हिउदे झरीः संझना घरी घरी

Image may contain: sky, cloud, tree, outdoor and nature
निख्खर कालो वादल आकाशमा मडारिएको छ । डांडाका टुप्पा र लेकका थुममा वादलले छोडेको छैन । घामको झुल्को नपरेको २ दिन हुन लाग्यो । माथी लेकमा हिंउ परेर होला । चिसो मुटु छेड्ने सिरेटो वेला वेला आइरहन्छ । दाउरा ओसिएर पुत्ताउछन मात्र । वाख्रा पाठा कलीलो घांस खान नपाएर खोरमै म्या-म्या गरिराखेका छन । गोठका वस्तुभाउ उघ्राएर जाडो छल्ने मेसोमा छन । वुढा वुढीको खोकी एक तमासले वढेको छ । चिचिला केटा केटीको नाकमा सिंगान कट्कटीएको छ । र वेला वेला सिगांन लुगामै नझरोस भनेर कमिजका वाहुलाले पुसीरहेका छन ।
ठिहिर्याएर पानी छोइ नसक्नु भएको छ । जातो दल्न हात काठिएका छन । मिलसम्म जान वाटो चिप्लीएको छ । खरवारी नांगै छ । डाले घांसका लागि वुटा चढ्न पानीले चिप्ल्याएको छ । अली वेलैमा यो झरी वर्सिन्थ्यो त गंहु या तोरी छर्न पाइन्थ्यो । समय घर्कीएपछि चिसो मात्र वढाउन आएको झरीले जनजीवन झनै कठिन वनाएको छ ।
हुनत शहरमा वातावरण र सस्थ्यका कुरा होलान तर गांउमा ठिहिरोका कुरा छन झरीमा ।
तात्तातो झोलीलो खाने कुरा खानु । सिरक ओडेर गुजुमुट्टु पर्नु वा अगेनामा पीरम्लामा विराला परुन्जेल आगो ताप्नु जाडोमा मजा दिने विषय हुन ।
यतिवेला मिर्चन्डी, आलमको डांडो र लुम्पेक कुहीरोले ढाकेको होला । विर्घा गांउ वादलुको घुम्टोमा होला । अर्चले, पुच्छार वा वनकसीतिर घाम झुल्केलाकी भन्दै मानिसहरु डाडांतिर चिहाउदै होलान । कट्टी, वनकसी, वैघा वा अर्चले तिर स्कुलमा विद्यार्थीहरु घटेका होलान । माष्टरहरु विद्यार्थी कम र जाडो वढि भएकाले पाठ्यक्रममा भन्दा कुराकानीमा क्लास धकेल्दै होलान ।
Image may contain: cloud, mountain, outdoor and nature
वाह्र मासेहरु दिउसो न्यानो गुन्द्रीको खोजीमा होलान । विहान पख हाछ्यु र खकार – खुकरका आवाज सबैका घरवाट वाहिरिएका होलान । मेरा स्कुले मित्र स्याम लालले विर्घाको पुरानो ५ नंवर वडा गांउवाट खिचेका तस्विर फेसवुकमा पोष्टीएर मलाई भने गांउको संझना ताजा वनाइदिएका छन । चिसोमा विहानै वागवजारको कर्म सकेर सुन्धाराको यो अग्लो भवनमा वसेर किवोर्ड चलाइरहदा पर मृगस्थलीको हरियो वन हेरीरहेको छु । यो वनले मेरो वालापान, मेरो गांउ र मेरो विगतको स्मृतिमा मलाई कुहिरोमा शहर लुके जस्तो लुकाइ दिएको छ ।
यता शुनिल वर्दैवा युट्यवमा भन्दैछन
गोरेटो अनि उस्तै छ गल्ली
कतै तिमी वदल्यौ की…
कोही फर्काइदेउ त्यो वालापन
कोही फर्काइदेउ अतितका ती मिठा क्षण…

गजब गांउ

Image may contain: one or more people, mountain, sky, outdoor and nature
वनकसीका विद्यार्थी ः स्कुलको चौर । पृष्ठभूमिमा हिले डांडा ।
पारिला घामलाई झ्यालवाट चिहाउदै पढ्नुको मजा नै वेग्लै । स्कुले जीवन त्यसैपनि मजेदार हुने नै भयो । मानिसको जीवनमा १० देखि १६ वर्ष सम्मको समयनै सवैभन्दा स्मरणीय हुदो रहेछ । विद्यालय पढ्दाका घटनाहरु जस्तो स्ृमृतिमा ताजा घटना अरु नवस्ने रहेछन । त्यसैले त हर सपनीमा तिनै घटनाहरु पुन जागृत हुन्छन । सपनामा नै सही पुन वाल्यकालमा फर्काउछन । तिनै कन्चन मित्रसंगका समिपता दिलाउछन ।
मानिस विस्मृतिमा पुग्दा अर्थात अल्जाइमरले गाज्दा पनि पुराना घटना भने संझीरहन्छ । वृद्धावस्थामा देखिने अल्जाइमरयुक्त धेरै वुढावुढीमा यस्तो अवस्था देखिएको छ ।
Image may contain: 13 people, including Shankar Prasad Pandey, people sitting, people eating, child, table, hat, food and outdoor
सहर्ष चन्द्र दर्शन : कुलुम डिल्ली नारायण गुरुको चौरासी पुजाको सुपारी काट्न भेला भएका गांउले ।
अघिल्लो हप्ता विर्घाको केही दिनको रमाइलो भ्रमणको अवसर मिलेको थिया् । नित्य मित्र शिव भान्जा हुनुभयो भने गांउ वसाइमा रौनकता भर्न अर्चले शुन्दर दाई, कुलुम नारन, राजकुमार र गहलाम यज्ञ लागि परे । दिवंगत पिताजीको श्राद्ध घरमै गर्ने इच्छाले डोर्याएको त्यो पावन पर्वमा फेरी गांउसंग साक्षात्कारको अवसर मिलेको थियो । गांउमा युवा वयका मानिस दुर्लभ छन ।
Image may contain: people standing, mountain, sky, outdoor and nature
विर्घा टारी खेतः गंहु टुसाउदै खेत । पृष्ठ भूमिमा चिफलडांडा र गांउ ।
पुरानो मौलिकता हराउदै गएको छ । युवा पुस्ता धुलो उडाउदै मोटरसाइकलमा वत्तिन्छ । मौला तिर पुग्दा भने वाल्यकालको मौलीकता घटेको छैन । मौलाका वारी वारी, गरा गरा र ढिकहरु कुदेपछि एकै छिन डांठ पोलेर भुल्लीको मजा पनि लिइयो ।
Image may contain: 11 people, people smiling, people sitting, child and outdoor
विद्यालयमा वालवालिकाः विर्घा अंग्रेजी स्कुलका वालवालिका टिफीन टाइममा भुष्टुगंमा।
वारीमा टुसाउदै गरेका गंहु, गंहुको टुप्पोमा शितका मोती दाना, चिरविर चिरविर गांउदै स्कुल जादै गरेका चिरविरे जस्ता केटाकेटी । वाली भित्र्र्याएपछिका फुर्सदिला गांउले । कतै रुद्री त कतै एकाहा । चौरासी पुजाको सुपारी काट्ने त चौको टाहाल्ने मेसो । गजव छ गांउ ।
घरी घरी भाई जिके, कैले काही किसुनजी “वाजे”ले तरह तरहका स्विरहरु पोष्टी राख्छन र गांउको याद ताजा वनाउछन । मेरो मोवाइलको मेमोरीका तस्विरहरुको पालो भने व्यस्तताले गर्दा पाएका छैनन । अवको अंकमा तिनै तस्विरहरु ।

कोटका कुरा

कृष्णराज पाण्डेय
स्याङ्जा जिल्ला कालीगण्डकी गाउँपालिका वडा नं. ४ मा अवस्थित बिर्घा कोट कालीगण्डकी वडा नं. ४ र नजिकका वडाहरुको धार्मिक आस्थाको केन्द्र हो । यहा दैनिक पूजा, विभिन्न तिथीहरुमा पञ्चवलीहरु तथा विजयादशमी (नवरात्र) मा घटस्थापनादेखि कोजाग्रत पूर्णिमा सम्मका दिनमा विशेष पूजा हुने गर्दछ । घटस्थापनाको पहिलो दिन जमरा राख्ने, अष्टमीको दिन उपासेहरुले गाउँ भरीका घर घरमा गई जसको घरमा जे फूलपाती, फल भेटिन्छ कसैसँग नसोधी÷नबोली टिपेर बेलुका डोलीमा राखी पटयाङ्गिनीमा पु¥याइन्छ ।

बेलुका पूmलपातीको स्वागतका लागि पट्याङ्गिनीमा कलश सहित दुई कन्याहरु र स्थानीय श्रद्धालु भक्तजनहरु जम्मा भएका हुन्छन्, बेदुवा (पुजारी) द्वारा पट्याङ्गिनीमा पूजा गरी त्यही कुभिण्डो बली दिईन्छ, भने स्थानीय गौतम टोलबाट पञ्चेबाजा र उपस्थित मध्ये धेरै जनाले हातमा लिएका चिरागले साँच्चीकै दशैको रौनक अष्टमीको रात कोटमा देख्न पाइन्छ ।
उपासेद्वारा पूmलपाती भित्राईसकेपछि पूजामा सम्मिलित हुन आएका श्रद्धालु भक्तजनहरुले आप्mनो घर÷घरबाट ल्याएको मानो चामल चढाउने र कसैले चामल ल्याएको छैन भने चामल बराबरको निर्धारित रकम बुझाउने प्रचलन रहेको छ । अष्टमीको राती आधा जुन अस्ताएको बेला (कालरात्री) कालो बोकाको बली दिइन्छ भने नवमीको दिन पञ्चबलि वा अन्य भाकलका बलिहरु दिइन्छ ।

बडा दशैंको दिन टीकाको साइतमा टीका लगाउन र घरघरमा लिएर जानको स्थानीयहरु जम्मा हुने र टीका जमरा घरघरमा समेत लिएर जाने प्रचलन छ ।
बिर्घा कोट मन्दिर सञ्चालक समितिका अध्यक्ष भीम प्रसाद पाण्डेका अनुसार परापूर्व कालमा पूmलपाती लिएर हिडेर गह्रोकोट जानु पर्ने हुँदा स्थानीयको माग अनुसार तालुकदार मार्फत सयौं वर्ष अगाडि देखि बिर्घा कोट त्यस स्थानमा सारिएको हो । त्यसबेला खरको छानो हाली मन्दिर बनाइएकोमा पछि कलकत्ता गई आएका लाहुरेहरुले छुट्टीमा आएका बखत गारो लगाएर टिनको छानो लगाइएको हो ।