भेटेका केही तस्विरहरु दशैको संझना स्वरुप ।

नेपाली कांगै्स विर्घा गांउ कमिटीले आयोजना गरेको पुनर्मिलन समारोहमा गीत प्रस्तुत गर्दे कलाकार विमलराज क्षेत्री !

भेलामा उपस्थित सर्वसाधारण ।

श्री जनतामावी पूर्व विद्यार्थी समाजले जनतामावीको प्रागणमा आयोजना गरेको पूर्व विद्यार्थी भेला ।

भेलालाई संवोधन गर्दे गांउ सेवा परिवारका अध्यक्ष डा. धनवहादुर राना ।

झोल पाउनः क्षेत्रपाल पुजामा भेला भएका सर्वसाधारण ।

क्षेत्रपाल पुजामा सहभागीहरु पोका पन्तुरा मिलाउदै ।

बडा दशैको शुभकामना

Image result for dashain on village
आश्विन शुक्ल दशमी तिथीमा पर्ने वडा दशै हिन्दुहरुको महानतम पर्व हो । हुनत व्राम्हणका लागि यज्ञोपवित धारण गर्ने ऋषी तपर्णी अर्थात जनै पूर्णीमा, क्षत्रीयहरुका लागि दशै, वैश्यहरुका लागि तिहार अर्थात दिपावली र शुद्र जातीका लागि होली अर्थात रंगहरुको पर्व फागु पूर्णीमा महत्वपूर्ण र प्रमुख हुने वैदिक शास्त्रहरुमा वताइएको छ । यद्यपि धनी गरिव, साना ठूला, व्राम्हण वैश्य केही भेद नगरी एक साथले मनाइने दशैको वेग्लै रौनक हुने गर्दछ ।
Image result for dashain at birgha
िहिलो मैलो हराएपछि र वाली थन्क्याउने क्रम शुरु भएपछि रौनक वढ्ने दशै नेपाली हिन्दुहरुमात्रको महानतम पर्व हो । दशैमा स्वदेश तथा विदेशवाट आएका आफन्त भाइ, साथी र गांउलेबीचको भव्य मिलनको पर्व पनि हो । काम विशेषले वाहिर रहेपनि दशैमा घरपुग्ने चाहना जो कोहीको हुन्छ ।
विर्घाका दशैहरुमा क्षेत्रपालको पुजा र कोटको पुजा विशेष छन । हुनत दशैमा को कसरी घरजाने भनेदेखि शुरु हुने रौनक गांउवाट नफर्किदा सम्म रहन्छ । अर्चलेका भेट हुन या शहकारीका गफ सवैमा दशैको रौनक रहन्छ । आफन्तका हातवाट टिका जमरा लाएर आशिष लिनुका आनन्द शव्दमा वर्णन गर्न असम्भव छ ।

पारिवारीका मिलन मात्र होइन सवैसंग भेट्न र खुशी साट्न पाइने यसै पर्वको शिलशिलामा भोली शुक्रवार विर्घा तर्फ प्रस्थान गर्ने भएकाले ब्लगको नियमित अपडेट विर्घावाट नफर्किएसम्म रोकिने छ । फर्कीएपछि ताजा तस्विर र दशैको रिभ्यु त छदैछ ।
वडा दशैको अवसरमा विर्घा ब्लग यसका नियमित पाठक, शुभेच्छुक र स्वदेश तथा विदेशमा रहने सवै नेपाली जनमा शुख, समृद्धि र शान्तिको कामना गर्दछ ।


कालोपाटी मुक्त हुदै विर्घा


विर्घाका सवै विद्यालयहरु कालोपाटी मुक्त हुने भएका छन । दुई उच्च माध्यामिक विद्यालय सहित प्रत्येक वडामा रहेका विद्यालयलाई बिर्घा स्याङ्जा सहयोग समाज यु.ए.ई. ले सेतो पाटी वितरण गर्न लागेको हो ।
समाज ले जन्म भुमी सेवा समर्पित कार्य योजना अन्तर्गत बिर्घा गा.वि.स. का सम्पुर्ण सरकारी विद्यालयहरु,गा.वि.स. को कार्यालय,मातृभुमी पुस्तकालय,प्रहरी चौकी ,स्वास्थ्य चौकी मा सेतो पाटी वितरण गर्न लागेको हो । यही कार्तिक १ गते सोमबार श्री जनता उच्च मा. बि. को प्रांगण बिर्घा ३ अर्चले स्याङ्जा मा दिउसो १२ बजे कार्यक्रम आयोजना गरी सेतो पाटी वितरण गरिने समाजका अभियन्ता जीवन पान्डेले जनकारी दिए ।

परदेशमा रहेर काम गरेपनि मातृभूमीको दायित्व संझेर यो काम गर्न लागिएको हो उनले भने । समाजले यसअघि पनि भुकम्पका वेला गांउका भुकम्प पीडितकालागि सहयोग रकम प्रदान गरेको थियो ।
विर्घावाट युएईमा रहेका युवाहरुले यसअघि विभिन्न् विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेका थिए । कुरा गर्ने तर काम नदेखाउनेका अगाडी परदेशमा रहेको युवाहरुको कार्य अत्यन्तै सराहनीय भएको वुढापाकाहरु वताउछन ।

अर्चलेमा पूर्व विद्यार्थी भेला हुदै


जनता माध्यामिक विद्यालयका पूर्व विद्यार्थीका भेला यही असोज २३ गते अष्टमीका दिन जनता मावीको प्रागंण अर्चलेमा हुने भएको छ । विद्यार्थी समाजले वडा दशै २०७३, शुभ दिपावली तथा छठ पर्वको अवसरमा भेला आयोजना गरेर शुभकामना आदान प्रदान गर्न लागेको हो ।
यसै महिनाको १६ गते जिल्ला प्रशासन कार्यालय स्यागंजामा विधिवत रुपमा दर्ता भएको श्री जनता मावी पूर्व विद्यार्थी समाजले औपचारिकता पाएपछिको यो पहिलो कार्यक्रम हो । कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम समेत राखिएको समाजका सचिव नारायण पान्डेले वताउनु भयो । भेला सफल पार्न स्थानीय स्तरमा प्रचार प्रसार र तयारीकालागि स्थानीय यादव प्रसाद पान्डे –( अर्चले शुन्दर) को संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । भेला दिउसो ११ वजेका लागि वोलाइएको छ ।

(सवै तस्विर स्यामलाल पान्डेको फेसवुकवाट )

दशै आउदै गर्दा…३

Image result for dashain
चचहुईः पिगंमा मच्चिदै नव यौवना । दशैको खास रौनक पिगंले पनि ल्याउछ ।
आयु द्रोण सुतेः…दशैको टिकाको तयारी ।
झरी वसेर घाम लाग्न् लागेको छ । दशै आउनै लाग्दा शरदीय मौषम मादक हुदै जान थालेको छ । आफ्ना र आफन्त संझने सवै विदेशवाट घर परिवार संझेर यतै आउदैछन । अरब या मलेशीयावाट आउने उडानमा सिट पाउनु कम्ती सास्ती छैन यति वेला ।
Image result for dashain
वर्ष भरीको दुख विर्सिने र आफु आफ्नासंग मिलन हुने अद्भुत सास्कृतिक पर्व आउन अव धेरै दिन वांकी छैन । दशैको पुर्व सन्ध्यामा पितृ खुसी पार्ने अवसर सोह् श्राद्ध सकिएर घर घरमा घटस्थापनामा जमरा राखिएको छ । दशैको लिंगो ठडिनेएछ । परदेशीहरु स्वदेशिनेछन । शहर पसेका हरु गांउका उकाली ओराली लाग्नेछन ।अव घर आगन सफा राखिने छ र लिपपोतका परम्पराहरुले जिवन्तता पाउने छन । ठांउ ठांउमा लिगें पिगं गाडिने छन । र केटा केटीहरु आफ्नो घरमा कत्रो खसी भित्रेला भनेर लख काट्ने छन । नंया लुगा र मसलाको खरिदले वजार तात्दै छ । फरक वासनामय नंया नोटले खल्ती सुगन्धीत हुने छन । सुवास या शौन्दर्यको कुनै नाम छ भने त्यो शरद हो र चाड को कुृनै शौन्दर्यता छ भने त्यो दशै हो । निधारको रातो टिका र मान्यजनको आशिष मात्र होइन भेटघाट, परस्परका भेटघाट दशैको अर्को शौन्दर्य हो ।
दशैले ल्याउने उमंग वर्ष भरीका दुख पीडा भुलाउनलाई काफी छ । परदेशीलाई संझनै कुनै नव यौवना दशैको पर्खाइमा हुन्छे, लाहुरे आफ्नी प्रेयसीको कल्पनामा दशै कुर्छ । त्यसैले त आदिकाल देखि दशै यो चरणको सर्वमान्य चाड वन्न पुगेको छ ।
Image result for dashain
शहर पसेको म मेरा वर्षदिनका भाइरसहरु स्क्यान गर्ने अवसर हो दशै । गाविस भवन अघिल्तिर पिगं खेल्ने या वुढाहरुसंग रमी पार्ने या क्षेत्रपालको पुजामा पुग्ने या पुराना मित्रहरुसंग मिलन गर्ने अवसर हो दशै मेरालागि । गांउको चुर हरियाली वर्षदिन पछि भेटहुने गाउले सफा मनहरुसंगको सामिप्यताको लागि म व्यग्र छु । दिनभरी डुल्नु, गफिनु वा खाल जमाउनु सांझमा कुलामुनी भट्टराईकोमा पुगेर गपुल्ले सुन्नु मेरा पछिल्ला आकर्षण हुन । घरी घरी वजेर शान्ति भंग गर्ने यो फोन त्यहा पुगेपछि वन्द हुन्छ । समय समयमा मच्चिने ट्राफिक कोलाहल त्यो परिवेशमा शान्त रहने छ ।
यद्यपि यसै समयमा विर्घावाट त्यति राम्रा खवरहरु आएका छैनन । लगातारका निधनका खवरले माहौल भने त्यति सहज नभएजस्तो लाग्छ । यदपि जीवन मृत्यु जीवनको श्रृखंला हो तिनै श्रृंखलाका बीचमा आउने यस्ता दशै तिहार जस्ता चाडले त मनलाई वाधेको हुन्छ ।