स्मृतिमा नागें डाडो र वाल्यकाल

विहानै उठेर राकस्दीको पानी ल्याउनु र दिउसो नागेंडाडामा खेल्न जानु गर्मी याममा हाम्रा दैनिकी थिए । जाडोमा वारीका डाठं, पात र कसिंगर जम्मा गरेर आगो वाल्नु र गहते पोलेर खानु नियमित कर्म थिए । विहान भैसीलाई दिन कुंडो पकाउने डाठ जम्मा गरेपछि वचेका ठुटा हामी सल्काउथ्यौ । यही आगोमा सनपाटका डाठलाई चुरोट वनाउदै कति तानिन्थ्यो । कति मित्रहरुलाई त्यही डाठ आज धुवा पुत्ताउने वहाना वनेको छ ।
एक महिना जाडो विदा हुने हामी स्कुलेका लागि डण्डा लौरा खेल्नु, वल खेल्नु, चोर सिपाही खेल्नु र गोरु जुधाएर मनोरन्जन लिनु नियमित उपक्रम थिए । हिउदको छुट्टी भरी विरागंदी गएर घास ल्याएपछि दिनभर फुर्सदमा यस्ताकामहरु चल्थे । अलि पछि यस्तो फुर्सदमा तास खेल्न सिकियो । गनवहादुर दाईको नंया घरको आटीमा वसेपछि आफैलाई ठुलो मान्छे ठानेर अनेक नगद उधारका पत्तीहरु धेरै फिटिए ।
हुनत केटाकेटीमा हिउदमा आगो वाल्नु ( जसलाई हामी भुल्ली भन्थ्यौ ) र वर्षा याममा कुलाका वाध, छाकुना, ढोव्ला या अरुवामा पौडिनु नियमित चलीरहने प्रकृया थिए ।
मेरो घर र हुर्किएको ठांउ मौला भएकाले होला त्यस ठांउका स्मृति र मौलिक विशेषताले मलाई अहिलेसम्म वल्झाइ रहन्छन । त्यही मौलाका विभिन्न मानक मध्ये मौला भयर, भन्जिगं र नांगे डाडो अली वढि स्मृतिमा आइरहन्छन ।
दिन वित्दो छ आपाधापी चर्किदो छ । स्थिर भएर एउटै विषयवस्तुमा लेख्ने अवस्था पनि छैन । तर हर रातका सपनीमा यिनै दृष्यहरु दोहोरिइरहन्छन, कुनै नंया विर्घाका तस्विर देख्दा अहिल्यै उठेर जांउ या गुडेर जांउ जस्तो भइरहन्छ । तिनै भाडा कुटी खेलेका बारीहरु । वाघचाल खेलेका मौलाका चौतारीहरु । अहिलेपनि परिवर्तन नभएको मौला ठुल्दाइको जिर्ण घर र इतिहासका साक्षी मौले ठुल्दाइ, भाउजु, नागें डाडो र घासका भारी वोकेका तिनै भन्ज्यांगका पहिरोहरु ।
मध्यपूर्वमा रहेका भाइ विष्णु घर्ती तरह तरहका तस्विर खिच्न माहिर छन । उनैको आधुनिक क्यामेराले दशैको छेउ छाउमा खिचेका तस्विरहरु ।

नागेंडाडाको उकाालोमा थकाइ मार्दै स्थानीय ।

घास काट्न विरागंदी तिर जादै घर्सेनीहरु । अहिले परिो अली वसेजस्तो देखिन्छ ।

पहिरो गांउ पस्दै छः भन्जिीग तर्फको पहिरो ।

नांगे डांडावाट देखिएको विर्घाको मध्य भाग । जंहा मौला, कइन्डाडा, मरेगंदी, कसारे, पुच्छार वन्कसीडांडा देखिन्छ ।

भार्सेचौर तिरको पहिरो । यो परिोलाई नेपालकै दोश्रो ठुलो पहिरो भन्न्छि ।

विर्घाको वखान गरेर थाकिन

विर्घाको वखान गरेर नथाक्ने भएपछि पछिल्लो समय अनेक अल्झलने गर्दा व्लगमा नविन प्रस्तुतिहरु दिन सकिरहेको छैन । विस्तारै वढेको चिसो र चिसोको मरिज म, लोकसेवाका क्लासहरुको चापाचाप, र वढि जनसम्पर्कहुने कार्यस्थलका बीचमा इन्टर्नेटको ढिलाइले यस्तो अवस्था आएको हो ।
कुनै वेलामा विर्घाको नंया फोटो पाउने वित्तिकै कीवोर्डमा दौडने औलाहरु यतिवेला सुस्ताएका छन । ठुलो रहर हुदा हुदैपनि दिन दिनै अपडेट दिन नसक्दा खस खस लाग्दो रहेछ । यतिवेला आफ्नै फोल्डरमा अनेक फोटोहरु हुदा हुदैपनि खास केही फुरी रहेको छैन । यसै मेसोमा केही फरक एंगलवाट लिइएका तस्विरहरु तपाइको लागि ।

कामी गांउवाट लिइएको तस्विरमा मौला कइन्डाडा, भुष्टुग, खहरे आलमदेवी प्रष्ट देखिन्छ ।

पुरानो क्षेत्रपालको मन्दिर गांउवाट लिइएको तस्विरमा, माझखन्ड, वनकसी डांडा, पुच्छार देखिन्छ ।

विर्घाको उत्तरी वेल्टः यांगुदी वन, वास डांडा, घरीपोखरा र पारी गुल्मीको अर्वेनी गाविस ।

पूर्वी डांडोवाट लिइएको विर्घाको तस्विर ।